काठमाडौं ,१६ जेठ
आज एकैदिन १७० जनामा कोरोना कोरोनाको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रूपमा हुँदै आएको पत्रकार सम्मेलनमा प्रवक्ता डा.बिकास देवकोटाले जानकारी दिएका छ्न।
डा.बिकास देवकोटाका अनुसार नेपालका विभिन्न प्रयोगशालामा भएको परिक्षणमा १७० जनाको परिक्षण पोजेटिभ आएको हो। अहिलेसम्म नेपालमा ५२ जिल्लाहरुमा संक्रमीत भेट्टिएको छ।
हालसम्म २०६ जनाले कोरोनाको लडाइँ जितेर घर फर्किसकेका छ्न। नेपालभरी एक लाख जना क्वारेन्टाइनमा बसेका छन। परिक्षणको दायरा तीब्र रुपले बढी रहेको छ।