✍️ डा. प्रकाश पौडेल
के हो टाइम इज स्पाइन (Time is Spine)?
मेरुदण्डमा चोट लागि स्पाइनल कर्डमा इन्जुरी हुँदा बिरामीको हात खुट्टा नचल्ने हुनुका साथै कतिपय अवस्थामा सासफेर्न गार्हो भई तत्काल ज्यान समेत जान सक्छ। स्पाइनल कर्ड ब्रेन बाट निस्कने र शरीरको विभिन्न भागहरुबाट ब्रेनमा सिग्नल पठाउने नशाहरुको highway हो।
स्पाइनल कर्ड इन्जुरी पछि छोएको थाहा पाउने र मांसपेशी चलाउने नशाहरुले काम नगर्दा चोटको गम्भीरताका आधारमा पूर्ण रुपमा वा आंशिक रुपमा प्यारालाइसिस हुनसक्छ। स्पाइनल कर्डमा लागेको चोट शरीरको अरु भागको चोट भन्दा विशेष फरक प्रकृतिको हुन्छ। चोट लागि सकेपछि नशाहरु पुन पलाएर एक आपसमा जोडिन सक्दैनन् जसका कारण बिरामीले जिन्दगिभर अपाङ्ग भएर जिबन जिउनुपर्ने हुन्छ।
मेरुदण्डमा चोट लागेको चौबिस घण्टा भित्रै अपरेसन गर्दा नशामा हुने क्षतीलाई कम गर्न सकिन्छ। जसबाट प्यारालाइसिसको जोखिम कम हुन्छ भने बिरामीले हात खुट्टा चलाउने सम्भावना बढेर जान्छ, यसैलाई Early Decompressive Surgery in spinal cord injury भानिन्छ।
Early Decompressive Surgery ले कसरी प्यारालासिसको जोखिमलाई कम गर्छ?
मेरुदण्डमा चोटलाग्दा भाँचिएको हड्डीले नशालाइ (spinal cord) च्यापेर सिधै क्षति गराउँदछ, जसलाई प्राइमरी इन्जुरी भनिन्छ। लामो समय सम्म नशा च्याँपिदा रगतको संचार कम हुनुका साथै नाशाका कोशीकाहरुबाट फ्री रदिकल केमिकल्स निस्कन्छ। यी केमिकल्सहरुले नशालाई सुन्निनुका साथै रगतको संचारलाइ झनै कम गराइदिञ्छ र जीवित रहेका नशाहरु पनि बिस्तारै मर्न थाल्छन यसलाई सेकेण्डरी इन्जुरी भनिन्छ।
Decompressive Surgery मा नशालाई च्यापिरहेको हड्डीका टुक्राहरु र रगत को चोक्टालाइ बिस्तारै नशाहरुबाट छुटाएर बाहिर निकालिन्छ र हल्लिरहेका मेरुदण्डका हड्डीहरुलाइ जोडेर स्थिर बनाइञ्छ। Decompressive Surgery चौबिस घण्टा भित्रै गर्न सकेको खण्डमा च्यापिने, सुन्निने, रान्गिने प्रक्रियालाइ कन्ट्रोल गरि नशालाइ मर्न बाट बचाउन सकिन्छ।
Surgical Timing in Acute spinal Cord injury study ले यो तथ्यलाइ पुष्टि गरिसकेको छ जसअनुसार चोट लागेको चौविस घण्टा पछि अपरेसन गरेकामा भन्दा चौबिस घण्टा भित्र अपरेसनगरेका बिरामीको हात खुट्टा चलाउन सक्ने क्षमतामा उल्लेखानिया रुपमा सुधार भएको देखियो। सहि समयमा सहि उपचार गर्न सके स्पाइनल कार्ड इन्जुरीपछि हुने अपांगतालाइ धेरै हद सम्म कम गर्न सकिन्छ। त्यसैले यसलाई टाइम इज स्पाइन भनिन्छ ।
Early Decompressive Surgery का चुनौती र अवसरहरु:
स्पाइनल सर्जरी को विशेषज्ञता टेक्नोलोजीको विकास र मेडिकल सयीन्सको समग्र बिकासका कारण यो अपरेसन सुरक्षित र सम्भव छ। प्यारालाइसिस हुनसक्ने अवस्थाबाट बचाँउन सक्दा वा प्यारालाइसिस भइसकेको अवस्था बाट केहि हद सम्म सुधार हुँदा बिरामीको कवालिटी अफ लाइफ धेरै राम्रो हुन्छ । साथै उपचार खर्च पनि निकै कम भएर आउँछ।
यद्यपि यसका केहि चुनौतिहरु
* समयमै सुरक्षित तरिकाबाट बिरामीको ट्रान्सपोर्ट गर्ने लजिस्नटिक हुनु।
* सबै अस्पतालमा तुरुन्तै अपरेशन गर्नसक्ने फसिलिती, मानब श्रोत र infrastructure नहुनु
* कतिपय सेन्टरहरुमा डाइग्न्नोसिस को लागि CT, MRI को उपलब्धता नहुनु।
Early Decompressive Surgery का लागि चुनौतीहरु यस्ता छन्।
बिकसित मुलुकहरुमा मेरुदण्डको चोट लागेको शंका लाग्ने बित्तिकै बिरामीलाई specialized spine सेन्टरमा लगिन्छ, जहाँ चौबिसै घण्टा spine सर्जरीको सेवा उपलब्ध हुन्छ। नेपालमा पनि अबका दिनहरुमा स्पाइनल सर्जरीलाई subspecialty को रुपमा विकास गर्दै specialized स्पाइन सेन्टरको विकास गर्नु जरुरी छ।
यसो गर्दा बिरामीलाई एक बाट अर्को अस्पतालमा दगुरिरहनु नपर्ने र आवश्यकता अनुसार तुरुन्तै (चौबिश घण्टा भित्र) अपरेसन गरि सहि समयमा नै पुनर्स्थापना (rehabilitation) शुरु गर्दा स्पाइनल कार्ड इन्जुरीबाट हुने disability धेरै हद सम्म कम गर्न सकिन्छ।
[मेडिसिटी अस्पतालमा कार्यरत डा. पौडेल हाल क्यानडामा वेस्टर्न युनिभर्सिटीबाट लन्डन स्पाइनल सेन्टरमा क्लिनिकल स्पाइनल सर्जरी Fellowship गर्दै हुनुहुन्छ। ]