Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण ५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कोभिडको महामारी र मर्म सम्मानजनक मातृ स्याहारको #Covid19

HNN Staff by HNN Staff
June 15, 2020
in Health
Reading Time: 8 mins read
A A
2
Author profile Pratiksha Bhattarai

Author profile Pratiksha Bhattarai

637
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️प्रतीक्षा भट्टराई,
 गोल्डेन कम्युनिटी

सिङ्गो स्वास्थ्य प्रणाली कोभिड–१९का कारण अहिले प्रभावित भएको छ । स्वास्थ्य क्षेत्रमा बिद्यामान समस्या र कमजोरीहरु अझै विक्रान्त रुप लिएर प्रस्तुत हुन सक्ने आँकलन विज्ञहरुको छ। corona भाइरस एक व्यक्तिबाट अर्कोमा सर्न नदिन सामाजिक दुरी कायम गर्ने कुरालाई नकार्न सकिदैन। आमा तथा नवजात शिशुको जीवन रक्षाका लागि गुणस्तरिय स्वास्थ्य सेवा अति जरुरी छ।

गर्भवती आमा र नवजात शिशु स्याहारमा हाल आएका परिवर्तित प्रयासहरुले आमा, नवजात शिशु र परिवारका अधिकारहरु खोसिन सक्ने जोखिम बढेको छ। गुणस्तरीय सेवाको सन्दर्भमा प्रयोगमा ल्याएको आदरपूर्ण र सम्मानजनक मातृ तथा नव जात शिशु स्याहारका कुराहरु महत्वपूर्ण छन्। महामारीको बेलामा यी अधिकारहरु ओझेलमा परेको हुन सक्छन। यस्तै यस्तै अरु धेरै प्रश्न चिन्हहरु हाल उत्पन्न भएका छन्।  

महामारीका बेला अधिकार र सुरक्षाका कुरा फितला लाग्न सक्छन तर पनि एउटी आमा र उसको नवजात शिशुले गुणस्तरीय र आदरपूर्ण स्याहार पाउन महत्त्वपूर्ण छ। यस्तो माहोलमा अस्पताल गई बच्चा जन्माएका देश विदेशका गर्भवती महिलाहरुका अनुभवका कथाहरु सुन्दा मन कुडीने खालका छन्। उनीहरुले चाहेका मनपर्ने मान्छे अथवा श्रीमानलाई प्रसुतीका बेला संगै रहन प्रतिबन्धित गरिएको वा जन्मेपछि शिशुलाई सँगै नराखेर छुट्टै रखिएको वा बुझ्ने गरी सबै कुरा नभनिएको भन्ने खालका गुनासोहरु बढी मात्रामा सुन्नमा आएका छन्।   

भेरी हस्पिटलमा डेलिभरीको लागि आएकी महिला
भेरी हस्पिटलमा डेलिभरीको लागि आएकी महिला

कोभिड १९को महामारी फैलिए लगत्तै संक्रमणको जोखिम घटाउन प्रसुति कक्ष भित्र गरिने स्याहारहरुमा केहि भिन्नता आएका छन्। प्रसुती चाँडो गराउन औषधि वा अप्रेसन गर्न आतुर हुने, जन्मनासाथ नवजात शिशुलाई आमाको छातीमा नराख्ने, वा शीघ्र स्तनपान नगराउने पनि देखिएको छ। तथापी यसो गर्नाले संक्रमण कम हुने भन्ने खालका कुनै ठोस प्रमाण हरु भने छैनन्।

विश्व स्वास्थ्य संगठन (WHO) ले विभिन्न अध्ययनका आधारमा यी स्याहारहरु सम्बन्धित निर्देशिका तयार पारेको छ, जस अनुरुप प्रसुतिका बेला इच्छाएको व्यक्ति साथमा राख्नुपर्ने, जन्मपश्चात नवजात शिशुलाई आमाको छातीमा छाला देखि छालाको संसर्गमा राख्नुपर्ने र आवश्यकता देखिए मात्र अपरेशन गरी बच्चा जन्माउनु पर्ने जस्ता कुरा माथि प्रकाश पारेको छ। आमा र शिशुको स्वास्थ्यमा जटिलता आउन नदिन यी स्याहारहरु उचित तरिकाले प्रदान गर्नु अपरिहार्य मानिन्छन् ।

भनिन्छ कि, स्वेछ्याको साथी सँगै भएमा प्रसव व्यथाको समय लम्बिन पाउदैन र जटिलता पनि कम हुन जान्छ। मातृ तथा नवजात शिशु स्याहारमा उचित अभ्यासहरु नअपनाउनु भनेको अनादरपूर्ण स्याहार तर्फ उन्मुख हुनु हो, मानव अधिकारको बेवास्ता गर्नु पनि हो। गर्भवती  महिलाले चाहेको व्यक्तिको उपस्थितिमा प्रसुति गराउने अभ्यास सम्मानजनक मातृ तथा नवजात शिशु स्याहार मानिन्छ। यो चलनको विकास बिस्तारै बढिरहेको बेला कोभिड १९का कारण यसमा ठुलो वार लग्न गएको छ।

रोग सर्न सक्ने संत्रास, त्यसमाथि अपर्याप्त व्यक्तिगत सुरक्षा कवच (पि.पि.ई) र अस्त व्यस्त वर्तमान स्वास्थ्य प्रणालीका कारण स्वास्थकर्मीमा तनाव छाएको छ।  यो अवस्थामा स्वास्थकर्मीले प्रसुतीका लागि आएका गर्भवती महिलामाथि मौखिक तथा केहि ठाउँमा त शारीरिक दुर्व्यबहारसम्म हुन सक्ने सम्भावना बढ्ने देखिन्छ। स्वाभाविक रुपमा अप्ठेरो परिस्थितिमा काम गर्दा असाहय महसुस हुनु, साना कुराका लागि नकरात्मक भाव आउनु मानवीय कमजोरीहरु हुन्।

विपद अवस्था भनेको समस्याको चंगुल मात्र होइन, नयाँ अवसरहरुको सुर्योदय गर्ने मध्यम पनि हुनसक्छ। कोभिड १९ले मेटाउनै नसकिने घाउहरु दिएको छ। मातृ तथा नवजात शिशु स्याहारमा हाम्रो कमजोरी  र पूर्व तयारीको कमी देखिएको छ।

अहोरात्र खटिएर सेवा गर्ने स्वास्थकर्मीहरुको भूमिका अतुलनीय भएको कुरा छर्लङ्ग भएको छ। व्यक्तिगत सुरक्षा कवच (पि.पि.ई) को अभाव भए, त्यसको उपल्ब्धता सुनिश्चित हुन जरुरी छ। आफु लगायत घर परिवारका सदस्यलाई रोग सर्ने त्रासले स्वास्थकर्मीको मनोबल कम भएको हुन सक्छ। स्वास्थकर्मीलाई सामाजिक, मानसिक, आर्थिक र व्यक्तिगत रुपमा सुरक्षित भएको अनुभूति दिलाउने कदम सम्बन्धित निकायबाट चालिनु अनिवार्य छ। 

गर्भवती महिलाहरुको स्वास्थ संस्था र स्वास्थकर्मी प्रतिको विश्वासलाई वर्तमान परिस्थितिमा पनि दिगो राख्न झनै महत्वपुर्ण छ। प्रसुतिको बेला स्वास्थकर्मीबाट राम्रो व्यवहार भएको अनुभूति भएमा मात्र सबै गर्भवती महिलाहरु स्वास्थ संस्थामा       सेवा लिन आउन प्रेरित हुनेछन्। स्वास्थ सेवा लिन आएका आमाहरुमा कुनै  जटिलता देखिएमा समयमै पहिचान र गुणस्तरिय स्याहार प्रदान गरिएमा परिणाम राम्रो हुन्छ। तसर्थ, मातृ तथा नवजात शिशु मृत्युदर घटाउन, सम्मानजनक र समादरपूर्ण स्याहारको भूमिकाका बिषयमा सबै क्षेत्रबाट ध्यान पुर्याउन जरुरी छ।


✍️प्रतीक्षा भट्टराई (Pratiksha Bhattarai), लेखिका गोल्डेन कम्युनिटीसंग आबद्ध हुनुहुन्छ।


>> कोरोनाबारे सम्पूर्ण कभरेज यँहा पढ्नुहोस्
Tags: Corona Virus #Covid19WHO
SummarizeShare283ScanTweet148

Related articles

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

by Nam Raj Bhatta
June 26, 2026
0

सरकारले लागूऔषध नियन्त्रणको लागि नयाँ रणनीति अघि सारेको छ । साथै यस वर्ष लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि हुने भएको छ । गृह मन्त्रालयले लागूऔषध नियन्त्रण र ओसारपसार...

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

by HNN
April 8, 2026
0

✍️ डा. अशोक पौडेल वरिष्ठ मुटुरोग विशेषज्ञ  हृदयसम्बन्धी रोग विश्वभरि मृत्युको नम्बर १ कारण हो र नेपालमा पनि नम्बर १ नै हो। हृदयसम्बन्धी रोगमा मुख्य रूपमा मुटुर रक्तनलीहरूलाई...

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    833 shares
    Share 333 Tweet 208
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    695 shares
    Share 278 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    676 shares
    Share 291 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    691 shares
    Share 308 Tweet 160
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    638 shares
    Share 255 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बानेश्वरमा कलेजो तथा पेट सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर, चोभारसम्मबाट पुगे सेवाग्राही
  • निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त
  • ॐ हस्पिटलद्वारा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्टारले गरे पदभार ग्रहण
  • साढे २ अर्ब लगानीमा नागरिक कम्युनिटी टिचिङ अस्पताल बन्दै, ५१८ लगानीकर्ता

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.