आज मिति : २०७९ असार १७
  • Login
Health News Nepal
5-11 Pfizer vaccination NHEICC5-11 Pfizer vaccination NHEICC
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home Health

कोभिडको महामारी र मर्म सम्मानजनक मातृ स्याहारको #Covid19

HNN Staff by HNN Staff
June 15, 2020
in Health
A A
2
Author profile pratiksha bhattarai

Author profile Pratiksha Bhattarai

Share on FacebookShare on TwitterShare on LinkedInQR Code
Nisarga hospital dhangadi nepal
Shreedhi international hospital kathmandu

✍️प्रतीक्षा भट्टराई,
 गोल्डेन कम्युनिटी

सिङ्गो स्वास्थ्य प्रणाली कोभिड–१९का कारण अहिले प्रभावित भएको छ । स्वास्थ्य क्षेत्रमा बिद्यामान समस्या र कमजोरीहरु अझै विक्रान्त रुप लिएर प्रस्तुत हुन सक्ने आँकलन विज्ञहरुको छ। corona भाइरस एक व्यक्तिबाट अर्कोमा सर्न नदिन सामाजिक दुरी कायम गर्ने कुरालाई नकार्न सकिदैन। आमा तथा नवजात शिशुको जीवन रक्षाका लागि गुणस्तरिय स्वास्थ्य सेवा अति जरुरी छ।

गर्भवती आमा र नवजात शिशु स्याहारमा हाल आएका परिवर्तित प्रयासहरुले आमा, नवजात शिशु र परिवारका अधिकारहरु खोसिन सक्ने जोखिम बढेको छ। गुणस्तरीय सेवाको सन्दर्भमा प्रयोगमा ल्याएको आदरपूर्ण र सम्मानजनक मातृ तथा नव जात शिशु स्याहारका कुराहरु महत्वपूर्ण छन्। महामारीको बेलामा यी अधिकारहरु ओझेलमा परेको हुन सक्छन। यस्तै यस्तै अरु धेरै प्रश्न चिन्हहरु हाल उत्पन्न भएका छन्।  

महामारीका बेला अधिकार र सुरक्षाका कुरा फितला लाग्न सक्छन तर पनि एउटी आमा र उसको नवजात शिशुले गुणस्तरीय र आदरपूर्ण स्याहार पाउन महत्त्वपूर्ण छ। यस्तो माहोलमा अस्पताल गई बच्चा जन्माएका देश विदेशका गर्भवती महिलाहरुका अनुभवका कथाहरु सुन्दा मन कुडीने खालका छन्। उनीहरुले चाहेका मनपर्ने मान्छे अथवा श्रीमानलाई प्रसुतीका बेला संगै रहन प्रतिबन्धित गरिएको वा जन्मेपछि शिशुलाई सँगै नराखेर छुट्टै रखिएको वा बुझ्ने गरी सबै कुरा नभनिएको भन्ने खालका गुनासोहरु बढी मात्रामा सुन्नमा आएका छन्।   

भेरी हस्पिटलमा डेलिभरीको लागि आएकी महिला
भेरी हस्पिटलमा डेलिभरीको लागि आएकी महिला

कोभिड १९को महामारी फैलिए लगत्तै संक्रमणको जोखिम घटाउन प्रसुति कक्ष भित्र गरिने स्याहारहरुमा केहि भिन्नता आएका छन्। प्रसुती चाँडो गराउन औषधि वा अप्रेसन गर्न आतुर हुने, जन्मनासाथ नवजात शिशुलाई आमाको छातीमा नराख्ने, वा शीघ्र स्तनपान नगराउने पनि देखिएको छ। तथापी यसो गर्नाले संक्रमण कम हुने भन्ने खालका कुनै ठोस प्रमाण हरु भने छैनन्।

विश्व स्वास्थ्य संगठन (WHO) ले विभिन्न अध्ययनका आधारमा यी स्याहारहरु सम्बन्धित निर्देशिका तयार पारेको छ, जस अनुरुप प्रसुतिका बेला इच्छाएको व्यक्ति साथमा राख्नुपर्ने, जन्मपश्चात नवजात शिशुलाई आमाको छातीमा छाला देखि छालाको संसर्गमा राख्नुपर्ने र आवश्यकता देखिए मात्र अपरेशन गरी बच्चा जन्माउनु पर्ने जस्ता कुरा माथि प्रकाश पारेको छ। आमा र शिशुको स्वास्थ्यमा जटिलता आउन नदिन यी स्याहारहरु उचित तरिकाले प्रदान गर्नु अपरिहार्य मानिन्छन् ।

भनिन्छ कि, स्वेछ्याको साथी सँगै भएमा प्रसव व्यथाको समय लम्बिन पाउदैन र जटिलता पनि कम हुन जान्छ। मातृ तथा नवजात शिशु स्याहारमा उचित अभ्यासहरु नअपनाउनु भनेको अनादरपूर्ण स्याहार तर्फ उन्मुख हुनु हो, मानव अधिकारको बेवास्ता गर्नु पनि हो। गर्भवती  महिलाले चाहेको व्यक्तिको उपस्थितिमा प्रसुति गराउने अभ्यास सम्मानजनक मातृ तथा नवजात शिशु स्याहार मानिन्छ। यो चलनको विकास बिस्तारै बढिरहेको बेला कोभिड १९का कारण यसमा ठुलो वार लग्न गएको छ।

रोग सर्न सक्ने संत्रास, त्यसमाथि अपर्याप्त व्यक्तिगत सुरक्षा कवच (पि.पि.ई) र अस्त व्यस्त वर्तमान स्वास्थ्य प्रणालीका कारण स्वास्थकर्मीमा तनाव छाएको छ।  यो अवस्थामा स्वास्थकर्मीले प्रसुतीका लागि आएका गर्भवती महिलामाथि मौखिक तथा केहि ठाउँमा त शारीरिक दुर्व्यबहारसम्म हुन सक्ने सम्भावना बढ्ने देखिन्छ। स्वाभाविक रुपमा अप्ठेरो परिस्थितिमा काम गर्दा असाहय महसुस हुनु, साना कुराका लागि नकरात्मक भाव आउनु मानवीय कमजोरीहरु हुन्।

विपद अवस्था भनेको समस्याको चंगुल मात्र होइन, नयाँ अवसरहरुको सुर्योदय गर्ने मध्यम पनि हुनसक्छ। कोभिड १९ले मेटाउनै नसकिने घाउहरु दिएको छ। मातृ तथा नवजात शिशु स्याहारमा हाम्रो कमजोरी  र पूर्व तयारीको कमी देखिएको छ।

अहोरात्र खटिएर सेवा गर्ने स्वास्थकर्मीहरुको भूमिका अतुलनीय भएको कुरा छर्लङ्ग भएको छ। व्यक्तिगत सुरक्षा कवच (पि.पि.ई) को अभाव भए, त्यसको उपल्ब्धता सुनिश्चित हुन जरुरी छ। आफु लगायत घर परिवारका सदस्यलाई रोग सर्ने त्रासले स्वास्थकर्मीको मनोबल कम भएको हुन सक्छ। स्वास्थकर्मीलाई सामाजिक, मानसिक, आर्थिक र व्यक्तिगत रुपमा सुरक्षित भएको अनुभूति दिलाउने कदम सम्बन्धित निकायबाट चालिनु अनिवार्य छ। 

गर्भवती महिलाहरुको स्वास्थ संस्था र स्वास्थकर्मी प्रतिको विश्वासलाई वर्तमान परिस्थितिमा पनि दिगो राख्न झनै महत्वपुर्ण छ। प्रसुतिको बेला स्वास्थकर्मीबाट राम्रो व्यवहार भएको अनुभूति भएमा मात्र सबै गर्भवती महिलाहरु स्वास्थ संस्थामा       सेवा लिन आउन प्रेरित हुनेछन्। स्वास्थ सेवा लिन आएका आमाहरुमा कुनै  जटिलता देखिएमा समयमै पहिचान र गुणस्तरिय स्याहार प्रदान गरिएमा परिणाम राम्रो हुन्छ। तसर्थ, मातृ तथा नवजात शिशु मृत्युदर घटाउन, सम्मानजनक र समादरपूर्ण स्याहारको भूमिकाका बिषयमा सबै क्षेत्रबाट ध्यान पुर्याउन जरुरी छ।


✍️प्रतीक्षा भट्टराई (Pratiksha Bhattarai), लेखिका गोल्डेन कम्युनिटीसंग आबद्ध हुनुहुन्छ।


>> कोरोनाबारे सम्पूर्ण कभरेज यँहा पढ्नुहोस्
Tags: Corona Virus #Covid19WHO
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

अब एक जिल्ला बाट अर्को जिल्ला यात्रा गर्दा परिक्षण गर्न नपर्ने :स्वास्थ्य मन्त्रालय

Next Post

नेपालमा अहिलेसम्मकै उच्च ४५१ जनामा कोरोनाको पुष्टि , कुल संख्या ६२११ पुग्यो #Covid19

Related articles

सुगरका बिरामीले आँप खादा हुन्छ कि हुँदैन? (जानी राखौं)
Health

सुगरका बिरामीले आँप खादा हुन्छ कि हुँदैन? (जानी राखौं)

2 days ago
528
Carrot nutrition
Health

गाँजर खाएमा यी १८ रोगबाट बच्न सकिन्छ #Carrot #Nutrition

2 months ago
483
Understanding autism
Health

के हो अटिजम ? यसको उपचार कसरी गरिन्छ ? जानी राखौं #Autism #AutismAwareness

2 months ago
485
Mental freshness is key to happiness
Health

मानसिक रुपमा फ्रेस हुने १० उपायहरु #MentalFreshness

2 months ago
478
Hot air loo safety, तातो हावा वा लुबाटजोगिने उपाय अपनाऔँ
Health

गर्मी महिनामा तातो हावा र लूबाट बच्ने टिप्सहरु जानी राखौं #heatstroke #sunstroke

2 months ago
479
पेडियाट्रिक पल्मोनोलोजी र इन्टेसिभ केयरमा डिएम गर्ने पहिलो डाक्टर बने घिमिरे
Health

पेडियाट्रिक पल्मोनोलोजी र इन्टेसिभ केयरमा डिएम गर्ने पहिलो डाक्टर बने घिमिरे

2 months ago
480
Next Post
Novel coronavirus (covid-19) media briefing #covid-19

नेपालमा अहिलेसम्मकै उच्च ४५१ जनामा कोरोनाको पुष्टि , कुल संख्या ६२११ पुग्यो #Covid19

Comments 2

  1. Pingback: रोग प्रतिरोधात्मक क्षमता बढाउन गुर्जो, बेसार , तुलसी लगायतका जडिबुटी खाऔं – Health News Nepal
  2. Pingback: कोभिड-१९ मा गर्भवती तथा सुत्केरी महिलाले ध्यानदिनुपर्ने कुराहरु • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Pauwadungma Rural Municipality Message BhojpurPauwadungma Rural Municipality Message Bhojpur
Krishnapur Nagarpalika Kanchanpur Pfizer Vaccine MessageKrishnapur Nagarpalika Kanchanpur Pfizer Vaccine Message
Swasthya Karalaya Bajur Khop TalikaSwasthya Karalaya Bajur Khop Talika
Swasthya Karyalaya Kathmandu Covid MessageSwasthya Karyalaya Kathmandu Covid Message
Tarakeshwor Municipality Covid Vaccine for Kids MessageTarakeshwor Municipality Covid Vaccine for Kids Message
Yoga for HumanityYoga for Humanity
Samyak Diagnostic JawalakhelSamyak Diagnostic Jawalakhel
Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)
Bhageshwor Gaunpalika Covid public awareness messageBhageshwor Gaunpalika Covid public awareness message
Health Office Lalitpur Typhoid Vaccine noticeHealth Office Lalitpur Typhoid Vaccine notice
Nepal National Hospital Kathmandu NepalNepal National Hospital Kathmandu Nepal
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Recommended

पछिल्लो चौबीस घण्टामा : ६२६ संक्रमित डिस्चार्ज हुँदा १३९ जनामा कोरोना संक्रमित #covid19

एकैदिन ३११ जनामा कोरोना संक्रमण , कुल संक्रमितको संख्या १९ हजार नाघ्यो #Covid19

2 years ago
471
काठमाण्डौंमा ३१ जना सहित थप २४६ जनामा कोरोनाको पुष्टि #covid19

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो , आज मात्रै २५६९ थपिए #Covid19

2 years ago
471
कान्ति बाल अस्पतालमा बच्चाहरूको पल्मोनोलोजी सम्बन्धि ओपिडी शुरु

कान्ति बाल अस्पतालमा बच्चाहरूको पल्मोनोलोजी सम्बन्धि ओपिडी शुरु

3 months ago
471

Don't Miss

डा. शिवेन्द्र झा सहित यी हुन् १४ हस्पिटलका मंकिपक्स फोकल पर्शन

डा. शिवेन्द्र झा सहित यी हुन् १४ हस्पिटलका मंकिपक्स फोकल पर्शन

June 27, 2022
573
डा. सन्दीप राज कुँवर द्वारा पेटमा अड्किएको चम्चा बिना शल्यक्रिया निकालियो

डा. सन्दीप राज कुँवर द्वारा पेटमा अड्किएको चम्चा बिना शल्यक्रिया निकालियो

June 27, 2022
727
किड्नी केयरलाई महिला लघुवित्त द्वारा ५ लाख सहयोग साथै एम्बुलेन्स पनि दिने घोषणा

किड्नी केयरलाई महिला लघुवित्त द्वारा ५ लाख सहयोग साथै एम्बुलेन्स पनि दिने घोषणा

June 26, 2022
522
हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

June 26, 2022
585
Seti provincial hospital

सेती अस्पतालले माग्यो ठुलो जनशक्तिमा कर्मचारी (सुचना सहित)

June 26, 2022
517
परिवार योजना महिला तथा पुरुषको मौलिक हक हो : परिवार कल्याण महाशाखा

परिवार योजना महिला तथा पुरुषको मौलिक हक हो : परिवार कल्याण महाशाखा

June 24, 2022
503
गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद जोशी

गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद जोशी

June 23, 2022
746
काठमाडौंमा‌ १ लाख ९० हजार बालबालिकालाई कोभिड विरुद्धको खोप लगाइदै

काठमाडौंमा‌ १ लाख ९० हजार बालबालिकालाई कोभिड विरुद्धको खोप लगाइदै

June 23, 2022
488
सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार पवित्रा सुनारलाई

सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार पवित्रा सुनारलाई

June 22, 2022
489
सुदुरपश्चिम सरकारले सार्वजनिक स्थलमा धुम्रपान निषेधित बोर्ड राख्ने

सुदुरपश्चिम सरकारले सार्वजनिक स्थलमा धुम्रपान निषेधित बोर्ड राख्ने

June 22, 2022
501
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Publication Categories

  • Articles (77)
  • Disease (93)
  • English (36)
  • Fitness (23)
  • Health (164)
  • Lifestyle (52)
  • News (1,457)
  • Nutrition (33)
  • Research & Study (48)
  • Weight Loss (24)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...