Magnus pharma
आज: २०८२ चैत्र २१
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कोभिड-१९ मा गर्भवती तथा सुत्केरी महिलाले ध्यानदिनुपर्ने कुराहरु – Pregnancy during Covid19

कोभिडको कारणले गर्भपतन भएको पाइएको छैन तर उच्च ज्वरो वा न्युमोनिया आदि भएमा खतरा हुन्छ। यसैगरी आमाबाट रगत वा डेलिभरी हुँदा बच्चामा कोभिड सरेको पाइएको छैन। तर स्वासप्रश्वास वा खोकी वा हाच्छियुँ आदि बाट भने काखे बच्चालाई कोभिड सर्न सक्छ।

HNN Staff by HNN Staff
September 9, 2020
in Health
Reading Time: 2 mins read
A A
2
Prof. Dr. Ganesh Dangal,Professor of Obstetrics and Gynaecology at Kathmandu Model Hospital, under National Academy of Medical Sciences (NAMS)

Prof. Dr. Ganesh Dangal,Professor of Obstetrics and Gynaecology at Kathmandu Model Hospital, under National Academy of Medical Sciences (NAMS)

699
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️प्रा.डा. गणेश दंगाल
स्त्री तथा प्रसूति रोग विशेषज्ञ
काठमाडौं मोडेल अस्पताल

नेपालमा कोभिड-१९ को संक्रमणबाट पहिलो मृत्यु  एक सुत्केरी महिलाको धुलिखेल अस्पतालमा भएको थियो। त्यसैले गर्भवती महिला तथा सुत्केरी महिलाले अझ बढी सतर्कता अपनाउनु पर्दछ।
तर कैयौ गर्भवती महिलाहरु यसको संक्रमणबाट सजिलै मुक्त भएको पनि छन् साथै कयौं गर्भवती महिला शल्यक्रिया मार्फत पनि मातृत्व हासिल गर्न सफल भएका छन्।

कोभिड-१९ एउटा नयाँ भाइरसले गर्दा हुने रोग हो। जुन हाल संसारमै महामारीको रुपमा फैलिएको छ र अझै केही वर्ष चलिरहने छ। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुने तर धेरैलाई आफू संक्रमित भएको थाहा पनि नभइ निको हुने पनि देखिएको छ । कोरोना संक्रमण हुनासाथ मरिँदैन र ९५ प्रतिशतमा साधारण उपचारबाट ठीक हुन्छ । केहीलाई अस्पतालमा भर्ना गर्नुपर्ने हुन सक्छ । तीनदेखि पाँच प्रतिशतलाई जटिलता आउँछ वा सघन उपचार (आइसियु)  सेवा दिनुपर्ने हुन सक्छ ।

कोरोना भाइरसले निम्त्याउने मृत्यु दर निकै कम छ । एकदेखि तीन प्रतिशतभन्दा कममा मृत्यु भएको देखिएको छ । निश्चित औषधि र भ्याक्सिन उपलब्ध नहुँदा कोरोना नियन्त्रणमा कठिनाइ थपिँदै गएको छ । नेपालमा पनि पछिल्लो समय लक्षणसहितका संक्रमित बढ्दै गएका छन् । समुदायस्तरमा संक्रमितको संख्या बढ्दै जाने र लक्षणसहितका संक्रमित देखिन थालेकाले व्यवस्थापन पनि जोखिमपूर्ण बनेको छ ।

समान्यतया गर्भवती महिलालाई अन्य स्वस्थ मानिसभन्दा ज्यादा बढी समस्या नहुने देखिएको छ तर गर्भावस्थामा कोभिड भएमा महिलालाई बढी गाह्रो हुन  सक्छ- शारीरिक अवस्था एवं हर्मोन, शरिरको प्रतिरोधात्मक क्षमता -इम्युनिटी वा भाइरससँगै लडन सक्ने क्षमतामा समस्या आदिका कारणले ।

कोभिडको कारणले गर्भपतन भएको पाइएको छैन तर उच्च ज्वरो वा न्युमोनिया आदि भएमा खतरा हुन्छ। यसैगरी आमाबाट रगत वा डेलिभरी हुँदा बच्चामा कोभिड सरेको पाइएको छैन। तर स्वासप्रश्वास वा खोकी वा हाच्छियुँ आदि बाट भने काखे बच्चालाई कोभिड सर्न सक्छ।

गर्भवती महिलाले के गर्ने के नगर्ने?

– भीडभाडमा नजानुहोस् र कोरोना भइसकेका बिरामीबाट टाढा रहनुहोस्। गर्भवती महिलाले घरमा अलग्गै कोठा र शौचालय प्रयोग गर्न सक्नुहुन्छ।

– कसैसँग हात नमिलाउनुहोस।

– अंकमाल नगर्नुहोस्।

– साबुन पानीले कम्तीमा २० सेकेन्ड हात मिचि मिचि धुनुहोस् वा अल्कोहल भएको ह्याणड स्यानिटाइजरले बारम्बार हात सफा गर्नुहोस्।

– खोक्दा वा हाच्छिउँ गर्दा हातले वा कपडाले नाकमुख छोप्नुहोस्। वा पेपर टावल, नेप्किनले मुख नाक छोप्नुहोस्, तुरुन्त साबुनपानीले हात धुनुहोस्।

– मास्कको प्रयोग गर्नुहोस्। धेरै प्रयोग भइरहेको ठाउँलाई नियमित रूपमा सफा राख्नुहोस्।

– डर र भ्रमका कारण घरमै घरमै सुत्केरी नहुनुहोस । प्रसुतीको लागि स्वास्थ्य संस्था वा अस्पताल जानुहोस्। ‌

– कोरोनाका लक्षणहरु जस्तै रुघाखोकी लागेमा, ज्वरो वा सास फेर्न गाह्रो भएमा तुरुन्त स्वास्थ्य संस्थाहरुमा सम्पर्क राख्नुहोस्।

-संक्रमण हुन नदिन उच्च सतर्कता कायम गर्नुपर्छ र संक्रमण भइहाले चिकित्सकको सल्लाह वा सम्पर्क राख्नुहोस्।

– नजिकको अस्पताल जानुपर्छ। त्यसका लागि एम्बुलेन्सको समेत जानकारी राख्न जरूरी हुन्छ। कसरी अस्पताल लैजाने, कुन अस्पताल लैजाने भनेर पहिले नै सल्लाह गरेको हुनपर्छ।

-बिरामीलाई काउन्सिलिङ गर्ने, परिवार सचेत हुनुपर्छ तर अत्तालिनु हुन्न। बिरामीको मनोबल बढाउनु पर्छ।

-संक्रमण भइहाले खानपिनको हकमा प्रशस्त मात्रामा तरल पदार्थ र पोषिलो खाना खानुपर्छ।

– सुत्केरी/गर्भवतीलाई यदि कोभिड भएमा बच्चालाई दूध चुसाउन-खुवाउन मिल्छ, दूध निचोरेर पनि खुवाउन सकिन्छ।

– बिरामीको आत्मबल- मनोबल उच्च राख्न औषधिसँगै खानपान र व्यायाम, ध्यान- भजन र नरम संगीत सुनाउने, प्रणायाम र मेडिटेसन आदि गर्नुपर्छ।

हाल अस्पतालमा अन्य स्वास्थ्य सेवा लिनु भन्दा अगाडि कोरोनाको पिसिआर टेस्ट/ स्क्रिनिङ टेस्ट गरिन्छ । जस्तै, कुनै शल्यक्रिया गर्नु भन्दा अगाडि, अस्पतालमा भर्ना गर्न अगाडि स्क्रिनिङ टेस्ट गरिन्छ । तर पिसिआर टेस्ट ‘स्वाब दिएकाहरु निष्फिक्री घुम्ने  कुरा जोखिमपूर्ण बनेको छ ।

अन्तमा कोरोना संक्रमणबाट बच्न बारम्बार साबुनपानीले मिचीमिची हात धुने, नाक, मुख र आँखामा हात नलैजाने, खोक्दा वा हाच्छिउँ गर्दा सावधानी अपनाउने, स्यानिटाइजर र मास्क प्रयोग गर्ने, सामाजिक दूरी पालना गर्ने- दुई मिटरको दूरी कायम गर्ने जस्ता उपाय अवलम्बन गरिरहनु पर्छ ।


 

✍️ लेखक काठमाडौँ मोडेल अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, चिकित्सक तथा नेपाल स्वास्थ्य अनुसन्धान परीषदको जर्नलमा प्रमुख सम्पादक छन् ।


>> कोरोनाबारे सम्पूर्ण कभरेज यँहा पढ्नुहोस्
SummarizeShare347ScanTweet147

Related articles

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

Breast Cancer Awareness

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

by HNN Staff
November 12, 2025
0

✍️डा. सुजाता पन्त कन्सल्टेन्ट रेडियोलोजिस्ट ह्याम्स अस्पताल महिलाहरूले प्राय गरेर स्तन क्यान्सरबारे सचेत रहन र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न आवश्यक छ। स्तन क्यान्सर अहिले विश्वभर महिलामा हुने...

Dr Nabin Poudel Medical Officer

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

by HNN Staff
March 23, 2025
0

सरुवा रोग भनेको के हो? सरुवा रोग (Communicable Diseases) भन्नाले यस्ता रोगहरूलाई जनाइन्छ, जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छन्। यी रोगहरू हावा, पानी, शारीरिक सम्पर्क, दूषित खाना वा...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
NEPDENT International Dental Trade Show
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    662 shares
    Share 265 Tweet 166
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    630 shares
    Share 252 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    626 shares
    Share 250 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    670 shares
    Share 299 Tweet 155
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    612 shares
    Share 245 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • यस्ता छ्न प्रसुती अस्पतालको सुधारका लागि १७ बुँदे निर्णय
  • भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्वबन्धु बगाले नियुक्त
  • छोरीको साहस, बुवाको नयाँ जीवन: किष्टमा १५औँ कलेजो प्रत्यारोपण सफल
  • नेपाली सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
  • काठमाडौं महानगरद्वारा महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.