✍️ डा.अरुण शाही
कोभिड -१९ को भ्याक्सिन क्यान्सर रोगका बिरामीहरुलाई लगाउन मिल्छ की मिल्दैन भन्ने दुबिधामा अहिले सम्पूर्ण क्यान्सर रोगका विरामीहरु छन्। किनकी क्यान्सरका बिरामीहरुमा रोग प्रतिरोधात्मक क्षमता अरु भन्दा कमजोर हुन्छ । यो भ्याक्सिनको प्रयोग संसार भरी भर्खरै सुरु भएको छ। नेपालमा पनि आज देखि सुरु हुने अवस्था रहेको छ।
कोभिड -१९ भ्याक्सिनले क्यान्सर रोगका बिरामी लगायत अरु साधारण विरामीहरुलाई समेत हुने फाइदाका साथै दीर्घकालीन हुन सक्ने बेफाइदाका बारेमा अहिले नै भन्न सक्ने स्थिति भने छैन ।
तर पनि संसारका संक्रमण रोग बिशेषज्ञहरुका साथै क्यान्सर रोगविशेषज्ञहरु बसेर क्यान्सर रोगका विरामीहरुले कस्तो अवस्थामा भ्याक्सिन प्रयोग गर्ने र कस्तो अवस्थामा कोभिड-१९ भ्याक्सिन प्रयोग नगर्ने भन्ने विषयमा अमेरिकाको प्रतिष्ठित संक्रमण रोग र क्यान्सर रोगको दिशा निर्देश गर्ने संस्था CDC / NCCN ले प्रारम्भिक गाइडलाइन प्रकाशित गरेको छ, जसको संक्षिप्त नेपाली अनुबाद हाम्रो देशका क्यान्सर रोगीहरुको प्रयोगका लागि सजिलो हुनेछ भन्ने अपेक्षा गरेको छु ।
१) क्यान्सर रोगका बिरामीलाई कोभिड -१९ को भ्याक्सिन लिने महत्वपूर्ण समुहमा राख्नुपर्नेछ र भ्याक्सिन उपलब्ध भएको अवस्थामा यथाशिघ्र भ्याक्सिन दिने व्यवस्था मिलाउनको लागि सम्वन्धित निकाय संग अपिल गर्दछु ।
२) यस गाइड लाइनका अनुसार कोभिड भ्याक्सिन सबै क्यान्सर रोगका विरामी लगायत हाल Active chemotherapy लिइरहेका बिरामीहरुलाई पनि दिने । तर हामीले यति कुरा ध्यानमा राख्न जरुरी छ, कि यसको फाइदा र बेफाइदाको बारेमा भने हामी संग धेरै विस्तृत डाटा भने उपलब्ध छैन।
Table -1
अवस्था (Condition) | कोभिड–१९ भ्याक्सिन दिने/नदिने |
सोलिड ट्युमर (Solid Tumor Malignancies) | |
किमोथेरापी लिइरहेका विरामी | भ्याक्सिन दिने |
टार्गेटेड थेरापी लिईरहेका विरामी | भ्याक्सिन दिने |
इम्युनोथेरापी लिइरहेका विरामी | भ्याक्सिन दिने |
रेडियोथेरापी लिइरहेका विरामी | भ्याक्सिन दिने |
मेजर सल्यक्रिया गर्नु पर्ने विरामी | भ्याक्सिन लगाएको दिन शल्यक्रिया नगर्ने तर भ्याक्सिन लगाएरेडियोथेरापी लिइरहेका विरामीको ४/५ दिन पछि भ्याक्सिन दिन मिल्ने । |
Table -2
अवस्था (Condition) | कोभिड–१९ भ्याक्सिन दिने/नदिने |
बोनम्यारो प्रत्यारोपण गरेको विरामीहरु -HCT/Cellular Therapy | |
Allogenic Transplant | यी विरामीहरुलाई कम्तिमा तीन महिना पछि मात्र दिने अथवा सम्वन्धित चिकित्सक संग परामर्श लिएर ३ महिना पछि लगाउन सकिन्छ । |
Autologous Transplant | |
Cellular Therapy (eg. CAR-T Cell) |
Table -3
अवस्था (Condition) | कोभिड–१९ भ्याक्सिन दिने/नदिने |
रक्त क्यान्सर –Blood Cancer | |
इन्टेन्सिभ क्यान्सर किमोथेरापी लिइरहेका -eg. Cytarabin/ anthracycline Based induction Regimen for AML | Absolute Neutrophil Count -ANC
सामान्य भए पछि मात्र खोप लगाउने |
Marrow Failure from Disease and/ or Therapy Expected to have limited or no recovery | भ्याक्सिन दिन मिल्ने
|
Long Trom Maintenance Therapy eg.Targeted Agents for CML, CLL or Myeloproliferative Neoplasm | भ्याक्सिन दिने |
[डा. शाही, मेडिकल अंकोलोजिस्ट, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्छ । ]
Comments 9