डडेल्धुरा , १८ जेठ
डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका ३ का साढे छ वर्षीय बालकको राती १२ बजे मृत्यु भएको डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझाले जानकारी दिए।
उनका अनुसार आमाबाबुसँगै उनी भारतको मुम्बईबाट गौरीफन्टा नाका हुँदै डडेल्धुरा पुगेका थिए।
ओझाका अनुसार: बच्चाको स्वाब अहिले धनगढी प्रादेशिक अस्पतालमा पठाएका छौँ । आजै साझ बच्चाको रिपोर्ट आउछ त्यसपछि मात्रै बच्चाको सब जिम्मा लगाइने छ। अहिले बच्चाको शब डडेल्धुरा अस्पतालमा राखिएको छ।
डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले बालकको अस्पताल पुर्याउनुभन्दा अघि नै मृत्यु भएको पुष्टि गरे। उनका अनुसार ती बालकलाई बिहान ३ बजे अस्पताल पुर्याइएको थियो।
‘बिहान अस्पताल ल्याउनु भएको थियो। ती बालक अस्पताल पुग्नु अगाडि नै मृत्यु भइसकेको थियो। यहाँ पुर्याउँदासम्म सास पनि थिएन।’ उनलेे भने।
ती बालक मलेरिया रोगबाट ग्रसित रहेको बुझिएको उनले बताए। यसअघि उनी मुम्बईस्थित एक अस्पतालमा उपचाररत थिए।