आज मिति : २०८२ कार्तिक २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

सुदूरपश्चिम प्रदेशमा उपेक्षित रोग सम्बन्धि दिवस

विश्व स्वास्थ्य संगठनले बिभिन्न २० वटा रोगहरुलाई उपेक्षित उष्ण प्रदेशीय रोग भनि बर्गिकरण गरेको छ ।

Nam Raj Bhatta by Nam Raj Bhatta
January 30, 2022
in Health, News
A A
0
सुदूरपश्चिम प्रदेशमा उपेक्षित रोग सम्बन्धि दिवस
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

महेन्द्रनगर, १६ माघ २०७८

सुदूरपश्चिम प्रदेश, सामाजिक बिकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय राजपुर डोटी तथा स्वास्थ्य कार्यालय कन्चनपुरको संयुक्त आयोजनामा “उपेक्षित रोगहरुको अन्त्य गरौ, स्वास्थ्य समता हासिल गरौ” भन्ने मूल नाराका साथ दिवस मनाउने काम सम्पन्न भएको छ ।

कंचनपुर, कैलाली र डडेल्धुराका २५ वटा पालिकाका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य कार्यालय कंचनपुर, स्वास्थ्य निर्देशनालय दिपायल डोटीका कर्मचारी सहितको उपस्थितिमा उपेक्षित रोग अन्त्यको लागि बहस, पैरवी तथा वकालतको काम सम्पन्न भएको छ ।

बहस पैरवी तथा वकालत कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका माननीय मन्त्रि श्री लाल बहादुर खड्का रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता स्वास्थ्य निर्देशक डा. जगदीश जोशीले गर्नु भएको थियो ।

 Neglected tropical disease banner
Neglected tropical banner

विश्व स्वास्थ्य संगठनले बिभिन्न २० वटा रोगहरुलाई उपेक्षित उष्ण प्रदेशीय रोग भनि बर्गिकरण गरेको छ । उक्त २० वटा रोग हरु मध्ये नेपालमा ११ वटा रोग हरु व्याप्त रहेका छन । गरिबीको रेखामुनी रहेका, उचित बसोबासको सुबिधा नभएका, पोषण तथा खानेकुराको अभाव भएका मानिस हरुलाई उपेक्षित रोग हरुले बढी संक्रमण गर्ने गर्दछ ।

कुष्ठरोग, कालाजार, हात्तीपाईले, डेंगी/चिकनगुनिया, रेबिज, सर्पको टोकाई, ट्रकोमा, जुकाको संक्रमण, टिनियासिस, सिस्टिसर्कोसिस, लुतो जस्ता रोगहरु नेपालमा पाइने उपेक्षित उष्ण प्रदेशीय रोग हरु हुन ।

नेपालमा पाइने यी मध्ये कुनै रोगहरु नियन्त्रणको लागि काम भइरहेको छ भने कुनै रोग हरु निवारणको लागि काम भै रहेको छ । कुष्ठरोग र ट्रकोमा रोग निवारण भईसकेको छन भने हात्तीपाईले, कालाजार निवारणको लागि काम भईरहेको छ ।

विश्व स्वास्थ्य संगठनको रणनीति अनुसार सन् २०३० सम्म उपेक्षित रोग हरु अन्त्य गर्ने रणनीति बमोजिम नेपालमा पनि   रोग अन्त्यको रणनीति अगालेर काम भईरहेको स्वास्थ्य निर्देशनालयका बरिष्ठ जन स्वास्थ्य अधिकृत श्री ओम प्रकाश जोशीले बताउनु भएको छ ।

Tags: #World health organizationCorona Virus #Covid19Dr.jagadish JoshiNeglected Tropical DiseasesOm Prakash joshi
Nisarga hospital Dhangadhi
Previous Post

नेपालभरिका सबै विद्यालयहरुमा कोरोनाविरुद्द्को खोप लगाइदै

Next Post

कुष्ठरोग के हो र किन हुन्छ बिभेद? #Leprosy

Related articles

dr-jaggatnath-tiwari
News

डा. तिवारी लुम्बिनी प्रदेशमै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्ट

15 hours ago
781
नेपाल न्युरोसर्जन समाजको अन्तर्राष्ट्रिय सम्मेलन भोलि देखि शुरु हुँदै
News

नेपाल न्युरोसर्जन समाजको अन्तर्राष्ट्रिय सम्मेलन भोलि देखि शुरु हुँदै

1 day ago
799
Breast Cancer Awareness
Health

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

3 days ago
786
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त
News

अतिरिक्त स्वास्थ्य सचिव डा. टंकप्रसाद बाराकोटीको राजीनामा स्वीकृत

3 days ago
795
रेडियोलोजिस्टहरूले अन्तर्राष्ट्रिय रेडियोलोजी दिवससँगै पहिलो फिटल इमेजिङ समिट मनाए
News

रेडियोलोजिस्टहरूले अन्तर्राष्ट्रिय रेडियोलोजी दिवससँगै पहिलो फिटल इमेजिङ समिट मनाए

6 days ago
806
सेती अस्पतालको रेडियोलोजी बिभागले मनायो विश्व रेडियोलोजी दिवस
News

सेती अस्पतालको रेडियोलोजी बिभागले मनायो विश्व रेडियोलोजी दिवस

6 days ago
813
Next Post
कुष्ठरोग के हो र किन हुन्छ बिभेद? #Leprosy

कुष्ठरोग के हो र किन हुन्छ बिभेद? #Leprosy

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (128)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,297)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...