आज मिति : २०८२ जेष्ठ १९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

कोरोना भाईरसको जिनमा भएको परिवर्तन तथा यसका जोखिमहरु #covid19

HNN Staff by HNN Staff
June 21, 2020
in Health
A A
0
washing campaign 1
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ प्रा.डा. रेवती रमण मल्ल
युनिट प्रमुख, मेडिकल विभाग
चि.बि.रा.प्र.; वीर अस्पताल

कोरोना भाइरसको जिनमा भएको परिवर्तन तथा यसका जोखिमहरु:

के हो इन्डियन कोरोना भाइरस ?

कोरोना भाइरसका जिनमा हुने परिवर्तन बारे छलफल गर्नु अघि कोरोना भाइरसका इतिहास र प्रकार बारे सामान्य छलफल हुन आबश्यक देखिन्छ।

* कोरोना भाइरसको इतिहास:

कोरोना भाईरस पहिलो पल्ट सन् १९३० मा पत्ता लागेको थियो। त्यतिबेला यसले कुखुराहरु को स्वासप्रस्वास प्रणालीमा संक्रमण गरेको पाईएको थियो। त्यतिखेर संक्रमित कुखुराहरु को मृत्यु दर ४० देखि ९० प्रतिशत सम्म पुगेको थियो। मानिसमा संक्रमण गर्ने कोरोना भाइरस (Human Corona Virus) पहिलोपटक सन् १९६० मा पत्ता लागेको थियो। कोरोना भाईरस आर.एन. ए. (RNA) ग्रुपका भाईरस हुन। यिनले स्तनधारी जिबहरु (Mammals) र चराहरु (birds) लाई रोग निम्त्याउन सक्ने खुबी राख्दछन।

कोरोना भाइरसका प्रकारहरु:

पृथ्वीमा हालसम्म पत्ता लागेका ३० किसिमका कोरोना भाइरस मध्य ८ किसिमका कोरोना भाइरसले मानव स्वास्थ्यमा असर पारेको पाइएको छ। ति मध्य चार किसिमका कोरोना भाईरसले मानिसमा सामान्य रूपमा आफै निको हुने खालको रुघाखोकीको लक्षण देखाउने गरेको पाईएको छ। जसका नाम हरु निम्न अनुसार उल्लेख गरिएको छ:

१) Human coronavirus OC43 (HCoV-OC43), β-CoV

२) Human coronavirus HKU1 (HCoV-HKU1), β-CoV

३) Human coronavirus 229E (HCoV-229E), α-CoV

४) Human coronavirus NL63 (HCoV-NL63), α-CoV

मानिसमा ४० देखी ५० प्रतिशत रुघाखोकी Rhino Virus ले गराउछन। २० प्रतिशत रेस्पिरेटरी सिन्सिटियल (Respiratory Syncitial Virus, १० देखी १५ प्रतिशत पाराइन्फ्लुन्जा (parainfluenza Virus) भाइरस, ५ प्रतिशत Adenovirus भाइरसले गराउदछन। त्यसै गरि २० प्रतिशत रुघाखोकी माथि उल्लेख गरिएका चार किसिमका कोरोना भाइरसले गराउदछन।

तर यि बाहेक निम्न प्रकारका कोरोना भाइरसले मानिसलाई संक्रमण गरि जटिल किसिमका लक्षणहरु देखाउनु को साथै ठुलो संख्यामा मानिसको मृत्यु गराउन सक्ने क्षमता राख्दछन।

५) Severe acute respiratory syndrome coronavirus (SARS-CoV), β-CoV:ल

SARS-CoV नामको कोरोना भाइरसले  सन् २००२ देखी २००४ सम्म चीन, कोरिया, हङकङ लगायत २८ देशमा महामारी फैलाई कुल ७ शय ७४ जना मानिसको ज्यान लिएको  थियो। यो भाइरस चमेरो बाट उत्पत्ति भएर पहिलोपटक चीनको फोसानमा मानिसलाई संक्रमण गराई देखा परेको थियो।

६) Middle East respiratory syndrome-related coronavirus (MERS-CoV), β-CoV:

MERS-CoV  नामको कोरोना भाइरसले सन्  २०१२, २०१५ र २०१८ मा मिडिल ईष्टका देशहरू साउदी अरेबिया, जेद्दा लगायत २७ देशमा महामारी फैलाएर कुल ८ शय ५८ जना मानिसको ज्यान लिएको थियो। यो भाइरस चमेरा र उटबाट उत्पत्ती (Origin) भएको थियो।

७) Severe acute respiratory syndrome coronavirus 2 (SARS-CoV-2), β-CoV:

यो हालका दिनहरूमा  बिश्व महामारी (पान्डेमिक) को ररूपमा  रोग फैलाईरहेको कोरोना भाइरस हो। यसलाई  SARS- CoV-2 भाइरस, nCoV-19 भाइरस वा नोवेल कोरोना भाइरस पनि भनिन्छ। यो भाइरस बिश्वमा पहिलोपल्ट चीनको उहानमा गत २०१९ को डिसेम्बर महीनामा मानिसमा संक्रमण गरि देखा परेको थियो। यस नोवेल कोरोना भाइरसको माथी नम्बर ५ मा उल्लेख गरिएको SARA- CoV नामको कोरोना भाइरस संग ७०% जेनेटिक समानता पाईएको छ भने चमेरोमा पाईने कोरोना भाईरस संग यसको ९६% जेनेटिक समानता पाईएको छ।

यस नोवेल कोरोना भाइरसको रुपान्तरण बारेमा छलफल शुरु गर्नु भन्दा अघि भाइरसको जेनेटिक्स संग सम्बन्धित सामान्य शब्दहरु बारेमा बुझ्नुपर्ने हुन्छ।

* स्ट्रेन (Strain):

स्ट्रेन भन्नाले भाईरसको आधारभुत मौलिक (Original) स्वरुपमा म्युटेसन भएपछि  परिवर्तन भएको स्वरुप र गुणको भाईरस लाई Strain वा Trait भनेर बुझ्नुपर्छ। यस लाई भाइरसको सब-टाइप को रूपमा बुझ्न सकिन्छ।

यसमा भाईरसको अंगको बाहिरी प्रोटिनको पत्रको सतहमा मौलिक अङ्गमा भन्दा फरक रुप हुनुको साथै अन्य स्ट्रेनको भन्दा फरक खालको इम्युन रेस्पोन्स देखाउन सक्ने गुण बिद्यमान रहेको हुन्छ। निश्चित स्ट्रेनका भाईरसमा देखिने फरक बिशेषता लाई Traits भनेर बुझ्नुपर्छ।

*म्युटेसन (Mutation):

म्युटेसन भन्नाले भाईरसको आफु जस्तै हुबहु स्वरुपका कपिहरु बनाई फैलिने प्रक्रिया (Replication) को बेलामा उसको जेनोम (Genom) (जहाँ जिबाणुको जिनको सम्पुर्ण तत्व रहेको हुन्छ) को सेक्वेन्समा देखिन सक्ने सामान्य जेनेटिक त्रुटि हो भनी बुझ्नुपर्छ। यो भाइरसको सेक्वेन्स मा आउने सामान्य परिवर्तन हो।

त्यस्तै यो भाइरसको आफ्नो अस्तित्व लाई जोगाउन वा आफ्नो संख्यालाई वृद्धि गरि फैलिनको लागी आबश्यक प्रक्रिया संग सम्बन्धित प्राथमिक महत्वको बिषय नभए पनि परिणाम मुखी महत्वको प्रक्रिया हो। तर यस बाट भाईरसको आधारभुत प्रकृती र गुणमा धेरै नै फरक पर्ने गरि ठुलो परिवर्तन हुन सक्दैन। यस्ता जेनेटिक हेरेफेर ले कोरोना भाइरस विरुद्ध भाइरसको निश्चित अंग वा भागलाई लक्षित गरेर बनाइने औषधि तथा भ्याक्सिन ले दिने एन्टिबडीको लक्ष्य (Target) मा सामान्य  परिवर्तन ल्याउन सक्ने खतरा रहेको हुन्छ।

कुनै पनि भाईरस विभिन्न माध्यम बाट मानिसको शरीरमा प्रवेश गरेपछि आफ्नो अस्तित्व जोगाउन को लागि मानिसको केशिकाहरु (Cells) भित्र प्रबेश गर्नु पर्ने हुन्छ। कोरोना भाईरसहरु पनि मानव शरीरमा प्रबेश गरेपछि फोक्सोका केशिकाको बाहिरी पत्र (Cell Membrane) मा टासिएर कोशिकाहरु भित्र प्रबेश गर्ने गर्दछन् ।

Cleaning and hygiene of home illustration, by Bandana Tulachan from Unicef Nepal
Cleaning and hygiene of home illustration, by Bandana Tulachan from Unicef Nepal

जहाँ उनिहरुले आफ्नो अस्तित्वको रक्षाको निम्ति आफ्नो बंशानुगत जिनका Ribonucleic Acid (RNA) का लाखौं कपिहरु बनाएर आफ्नो संख्यालाई वृद्धि गर्ने वा फैलिने (Replication) काम गर्दछन। यसरी लाखौं आर.एन.ए. का कपिहरु बन्ने फैलिने क्रममा कम्तीमा पनि ५-६ पल्ट म्युटेसन भएर पहिलेको भन्दा गलत वा फरक आकार स्वरुपका आर.एन.ए. हरु पनि बन्न सक्दछन। यस प्रक्रियामा भाइरसको जेनम (Genome) बाट कुनै भाग हराउन सक्दछ। यो हराउने प्रक्रिया लाई डिलेसन (Deletion) भनिन्छ।

स्पष्ट भन्नु पर्दा अहिलेसम्म कोरोना भाइरसको जेनोम बाट ८१ वटा सम्म न्युक्लिओटाइड्स (Nucleotides) हरु जेनेटिक कोड बाट हराएको पाईएको छ। Mutation प्रक्रिया भाइरसको जेनममा अन्धाधुन्ध ढंग बाट क्रमहिन तरिकाले हुने दुर्घटना हो। भाईरस को असंख्य वृद्धि र बिस्तार को लागि वा उस लाई आफ्नो अस्तित्वको संरक्षण गर्नको लागी यो अत्यावश्यक सामान्य प्रक्रिया हो।

अहिले सम्म नोवेल कोरोना भाइरसको शय भन्दा बढी म्युटेसन भएको पाईएको छ। तर यी कुनैमा पनि भाइरसको मौलिक (Original) गुणको शुरु देखिको बिद्यमान अबस्था भन्दा बढी खतरापूर्ण रुप वा उग्रता (Virulence) मा वृद्धि भैरहेको बिशेषता पाईएको छैन।

यस्ता म्युटेसन बाट यो नोबेल कोरोना भाइरस भबिश्यमा मानव स्वास्थ्यमा यस्तै अहिले जस्तो असर पार्ने खालको स्थितिमा रहन्छ वा यो भन्दा बढी नै जटिल वा खतरनाक प्रकृति तथा स्वरुपमा परिवर्तन हुन्छ वा कम हानिकारक गुणको भाइरसमा परिवर्तन हुन्छ भन्ने कुरा भने अहिलेसम्म कसैले पनि भबिश्यबाणी गर्न सक्ने अवस्था छैन।

* नोवेल कोरोना भाइरसको जिनमा भैरहेको परिवर्तन र यसका नयाँ रुप तथा स्वरुपहरु:

चीन, जर्मनी, बेलायत लगायत विश्वभरीका बैज्ञानिकहरुको अध्ययनले विभिन्न संख्यामा नोवेल कोरोना भाइरसको शय भन्दा बढी म्युटेसन (Mutation) भएको देखाएका छन। बिश्वका थुप्रै देशहरू मा कोरोना भाइरसको  म्युटेसन बारे गरिएका अध्ययनमा बिभिन्न संख्यामा एकासी वटा सम्म न्युक्लिओटाइड्स हरु भाइरसको जेनेटिक कोड बाट हराएको पाइएको छ।

के नोवेल कोरोना भाईरसका आर.एन. ए. हरु समयको अन्तराल संगै परिबर्तन हुदै छन् ? भन्ने तथ्य स्पष्ट रूपमा थाहा पाउनको निमित्त यसै बर्षको फेब्रुअरी मा Xiaolu Tang र उनको टिमले पेकिङ्ग युनिभर्सिटी बेईजिङ्गमा. कोभिड-19 पुष्टि भएका १०३ जना बिरामीको घाटिको स्याम्पल लिएर भाईरसका जिनहरुको अध्ययन गर्दा सबैको स्याम्पलमा भाईरसका आर.एन.ए. (RNA) हरुमा एकरूपता पाईएको थियो। तर तिनका आर.एन. ए. लाई जनावरको आर.एन. ए. संग तुलना गर्दा भने फरक पाईएको थियो।

उनिहरुले कोभ-19 भाईरसको आर.एन.ए. को खासगरी दुई लोकेसनमा म्युटेसन भएको पाएका थिए। उनिहरुले आर.एन.ए. को 72 Loci मा म्युटेसन भएको नोवेल कोरोना भाइरसलाई L-type  र  29 Loci मा म्युटेसन भएको भाइरस लाई S-type भनी नामाकरण गरे।

उनिहरुले शुरुमा कोरोना भाइरस जंगली जनावर बाट मानव शरीरमा प्रबेश गरि महामारीको रूपमा फैलाउने कोरोना भाइरस S-Type को भएको र एउटा भूगोल वा मानिस बाट अर्को भूगोल वा मानिसमा सर्ने फ़ैलिने क्रममा त्यसबाट L-type को नोवेल कोरोना भाइरस बिकास भएको निष्कर्ष निकालेका थिए। त्यस्तै धेरै जसो अहिले बिश्वमा ब्यापक रूपमा संक्रमण फैलाई रहेको कोरोना भाइरस पनि यही L- Type को कोरोना भाइरसको स्ट्रेनको हो भनी उनीहरुले दाबी गरेका छन् ।

अहिले फैलिदै गरेको कोरोनाको विश्व महामारीमा दुबै स्ट्रेनको कोरोना भाइरस संलग्न रहेको भएपनी L- Type को कोरोना भाइरस नै बढी ब्यापक रहेकोले यो स्ट्रेनले नै बढी आक्रामक ढंगले महामारी फैलाई रहेको छ भनेर उनीहरुले निष्कर्ष निकालेका छन् । त्यस्तै अर्को शोधकर्ताहरु को टिमले भने पहिलो पल्ट जंगली जनावर बाट मानिसमा रोग फैलाउने L -टाइपको कोरोना भाइरस हो भन्ने दाबी गरेका छन् । यस्ता फरक स्ट्रेनको कोरोना भाइरसले बिरामीको स्वास्थ्यमा थप के अर्थ राख्छन भन्ने थप बिबरणहरु स्पष्ट गर्नको लागि पछिल्ला दिनहरुमा हुँदै जाने अन्य बृहत तथा बिस्तृत अध्ययन हरुको आबश्यक पर्ने देखिन्छ।

Corona Virus in Nepal
Corona Virus in Nepal

तर अक्सफोर्ड युनिभर्सिटी का एक बैज्ञानिकले L – Type को कोरोना भाइरसको स्ट्रेनमा आफुलाई आक्रामक ढंग बाट फैलाउन सक्ने क्षमताको देखिएको भएपनि यिनिहरुको जेनेटिक भिन्नता बाट रोगको लक्षणको बिबिधता मा कस्तो सम्बन्ध राख्छ भन्ने कुरा अहिलेसम्म स्पष्ट हुन नसकेको जानकारी दिएका छन्।

उनले जियावलु टाङ्ग को टिमको अध्ययनले कोरोना भाइरसको जिनमा दुई किसिमको भिन्नता वा बिबिधता देखाएको शत्य भएपनी यो भाईरस परिबर्तन भएको नभै शुरु देखि नै दुई किसिमको नोवेल कोरोना भाईरस भएको हुन सक्ने तर्क राख्दै भाईरस साच्चै नै आफै परिवर्तन भएको छ भनेर भन्न नसकिने निष्कर्ष निकालेका छन् । त्यस्तै बिश्व स्वास्थ्य संस्था (WHO) ले पनि भाईरस नै परिबर्तन भएको छ भनेर भन्न नसकिने धारणा पेश गरेको छ।

* कोरोना भाइरसको म्युटेसन, यसको गति तथा परिणामको वर्तमान अवस्था:

दुनियाँमा हरेक किसिमको भाईरसमा म्युटेसन (Mutation) हुन सक्छन् । यो भाईरसको जीवन चक्रको सामान्य प्रक्रिया हो। तर हरेक पल्ट हुने यस्ता (Mutation) म्युटेसनबाट त्यसले निमत्याउने रोगको प्रकृतिमा खासै महत्त्व राख्छन भन्ने पनि छैन।

आर.एन.ए. (RNA Virus) भाइरसहरु डि.एन.ए. (DNA Virus) भन्दा यस मानेमा फरक छ कि आर. एन.ए. भाइरस (RNA Virus) को आफ्नो जिनमा परिवर्तन हुने र म्युटेसन (Mutation) हुने सम्भावना प्राकृतिक रूपमा नै बढी हुन्छ। सन् २००२ तिर फ्ल्यु फैलाउने SARS-2-COV भाइरस, २०१२ तिर मिडिल ईष्टका देशहरुमा फ्ल्यु गराउने MERS भाइरस जस्तो फ्ल्यु फैलाउने भाईरस र दादुरा गराउने Measles Virus पनि हाल फैलिएको नोवेल कोरोना भाइरस (nCoV-19) जस्तै आर.एन.ए. भाईरस हुन् ।

पछिका दिनहरुमा बिश्वमा यो भाईरस फैलिने क्रम संगै यसको स्वरुपमा परिवर्तन हुदै जाने र नयाँ स्ट्रेन (Strain) हरु देखिदै जानसक्ने अनुमान गरिए पनि त्यसबाट ठोस रूपमा स्वास्थ्यमा कस्तो प्रभाव पार्न सक्छ भनी निश्चितरूपमा भन्न सकिने अबस्था छैन। Mutation को प्रक्रिया बाट अप्रत्याशित रूपमा भाइरसको रुप र गुणमा परिवर्तन आउन सक्ने भएता पनि यस बाट सधैं नराम्रो परिणाम नै निस्कन्छ भन्ने पनि छैन। कहिलेकाही Mutation बाट भाइरस कमजोर प्रकृतिको भाईरसमा पनि रुपान्तरण हुन सक्छ।

त्यस्तै कहिलेकाही यति सानो मात्रामा मात्र जिनमा परिवर्तन हुन सक्छ कि त्यसले भाईरस सर्ने फैलाउने प्रकृया, रोगको प्रकृति तथा जटिलता र मृत्यु दरमा खासै फरक अर्थ नराख्न सक्छ। अहिलेसम्म को स्थिती हेर्दा nCoV-19 भाईरसमा पनि Mutation भैरहेको भएपनि यसको गति सुस्त देखिन्छ। त्यसैले चीनमा शुरूवात मा देखिएको कोरोना भाईरस र अमेरिका तथा अन्य बाकी बिश्वमा देखिएको नोवेल कोरोना भाइरस (कोभ-19) मा उल्लेखनीय भिन्नता पाईएको छैन।

अहिलेसम्म को अबस्था लाई हेर्ने हो भने यो नोवेल कोरोना भाइरसको म्युटेसन कम्तीमा पनि सन् २००२ देखी २००४ सम्म चीन, कोरिया लगायत देशहरूमा फ्ल्यु फैलाउने SAARS-CoV-2 भाइरसमा पाईएको म्युटेसन भन्दा सुस्त देखिएको छ। त्यसैले नोबेल कोरोना भाइरसको म्युटेसन नियन्त्रण बाहिर छ भनेर हामीले बुझ्नु पर्ने अवस्था छैन। हाल बिश्वको सबै भागमा  पाइएको कोरोना भाइरसका परिवर्तित रुपको बारेमा समष्टिमा भन्नु पर्दा एकै प्रकृतीको रहेको छ भन्नुमा अत्युक्ति नहोला।

* कोरोना भाइरसको परिवर्तित रुप र प्रकृती बाट जनश्वास्थ्यमा निम्तिन सक्ने चुनौती:

हालै मात्र बैज्ञानिकहरु ले नोवेल कोरोना भाइरस बिरुद्ध औषधि र भ्याक्सिन बनाउन मध्दत होस भन्ने उद्देश्यले मार्चको मध्यका दिनहरुमा संसारको विभिन्न भागमा रोग फैलाई रहेका nCoV-19 भाइरसमा भैरहेको Mutation र त्यसपछिको भाइरसको रुप र प्रकृतिमा कस्ता परिवर्तन भएका छन् भनी हेर्नको लागि १३ जना बैज्ञानिकहरु ले गरेको एउटा अध्ययनमा उनिहरुले नोवेल कोरोना भाइरस (nCoV-19 Virus) का चौध वटा स्ट्रेनहरु पाईएको दाबी गरेका थिए।

ती मध्य एउटा नयाँ स्ट्रेन सबैभन्दा बढी ब्यापक रुपमा आफ्नो प्रभुत्व जमाउन सक्ने, कम समयमा बढी रफ्तारमा आक्रामक ढंग बाट फैलिन फैलाउन सक्ने र घातक रूपमा धेरै मानिसको ज्यान लिनसक्ने खालको प्रबल स्ट्रेनको कोरोना भाइरस टेष्टल्याबको पृष्ठभूमिमा देखिएको दाबी गरेका छन्। यो नयाँ रुपको नोवेल कोरोना भाइरसको स्ट्रेनले ल्याबको पृष्ठभूमिमा जस्तै मानव शरीरमा पनि उस्तै खतरनाक प्रभाव पार्न सक्ने क्षमताका निस्किन्छन या उस्तै वा कम घातक प्रकृतिको  निस्किन्छन भन्ने कुरा आउँदा दिनहरु मा  ब्यबहारमा स्पष्ट भएपछि मात्र भन्न सकिने देखिन्छ।

बैज्ञानिकहरु ले यी सबै फरक स्ट्रेनका कोरोना भाईरसले मानिसलाई मानव कोष भित्र प्रबेश गरेपछि कस्तो किसिमको क्षेती गर्दै फरक किसिमको लक्षण, प्रकृति र जटिलताको बिरामी गराउन सक्छन् भन्ने यथार्थ बुझन कोशिश गर्दै छन् । अहिले सम्मको अध्ययनमा यी सबै फरक स्ट्रेनका कोरोना भाइरस बाट बिमारीको प्रकृति, अस्पतालमा भर्ना गर्न बाध्य पार्ने दर र मृत्युदरमा उल्लेखनीय फरक पाईएको छैन। त्यस्तै भाईरसका नयाँ परिबर्तित स्वरुपले निको भैसकेका ब्यक्तिमा पुनः संक्रमण गराउन सक्छन बा सक्दैनन् , भ्याक्सिन वा औषधिको बिकासको लागि कस्तो चुनौती थप्न सक्छन् भन्ने स्पष्ट गर्न थप अध्ययन र तथ्यांकको आबश्यक पर्ने देखिन्छ।

आजसम्म को अबस्थामा डिसेम्बरको अन्त्यमा चीनको उहान शहरमा शुरुमा देखिएको कोरोना भाईरस भन्दा हाल अमेरिका,ईटाली लगायत बाकी बिश्वमा देखिएको भाईरस बढि छिटो फैलिने खालको, बढी जटिल प्रक्रितिको वा बढी संख्यामा मानिसको मृत्यु गराउने क्षमताको छ भनेर मान्न सकिने स्पष्ट आधार देखिएको छैन।

* के धर्तिको तापक्रमले nCoV-19 भाइरस को नियन्त्रणमा सकारात्मक प्रभाव पार्न सक्छ ?

नोबेल कोरोना भाइरसको प्रकोप लाई पृथ्वीको तापक्रमले पनि फरक प्रभाव पार्न सक्ने आधार देखिएको छैन। आज पृथ्वीको उत्तरी ध्रुबिय देशहरु (Northern Hemisphere) मा जहाँ अहिले ठण्डी मौसम छ, त्यहाँ पनि संक्रमित भेटिएका छन् भने ल्याटिन अमेरिका, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड जस्ता दक्षिणी ध्रुबिय देशहरू जहाँ धेरैजसो अहिले गर्मि मौसम छ, त्यहाँ पनि उति नै संक्रमित हरु भेटिएका छन् ।

यस प्रकार नोबेल कोरोना भाईरसले आउँदा केही बर्ष सम्म यति नै बलियो रूपमा आफ्नो प्रभुत्व (Dominant) राख्न सक्ने देखिएको छ। यदि अब आउने हिंउदको मौसममा यस नोबेल कोभिड-१९ रोगको दोस्रो प्रकोप निस्केको खण्डमा हामीलाई यसको संक्रमण बाट बच्न मुश्किल पर्न सक्छ। आउँदा दिनहरुमा भौतिक दुरि कायम राख्ने प्रक्रिया नै यस रोग लाई फैलिन बाट जोगाउने एउटै अस्त्र रहने सम्भावना बढी मात्रामा देखिएको छ। यस कार्यको लागी स्वस्थ मानिसहरू ले यसमा लापरबाही नगरी विशेष ध्यान दिन जरुरी देखिन्छ। किनभने यसले स्वस्थ तन्दुरुस्त मानिसलाई मृत्यु गराउने सम्भावना कम रहे पनि उनीहरु यो भाइरसको क्यारियर (Carrier) बन्न सक्ने हुँदा यिनिहरुको माध्यम बाट अन्य कम स्वस्थ, दिर्घ रोगि तथा जेष्ठ नागरिकमा यो रोग फैलाएर मृत्यु गराउने सम्भावना बढी रहने देखिन्छ।

के हो ईन्डियन कोरोना भाईरस ?

नोबेल कोरोना भाईरसले बिश्वब्यापी महामारी को रुप लिए संगै सामाजिक सञ्जालहरु मा यस बारे बिभिन्न टिका टिप्पणी गर्नेको कमि भएन। मार्चको अन्ततिर छिमेकी भारतको बिजेपिका नेता सुब्रमण्यम स्वामीले ट्विटरमा “बिदेशमा महामारी फैलाई रहेको कोरोना भाईरस भन्दा भारतमा केहि संख्यामा देखिएको नोबेल कोरोना भाईरस कमजोर प्रकृतिको भएको र यसलाई भारतीय नागरिकमा रहेको शरिरको ईम्युन सिस्टम बाट सजिलै परास्त गर्न सकिन्छ” भनेर आफ्नो भनाई ट्विटर मा राखेका थिए।

त्यस्तै अर्का डा. नागेश्वर रेड्डी नामका चिकित्सकले पनि सोहि मनशायको धारणा व्यक्त गरेका थिए। तर यसलाई तुरुन्तै बिज्ञहरु ले आधारहीन टिप्पणी भएको प्रतिक्रिया दिएका थिए। यस्तै प्रकारको दाबी गरिएका लेखहरु हाम्रो देश नेपालमा पनि पढ्न पाईएको थियो। त्यस्तै संसदमा हाम्रा प्रधानमन्त्री ले भारत बाट आएको कोरोना भाइरस अलि कडा खालको निस्केको पाइएको भन्ने आशयको भनाई सम्सदमा राख्नु भएको बिषय लाई लिएर भारतीय सञ्चार माध्यमले यसलाई अर्कै अर्थमा बिश्लेषण गरि अतिरञ्जित बनाएका थिए।

भारतमा अहिले सम्म म्युटेसन बाट शय भन्दा बढी फरक स्ट्रेनका कोरोना भाइरस रहेको छ भन्ने रिपोर्ट गरिएको छ। भारतको पुने स्थित नेसनल इन्स्टिच्युट अफ भाइरोलोजी मा कोरोना भाइरसको जिनमा गरिएको एउटा अध्ययनमा पनि भाइरसको स्पाइक ग्लाईकोप्रोटिन जसको माध्यम बाट नोवेल कोरोना भाइरसले मानव कोषहरुमा टासिदै प्रबेश गर्ने गर्छन् , उक्त महत्त्वपूर्ण स्थानमा प्वाईन्ट म्युटेसन भएको पाएका छन् ।

भाइरसको जेनेटिक बनावट को हिसाबले त्यहाँ पाईएको भाइरस र चीनको उहान शहरमा पहिलो पल्ट पाइएको भाइरसमा ९९.९८ प्रतिशत समानता पाईएको छ। त्यस्तै संसार भरीबाट संकलन गरिएको नोवेल कोरोना भाइरसको Genome (जहाँ जिबाणुको सम्पुर्ण जिन र जेनेटिक तत्व रहेको हुन्छ) को अध्ययन गर्दा पनि उहानमा पाईएको भाइरस संग ९९ देखि ९९.९० प्रतिशत सम्म समानता भएको पाएका छन् । तर ति सबै देशमा देखिएको कोरोना भाइरसको mutation भन्दा भिन्न भारतमा पाईएको कोरोना भाइरसमा प्रोटिन स्पाइकमा mutation भएको देखिएको छ।

यो भाइरसको सतहमा हुने सबैभन्दा महत्वपूर्ण स्पाईक हो जसमा भएको रिसेप्टरको माध्यम बाट भाईरस मानव कोशीका भित्र प्रबेश गर्ने गर्दछ। यदि भाइरस को यो स्पाईक प्रोटिनको मध्दत बाट मानव कोशीका को Cell Membrane (बाहिरी पत्र) मा टासिंदै भित्र पस्ने प्रक्रिया लाई रोक्न सकियो भने नोवेल कोरोना भाइरसको संक्रमण लाई पनि रोक्न सकिने देखिन्छ। त्यसैले यसलाई लक्षित गरि कोरोना भाइरसको औषधि वा भ्याक्सिन बनाउदा सफलता मिल्ने देखिन्छ।

इन्डियन जर्नल अफ मेडिकल रिसर्चमा मार्च २७ मा प्रकाशित लेखका अनुसार पुनेका शोधकर्ताहरु ले जनवरीमा चीनको उहान बाट आएका भारतको पहिलो दुई  पि.सि.आर. पोजिटिभ भै कन्फर्म भएका पहिलो दुईजना कोरोना पोजिटिभ मानिसहरू मा पाईएको भाइरसको जेनोम लाई बिश्लेषण गर्ने प्रयास गरेका थिए। त्यती नै बेला उनिहरुले विभिन्न  भागबाट संकलन गरिएको भाइरसको जेनोमको एकीकृत रूपमा सेक्वेन्स बेस्ड एनालाइसिस (Sequence Based Analysis) गरि सबैको गुणको प्रतिनिधित्व हुन सक्ने भाइरसको निश्चित चरीत्रमा समानता भए नभएको पत्ता लगाउने कोशिस गरे। यसबाट उनीहरुले आश्चर्यजनक रूपमा भाइरसको प्रोटिन स्पाइकमा देखिएको प्वाइन्ट म्युटेसनमा समानता रहेको पाए जुन उहान बाट पहिलोपटक भारतमा भित्रिएको भाइरसको जेनोम मा पाउन सकिएन। भाइरसको छोटो समयमा धेरैलाई फैलाउन सक्ने गति, संक्रमण गराउने क्षमता र इम्युन सिस्टममा पार्ने प्रभावमा उहानमा भेटिएको भाइरसमा भन्दा इन्डियन भाईरसको स्ट्रेनमा कुनै भिन्नता देखिएको छैन।

त्यसो त नियु- मेक्सिकोमा भएको एउटा प्रारम्भिक अध्ययनमा पनि नोवेल कोरोना भाइरसको म्युटेसनको अध्ययन गर्दा स्पाइक प्रोटिन लाई इन्कोड गर्ने नोवेल कोरोना भाइरसको जेनममा १४ किसिमको फरक म्युटेसन भेटिएको छ। ति मध्य DG14G मा तत्काल बिश्वको तुरुन्त ध्यान जानुपर्ने खालको देखिको छ। यो स्ट्रेन फेब्रुअरी को शुरुका दिनमा युरोपमा शुरु भै फैलिएको थियो। यो स्ट्रेनको कोरोना भाइरस नयाँ ठाउँमा फैलिदा अरु भन्दा प्रबल रूपमा हाबी भै फैलिन सक्ने क्षमता भएको देखिएको छ। शोधकर्ताहरु ले यो भाइरसमा अद्वितीय रूपमा सबैभन्दा बढी द्रुतगतिमा फैलिन र फैलाउन सक्ने क्षमता भएको स्ट्रेनको रूपमा यसलाई ब्यख्या गरेका छन।

यो म्युटेसन बारम्बार डरलाग्दो तरिकाले बढ्दै गएको स्थिति लाई हेर्दा यो भाइरस प्रारम्भिक समयमा उहानमा पाईएको कोरोना भाइरसमा भन्दा हुर्कन अनुकुल भएकोले उहानमा शुरुका दिनमा देखिएको भाइरस लाई द्रुतगतिमा बिस्थापित गर्दै गरेको पाएका छन। भाइरसको प्रोटिन स्पाइकमा भएको यो म्युटेसनले गर्दा मानव कोशीकाको बाहिरी पत्र (Cell Membrane) मा भएको रिसेप्टर मा मजबुत ढंग बाट टासिएर भित्र प्रबेश गर्ने प्रक्रिया लाई सक्रिय रुपमा अनुकुल बनाएको दाबी गरिएको छ। यस बाट शुरुमा चिनमा गरिएको अध्ययन अनुसार उहान भाइरस दुई फरक किसिमको स्ट्रेनको भएको र एउटा भन्दा अर्को बढी संक्रामक वा बढी  हानिकारक छ भनेर दाबी गरिएको तथ्यमा चुनौती थपेको छ।

सामान्यतया उमेर, जिबाणुको मानव शरीरमा प्रबेश गर्ने माध्यम, भाइरसको लोड र ब्यक्तिको इम्युन सिस्टमको अवस्थाले संक्रमण सामान्य वा कडा प्रकृतीको लक्षणको निम्तिने भन्ने महत्त्व राख्दछन। जुन कोभिड-19 भाइरसको हकमा पनि लागू हुन्छ।

असलमा अन्य विश्वमा झैँ भारत भित्र फैलिएको  नोबेल कोरोना भाईरसमा पनि  जेनेटिक भिन्नता देखिएको छ।  तर स्पाइक प्रोटिन मा देखिएको प्वाइन्ट म्युटेसन अन्य देशमा फैलिएको नोवेल कोरोना भाइरसमा देखिएको छैन। यद्यपि भाईरस म्युटेट (Mutate) हुँदा कहिलेकाही बढी खतरनाक रूप र आक्रामक चरीत्रको भाइरसमा रुपान्तरण हुन सक्ने खतरा रहन्छ, तर धेरैजसो म्युटेसनमा भाईरसको अङ्गको केही भागले म्युटेसन भएपछि मौलिक रुपको अङ्गले भन्दा कम काम गर्ने अबस्था सृजना हुने भएकोले पुरानो मौलिक (Original) भाइरस भन्दा कम खतरनाक भाइरसमा रुपान्तरण हुने सामान्य मान्यता रहिआएको छ। त्यस्तै CoV-19 भाइरस RNA- Virus भएकोले पहिले भन्दा कमजोर र कम हानिकारक प्रकृति र स्वभावमा रुपान्तरण हुनसक्ने सम्भावना बढी रहन्छ।

मौलिक अबस्थाको नोवेल कोरोना भाईरस र नयाँ स्ट्रेनका भाईरसहरु को बिशेषता र चरीत्रमा खासै उल्लेखनीय अन्तर आएको देखिएको छैन। अहिले सम्म को अबस्था लाई बिश्लेषण गर्दा भाईरसको नयाँ रुप (Trait) र स्वभाव (Characteristic) शुरुको अबस्थामा भन्दा उल्लेखनीय रूपमा फरक पाईएको छैन, जसले फरक अबस्था सृजना गर्न सकोस। सुस्त र सामान्य खालको म्युटेसनको कारणले अहिले पुरानो अबस्थाको जस्तो नयाँ (Sequence) को रूपमा धेरै नै समानता रहिरहेको कारणले गर्दा नोवेल कोरोना भाइरस बिरुध्द भ्याक्सिन बनाउने प्रक्रियामा जटिलता सृजना हुन नसक्ने देखिएको छ।

धेरैजसो भ्याक्सिन पुरानो ओरिजिनल स्वरुप (Structure) लाई नै लक्षित गरि बनाउनु पर्ने हुन्छ। किनकि पछि म्युटेसन भै रुपान्तरण भएका भाइरसमा पनि मौलिक (Original) स्वरुपमा जस्तो धेरैजसो गुणहरु सुरक्षित रहेका हुन्छन् । यस प्रकार बन्ने भ्याक्सिनले पछिल्ला स्ट्रेनहरु लाई समेत उतिनै काम गर्ने सम्भावना धेरै मात्रामा रहेको हुन्छ। अथवा परिबर्तित स्ट्रेनहरु को स्वरुप (Structure) लाई भन्दा पुरानो रुपलाई लक्षित गरि बनाईएको भ्याक्सिनले पछि सृजना हुनसक्ने भाइरसका सबै स्ट्रेनहरु विरुद्ध पनि उतिनै काम गरि सफलताका साथ संक्रमणलाई नियन्त्रण गर्नसक्ने सम्भावना बढी रहेको हुन्छ।

Corona virus awareness
Corona virus awareness

* के कोरोना भाइरसको संक्रमण पछि ब्यक्ती पुन संक्रमित हुनसक्छ ?

एकपटक भाईरसबाट संक्रमण भएपछि फेरि उक्त ब्यक्तिमा संक्रमण हुन सक्दैन भन्ने परम्परागत सामान्य मान्यता रहेको भएता पनि एकबाट दोस्रो ब्यक्तिमा संक्रमण सर्ने क्रममा म्युटेसन भै भाईरसको बस्तुगत जिनमा परिवर्तन हुने हुँदा त्यस्ता स्ट्रेन हरु पैदा हुन सक्छन जसका परिवर्तित आकृति तथा प्रकृति को आधारमा ब्यक्ति पुनः कोभ-19 बाट संक्रमित हुन सक्ने देखिन्छ।

* भाइरसका परिवर्तित बिशेषताहरु ले भ्याक्सिन बनाउने कार्यमा कस्तो चुनौती थप्न सक्छन्  ?

अहिलेसम्म को अबस्था लाई हेर्ने हो भने भाइरसको म्युटेसन कम्तीमा पनि फ्लु को भाइरस SARS-CoV-2 मा भन्दा सुस्त देखिएको छ। त्यसैले नोबेल कोरोना भाइरसको म्युटेसन नियन्त्रण बाहिर छ भनेर हामीले बुझ्नु हुदैन। हाल सबै तिर पाइएको कोरोना भाइरस समष्टिमा एकै छन। त्यसैले भाइरसको जिनको नै कारणले भ्याक्सिन बनाउने अभियानमा कुनै चुनौती देखिएको छैन। बरु भ्याक्सिन बनेपछि त्यसको प्रभावकारिता SARS-CoV-2 जस्तो फ्लू गराउने भाइरस विरुद्ध बनाईएको भ्याक्सिन भन्दा धेरै बर्ष सम्म रहने देखिन्छ।

भ्यक्सिनको उद्देश्य भनेको आधारभुत रुपमा मानिसको इम्युन सिस्टम (Immune System) लाई स्वतस्फूर्त रूपमा तालीम (Training) गराई भाईरसलाई पहिचान गर्ने, आक्रमण गर्ने र ध्वस्त गराई ब्यक्तिमा कोरोन भाईरसको संक्रमण हुन बाट बचाउनु हो। भाइरसको म्युटेसन बाट परिणत हुने फरक स्वरुपले यस बिरुध्द औषधि र भ्याक्सिन बनाउने काममा चुनौती थप्न सक्ने भएता पनि बैज्ञानिकहरु ले अहिले यस्तो कुनै चुनौती देखा नपरेको, यो तत्काल सम्भब नभएको र यसको लागि कम्तीमा पनि ३ बर्षको समय लाग्ने निष्कर्ष निकालेका छन् ।

केहि बर्षसम्म को म्युटेसन पछि मात्र भ्याक्सिन बनाउने प्रक्रियामा बाधा उत्पन्न हुन सक्नेछ। तर भ्याक्सिन बनेर ठुलो संख्यामा विश्वभरी लगाउने प्रक्रिया शुरु भएपछि भाइरसको थप म्युटेसन बढ्न पनि सक्नेछ। त्यो अबस्थामा भ्याक्सिन लाई कहिलेकाही अपडेट गर्न आबश्यक पर्न सक्छ।

सुस्त गतिको सामान्य म्युटेसन भ्याक्सिन बनाउने प्रक्रियाको लागि राम्रो पक्ष मानिन्छ। यस्ता सामान्य म्युटेसनले COVID-19 बिरुध्द  भ्याक्सिनको प्रभाबकारिता मा कुनै बाधा पार्न वा यसको काममा हस्तक्षेप गर्न सक्दैन। उदाहरणका लागि बर्षको एकपटक दिने H1N1 फ्ल्यु भ्याक्सिन लाई लिन सकिन्छ। यो बर्ड फ्ल्यु गराउने भाईरस पनि छिटो छिटो क्रमहिन बा अप्रत्याशित ढंगबाट म्युटेसन हुने खालको RNA भाइरस हो। यस विरुद्ध बनाईएको भ्याक्सिन यसको पुरानो मौलिक रुप (Strain) लाई लक्षित गरेर बनाइएको भएता पनि अहिलेसम्मको समयमा थुप्रै म्युटेसन भएको अबस्थामा पनि नयाँ स्ट्रेनका भाइरसहरु लाई नियन्त्रण गर्न उति नै प्रभावकारी रूपमा काम गरिरहेकोले यस सार्स फ्ल्यु लाई नियन्त्रणमा राख्न  सफल भएको छ।

त्यस्तै  दादुरा (Measles), घाटिको हाडे रोग (Mumps) र रुबेला (Rubella) रोग ल्याउने भाईरसहरु पनि RNA भाईरस हुन। यसको रोकथामको लागि पुरानो मौलिक स्ट्रेन लाई लक्षित गरि बनाईएको MMR भ्याक्सिन ले बिगत ४५ बर्ष देखि हालसम्मका परिवर्तित स्ट्रेनहरु लाई पनि उतिनै राम्रोसंग काम गरिरहेको पाईएको छ। यसैले कोरोनाको भाइरस बिरुध्द बन्ने भ्याक्सिनले पनि शुरुको मौलिक (Original) पुरानो स्ट्रेनको नोवेल कोरोना भाइरस देखि लिएर पछिसम्म परिवर्तन हुन सक्ने विभिन्न स्ट्रेनका भाइरसहरु लाई पनि उति नै प्रभावकारी रूपमा रोकथाम गर्न सक्नेछ भन्ने कुरामा धेरै नै आशा राख्न सकिन्छ। यस लाई नकारात्मक कोण बाट हेर्न खोज्ने हो भने पनि कथमकदाचित यस नोवेल कोरोना भाइरस विरुद्ध बनाईने भ्याक्सिनले बृहत् रूपमा कोभिड-१९ रोगको नियन्त्रण गर्न नसकेको अबस्थामा यसले बिच बिचमा अप्रत्याशित रुपमा कोरोनाको संक्रमण ल्याउला तर अहिले जस्तो मानिसको ज्यानै जाने अबस्था भने रहने छैन।

* कोरोना भाईरस विरुद्धको भ्याक्सिनले कति लामो समय सम्म सुरक्षा दिन सक्ला ?

सन २००३ को सार्स कोभ-२ ले ल्याएको फ्ल्युको महामारी फैलिएको बेलाको संक्रमण पछि मानिसहरू मा त्यस रोग विरुद्ध शरीरको लड्न सक्ने क्षमता (Immunity) ले ३ बर्ष सम्म त्यस रोगबाट सुरक्षा दिएको थियो। ३ बर्ष पछि भने केही संक्रमण देखिन थाले । नोवेल कोरोना भाईरसको भ्याक्सिन बनेर मानिसहरू ले सो भ्याक्सिन पाउन थाले पछि मानिसमा प्राकृतिक रुपमा रहेको एन्टिबडी र भ्याक्सिनको मध्दत बाट मिल्ने एन्टिबडिको प्रभाव बाट साना बा ठुलो भुगोलमा कोरोना विरुद्ध सामुहिक एन्टिबडी (Herd Immunity) बिकास हुन सक्नेछ। जसको प्रभाब बाट कोरोनाको पुनः संक्रमण हुने सम्भावना रहने छैन। समयको अन्तराल संगै यी एन्टिबडी हराउदै गएको खण्डमा पनि हाम्रो शरिरको इम्युन सिस्टम (Immune System) को सम्झने शक्ति (Memory) ले शरीर भित्र प्रबेश गर्ने कोरोना भाइरसलाई पहिचान गरि आक्रमण गर्दै ध्वस्त पारेर संक्रमण हुन दिने छैनन् ।

बिश्वमा हालसम्म शय भन्दा बढी प्रोजेक्टहरु नोबेल कोरोना भाईरसको भ्याक्सिन बनाउने काममा ब्यस्त छन् । यहि मे महिनाको ११ तारीख सम्म  ८ यस्ता भ्याक्सिनहरु मानिसमा परिक्षण भैरहेका छन् । यस बारेमा बृस्तित छलफल पछिल्लो लेखमा गरिने छ।

References:
1) www.newscientist.com; 4 March 2020
2) www.webmed.com; 5 May 2020
3) www.newscientist.com; 5 Apr 2020
4) www.healthline.com; 5 May 2020s
5) BioRxiv/Preprint Research Article; 30 Apr 2020
6) Los Angeles Times; 5 May 2020
7) englishalarbia.net; 27 Mar 2020
8) theprint.in; 31 Mar 2020
9) www.news-medical.net; 19 Apr 2020
10) www.biorxiv.org.contents;14 Apr 2020
11) www.ijmr; 27 Mar 2020
12) www.toi.com; 3 Apr 2020
13)www.newsmedicallifesciences.net; 19 Apr 2020
14) www.buisinessinsider.com; 23 Apr 2020
15) www.theweek.com; 8 May 2020
16)www.englishalarabia.net; 27 Mar 2020
17) www.medicalnewstoday.com; 22  May  2020


>> कोरोनाबारे सम्पूर्ण कभरेज यँहा पढ्नुहोस्
Tags: Corona Virus #Covid19Dr Rewati Raman MallHealth SymptomsSARSWHO
Nisarga hospital Dhangadhi
Previous Post

कोरोना संक्रमित महिलाको सफल सल्यक्रिया #Covid19

Next Post

भदौ पहिलो साता सन्क्रमितको संख्या ३९ हजार पुग्न सक्ने : स्वास्थ्य मन्त्रालय

Related articles

Dr Nabin Poudel Medical Officer
Health

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

2 months ago
812
स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने
Health

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

6 months ago
905
2. TB Communicable Disease
Health

Tuberculosis Awareness in Nepal by National Tuberculosis Control Center (NTCC)

12 months ago
987
आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने
Health

आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने

12 months ago
804
Health ministry
Health

स्वास्थ्यका के-के शीर्षकमा कति बजेट पूरा विवरण सहित

1 year ago
789
डा. गोबिन्द केसी धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन बसे
Health

‘सरकारले तिन साता भित्र माग पुरा नगरे डा. केसीले दिए सत्याग्रह गर्ने चेतावनी’

1 year ago
776
Next Post
स्वास्थ्य मन्त्रालयले पत्रकारलाई प्रवेशमा कडाइ  #Covid19

भदौ पहिलो साता सन्क्रमितको संख्या ३९ हजार पुग्न सक्ने : स्वास्थ्य मन्त्रालय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,051)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...