10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन २३
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कोभिड -१९ सँग अबको जीवन बाँच्नु पर्दा ध्यान राख्नुपर्ने कुराहरु

HNN Staff by HNN Staff
July 15, 2020
in Disease
Reading Time: 3 mins read
A A
2
कोभिड -१९ सँग अबको जीवन बाँच्नु पर्दा ध्यान राख्नुपर्ने कुराहरु
586
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ उप-प्राध्यापक डा.दिपेश शाक्य

काठमाडौं मेडिकल कलेज

कोभिड -१९ गएको दुई दशकमा आज सम्म तीन नोभेल संक्रामक रोगको भाइरसले मानव जातिलाई सताएको देखिन्छ । यी तीन भाइरसहरु जनावरबाट आएका हुन।  ती हुन :

1) Middle East Respiratory Syndrome (MERS-CoV) ,

2) Severe Acute Respiratory Syndrome (SARS-CoV)

3) अहिलेको जल्दो बल्दो रोग जसले संसारै र मानव जातीलाई त्रसित बनाएको छ, त्यो हो Severe Acute Respiratory Syndrome Corora Virus -2 (SARS- CoV-2)

यसलाई COVID 19 ( कोभिड १९) , 2019 n COV (2019 novel coronavirus) को रूपमा चिनिन्छ ।

यी तिनै रोगले संसारमा ग्लोबल इमर्जेन्सी को अवस्था सिर्जना गरि पेन्डामिक पनि गरायो र उल्लेखनीय मृत्युदर र मानव संक्रमणको कारण पनि बन्यो। २०२० भन्दा अगाडि SARS- CoV ले २००३ सालमा ८ हजार मानिसलाई संक्रमण गरायो। ७७४ जनाको ज्यान लिएको थियो।त्यस पश्चात् कोभिड नोभेम्बर २०१९ मा चीनको उहान province मा पहिलो सर्भे निमोनियाको केस देखियो।जसलाई अनुसन्धान पछी कोभिड -१९ भनेर प्रमाणित (diagnosis) गरियो। यो रोग अत्यन्तै सरुवा किसिमको थियो र महिना दिनमै सबै contintinent (except antartica) मा कोभिड फैलिन पनि सफल भयो।
११ मार्च २०२० मा WHO ले यस रोगलाई Public Health Emergency of International Concern को रुपमा घोषणा गरे।

आजको दिन सम्म आइपुग्दा बिश्वमा कोभिड बाट संक्रमण हुनेको संख्या १ करोड ३४ लाख ६२ हजार ६५५ छ्न भने कोरोना मुक्त भएर घर फर्किनेको संख्या ७८ लाख ५१ हजार ६०२ रहेको छ। त्यस्तै गरि कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ५ लाख ८१ हजार ३१६ पुगेको छ।

नेपालमा कोरोना संक्रमीत हुनेको संख्या १७ हजार ६१ पुगेको छ भने कोरोना निको भइ डिस्चार्ज हुनेको संख्या १० हजार ३२८ र कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ। यो रोग जुनसुकै उमेर समुहका मानिसलाई पनि देखिएको छ र अझै पनि हुन सक्छ। तर यसले मध्यम र बृद्धअबश्था उमेर समुहका मानिसलाई चाडैं संक्रमण गर्ने देखिएको छ।

एउटा अध्ययन अनुसार (China CDC) संक्रमीत बिरामीहरु मध्ये ८७ प्रतिशत मानिसका उमेर ३० -७९ उमेर बिच देखिएको छ।२०-२९ वर्षका मानिस अस्पतालमा भर्ना हुने गरि बिरामी आएको १ % देखिएको थियो भने ४ प्रतिशत ५० देखि ५९ वर्ष समुहका र १८ प्रतिशत ८० वर्ष भन्दा माथिका मानिसहरु देखिएको पाइन्छ । यस रोगको मृत्युदर उमेर अनुसार :- ७०-७९ वर्षकामा ८% र ८० वर्ष भन्दा माथिकोमा १५ % देखिएको छ। यो रोग त्यस्ता मानिसहरुमा बढी देखिन्छ जसलाई – कुनै जटिल रोग पहिले देखिने छ। जस्तैः क्यान्सर , मृगौला रोग , कलेजो रोग , organ transplant, बंशाणुगत रोग (congenital disese).

– मुटुको रोग
– मधुमेह
– उच्च रक्तचापको रोग
– दीर्घकालीन फोक्सोको रोग जस्तै दम अवस्थामा COPD, Interstitial lung disease,
– अत्यधिक मोटोपन (OBESITY
– धूम्रपान गर्ने मानिसहरु ।
/ यो रोगको बिश्व भरमा अनुमानित मृत्युदर १ देखि ५ प्रतिशत सम्म रहेको देखिन्छ ।
यो रोग एक ब्यक्ति बाट अर्को ब्यक्तिमा सर्छ। रोगी मानिसले खोकेमा हाछ्यू गर्दा र कुरा गर्दा बायुको काण्ड (droplets) हरुको माध्यमबाट सर्दछ।साथै कुनै बस्तुहरु समात्दा , आँखा ,नाक र मुख छुदा सर्ने हुन्छ। यो रोग सजिलै शरीरमा प्रवेश गर्छ र रोगी भईन्छ ।

FB IMG 1594219563494

यस रोगका लक्षणहरु :  

1) ज्वरो आउनु (83-98% मानिसमा देखिन्छ ) ,
2) खोकी (५९-८२ प्रतिशत)
3) सास फेर्न गाह्रो (१९-५५ प्रतिशत )
4) जीउ दुख्नु ( ११-४४ प्रतिशत )
घाँटी दुख्ने खस खस गर्ने २० प्रतिशत
नाक बाट पानी बग्ने १० प्रतिशत ,
टाउको दुख्ने ३४ प्रतिशत ,
कहिलेकाहीँ खकारमा रगत देखा पर्नु ,

यस रोगले पेटमा पनि असर पार्ने भएकोमा पातलो दिशा १९ प्रतिशत हुन्छ , बान्ता र वाक वाक हुने १२ प्रतिशतमा देखिन्छ।
यस रोगका कारण ३ देखि २९ प्रतिशत मानिसहरु आइसियूमा ( सघन कक्ष ) भर्ना चाहिन सक्छ।

यस रोगले बढी चेपेको मानिस Multi Organ Failure Syndrome (MODS), Acute Respiratory Distress Syndrome (ARDS), Severe Sepsis with Septic Shock मा एक हप्ता भित्रै गएर मृत्यु भएको पनि देखिन्छ । यस रोगमा २७-२९ प्रतिशत मानिस ARDS मा गएको तथ्यांकले जनाएको छ। यस रोगमा ५.६ प्रतिशतलाई मुखमा स्वाद नआउने र ५.२ प्रतिशतलाई नाकले सुघ्ने स्थिति पनि कमजोर हुने गर्दछ। यी दुई लक्षण यस रोगको Early Warning Sign को रुपमा लिने गर्दछ र early self isolation को संकेत पनि हो। यसको आज सम्म कुनै यकिन औषधि र भ्याक्सिन पत्ता लाग्न सकेको छैन। यो रोग संसारमै नयाँ रोग भएकोले विभिन्न अनुसन्धान र प्रयोगहरु भइरहेको छ।

यस रोगमा विभिन्न antiviral , antibiotic , anticoagulant, immunomodulators ra steroid हरुको प्रयोग भइरहेको छ। तर यकिन गरेर यहि नै हो भनेर औषधि छैन। तसर्थ यसको उपचार supportive care नै देखिन्छ र यसबाट वच्न अति नै साबधानी अपनाउनु पर्छ। यसमा रोग लाग्नु भन्दा अघि सतर्कता अपनाउनु नै मुख्य भुमिका हुन्छ। सामाजिक दुरी कायम गर्ने at least 6 feet or 2 metre , Hand Washing गर्ने , साबुनपानीले कम्तीमा पनि ४० सेकेन्ड मिचिमिची हात धुने , ह्याण्ड स्यानेटाइजरले कम्तीमा पनि २० सेकेन्ड मिचिमिची हात सफा गर्ने।

उचित तरिकाले मास्कको प्रयोग गर्ने र सही ठाँउमा त्यसलाई फाल्ने , पोसिलो खानेकुरा खाने , ब्यायाम गर्ने ,सकारात्मक सोच सोच्ने ।

यदि आफुलाई कुनै लक्षण आएमा आफैं क्वारेन्टाइनमा बस्ने अनि तुरुन्तै सरकारी वा स्थानीय निकायमा सम्पर्क गरेर राय सल्लाह लिने र तोकिएको अस्पतालमा व्यबस्थित रुपले सरकारी निकाय संघ समन्वय गरेर उपचारमा जानुपर्छ ।

Middle East Respiratory Syndrome (MERS-CoV) 

Severe Acute Respiratory Syndrome (SARS-CoV), antibiotic, anticoagulant

Tags: # PCR machineCorona Virus #Covid19Dr.dipesh shakyaSelf IsolationSelf Quarantine
SummarizeShare235ScanTweet146

Related articles

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

by Nam Raj Bhatta
February 12, 2026
0

धनकुटा, २९ माघ २०८२ धनकुटाको दुर्गम क्षेत्रकी करिब ४० वर्षीया गर्भवती महिलामा नियमित गर्भ जाँच (अल्ट्रासाउन्ड) का क्रममा डाउन सिन्ड्रोमको शंका गरिएको एक महत्वपूर्ण घटना उच्चस्तरीय अस्पतालमा पुष्टि...

Hypertension awareness by Dr Satish Niraula

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

by HNN Staff
May 12, 2025
0

✍️ डा. सतिश निरौला छोरोल्पा अस्पताल दोलखा , निमित्त निर्देशक जनरल प्र्याक्टिशनर र इमर्जेन्सी फिजिसियन डायबेटिज तथा इन्डोक्राइन एसोसिएसनको आजीवन सदस्य हाइपरटेन्सन वा उच्च रक्तचाप एक यस्तो अवस्था...

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

by Nam Raj Bhatta
April 26, 2024
0

काठमाडौँ, १४ बैशाख २०८१ सरकारले यही वैशाख १६ गते देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र...

World Alzheimer Day Illustration HealthNewsNepal

अल्जाइमर्स भनेको के हो ? कस्ता मानिसलाई यो रोग लाग्ने लाग्दछ ? #alzheimers

by HNN Staff
September 21, 2023
0

काठमाडौं, ४ असोज २०८० आज विश्व अल्जाइमर्स दिवस २०२३, "अल्जाइमर रोगको जोखिम कम गर्न आजैबाट पहल गरौं र रोग लागि सकेको अवस्थामा पनि लक्षणहरुलाई न्यूनीकरण गर्न सम्भव भएकोले...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    627 shares
    Share 251 Tweet 157
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    609 shares
    Share 244 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    602 shares
    Share 241 Tweet 151
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    601 shares
    Share 240 Tweet 150
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    600 shares
    Share 240 Tweet 150

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता
  • स्वदेशी उत्पादनलाई बढावा दिने स्पष्ट नीति ल्याउनुपर्छ: महेश गोर्खाली
  • सुदुरपश्चिम प्रदेशमै पहिलोपटक मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी परीक्षण
  • वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो
  • प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.