Magnus pharma
आज: २०८२ चैत्र १३
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

अल्जाइमर्स भनेको के हो ? कस्ता मानिसलाई यो रोग लाग्ने लाग्दछ ? #alzheimers

HNN Staff by HNN Staff
September 21, 2023
in Disease
Reading Time: 1 min read
A A
0
World Alzheimer Day Illustration HealthNewsNepal

World Alzheimer Day Illustration HealthNewsNepal

596
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ४ असोज २०८०

आज विश्व अल्जाइमर्स दिवस २०२३, “अल्जाइमर रोगको जोखिम कम गर्न आजैबाट पहल गरौं र रोग लागि सकेको अवस्थामा पनि लक्षणहरुलाई न्यूनीकरण गर्न सम्भव भएकोले उपचार गर्न ढिलो नगरौं” भन्ने नाराका साथ विश्वभर मनाइन्छ। स्मृति क्षय हुने रोगलाई अल्जाइमर्स भनिन्छ।

World Alzheimer's Day HealthNewsNepal
World Alzheimer’s Day

अल्जाइमर्स रोग मस्तिष्कका विकृतिहरूको समूहगत रोग हो, जसले सोच, स्मृति, बोली, निर्णय क्षमता, छनोट तथा व्यक्तित्वलाई दुष्प्रभावित गर्छ। यस रोगले व्यक्तिको व्यवहार तथा व्यक्तित्व परीवर्तन गर्ने, बिसर्ने, संशय हुने, नयाँ कुरा सिक्न नसक्ने, अरूप्रति विश्वास नगर्ने, शंका गर्ने, हिँडडुल गर्न नसक्ने ।

यो रोग विस्तारै बढ्दै जाने भएकाले पहिले यसको निदान हुँदैन, जसका कारण सुरुको अवस्थामा अधिकांश बिरामीले परीक्षण तथा उपचारको आवश्यकता महसुस गर्दैनन्। वुद्धि ह्रास हुँदै जाने भएकाले बिरामीले दैनिक कामहरू खाना बनाउने, टेलिफोन उठाउने, उपयुक्त कपडा लगाउनेजस्ता काम गर्न सक्दैनन्। अन्ततः आफ्नै छोराछोरीसमेत नचिन्ने अवस्था हुन्छ।

मानिसको आयु बृद्दिसंगै यो रोग यति व्यापक हुदै गएको छ कि सन २०५० सम्ममा विश्व का १ प्रतिशत भन्दा बढि मानिसलाई (प्रत्येक ८५ मा १ जना) यसले गाज्ने अनुमान गरिएको छ|

अल्जाइमर्स रोगका बिरामीहरूको सबैभन्दा ठूलो समस्या स्मरण शक्ति ह्रास हुनु हो। अल्जाइमर्स रोगोन्मुख व्यक्तिले विश्लेषणात्मक ढङ्गले सोच्न सक्दैनन् र कुरा पनि सम्झन सक्दैनन्। तत्कालैका घटना, फोन नम्बर, समय तालिका अनुसारको काम तथा भेटघाटको कार्यक्रमसमेत बिर्सिन्छन्। अरूले भनेको कुरा आफूले नबुझ्नु तथा आफूले भनेका कुरा अरूले नबुझ्ने समस्या दोहोरिरहन्छ।

यो रोग मस्तिष्कका कोषिकाहरू नष्ट भएर हुन्छ। यसको ठोस कारण हालसम्म यकिन भएको छैन। तथापि, अल्जाइमर्स रोगबाट मृत्यु भएका बिरामीको पोस्टमार्टम गर्दा दुई कारणहरू पाइएका छन् :

१. मष्तिष्कको हिप्पोक्याम्पस, दायाँबायाँ र अगाडिका भागको स्नायुहरू गुजुल्टो परेर तथा ती स्नायुकोषभित्र ‘ताउ’ नामक प्रोटिन जमेको हुन्छ।

२. स्नायुकोष तथा स्नायुबाहिर ‘विटा इमाइलोड’ नामक प्रोटिन टाँसिएको हुन्छ, जसका कारण स्नायु र रक्तनलीहरू साँघुरो भएर मस्तिष्ककोष तथा स्नायुकोषहरू मर्छन्। त्यस्तै, ‘विटा एमाइलोड’ले एसिटाइलकोलिन नामक हर्मोन -सिक्ने, सम्झने, सोचविचार गर्ने हार्मोन) घटाउँछ।

सामान्यतया ६५ वर्ष उमेरपछि यो रोग लाग्छ। ६५ वर्षपछि प्रत्येक पाँच वर्षमा यस रोगको प्रभाव दुई गुणा बढ्दै जान्छ। यो रोग पुरुष र महिला दुवैलाई लाग्छ। तथापि, बढी संवेदनशील स्वभाव र आयु लामो हुने भएकाले महिलामा बढी पाइन्छ।

कस्ता मानिसलाई अल्जाइमर्स रोग लाग्दछ ?

आफ्नो अग्रज वंशमा यो रोग भएमा आउने वंशमा रोग लाग्ने सम्भावना दुई-तीन गुणा बढी हुन्छ।
गम्भीर रूपमा टाउकोमा चोटपटक लागेको व्यक्तिमा।
उच्च रक्तचाप तथा उच्च कोलेस्ट्रोरोलका कारण
मस्तिष्कमा रक्तसञ्चार प्रभावित तथा अवरुद्ध भएमा।
डिप्रेसन तथा चिन्तालगायतका मानसिक समस्या भएका बिरामी र अधिक मोटोपना भएकालाई।
डिमेन्सिया, डाउन सिन्ड्रोम, सुस्त मनस्थिति भएका बिरामीहरूलाई।

अल्जाइमर्स लक्षणहरू : 

तत्कालिन घटना एवं कुराकानी बिर्सने।
सामान हराइरहनु, आफैँ हराइरहनु।
एकाग्रतामा कमी हुनु।
जटिल शब्द तथा वाक्यहरू सम्झिन नसक्नु।
जोडघटाउ लगायत गणितमा अलमलिनु, हरहिसाब अस्तव्यस्त हुनु। हिडाई असामान्य देखिनु। एउटै कुरा बारम्बार दोहोर्‍याइरहनु। डिप्रेसन हुनु, दिनचर्या अस्तव्यस्त हुनु।
भाषिक समस्या हुनु।

जस्तै- प्रचलित वस्तुको नाम भन्न नसक्नु।
एक ठाउँमा राख्नुपर्ने सामान अर्कै ठाउँमा राख्नु।
हिडिराखेको बाटो बिर्सनु। व्यक्तित्व निर्माण तथा सामाजिक कामबाट अलग हुनु। पहिलेका रुचि एवं मनोरञ्जनका विषयमा अरूचि हुनु। सोचविचार एवं समीक्षा गर्न नसक्नु।

Tags: #government of Nepal#Health and population ministryalzheimersCorona Virus #Covid19
SummarizeShare244ScanTweet147

Related articles

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

by Nam Raj Bhatta
February 12, 2026
0

धनकुटा, २९ माघ २०८२ धनकुटाको दुर्गम क्षेत्रकी करिब ४० वर्षीया गर्भवती महिलामा नियमित गर्भ जाँच (अल्ट्रासाउन्ड) का क्रममा डाउन सिन्ड्रोमको शंका गरिएको एक महत्वपूर्ण घटना उच्चस्तरीय अस्पतालमा पुष्टि...

Hypertension awareness by Dr Satish Niraula

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

by HNN Staff
May 12, 2025
0

✍️ डा. सतिश निरौला छोरोल्पा अस्पताल दोलखा , निमित्त निर्देशक जनरल प्र्याक्टिशनर र इमर्जेन्सी फिजिसियन डायबेटिज तथा इन्डोक्राइन एसोसिएसनको आजीवन सदस्य हाइपरटेन्सन वा उच्च रक्तचाप एक यस्तो अवस्था...

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

by Nam Raj Bhatta
April 26, 2024
0

काठमाडौँ, १४ बैशाख २०८१ सरकारले यही वैशाख १६ गते देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र...

यी ८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ

यी ८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ

by Nam Raj Bhatta
August 18, 2023
0

   ✍️ डा. दिपेन्द्र कार्की शरीरमा चिनीको मात्रा बढी हुनु नै मधुमेह हो । असन्तुलित खाना, व्यायामको कमी र मानसिक तनाव मधुमेह हुनुका मुख्य कारण हुन् । यो...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    645 shares
    Share 258 Tweet 161
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    625 shares
    Share 250 Tweet 156
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    665 shares
    Share 297 Tweet 153
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वास्थ्य तथा खानेपानी मन्त्रीमा निशा मेहता नियुक्त
  • नेपाल स्वास्थ्य व्यवसायी परिषदको निमित्त रजिष्टारमा रविकान्त मिश्र
  • बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu
  • तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबिच समझदारी
  • बैतडीमा ८७ नयाँ क्षयरोगी फेला, परीक्षणमा नआउँदा चुनौती

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.