आज मिति : २०८२ बैशाख २८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

रोग प्रतिरोधात्मक क्षमता बढाउन गुर्जो, बेसार , तुलसी लगायतका जडिबुटी खाऔं

शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउन ‘एन्टिव्याक्टेरियल’ तथा ‘एन्टिभाइरल’ गुण भएका जडिबुटीको सूचीसहित नियमित सेवन गर्ने बानी बसालौं

HNN Staff by HNN Staff
June 16, 2020
in Health
A A
4
Organic and Jadibuti Nepal

Organic and Jadibuti Nepal

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं , ०२ असार / कोभिड–१९ महामारीले विश्वव्यापी रुप लिएसँगै गत चैत अन्तिम साता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलाय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनहितमा एक सूचना जारी गर्दै रोग प्रतिरोधी क्षमता बढाउने जडिबुटीको नियमित सेवन गर्न आह्वान ग-यो ।

कोरोनाको विश्वसनीय खोप तथा औषधि पत्ता नलागेको अवस्थामा विभागले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउन ‘एन्टिव्याक्टेरियल’ तथा ‘एन्टिभाइरल’ गुण भएका जडिबुटीको सूचीसहित नियमित सेवन गर्ने बानी बसाल्न अनुरोध ग-यो । ती जडिबुटीमा गुर्जो, बेसार, सुठो, मरिच, दालचिनी तथा पिपला, असुरो, तुलसी र तेजपात थिए ।

स्वास्थ्य मन्त्रालयले पनि आयुर्वेद तथा वैकल्पिक चिकित्साका क्षेत्रमा लामो अनुभव भएका चिकित्सक तथा विज्ञसँगको परामर्शका आधारमा कोरोनाविरुद्ध लड्ने तथा रोग प्रतिरोधी क्षमता कसरी विकास गर्न सकिन्छ भनेर ‘प्रोटोकल’ निर्माण गर्‍यो । उक्त प्रोटोकल गत जेठ १५ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वीकृत गरेसँगै कार्यान्वयनमा आएको छ ।

विभागले सातै प्रदेशका सामाजिक विकास मन्त्रालय, आयुर्वेद अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र, आयुर्वेद औषधालय र सबै स्वास्थ्य सेवा कार्यालयलाई परिपत्र गर्दै उक्त प्रोटोकल कार्यान्वयनमा जोड दिएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि दुई अञ्चल आयुर्वेद औषधालय र ११ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई उक्त प्रोटोकल कार्यावयन गर्न निर्देशन दिएको छ ।

प्रोटोकलमा आयुर्वेद औषधि, खानपान, योग, ध्यान तथा शारीरिक व्यायामको माध्यमबाट शरीरको प्रतिरोधी क्षमता बढाउन सकिने उल्लेख छ । साथै भान्छामा दैनिक प्रयोग गरिने मरमसलालगायत परम्परागत जडीबुटीबाट पनि प्रतिरोधी क्षमता बढाउन सकिने चिकित्सकहरु बताउँछन् । नेपालमा पनि कोभिड सङ्क्रमण भएका व्यक्तिलाई प्रतिरोधी क्षमता अभिवृद्धि गर्ने विभिन्न प्रकारका आयुर्वेदिक औषधि खुवाइएको उदाहरण छन् ।

त्रिभुवन विश्वविद्यालय, आयुर्वेद शिक्षण अस्पताल कीर्तिपूरका निवर्तमान कार्यकारी निर्देशक प्रा. डा. डिबी रोका कोरोना रोकथामका लागि मुख्य औषधि पत्ता नलागेपनि आयुर्वेद एवं वैकल्पिक चिकित्साका उपचार विधि र औषधि प्रयोग गरी सङ्क्रमणलाई केही हदसम्म कम गर्न सकिने बताउन्छन् । त्यसोत आयुर्वेदमा महामारी नियन्त्रणमा सघाउ पुग्ने थुप्रै औषधि प्रयोगमा रहेको उनको भनाइ छ ।

महामारीको समयमा सङ्क्रमित मात्र नभई स्वस्थ्य व्यक्तिले पनि शारीरिक तथा मानसिक रुपमा आफूलाई बलियो राख्नु अत्यावश्यक छ । शारीरिक रुपमा स्वस्थ राख्न दैनिक व्यायाम, पोषिलो खानेकुरा, प्रतिरोधी क्षमता बढाउने जडिबुटीयुक्त आहार सेवन गर्न सुझाव दिँदै उनले योगाभ्यास तथा ध्यानका माध्यमबाट मानसिक स्वास्थ्य हासिल गर्न सकिने बताए ।

सरकारले समुदायस्तरमा कोरोना सङ्क्रमण फैलन नपाओस् भनेर अन्यन्त्रबाट आएका नेपाली तथा विदेशी नागरिकलाई क्वारेन्टिनमा राख्दै आएको छ । अन्य व्यक्तिमा सङ्क्रमण नफैलियोस् भनेर सङ्क्रमितलाई ‘आइसोलेसन’मा राख्ने पनि गरिएको छ । सामान्यतयाः १४ दिन आइसोलेसनमा राखिने विश्वव्यापी प्रचलन भए पनि कतिपय अवस्थामा सङ्क्रमितलाई दुई साताभन्दा बढी आइसोलेसनमा राख्नुपर्ने पनि देखिएको छ ।


>> कोरोनाबारे सम्पूर्ण कभरेज यँहा पढ्नुहोस्
Tags: #Health and population ministryAyurvedaCorona Virus #Covid19
Nisarga hospital Dhangadhi
Previous Post

मातृ प्रजनन् स्वास्थ्य सम्बन्धी रिटमा सर्वोच्चबाट सरकारसँग लिखित कारण माग

Next Post

कोभिड -१९ को उपचारमा पुराना औषधि प्रभावकारी बन्दै डा. पाण्डे

Related articles

Dr Nabin Poudel Medical Officer
Health

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

2 months ago
810
स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने
Health

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

5 months ago
904
2. TB Communicable Disease
Health

Tuberculosis Awareness in Nepal by National Tuberculosis Control Center (NTCC)

11 months ago
969
आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने
Health

आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने

11 months ago
803
Health ministry
Health

स्वास्थ्यका के-के शीर्षकमा कति बजेट पूरा विवरण सहित

12 months ago
788
डा. गोबिन्द केसी धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन बसे
Health

‘सरकारले तिन साता भित्र माग पुरा नगरे डा. केसीले दिए सत्याग्रह गर्ने चेतावनी’

1 year ago
776
Next Post
कोरोनाले स्वरूप फेर्‍यो – कुनै लक्षण नदेखिए पनि कोरोना संक्रमण देखिन सक्छ। #Covid19

कोभिड -१९ को उपचारमा पुराना औषधि प्रभावकारी बन्दै डा. पाण्डे

Comments 4

  1. Pingback: 💪 प्रतिरक्षा प्रणाली बलियो बनाउने १५ प्राकृतिक विधि #BoostImmunity • Health News Nepal
  2. Pingback: सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training • Health News Nepal
  3. Pingback: धादिङमा नागरीक आरोग्य सेवा केन्द्र उद्घाटन #SanitaryService • Health News Nepal
  4. Pingback: के अबको संसार भ्याक्सिनमै निर्भर हो त ? • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,010)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.