आज मिति : २०८२ बैशाख २५
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

अल्जाइमर्स भनेको के हो ? कस्ता मानिसलाई यो रोग लाग्ने लाग्दछ ? #alzheimers

HNN Staff by HNN Staff
September 21, 2023
in Disease
A A
0
World Alzheimer Day Illustration HealthNewsNepal

World Alzheimer Day Illustration HealthNewsNepal

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ४ असोज २०८०

आज विश्व अल्जाइमर्स दिवस २०२३, “अल्जाइमर रोगको जोखिम कम गर्न आजैबाट पहल गरौं र रोग लागि सकेको अवस्थामा पनि लक्षणहरुलाई न्यूनीकरण गर्न सम्भव भएकोले उपचार गर्न ढिलो नगरौं” भन्ने नाराका साथ विश्वभर मनाइन्छ। स्मृति क्षय हुने रोगलाई अल्जाइमर्स भनिन्छ।

World Alzheimer's Day HealthNewsNepal
World Alzheimer’s Day

अल्जाइमर्स रोग मस्तिष्कका विकृतिहरूको समूहगत रोग हो, जसले सोच, स्मृति, बोली, निर्णय क्षमता, छनोट तथा व्यक्तित्वलाई दुष्प्रभावित गर्छ। यस रोगले व्यक्तिको व्यवहार तथा व्यक्तित्व परीवर्तन गर्ने, बिसर्ने, संशय हुने, नयाँ कुरा सिक्न नसक्ने, अरूप्रति विश्वास नगर्ने, शंका गर्ने, हिँडडुल गर्न नसक्ने ।

यो रोग विस्तारै बढ्दै जाने भएकाले पहिले यसको निदान हुँदैन, जसका कारण सुरुको अवस्थामा अधिकांश बिरामीले परीक्षण तथा उपचारको आवश्यकता महसुस गर्दैनन्। वुद्धि ह्रास हुँदै जाने भएकाले बिरामीले दैनिक कामहरू खाना बनाउने, टेलिफोन उठाउने, उपयुक्त कपडा लगाउनेजस्ता काम गर्न सक्दैनन्। अन्ततः आफ्नै छोराछोरीसमेत नचिन्ने अवस्था हुन्छ।

मानिसको आयु बृद्दिसंगै यो रोग यति व्यापक हुदै गएको छ कि सन २०५० सम्ममा विश्व का १ प्रतिशत भन्दा बढि मानिसलाई (प्रत्येक ८५ मा १ जना) यसले गाज्ने अनुमान गरिएको छ|

अल्जाइमर्स रोगका बिरामीहरूको सबैभन्दा ठूलो समस्या स्मरण शक्ति ह्रास हुनु हो। अल्जाइमर्स रोगोन्मुख व्यक्तिले विश्लेषणात्मक ढङ्गले सोच्न सक्दैनन् र कुरा पनि सम्झन सक्दैनन्। तत्कालैका घटना, फोन नम्बर, समय तालिका अनुसारको काम तथा भेटघाटको कार्यक्रमसमेत बिर्सिन्छन्। अरूले भनेको कुरा आफूले नबुझ्नु तथा आफूले भनेका कुरा अरूले नबुझ्ने समस्या दोहोरिरहन्छ।

यो रोग मस्तिष्कका कोषिकाहरू नष्ट भएर हुन्छ। यसको ठोस कारण हालसम्म यकिन भएको छैन। तथापि, अल्जाइमर्स रोगबाट मृत्यु भएका बिरामीको पोस्टमार्टम गर्दा दुई कारणहरू पाइएका छन् :

१. मष्तिष्कको हिप्पोक्याम्पस, दायाँबायाँ र अगाडिका भागको स्नायुहरू गुजुल्टो परेर तथा ती स्नायुकोषभित्र ‘ताउ’ नामक प्रोटिन जमेको हुन्छ।

२. स्नायुकोष तथा स्नायुबाहिर ‘विटा इमाइलोड’ नामक प्रोटिन टाँसिएको हुन्छ, जसका कारण स्नायु र रक्तनलीहरू साँघुरो भएर मस्तिष्ककोष तथा स्नायुकोषहरू मर्छन्। त्यस्तै, ‘विटा एमाइलोड’ले एसिटाइलकोलिन नामक हर्मोन -सिक्ने, सम्झने, सोचविचार गर्ने हार्मोन) घटाउँछ।

सामान्यतया ६५ वर्ष उमेरपछि यो रोग लाग्छ। ६५ वर्षपछि प्रत्येक पाँच वर्षमा यस रोगको प्रभाव दुई गुणा बढ्दै जान्छ। यो रोग पुरुष र महिला दुवैलाई लाग्छ। तथापि, बढी संवेदनशील स्वभाव र आयु लामो हुने भएकाले महिलामा बढी पाइन्छ।

कस्ता मानिसलाई अल्जाइमर्स रोग लाग्दछ ?

आफ्नो अग्रज वंशमा यो रोग भएमा आउने वंशमा रोग लाग्ने सम्भावना दुई-तीन गुणा बढी हुन्छ।
गम्भीर रूपमा टाउकोमा चोटपटक लागेको व्यक्तिमा।
उच्च रक्तचाप तथा उच्च कोलेस्ट्रोरोलका कारण
मस्तिष्कमा रक्तसञ्चार प्रभावित तथा अवरुद्ध भएमा।
डिप्रेसन तथा चिन्तालगायतका मानसिक समस्या भएका बिरामी र अधिक मोटोपना भएकालाई।
डिमेन्सिया, डाउन सिन्ड्रोम, सुस्त मनस्थिति भएका बिरामीहरूलाई।

अल्जाइमर्स लक्षणहरू : 

तत्कालिन घटना एवं कुराकानी बिर्सने।
सामान हराइरहनु, आफैँ हराइरहनु।
एकाग्रतामा कमी हुनु।
जटिल शब्द तथा वाक्यहरू सम्झिन नसक्नु।
जोडघटाउ लगायत गणितमा अलमलिनु, हरहिसाब अस्तव्यस्त हुनु। हिडाई असामान्य देखिनु। एउटै कुरा बारम्बार दोहोर्‍याइरहनु। डिप्रेसन हुनु, दिनचर्या अस्तव्यस्त हुनु।
भाषिक समस्या हुनु।

जस्तै- प्रचलित वस्तुको नाम भन्न नसक्नु।
एक ठाउँमा राख्नुपर्ने सामान अर्कै ठाउँमा राख्नु।
हिडिराखेको बाटो बिर्सनु। व्यक्तित्व निर्माण तथा सामाजिक कामबाट अलग हुनु। पहिलेका रुचि एवं मनोरञ्जनका विषयमा अरूचि हुनु। सोचविचार एवं समीक्षा गर्न नसक्नु।

Tags: #government of Nepal#Health and population ministryalzheimersCorona Virus #Covid19
Nisarga hospital Dhangadhi
Previous Post

बेलौरीको श्रीपुर स्वास्थ्यकेन्द्रमा ड्यूटी गरिरहेका स्वास्थ्यकर्मीमाथि प्रहरीकै अगाडि हातपात

Next Post

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका कामको स्वास्थ्य मन्त्री बस्नेतद्वारा प्रशंसा

Related articles

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने
Disease

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

1 year ago
800
यी ८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ
Disease

यी ८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ

2 years ago
3k
लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (Goat Pox) खोप समेत प्रयोग गर्ने सकिने
Disease

लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (Goat Pox) खोप समेत प्रयोग गर्ने सकिने

2 years ago
792
डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #Dengue
Articles

डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #Dengue

2 years ago
887
मानसिक तनाव घटाउने ११ तरिका जानी राखौं #Mental
Disease

मानसिक तनाव घटाउने ११ तरिका जानी राखौं #Mental

2 years ago
819
४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा #CholeraDisease
Disease

नाइजेरियामा हैजाबाट १६०० बढी बिरामी

2 years ago
779
Next Post
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका कामको स्वास्थ्य मन्त्री बस्नेतद्वारा प्रशंसा

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका कामको स्वास्थ्य मन्त्री बस्नेतद्वारा प्रशंसा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,006)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...