काठमाडौं , १७ जेठ
काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालबाट शनिबार ११ जना कोरोनाको लडाइँ जितेर घर फर्किएका छन्। एक सशस्त्र प्रहरीका साथै महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब निरीक्षक र प्रहरी जवान पनि रहेको एपीएफ अस्पताल स्रोतले जानकारी दिएको छ। चन्द्रागिरी-१० की ७ वर्षका बालक पनि कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।
त्यस्तै गरी भक्तपुर नपा–५ निवासी ४२ वर्षीय एक पुरुष रहनु भएको छ। उहाँ काठमाडौं महानगरपालिकाका सरसफाइको गाडीचालक हुन्। डिस्चार्ज हुनेमा एकजना डाक्टर र एक नर्स नि रहेको अस्पतालले जानकारी दिएको छ।
८ जना पुरुष र ३ महिला अस्पताल गएको १० देखि १६औं दिनमा डिस्चार्ज भएका हुन्। अस्पतालमा अब दुई जना स्रक्रमित रहेको अस्पतालले जनाएको छ।
हालसम्म कोरोनाबाट निको हुनेको संख्या २१७ पुगेको छ भने मृत्यु हुनेको संख्या ६ पुगेको छ ।