Rastriya Banijya Bank Limited
आज मिति : २०८० मंसिर २३
  • Login
Health News Nepal
Family Planning Awareness NHEICC
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

सेती प्रादेशिक अस्पतालमा आधुनिक सीटी स्क्यान मेसिनबाट सेवा सुरु #Setihospital

Nam Raj Bhatta by Nam Raj Bhatta
December 28, 2022
in News
A A
0
Seti provincial hospital

Seti Provincial Hospital

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

कैलाली, १३ पुस २०७९

सुदुरपश्चिम प्रदेशको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आधुनिक सीटी स्क्यान मेसिनबाट पूर्णकालीन रूपमा बुधबारदेखि सेवा सुरु गरेकोे छ।

बुधबार अस्पतालले एक विज्ञप्ति जारी गर्दै एक सय २८ स्लाइसको सीटी स्क्यान मेसिन सम्पूर्ण परीक्षण कार्य सम्पन्न गरी पूर्ण रूपमा सञ्चालनमा ल्याइएको जानकारी दिएको हो। धनगढीमा रहेका निजी अस्पतालमा १६ स्लाइस सीटी स्क्यान मेसिन भए पनि सेतीमा आधुनिक सीटी स्क्यान मेसिन जडान गरी सुरु गरिएको जनाइएको छ।

यसअघि आन्तरिक व्यवस्थापनको कमजोरीका कारण अस्पतालले यसअघि सीटी स्क्यानमार्फत इर्मेजेन्सीका बिरामीलाई सेवा प्रदान गर्दै आएको थियो। पूर्ण रूपमा मेसिन सञ्चालन आएसँगै अब अस्पतालबाट सेवा लिन आउने बिरामीले बाहिर जानुपर्ने बाध्यता हटेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ड डा. हेमराज पाण्डेले बताए।

मेसिन जडान गरी परीक्षण गर्दा सञ्चालनका लागि उचित रहेको रिपोर्ट आए पनि मेसिन जडान गरिएको भवनमा चिकित्सक कक्ष, बिरामी कुरुवा कक्ष नहुँदा यसअघि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको डा. पाण्डेले बताउनुभयो।

अस्पतालमा खासगरी मष्तिष्कघात, मष्तिष्कघात भित्रका चोट, नशामा रगत जमेको, क्यान्सर, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्याको पहिचान लगायतका लागि सीटी स्क्यान मेसिनको आवश्यकता पर्ने गर्दछ।

अब देखि सीटी स्क्यान मेसिन सञ्चालन भएमा बिरामीहरूले दुई हजार पाँच सयदेखि चार हजारसम्ममा सेवा सुविधा पाउनेछन्। यसअघि, सेतीमा सीटी स्क्यान मेसिन सञ्चालनमा नआउँदा विरामीहरूले ६ हजारदेखि ११ हजार शुल्क तिरेर धनगढीका निजी अस्पताल तथा भारतका विभिन्न स्थानबाट, नेपालको कोहलपुर, काठमाडौं लगायतमा सेवा लिन जानुपर्ने बाध्यता रहेको थियो।

प्रादेशिक अस्पतालमा तीनजना रेडियोलोजिष्टहरु रहेको अस्पतालले जनाएको छ। डा. पाण्डेका अनुसार दुई जना स्थायी र एक जना छात्रवृत्तिमा गरी तीनजना रेडियोलोजिसष्टले बिहान र साँझगरी इर्मेजेन्सीमा सेवा प्रदान गर्नेछन्।

Seti hospital dhangadhi

आर्थिक वर्ष २०७७/०७८ मा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पतालका लागि सिटी स्क्यान खरिदका लागि नौ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। सेती प्रादेशिक अस्पतालले २०७७ सालको कात्तिकमा मेसिन खरिदका लागि ठेक्का सम्झौता गरेको थियो।

पाँच महिनाभित्र सिटी स्क्यान मेसिन खरिद गरी अस्पताललाई हस्तान्तरण गर्नुपर्ने गरी काठमाडौंको म्याक्स मेडिटेक सिस्टमसँग ठेक्का सम्झौता भएको थियो। पाँच लाख ४९ हजार अमेरिकी डलर अर्थात ६ करोड ४६ लाख रुपैयाँमा सो मेसिन खरिद गर्ने सम्झौता भएको थियो। सम्झौताअनुसार गत फागुनमा नै मेसिन जडान हुनुपर्ने भए पनि भवन अभावका कारण मेसिन सञ्चालनमा ढिलाइ भएको थियो।

यस्तैगरी अस्पतालले छिट्टै एमआरआई सेवा पनि सुचारु गर्ने तयारी गरेको छ। एमआरआई भन्सार पुगिसकेको र केही महिनाभित्र जडान गरी सञ्चालनमा ल्याइने डा. पाण्डेले बताए।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Dr. Hemraj PandeyFarwestrn-nepalSeti Provincial Hospital
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

चिकित्सा आयोगमा एमडी एमएसको भर्नामा खुल्ला तर्फ विद्यार्थीहरु मर्कामा #MedicalEducationCommission

Next Post

स्पाइनल कर्ड इन्जुरीको समयमा उपचार गर्दा प्यारालाइसिसको कम जोखिम #SpinalCordInjury

Related articles

स्वास्थ्यमन्त्री बस्नेतद्वारा ‘ पोइजन सूचना केन्द्र ’ को उद्घाटन
News

स्वास्थ्यमन्त्री बस्नेतद्वारा ‘ पोइजन सूचना केन्द्र ’ को उद्घाटन

1 day ago
776
सोसाइटी अफ सर्जन्स नेपालको अध्यक्षमा डा. रोमियो र महासचिवमा डा. रुपाखेती
News

सोसाइटी अफ सर्जन्स नेपालको अध्यक्षमा डा. रोमियो र महासचिवमा डा. रुपाखेती

3 days ago
813
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. चोपलाल भुसाल
News

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. चोपलाल भुसाल

4 days ago
780
काठमाडौंमा साइमनको १५ औं अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
News

काठमाडौंमा साइमनको १५ औं अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

5 days ago
792
वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त
News

वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त

5 days ago
782
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त
News

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त

1 week ago
779
Next Post
Dr prakash paudel spinal cord injury paralysis

स्पाइनल कर्ड इन्जुरीको समयमा उपचार गर्दा प्यारालाइसिसको कम जोखिम #SpinalCordInjury

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Banepa Dengue Awareness
Protection and awareness HIV AIDS
Norvic Pharmacy Free home delivery of drugs
Norvic pharmacy free home delivery of drugs
Surgery equipment medial solution garga dental
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Bajhang Health Office

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (102)
  • Disease (104)
  • English (43)
  • Fitness (26)
  • Health (187)
  • Lifestyle (55)
  • News (2,236)
  • Nutrition (40)
  • Research & Study (52)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...