Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार १७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

जनता ठूलो कि सत्ता ?

Nam Raj Bhatta by Nam Raj Bhatta
May 31, 2021
in Articles
Reading Time: 1 min read
A A
0
Politics and health
604
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

कोरोना महामारीको दोस्रो लहरले देश तथा जनता अतालिएका छन् । कोरोनासंगै भोकले मानिस छटपटाएका छन् । राजनिति लाजनिति झै जनता भन्दा सत्तालाई केन्द्रमा राखेर कार्य गरिरहेको छ । अहिलेको संकटमा सबै दलको केन्द्रमा जनता हुनुपर्ने होइन र ?

✍️ धीरज मैनाली, भक्तपूर, Dhiraj Mainali Bhaktapur
✍️ धीरज मैनाली, भक्तपूर

जसले सरकार संचालन गरिरहेको छ उसैलाई सरकार संचालन गर्न दिएर जनतालाई बचाउने कार्यमा दबाब दिनुपर्ने होइन र ? संकटको यो घडिमा सरकारको प्रमुख बन्नै पर्ने सत्ता आफनो कब्जामा लिनै पर्ने यो कस्तो राजनिति हो ? यो त हदको पराकाष्टा होइन र ? संसद पूर्नस्थापित भए पछि अहम त्यागेर हाललाई प्रधानमन्त्री के.पी लाईनै सरकार चलाउन दिएर जनता बचाउने कार्यमा सबैको सर्वदलिय संयत्र बनाउन पहल गर्दा कति राम्रो हुने थियो । परिणाम सबैको सामून्ने आयो । अब पीडित त केवल जनता हुने हुन । अब कोरोनाको दोस्रो लहरको बीच आन्दोलनको घोषणा शुरु हुनेछ । जनता मर्दा चुप्प लागेर बस्ने नागरिक समाजले कुरलिदै विज्ञप्त निकालेको छ । दवावका कार्यक्रम भन्दै चरणबद्ध कार्यक्रम संचालन गर्नेछ ।

कोरोनाका कारण जनताले बेड नपाउदा अक्सिजन नपाउँदा सबै सुतेर बसेका थिए । नत्र खै त कुनै दवाव कुनै गतिविधि कसैले केही गरेको देखिएन ।

सरकारले राम्रो कार्य गर्यो म यो भन्दिन तर यो महामारीको समयमा यसतो कदम लिन वातावरण बनाउने अझ बढि दोषी हुन् । प्रतिपक्षका नेताले बोलेको होइन हामीलाई जनताले प्रतिपक्षमा बस भनेर पठाएको हो । यो पटक के.पी वलीकै नाममा सत्तापक्षलाई बहुमत प्राप्त भएको हो । यो संकटको माझमा यत्रो पटक प्रधानमन्त्री भएका प्रतिपक्षका नेतालाई किन सत्ता मोह ओतप्रोत भएर आयो ?

अब तेस्रो लहर आउँदै छ । चुनाव घोषणा गरिएको छ । मित्रराष्ट्र भारतमा पश्चिम बंगालमा चुनाव स्थगित गराएको भए सायद यति ठुलो क्षति हुने थिएन होला । हामी त्यही गोरेटो पक्डदैछौं । भारतको त्यति समृध्द स्वास्थ्य संस्थाको त्यो गति छ हाम्रो के होला आकंलन गर्न गाह्रो छ । बेलैमा सोचौं नत्र पछुताउने बाहेक कहीँ रहने छैन ।

“आज म काठमाडौंको बालाजु क्षेत्रमा थिएँ । एक जना ज्यामी काम गर्ने युवा आएर रु २० मागे । खाना खाने पैसा छैन हजुर परिवार भोकै छन । काम केही छैन । कोरोनाले हैन भोकले मरिने भइयो । मागेर गुजारा गरिरहेको छु ।” यो पीडादायक परिस्थितीबाट समाज गुजरिरहेको छ । भुईमान्छेको पीडा कसले बुझिदिने । यहाँ केवल सत्ताको मोह छ । चुनाव आउने बेलामा मात्रै यी गरिव भुईमान्छेलाई सम्झिने ? । रक्सी तथा एक छाक खानामा आफनो मत बेच्ने यी भुईमान्छे कोरोना संगै भोकले मर्नलागेको कसलाई बोध यो समाजमा ।

संविधान त छ महिना भित्रमा चुनाव गराउनुपर्ने नियम छ । देशमा कोरोनाको लहरले जनता मृत्युको शैयामा गईरहेका छन । अबको प्रतिगमनका नाममा गरिने कार्यले झन कति भयावह स्थिती ल्याउने हो आकलन गर्न गाह्रो छ । नेपालमा जनता कम पार्टीका कार्यकर्ता ज्यादा छन । शक्ति प्रदर्शन फेरि हुने होला सत्ता पक्ष तथा प्रतिपक्ष दुवै तहबाट त्यही कुर्सीको लागि तर जनताको लागि कुनै सहकार्य हुने हैन । कुनै सल्लाह भएन अनि कुनै जमघट भएन । प्रतिपक्षका नेताले फलानो देशका मन्त्रीलाई फोन गरेर कोरोनाबाट पीडित जनताका लागि यो सहयोग मागे ।

सत्ता पक्षले यो यो कार्य भयो । सत्ता पक्ष तथा प्रतिपक्षका नेता सम्मिलित कोरोना नियन्त्रण समिति गठन गरेर जनताको जीवन रक्षाका लागि यी यी काम भए खै त ? यो केहि सुनिएन । भुइमान्छे मरोस अरु जनता मरुन तर कुर्सी त चाहियो नै । यस्तो पनि देश हुन्छ अनि यसतो पनि राजनिति हुन्छ । देश सुन्दर भएर के गर्ने । राजनिती कुरुप भए पछि जनताले केही पाउने रहेनछ । यो देशमा जनता टुहुरो छ ।

प्रधानमन्त्रीलाई प्रतिपक्षले निकालेको विज्ञप्ती अक्षरस हेर्ने समय छ तर जनताले बेड नपाएको, अक्सिजन नपाएको जानकारी छ वा छैन थाहा छैन । दैनिक सयौंको संख्यामा मानिस मारिरहेका छन । कोरोना उपचारका लागि जनताले लाखौं शुल्क तिर्नु परेको छ थाहा छ वा छैन खै तर ताज्जुव लाग्यो प्रतिपक्षको वक्तव्य पूरै हेर्ने तथा राष्ट्रपतिलाई तिमि भनेको उल्लेख गर्नुभएछ । रिस उठेपछि वेद पढिदैन , कुर्सी नपाएको झोक छ , जनता मरेको झोक हैन । कसलाई के बोल्ने हेक्का कहाँ रहन्छ जब सत्ता गुम्छ कसैलाई जनता गुमेर केहि फरक परेको हैन । हामी कहाँ राजनैतिक संस्कार कहाँ छ र ? हिजो राष्ट्रप्रमुखलाई चोर देश छोड भन्ने दल तथा तिनका कार्यकर्ता यिनै हुन हैन इतिहास हेरुम न ।

नेपालीलाई अहिले कोरोनासंग जुध्न शैया चाहिएको छ , भ्याकसिन चाहिएको छ , अक्सिजन चाहिएको छ , चुनाव हैन । आजैबाट आन्दोलन तथा जुलुस निस्कन थाले । यसरी कोरोना हाम्रो नियन्त्रणभन्दा बाहिर जाने छ । स्वास्थ्यकर्मी हात उठाउन बाध्य हुनेछन । काठमाडौंका अस्पतालहरूले जनशक्ति पाएका छैनन । शैया संचालन गर्न जनशक्ति अभावका कारण अफटयारो भएको छ । मोफसलबाट जनशक्ति काठमाडौं आउने सम्भावना छैन । यस तर्फ पनि ध्यान दिने होकि । राजनितिको चक्रब्यूह श्रृजनाको रणनिति बनाउन यति मायर सरकार किन विदेशी सरकार प्रमुख तथा मन्त्री ज्युहरुसंग कोरोना महामरीसंग जुध्न तथा क्षमता अभिवृद्धिका लागि सहयोग माग्नका लागि किन सम्पर्क नबढाएको हो बुझन सकिएन । यसरी नै गतिविधि गदै जाने अनि भुईमान्छे मर्दै जाने हो भने त चुनावमा के कति भोट पाइएला सत्ता पक्षले बुझे श्रीखण्ड हुने थियो ।

अहिले परिस्थिती तथा प्रधानमन्त्रीको मनस्थिती बुझेर राजनितिका यत्रो अनुभव बटुलेको प्रतिपक्षले यो कच्चा कदम नलिएको भए आजको हविगत ब्यहोनुपर्ने थिएन । अनि यो महामारीको समयमा चुनावी अभियान शक्ति प्रदर्शन तथा विरोध सभा हुने थिएनन । सत्ता मोह अरु केहि समय त्यागेको भए के जाने थियो प्रतिपक्षलाई यत्रो वर्ष शासनकै वरिपरि हो प्रतिपक्ष दल जनताको पीडादायक समयको हेक्का हुनुपर्दैन ? संसदिय परिपार्टीका दिग्गज एमालेकै असन्तुष्ट पक्ष तथा प्रतिपक्षको अदुरदर्शी कार्यले यो दिन ल्याउन उक्साएको प्रतित आम मानिसमा चर्चा भएको सुनिन्छ ।

चुनावी अभियान शक्ति प्रदर्शन तथा विरोध सभा संचालन गरेर अब कोरोनाको दोस्रो , तोस्रो लहरबाट जनतालाई मृत्युको चिम्नीमा ढकेल्न उद्धत हो राजनैतिक प्रणलाी ? मर्ने त उहि भुईमान्छे हो , भोकै छ परिवार भोकै राखेको छ । कोरोनाले ग्रसित छ अस्पतालको चर्को शुल्क तिर्न गक्ष्य छैन । अस्पताल मोटाएका छन कोरोना संक्रमित लुटिएका छन यहाँ कसलाई यसको चासो , चासो त केवल सत्ताको छ अनि कुर्सीको छ ।

यसतो परिवेशमा जनता कसरी भोट हाल्न जान्छन ? केहि महिना राज्यको पूरै ध्यान कोरोना नियन्त्रणमा हुनुपर्नेमा आरोप प्रत्यारोपमा ध्यान केन्द्रित गरेर कोरोनाबाट जनता मर्न छोडने छुट कसैलाई छैन । स्वास्थ्य संकटकाल लगाउनुपर्ने । विदेशी नियोगसंग तथा सरकारसंग समन्वय गरेर सक्दो धेरैभन्दा धेरै राहत तथा सहयोग लिन सरकार लाग्नुपर्ने आजको समयको माग हो ।

कोभिसिल्डको पहिलो खोप लगाएका नागरिक दोस्रो खोप पाउने नपाउने अन्यौलमा छन । यो संकटको बेलामा चुनावको खर्च जोहो कताबाट होला । अस्पतालका सामाग्री किन्न धौ-धौ रहेको सुन्नमा आएको छ । अनुदानमा आएका सामाग्रीको पारदर्शी तवरबाट वितरण गरियोस । चीनबाट आएको सिलिन्डर माननियले वितरण गर्न लगेको परिपार्टी नदोहोरियोस । सहि च्यानल मार्फत वितरण भए भुईमान्छेले राहत पाउने थिए कि ।

अहिलेको कोरोनाको लहरलाई सबै जनमानसले सचेत पूर्वक बुझम । ज्यान रहे कार्यकर्ता रहिएला । लहडमा नलागौं । यो पटकको कोरोना त्यती सहज छैन । भीडभाड शक्ति प्रदर्शन विरोध सभामा अन्धो भएर लाग्दा ज्यान जाला सचेत बनौं । शैया छैन , अक्सिजन छैन । अहिले कसैको सिफारिसले काम गर्दैन । आफू अनि आफना परिवारजनलाई जोखिममा हाल्ने नहाल्ने निर्णय तपाई हाम्रो हातमा छ । नेताले अदुरदर्शी निर्णय लिए , तपाई हामी भेडा नबनौं सचेत नागरिक बनौं यो बेला दुरदर्शी बनौं । कोरोनालाई खेलाची नसम्झौं ।
धन्यवाद

धीरज मैनाली, भक्तपूर

Tags: Corona Virus #Covid19Politics
SummarizeShare252ScanTweet147

Related articles

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

by Nam Raj Bhatta
April 9, 2026
0

✍️ अन्जित थिङ तामाङ चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिरामीको रोगको निदानसँगै उपचार गर्नु हुन्छ भने फार्मसिष्टहरुले रोगको निदानमा प्रयोग हुने औषधिहरूको बारेमा बिस्तृत जानकारी जस्तै Dose (खुराक), औषधिले कसरी...

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

by Nam Raj Bhatta
March 25, 2026
0

✍️ डा. केदार कार्की विगत केही वर्षका मेडिकल रिपोर्टहरूको समीक्षाले धेरै संक्रामक रोगहरूले मानिसहरूलाई गम्भीर रूपमा असर गरेको देखाएको छ। चाहे त्यो कोरोनाभाइरस होस्, मंकीपक्स होस्, निपा भाइरस...

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता – डा. केदार कार्की | Bird Flu and Its Endemicity in the SAARC Region – by Dr. Kedar Karki

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

by Nam Raj Bhatta
March 21, 2026
0

✍️ डा. केदार कार्की नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ ।  मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले  पुष्टि गरेको हो...

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

by Nam Raj Bhatta
March 12, 2026
0

✍️ डा. तारा शाह, बिडिएस हामी प्रायः भन्ने गर्छौं, "सानो बाँसको टुक्रा, त्यसैको सोझो पारो।" बाल्यकालमा पर्ने बानीले जीवनभरको स्वास्थ्यको जग बसाल्छ। यो कुरा दन्त स्वास्थ्यको सन्दर्भमा झन्...

Please login to join discussion
Dengue Awareness Public Health Office Kathmandu

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    820 shares
    Share 328 Tweet 205
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    691 shares
    Share 276 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    636 shares
    Share 254 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    635 shares
    Share 254 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    687 shares
    Share 306 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन
  • भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्डमा देशकै उत्कृष्ट संघीय अस्पताल
  • ॐ हस्पिटलद्वारा टोखामा नि:शुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम
  • नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • ईन्ट​र​नेश​न​ल ईन​र ह्विल डिस्ट्रिक्ट ३५० को अध्यक्षमा डा. श्रृष्टी श्रेष्ठ प्रजापति

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.