• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home Health

के हो क्वारेन्टाईन ? के हो लकडाउन ?

HNN Staff by HNN Staff
March 26, 2020
in Health
A A
1
✍️प्रा. डा. रेवती रमण मल्ल

✍️प्रा. डा. रेवती रमण मल्ल

Share on FacebookShare on TwitterShare on LinkedIn

✍️प्रा. डा. रेवती रमण मल्ल

के हो क्वारेन्टाइन ?

कुनै पनी सरुवा रोग को श्रोत अहिलेको सन्दर्भमा NOVEL COV-19 भाईरस बाट ग्रसित भएको ब्यक्ति, समुह बा महामारी फैलिएको देशका ब्यक्तिहरु सङ्ग नजिक को सम्पर्क बा सम्सर्ग भएका ब्यक्तिहरु जसको शरीर मा कोरोना भाईरस सन्क्रमित भएको सम्भावना हुन्छ त्यस्ता ब्यक्तीहरुबाट अन्य ब्यक्ति, समूह बा देशका नागरिकहरु लाई सो जिबाणु सार्न बाट बचाउन को लागि निश्चित मापदण्द अपनाई सुरक्षित रुपमा राखेर सामान्य नागरिक, समूह वा देशबासी लाई रोग फैलिन बाट बचाउनको लागि अपनाईने Preventive Public Health को विधिलाई क्वारेन्टाइन (Quarantine) भनिन्छ।

(साधारण तया क्वारेन्टाइन मान्छेहरुमा लागू हुने भएपनी कुनै रोग विशेषमा जनावरहरु मा समेत लागुहुन्छ। तर नोबेल कोरोना को हकमा अहिलेसम्म को खोजको आधार मा घरपालुवा जनावरहरु को क्वारेन्टाइन को आबश्यकता देखिएको छैन)।

कुनै पनि सरुवा रोगको जिबाणु ब्यक्तिको शरिरमा प्रबेश गरे पछि रोगको लक्ष्यण देखिने अबधी लाई Incubation Period भनिन्छ। अहिले सम्म गरिएको अनुसन्धान को आधारमा नोबेल कोरोना सङ्क्रमण को Incubation Period २ देखि १४ दिन मानिएकोले Corona Outbreak हुन बाट बचाउन को लागि १४ दिनसम्म क्वारेन्टाइन मा राख्ने गरिएको हो।

क्वारेन्टाइन मा राखिएका मानिसहरुको नियमितरूपमा सो रोगका लक्ष्यण हरु देखिए नदेखिएको जांच गरिनुको साथै ल्याब परिक्षण गरिन्छ। यदि कुनै ब्यक्तीको ल्याब परिक्ष्यणमा पोजिटिभ देखिएमा रोगको अबस्था (Stage) र उक्त ब्यक्तिमा बिकास भएको रोगको जटिलता (Complication) को आधारमा निजलाई आईसोलेसनमा खासगरी कोरोना उपचारकै लागि बनाईएको बा तोकिएको अस्पतालको Isolated वार्ड बा आईसियु मा राखी उपचार थालिन्छ।

झट्ट सुन्दा क्वारेन्टाइन र आईसोलेसन उस्तै लागेपनी पोजिटिभ हुने सम्भावना भएकालाई क्वारेन्टाइन मा राखिन्छ भने पोजिटिभ भैसकेका लाई आईसोलेसन मा राखी उपचार थालिने हो भन्ने बुझ्नुपर्छ। क्वारेन्टाईन मा राखिएका मानिस हरु मध्य कुनै ब्यक्तीमा नोबेल कोरोना भाईरस सन्क्रमण भैसकेको लक्ष्यण देखिएमा बा ल्याब परिक्ष्यणमा पोजिटिभ देखिएमा उक्त ब्यक्तिलाई आईसोलेटेड वार्ड्मा लान ढिलो भएमा उसबाट क्वारेन्टाइन मा रहेका अन्य ब्यक्तिहरु लाई रोग फैलिने डर हुन्छ। क्वारेन्टाइन को लागि निश्चित मापदण्ड पूरा गरिनु पर्दछ।

 

के हो लकडाउन ?

अहिलेको अबस्थामा लकडाउन (Lockdown) भन्नाले निश्चित ईलाका बा देशमा नोबेल कोरोना भाईरस आफ्नो प्रदेश बा देशमा नफैलियोस र आफ्नो देशको नागरिक सो भाईरस को प्रकोप बाट बच्न सकुन भन्ने उद्देश्यले राज्य बा अधिकार प्राप्त निकायले निश्चित अबधि सम्म एउटा प्रदेश बाट अर्को प्रदेश बा एउटा देश बाट अर्को देशमा जान आउन बा सामानहरुको निकासी र पैठारी गर्न रोक लगाउन जारी गरिएको प्रोटोकल हो भनी बुझ्नुपर्छ । लकडाउन को सफलता नागरिकको चेतनशिलता बा उत्प्रेरणता (Motivation) मा भर पर्छ । यो संबेदनसिल अबस्थामा राज्यले जारी गरेको लकडाउन लाई सफल बनाउन यसको नियम लाई ईमान्दारि पुर्बक पालन गर्नु तथा पालन गर्न लगाउनु बा पालन गर्न मद्धत गर्नु हरेक नागरिकको कर्तब्य हो।

महामारी (Epidemic) के हो ?

कुनै पनि सरुवा रोग निश्चित ईलाका (Geographic Area) मा छोटो समय मा  ठूलो मानिसको समूह बा जनसंख्या (Population) का ब्यक्तिहरुमा मानिस बाट मानिस लाई सरेर फैलिएको पाईएमा त्यसलाई महामारी (Epidemic) भनिन्छ।

Pandemic के हो ?

यदि कुनै रोग थुप्रै देश बा महादेश मा बिश्वब्यापी रुपमा माहामारी (epidemic) को रूपमा छोटो समयमा फैलिएर उल्लेखनीय संख्यामा मानिसहरु उक्त रोग बाट ग्रसित भएमा बा मानिसहरुको मृत्यु भएमा त्यो अबस्थालाई Pandemic) भनिन्छ। Novel Cov – 19 Virus को सङ्क्रमण शुरुमा चीनको Wuhan प्रान्तको Hubei मा माहामारी (Epidemic) को रूपमा फैलिएको  थियो भने हाल यो बिश्वब्यापी रुपमा फैलिएर Pandemic को रुप लिएको अबस्था छ। हाल यो रोग १९० भन्दा बढी देशहरु मा फैलिएको छ। बिश्व स्वास्थ्य संस्था (WHO) ले मार्च ११, २०२० मा यस रोग लाई Pandemic को रुपमा घोषणा गरेको हो।

यो रोग सर्ने तरिका:

१) यो रोग हावा बाट सर्ने त हैन । तर सन्क्रमित ब्यक्तिले खोक्दा बा हाछिउ गर्दा सो ब्यक्तिको  मुख बा नाख बाट बाट निस्कने रयाल का छिटाहरु (Droplet) नजिकैको ब्यक्तिले सास फेर्दा सर्न सक्छ। त्यसैले खोक्ने बा हाछ्यु गर्ने ब्यक्ती ले त्यसो गर्दा अरुको नाख मुख को पछाडि फर्किएर सफा रुमाल बा टिस्यु पेपर ले नाख मुख छोप्नु पर्छ भने दुबै साथमा नहुने ले कुहिनाको भित्री भागले नाखमुख छोप्नु पर्छ।

यदि तपाईंको नजीक कसैले असुरक्षित तरिकाले खोकी हालेमा बा हाछ्यु गरि हालेमा तुरुन्त कम्तीमा ६ फिट्को दुरि राख्नु पर्छ । यदि सो दुरि राख्न सम्भब नभएमा टाउकोलाई अर्को दिशामा बा हावा चलेको दिशाको बिपरित दिशामा फर्किएर रुमाल बा सफा कपडाले नाख मुख छोप्नु पर्दछ र केही समय सम्म सासप्रश्वास बन्द गर्नु पर्छ ताकी उक्त ब्यक्तिको नाख मुख बाट निस्किएको आखाले नदेख्ने रयालका छिटा (Droplet) हरु जमिनमा खसुन (Settle down) होउन् ।

२) अरुले विशेष गरि रुघाखोकी लागेका ब्यक्तिले छोएका घर बा सवारीका साधनको झ्याल ढोकाका ह्यान्डल हरु बा कुनैपनी बस्तु छुनु हुदैन। यदि केही गरि छोईन गएमा तुरुन्त आफ्नो हात साबुन पानीले धुनु पर्छ बा ह्यन्ड स्यानिटाईजर (Hand Sanitizer) बा स्पिरिट (Spirit) बा कुनै एन्टिसेप्टिक (Antiseptic) ले पुछ्नु पर्छ। केही गरि हात सफा गर्न नसकिएमा सो हातले आफ्नो ओठ, नाख, मुख, दात र मुख भित्र तबसम्म छुनु हुदैन जबसम्म हात धुने ठाउँ आईपुगिदैन।

३) नोबेल कोरोना सन्क्रमित ब्यक्तिले छोएको बा थुकेको जमिनमा २-३ दिन, स्टिल बा प्लास्टिक को भाडा बा बस्तुमा २-३ दिन, कार्डबोर्डमा २४ घन्टा, कपडामा  १० घन्टा, तामाको भाडामा ४ घन्टा र हातमा १० मिनेटसम्म COV – 19 भाईरस जिबित रहन सक्ने भएकोले नै बारम्बार हात धोई राख्न बा ह्यण्ड स्यानिटाईजर ले हात सफा गरि राख्न सल्लाह दिईएको हो।

४) N 95 Mask स्वयम् सबै चिकित्सक तथा स्वास्थ्यकर्मी लाई उपलब्ध हुन सकेको छैन।बजारमा पाईने सर्जिकल मास्क ले शतप्रतिशत कोरोनाको भाईरस बाट बचाउन नसके पनि लगाउनु बुध्दिमानी हुन्छ।

५) आफ्नो नजिक को ब्यक्तिहरु सङ्ग पनि २ फिटको दुरि मा रहेर कुरा गर्न उचित हुन्छ।

बिशेष गरि धेरै जसो आफ्नो शरीर को रोग संग लड्न सक्ने क्ष्यमता (Immunity) कम भएका बृध्द ब्यक्तिहरु, गर्भवती महिला, डायबेटिज, मुटु, फोक्सो, मृगौला र कलेजोका दिर्घरोगी हरु, लिम्फोमा (Lymphoma) तथा अन्य क्यान्सर बाट पीडित ब्यक्तिहरु, मानव अङ्ग प्रत्यारोपण गरेका ब्यक्ती, दम, जोर्नि बा क्यान्सर सम्बन्धी रोगको लागि Steroids बा Immunosuppressant  ग्रुपका औषधि लिई रहेका ब्यक्तिहरु, धेरै बर्षसम्म लिमिट भन्दा धेरै मात्रामा मदिरा सेवन गर्ने ब्यक्तिहरु  यो रोग बाट सङ्क्रमित हुने र जटिलता (Complication) जाने डर हुन्छ।

लकडाउन (Lockdown) किन जरुरी ?

बिश्वमा Cov – 19 Virus बाट हाल सम्म सन्क्रमित ४ लाख ५४ हजार ३९८ ब्यक्तिहरु मध्य २० हजार ५५० जनाको मृत्यु भैसकेको छ। यो क्रम दिनानुदिन बढ्दो अबस्थामा छ। जापान र चीनमा गरिएको अध्ययन मा ३० प्रतिशत Cov – 19 को ल्याब टेष्ट पोजिटिभ ब्यक्तिहरु यस रोगको सङ्क्रमणमा पाईने कुनै लक्ष्यण बिनाका (Asymptomatic) पाईएको छ।

त्यस्तै नियुयोर्क को कोलम्बिया युनिभर्सिटी का बैज्ञानिक हरुले चीनका २७५ शहर हरुमा जनवरी १० तारिख देखि जतिखेर यो रोग चीनमा माहामारी को रुपमा देखिएको थियो त्यस तारीख देखि  जनवरी को २३ तारिख जतिखेर यातायात मा बन्देज गरियो त्यस समय सम्म गरिएको अध्ययन मा ८६ प्रतिशत Cov – 19 भाईरस पोजिटिभ मानिसमा कुनै लक्ष्यण हरु नदेखिएको र केहिमा सामान्य लक्ष्यण मात्र पाईएको देखाईएको छ। यसबाट नोबेल कोरोना भाईरस बाट सङ्क्रमित भएर पनि लक्ष्यण देखिन लाग्ने समय (Incubation Period) भित्र बा लक्ष्यण नदेखिएका (Asymptomatic) कोरोना पोजिटिभ ब्यक्तिहरु बाट अरुलाई रोग सार्ने गरेको छ भन्ने बुझिन्छ।

यस रोग बाट छोटो समयमा बिश्वभर फैलिएको आकडा र असामान्य मृत्यु दर सङ्ग अत्याधुनिक स्वास्थ्यसेवा सेवा प्रबाह गर्नसक्ने बिश्वका बिकसित देशहरु समेत आज निरीह बनेका छन। शुरुमा जंगली जनावरहरु बाट यो भाईरस सरेको र तिनलाई भाईरसको श्रोत (Reservoir) मानिएको यो भाईरस जुन किसिमले छिटो छिटो मानिस बाट मानिसमा सर्दैछ र फैलिदैछ त्यसबाट बैज्ञानिक हरु समेत हैरान  छन् । यो भयावह मृत्यु दर बाट आफ्ना नागरिकहरु लाई बचाउनु राज्यको दायित्व हुन्छ।

यो रोग बाट आफ्नो देशलाई बचाउने सबैभन्दा अचुक, प्रभाबशाली, कम खर्चिलो सर्बोत्तम उपाय भनेकै यसको रोकथामको लागि अपनाईने जनस्वास्थ्य को प्रतिकारात्मक स्वास्थ्यसेवा (Preventive Medicine) का बिधिहरु हुन् । अहिलेको अबस्थामा राज्यले देशलाई लकडाउन (Lockdown) गर्न गरेको निर्णय केही ब्यक्ति बा समूह लाई केही असुबिधा बा अप्रिय लाग्न सक्छ तर देशको सिमाना तथा  एक अर्को गाउँ, जिल्ला, प्रदेश, संघ र देशमा यो खतरनाक COV – 19 भाईरस फैलिन बाट बचाउन गरिएको यो निर्णय अत्यन्त स्वागतयोग्य छ।

छोटो समयमा यो चुनौतीपूर्ण निर्णयलाई कार्यरुपमा सफल गराउन राज्यले गरेका प्रयासहरु प्रशम्शनीय छन् । यसलाई आत्मसात गरि हरेक नेपाली ले राज्यको यस कदम लाई सफल गराउन को लागि आफ्नो तर्फबाट योगदान बा समन्वयकारी भुमिका खेल्नु पर्छ। चिकित्सकिय बिध्द्या मा एउटा घोषणा बा कहावत (Dictum) छ – ” You have no right to harm your patients”  &  ” You have no right to harm yourself”. ठिक त्यसैगरी हामी कसैलाई पनि आजको सन्दर्भमा नत अरुलाई हानी पुर्याउने अधिकार छ नकि आफैलाई नै हानी पुर्याउने छुट छ।


सेल्फ क्वारेन्टाइन र सेल्फ आइसोलेसन के हो ?

Tags: Corona Virus #Covid19Public HealthSelf IsolationSelf Quarantine
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

The role of biomedical engineering during management of COVID-19 in resource-limited settings

Next Post

आजदेखि थप कडाइ, प्रहरीको विशेष टोली परिचालन

Related articles

Impact of Covid 19 on Dental Health Dr Purna
Articles

कोभिड–१९ महामारीको चपेटामा दन्तचिकित्सा #COVID19 #DentalMedicine

2 months ago
451
लैंगिक हिंसाले मानसिक समस्याको जोखिम #GBV
Articles

लैंगिक हिंसाले मानसिक समस्याको जोखिम #GBV

2 months ago
402
Amla importance
Health

अमलाको पौराणिक एवं आयुर्वेदिक महत्व #Amla

2 months ago
416
Tulasi importance
Health

तुलसीको पौराणिक एवं आयुर्वेदिक महत्व #Tulasi

2 months ago
402
Diabetes must know 15 facts by Health News Nepal
Disease

मधुमेह सम्बन्धि जान्नैपर्ने १५ कुरा – डा भोज राज अधिकारी #diabetes

2 months ago
415
Heart attack symptoms and good habits
Health

हृदयघातको जोखिमबाट कसरी बच्ने ? #HeartAttack

3 months ago
415
Next Post

आजदेखि थप कडाइ, प्रहरीको विशेष टोली परिचालन

Comments 1

  1. Pingback: Impact of COVID-19 pandemic on Brachytherapy services in BPKMCH • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

COVID19 PCR Test Kit

पिसिआर परीक्षण अब २ हजारमै #Covid19

4 months ago
401
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रद्वारा कोभिड १९ सम्बन्धि CICT बारे प्रशिक्षक प्रशिक्षण तालीम

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रद्वारा कोभिड १९ सम्बन्धि CICT बारे प्रशिक्षक प्रशिक्षण तालीम

7 months ago
400
NRCS commitee 2077

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन

5 months ago
400

Don't Miss

Covishield-vaccine

कस्ता कस्ता समस्याहरु भएकाले कोभिड बिरुद्धको खोप लगाउन हुँदैन (हेर्नुहोस् विस्तृतमा) #HealthProblem

January 21, 2021
839
भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

January 21, 2021
461
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19

त्रिवि शिक्षण अस्पतालका चिकित्सक माथि हातपात #TeachingHospital

January 19, 2021
530
नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

January 19, 2021
785
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

January 17, 2021
813
सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

January 16, 2021
778
पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै  #Rehabilitations

पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै #Rehabilitations

January 16, 2021
508
राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan

राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan

January 15, 2021
550
Covishield-vaccine

नेपालले कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई दियो अनुमति #Covishieldvaccine

January 15, 2021
601
धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

January 15, 2021
463
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (34)
  • Disease (80)
  • English (25)
  • Fitness (23)
  • Health (136)
  • Lifestyle (48)
  • News (872)
  • Nutrition (29)
  • Research & Study (34)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In