Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ ८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कोरोना संक्रमण नियन्त्रण प्रभावकारी बनाउन सातै प्रदेश मातहतका कार्यालयलाई निर्देशन #Covid2021

नेपालमा अहिलेसम्म दुई लाख ७५ हजार ९०६ जनामा सङ्क्रमण देखिएको छ ।

Nam Raj Bhatta by Nam Raj Bhatta
March 22, 2021
in News
Reading Time: 1 min read
A A
6
Ministry of Health and Population Nepal

Ministry of Health and Population Nepal

610
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौँ , ०९ चैत्र २०७७

नेपाल सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्ने सक्ने जोखिमलाई ध्यानमा राखी रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन सातै प्रदेशका मन्त्रालय मातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भारतमा सङ्क्रमण बढिरहेकाले नेपालमा पनि बढ्नसक्ने जोखिमलाई दृष्टिगत गर्दै सङ्क्रमणको रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन मन्त्रालयका मातहतका सबै कार्यालयलाई निर्देशन दिएको बताए ।

Corona virus awareness
Corona virus awareness

मन्त्रालयले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय, सङ्घीय प्रादेशिक अस्पताल, स्वास्थ्य सङ्घसंस्था, सबै जिल्लास्थित स्वास्थ्य कार्यालय र सीमा नाका सहायता कक्षमा सतर्कता अपनाउन निर्देशन दिएको भन्‍दै उनले भारतबाट प्रवेश गर्ने नाकामा रहेको सहायता कक्षमा ज्वरो आएका यात्रुको मलेरियाको आरडिटी परीक्षण गर्न र कोभिड–१९ को एन्टिजेन परीक्षणसमेत गर्न निर्देशन दिए । यसरी परीक्षण गर्न सङ्क्रमण देखिएकाको उपचारको व्यवस्था गर्न स्वास्थ्य सङ्घसंस्थासँग समन्वय गर्न भनिएको छ ।

यस्तै विदेशबाट आएका व्यक्तिलाई क्यारेन्टिनमा राख्न, रोगको निगरानीलाई चुस्तदुरुस्त पार्न पनि निर्देशन दिइएको छ । मन्त्रालयले सङ्क्रमण खोजी गर्न र कन्ट्याक्ट ट्रेसिङको कार्यलाई पनि बढाउन भनेको छ ।

उनले सबै अस्पताल र स्वास्थ्य संस्थामा महामारी व्यवस्थापनका लागि आवश्यक तयारी राख्न पनि निर्देशन दिएको जानकारी दिए । मन्त्रालयले स्थानीय तहलाई सङ्क्रमणको उच्च जोखिम क्षेत्र पहिचान गरी ‘समुदायस्तरमा कोभिड–१९ को गरिने एन्टिजेन परीक्षण प्रक्रियासम्बन्धी मार्गदर्शन’ बमोजिम गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले हिजो नेपालमा पनि सङ्क्रमण बढ्न सक्ने अवस्थालाई दृष्टिगत गर्दै देशभर सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, बैठक र भीडभाड हुने कार्य नगर्न- नगराउन निर्देशन दिएको थियो । मन्त्रालयका प्रवक्ता डा गौतमले भारतमा सङ्क्रमण बढेकाले भौतिक दूरी कायम गर्न, मास्क लगाउन, साबुनपानीले राम्रोसँग हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरे ।

नेपालमा अहिलेसम्म दुई लाख ७५ हजार ९०६ जनामा सङ्क्रमण देखिएको छ । यस्तै दुई लाख ७१ हजार ९२१ जनामा सङ्क्रमणबाट निको र तीन हजार १६ जना सङ्क्रमणको कारणले निधन भइसकेको छ।
(अनलाईन खबर)

Tags: #government of Nepal#Health and population ministry#kathmanduCorona Virus #Covid19Dr.jageshor gautam
SummarizeShare259ScanTweet146

Related articles

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजको डीनमा पुन: प्राडा. मनोज हुमागाईं

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजको डीनमा पुन: प्राडा. मनोज हुमागाईं

by Nam Raj Bhatta
May 19, 2026
0

काठमाडौं विश्वविद्यालयले अर्को व्यवस्था नभएसम्मका लागि स्कुल अफ मेडिकल साइन्सेजको रिक्त डीन पदमा रही काम गर्न प्राडा. मनोज हुमागाईंलाई जिम्मेवारी दिइएको छ। काठमाडौं विश्वविद्यालयले ४ जेठमा उपकुलपतिस्तरीय निर्णय...

WVA Position Statement on recognizing veterinarians as healthcare professionals — Nepali translation by Dr. Manoj Kumar Shahi, Vice President, Nepal Veterinary Council.

पशु चिकित्सकलाई स्वास्थ्यकर्मी मान्नुपर्ने: WVA को धारणा

by HNN
May 18, 2026
0

लेखक: डा. मनोज कुमार शाही उपाध्यक्ष, नेपाल पशु चिकित्सा परिषद् पशु चिकित्सकले जनावरको स्वास्थ्य र कल्याणको रक्षा गर्ने मात्र होइन, "एक स्वास्थ्य" अवधारणामार्फत मानिसको शारीरिक, मानसिक र सामाजिक...

मेडिकल प्रतिनिधिमाथिको प्रतिबन्ध नहटाए कडा आन्दोलनको चेतावनी — सरकारी अस्पतालमा CME कार्यक्रम अनिश्चितकालका लागि बन्द

मेडिकल प्रतिनिधिमाथिको प्रतिबन्ध नहटाए कडा आन्दोलनको चेतावनी — सरकारी अस्पतालमा CME कार्यक्रम अनिश्चितकालका लागि बन्द

by Nam Raj Bhatta
May 18, 2026
0

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) काठमाडौंले सरकारी अस्पतालहरूमा मेडिकल प्रतिनिधिमाथि लगाइएको प्रतिबन्धको विरोध गर्दै आन्दोलन घोषणा गरेको छ। संघले स्वास्थ्य मन्त्रालयद्वारा लागू गरिएको “अस्पताल सुधार कार्यविधि”...

नेपाल विश्व स्वास्थ्य संगठनको ७९औँ महासभाको उपाध्यक्षमा निर्वाचित

नेपाल विश्व स्वास्थ्य संगठनको ७९औँ महासभाको उपाध्यक्षमा निर्वाचित

by Nam Raj Bhatta
May 18, 2026
0

जेनेभामा भएको विश्व स्वास्थ्य संगठनको ७९औँ विश्व स्वास्थ्य महासभा (WHA79) मा नेपाल उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित भएको छ। सोमबार आयोजित महासभाको उद्घाटन सत्रमा नेपाललाई उक्त गरिमामय जिम्मेवारी...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    745 shares
    Share 298 Tweet 186
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    675 shares
    Share 270 Tweet 169
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    633 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    631 shares
    Share 252 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    681 shares
    Share 304 Tweet 157

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजको डीनमा पुन: प्राडा. मनोज हुमागाईं
  • पशु चिकित्सकलाई स्वास्थ्यकर्मी मान्नुपर्ने: WVA को धारणा
  • मेडिकल प्रतिनिधिमाथिको प्रतिबन्ध नहटाए कडा आन्दोलनको चेतावनी — सरकारी अस्पतालमा CME कार्यक्रम अनिश्चितकालका लागि बन्द
  • नेपाल विश्व स्वास्थ्य संगठनको ७९औँ महासभाको उपाध्यक्षमा निर्वाचित
  • टिचिङ अस्पतालमा १० शैयाको ‘फेमिली मेडिसिन वार्ड’ थपियो

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.