मेडिकल काउन्सिलले रोकिएको चिकित्सक लाइसेन्स परीक्षा साउनको अन्तिम साता गर्दै

काठमाडौं  , २६ असार

नेपाल मेडिकल काउन्सिल गत ८ चैतमा रोकिएको चिकित्सक (एमबीबीएस र बीडीएस) हरुको नाम दर्ता प्रमाणपत्र   ( लाइसेन्स ) परीक्षा साउनको अन्तिम सातासम्ममा सम्पन्न गर्ने तयारीमा भएको छ । मेडिकल काउन्सिलको बुधबार बसेको बैठकले कोरोना संक्रमणको डरले यसअघि स्थगित परीक्षा साउनको अन्तिम साता लिने निर्णय गरेको छ।

गत ८ चैतका लागि तय भएको यो परीक्षा कोरोना संक्रमणको खतरा जनाउँदै अन्तिम समयमा स्थगित भएको थियो ।

मेडिकल काउन्सिलले रोकिएको चिकित्सक लाइसेन्स परीक्षा साउनको अन्तिम साता गर्दै

काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले स्वास्थ्य सुरक्षाका मापदण्ड पुर्‍याएर रोकिएको परीक्षा लिने निर्णय भएको बताए । ‘परीक्षाको मिति टुंगो लागिसकेको छैन् । २२ – २३ वा २८-२९ साउनमध्ये एउटा समयमा गर्ने तयारीमा छौँ । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर परीक्षा लिइनेछ,’ डा अधिकारीले भने ।

काउन्सिलका अनुसार चैतको परीक्षाका लागि ७९३ जना एमबीबीएस र २६७ जना वीडीएसका गरी १ हजार ६० जनाले फारम भरेका छन् । अब साउनको अन्तिममा हुने भनिएको उनीहरुको परीक्षा हो ।

काउन्सिलले अहिलेसम्म लाइसेन्स परीक्षा स्वयम्भूस्थित नेपाल सेनाको स्वास्थ्य विज्ञान संस्थानमा गर्दै आएको थियो । तर अबको परीक्षा भने पुल्चोकस्थित नेपाल इन्जिनियरिङ क्याम्पसमा हुने भएको छ । ‘अबको परीक्षा पुरै कम्युटर वेसमा हुनेछ । डिजिटल माध्यमबाट परीक्षा हुनेछ ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान आइओएमले पीजीको परीक्षाका लागि पीसीआर टेष्ट र १४ दिन क्वारेन्टाइनमा रहनुपर्ने जस्ता नियम लगाएको छ ।

डा. अधिकारले भने काउन्सिलले अहिले त्यस तर्फ सोच नभएको बताएको छ । ‘डाक्टरको परीक्षा हो । स्वास्थ्य सुरक्षाको सम्वेदनशीलता हामी सबैलाई थाह छ ।  मापदण्डको पालना हुन्छ ।

Related Posts

No Content Available
Next Post

Discussion about this post

ADVERTISEMENT