आज: २०८३ कार्तिक १

पाचौ संक्रमित बाग्लुङकी ,दोस्रो संक्रमित संगै काठमाडौं आएकी

काठमाडौं,१५ चैत ।

कोरोनाको पाचौ संक्रमित बाग्लुङकी १९ वर्षकी महिला रहनुभएको छ । उहाँ र दोस्रो संक्रमित एउटै विमान मार्फत काठमाडौं आउनुभएको हो । दोस्रो संक्रमित फान्सबाट कतार हुँदै नेपाल आउनुभएको थियो । नेपाल टेलिभिजन मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङ कार्यक्रममा प्रवक्ता डा. विकास देवकोटाले पाचौ संक्रमितको बारेमा जानकारी दिनुभएको हो । बेल्जियमबाट कतार हुँदै चैत ४ गते नेपाल आउनुभएकी १९ वर्षकी महिलालाई कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो । उहाँ कतार एयरको QR652 विमानमा आउनुभएको थियो ।

उहाँ उपत्यका बाहिर चिकित्सकको सम्पर्कमा रहनुभएको प्रवक्ता   डा.बिकास देवकोटाले जानकारी दिनुभयो । संक्रमितको विवरण लिन सुरु भइसकेको छ देवकोटाले भन्नुभयो । यो संगै नेपालमा संक्रमितको संख्या पाँच पुगेको छ । २ जना संक्रमित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत हुनुन्छ भने १ जना धनगढीमा उपचाररत हुनुन्छ ।

Related articles

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

कांग्रेसको पेशागत तथा विज्ञ क्षेत्रबाट केन्द्रीय सदस्यमा डा. प्रदीप मिश्र निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत तथा विज्ञ क्षेत्रबाट केन्द्रीय सदस्यमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र निर्वाचित भएका छन्। लामो समयदेखि चिकित्सा सेवा तथा सामाजिक कार्यमा...

डडेल्धुरा मेडिकल कलेजको डीनमा डा. डबलबहादुर धामी नियुक्त

डडेल्धुरा मेडिकल कलेजको डीनमा डा. डबलबहादुर धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयमातहत रहेको डडेल्धुरा मेडिकल कलेजको डीनमा डा. डबलबहादुर धामी नियुक्त भएका छन्। सुदूरपश्चिम विश्वविद्यालयले खुला प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत डा. धामीलाई डीन पदमा नियुक्त गरेको हो। बझाङको छबिसपाथिभेरा...

नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत औषधि व्यवस्था विभागका अनलाइन सेवाहरूको शुभारम्भ

नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत औषधि व्यवस्था विभागका अनलाइन सेवाहरूको शुभारम्भ

औषधि व्यवस्था विभागबाट प्रदान गरिने औषधि, औषधिजन्य कच्चा पदार्थ तथा औषधि उत्पादन सामग्रीहरूको निकासी तथा पैठारीसम्बन्धी सिफारिसपत्र, अनुमतिपत्र, इजाजतपत्र, प्रमाणपत्रलगायतका सेवाहरूलाई डिजिटल माध्यमबाट प्रवाह गर्ने उद्देश्यले नेपाल राष्ट्रिय...

CMC-NEPAL स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय (MoHFS) द्वारा सम्मानित

CMC-NEPAL स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय (MoHFS) द्वारा सम्मानित

नेपालमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग (MHPSS) मा पुर्‍याएको योगदान र भोटेकोशी बाढी प्रभावित समुदायहरूका लागि गरेको कार्यको कदरस्वरूप विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा CMC-NEPAL लाई...

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.