Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र ९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

अस्टियोपोरोसिस – हड्डी कमजोर भएर भाँचिने समस्या

सन्दर्भ: बिश्व अस्टियोपोरोसिस दिवस अक्टोबर २०

HNN Staff by HNN Staff
October 20, 2020
in Articles
Reading Time: 8 mins read
A A
1
Causes of Osteoporosis

Causes of Osteoporosis

611
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍प्रवेश सिंह भण्डारी (एमएस,अर्थोपेडिक्स)

Dr Prawesh Singh Bhandari, MS Orthopedics, TUTH
Dr Prawesh Singh Bhandari, MS Orthopedics, TUTH

५५ बर्षिय रामकली श्रेष्ठको सामान्य ठेस लागेर नारीको हड्डी भाँचियो । अस्पतालमा एक्स रे गर्दा भाँचिएको देखिएपछि प्लाष्टर गरीयो ।

६५ बर्षिय जित बहादुर ढाड दुखेर कुप्रो परेको जस्तो अनुभव भएपछि अस्पतालको वहिरङ्ग बिभागमा पुगेर जचाउनुभयो । उहाँको दुखाई भने हाछिँउ गर्दा सुरु भएको थियो ।

परिक्षणका क्रममा उहाँको ढाड भाँचिएको देखियो र दुखाई कम हुने औषधि लिएर उहाँ घर फर्कनुभयो ।

७५ बर्षिय हजुरआमाको कार्पेटमा गोडा अल्झियो पुठ्ठामा धेरै दुखेर गोडा टेक्न सक्नु भएन । अस्पतालमा एक्स रे गरेर हेर्दा पुठ्ठाको हड्डी भाँचिएको देखियो । त्यसको उपचार अप्रेशन गरेर इम्प्लान्ट राखेर गरीयो ।

=================================================

यि सबै घटनाहरु प्रतिनिधि घटनाका रुपमा मात्र प्रस्तुत गरिएका हुन् । सामान्य रुपमा हेर्दा उमेरका कारणले भएजस्तो देखिएपनि यस्ता चोटहरुको मुख्य कारणका बारेमा खासै चर्चा गरिएको पाइँदैन । यस्ता चोटहरुमा उपचा। लक्षणको मात्र हुने गरेको तर कारणको उपचार भने भएको पाईँदैन । यस किसिमका अधिकांश चोटहरुको कारण भने अस्टियोपोरोसिस रहेको हुन्छ ।

अनुभवले के देखाउँछ भने रामकली जीको अब अर्को हड्डी भाँचिने संभावना पनि ८६% हुन आउँछ । जित बहादुर जीको जस्तै गरी हरेक २२ सेकेण्डमा एकजनाको मेरुदण्ड अर्थात ढाडको हड्डी अस्टियोपोरोसिसका कारण भाँचिइरहेको हुन्छ । 

यसरी अस्टियोपीरोसिसको कारणले मेरुदण्ड भाँचिने ५० बर्ष भन्दा बढी उमेरका मानिसहरुमा सोहि उमेर समूहका मानिसहरु भन्दा ८ गुणा बढी मृत्युदर रहेको अध्ययनले देखाएको छ ।

७५ बर्षकी हजुरामा जस्ता अस्टियोपोरोसिसका बिरामीहरुमध्ये ४०% पहिलेकै जसरी कसैको साहारा विना हिडडुल गर्न सक्दैनन् । उनीहरुको मृत्युदर आफुसँग रहेका अन्य दिर्घरोगहरुको जटिल अवस्थाका कारण हुन्छ । यसरी हुने मृत्यु दर हाड भाँचिएको पहिलो बर्षमै २०% सम्म हुन्छ ।

अस्टियोपोरोसिसका बारेमा जनचेतना जगाउन हरेक बर्ष अक्टोबर २० लाई अस्टियोपोरोसिस दिवसका रुपमा मनाउने गरिएको छ ।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍=========================================================

अस्टियोपोरोसिस के हो ?

Comparison of a normal bone and Osteoporosis
Comparison of a normal bone and Osteoporosis

यो यस्तो रोग हो जसमा हड्डिको घनत्व (Bone Density) कमहुने र हड्डिको गुणस्तर खस्किएर (Micro Architectural Deteriorate) कमजोर भएर सजिलै भाँचिने अवस्था आँउछ ।

यस्तो अवस्था थाहा नपाउने हुन्छ तर समस्या बढ्ने क्रममा नै रहेको हुन्छ । हड्डि भाँचिदा सम्म पनि खास लक्षण देखिँदैन ।

अझ सजिलोसँग बुझ्नलाई यसलाई धमिराले काठ खाएझैं भित्रिरुपमा हड्डीलाई कमजोर बनाउने जटिल किसिमको समस्याको रुपमा बुझ्न सकिन्छ । 

आम जनमानसले यसलाई अस्टियो आर्थ्राइटिसको रुपमा बुझेपनि यो फरक किसिमको समस्या हो  । अस्टियो आर्थ्राइटिसमा जोर्नीको कुर्कुरे हड्डी खियाउँछ तर भाँचिदैन तर दुख्ने र बिकृत बनाउँछ ।

अस्टियोपोरोसिस कसरी हुन्छ ?

हड्डी एउटा जिवन्त तन्तु हो । जन्मेदेखिनै यसमा निरन्तर परिवर्तन भइरहन्छ । यसको लम्बाई र गोलाइमा बृद्धि भइरहन्छ । यो क्रम बढ्दो उमेरसम्म निरन्तर चलिरहन्छ । हड्डीमा क्याल्सियमका लवणहरुपनि थपिँदै जान्छ जसले हड्डीको घनत्व (Bone Density) बढाँउदै जान्छ । हड्डीको घनत्व बढ्ने यो क्रम ३० बर्षको उमेरसम्म निरन्तर रहन्छ । यस बाहेक हड्डी शरिरलाई चाहिने क्याल्सियमको भण्डारपनि हो । अन्य तन्तुमा क्याल्सियमको माग हुँदा हड्डिबाट क्याल्सिम रगतमा घुलेर आपूर्ति हुन्छ । क्याल्सियम जम्मा हुने र रगतमा घुलेर आपूर्तिहुने यो प्रकृया निरन्तर रहन्छ । 

उमेरको तेश्रो दशकपछि भने बार्षिकरुपमा ०.१% का दरले हड्डीको घनत्व घट्दै जान्छ । महिलाहरुमा भने महिनावारी रोकिएको पहिलो १० बर्षसम्म यो दर बृद्धि भएर ३% सम्म हुन्छ । ६० देखी ७५ बर्ष उमेर पछि यो दर 0.५% हुन्छ । हड्डिको घनत्व कति हुन्छ भन्ने कुरा यसको विकास क्रममा ब्यक्तिले गर्ने खानपान र शारिरिक तन्दुरुस्तीले निर्धारण गर्छ ।

यद्यपि हड्डीको घनत्व कमहुने किसिमका रोग तथा उपचारका क्रममा हुने बिभिन्न गतिविधिका कारण हड्डीको घनत्व कम भएर पनि अस्टियोपोरोसिस हुन्छ । 

हड्डिको घनत्वलाई रिटायर्डमेन्ट फन्ड अर्थात अवकाश पछिको पेन्शनका रुपमा पनि बुझ्न सकिन्छ ।जति जम्मा गर्नुभएको छ त्यति लामो अबधिसम्म प्रयोग गर्न सकिन्छ ।

अस्टियोपोरोसिसका लक्षणहरु र हुने कारणहरु :

Symptoms of Osteoporosis
Symptoms of Osteoporosis

यस रोगमा मुख्यगरी मानिस कुप्रो पर्ने, सामान्य चोटमा पनी हड्डी भाँचिने, ढाड बेस्सरी दुख्ने, उचाई कम हुँदै गएको महशुष हुने लगायतका लक्षणहरु देखिन्छन् ।

अस्टियोपोरोसिस हुने कारणहरुमा अत्यधिक मद्यपान, अत्यधिक धुमपान, शारिरिक ब्यायामको कमी, बंशाणुगत कारण, हड्डीको घनत्व कम हुनु, घाम नताप्नु वा घाम नलाग्ने स्थानमा लामो समय बस्नु,  शरिरमा क्याल्सियमको कमीहुनु, अपोप्टोसिस प्रकृयाका कारण हुने कोषमा आउने परिवर्तन, शरिर सुन्निने, स्टेरोइड औषधिहरुको लामो समयसम्मको सेवन, शरिरमा अक्सिडेन्ट्स तथा फ्रि रेडिकल्सको कमी हुनु तथा अनियमितता हुनु, महिलाहरुमा समय अगाबै महिनावारी सुक्नु लगायत रहेका छन् ।

Causes of Osteoporosis
Causes of Osteoporosis

अस्टियोपोरोसिसको बर्तमान अवस्थाः

विश्वमा हाल वार्षिकरुपमा ८९ लाख हड्डी भाँचिने कारण अस्टियोपोरोसिस रहेको अध्ययनहरुले देखाएका छन् । हरेक ३ सेकेण्डमा अस्टियोपोरोसिसका कारण मानिसहरुको हड्डी भाँचिने गरेको छ । 

संसार बिस्तारै बुढ्यौलीउन्मुख भइरहेको छ । आगामी सन् २०५० सम्ममा संसारको एक तिहाई जनसंख्या ६५ बर्षभन्दा माथिका र हरेक १० जना मध्ये एकजना अर्थात १०% जनसंख्या ८० बर्ष भन्दा माथिका हुने प्रक्षेपण गरिएको छ । 

सन् २०५० सम्ममा पुठ्ठाको हड्डी भाँचिने क्रम (Hip Fracture) बार्षिक रुपमा ६२ लाख भन्दा बढी हुने अनुमान गरिएको छ । जसको आधा भन्दा बढी हिस्सा एशियमली मुलुकहरुमा हसने प्रक्षेपण गरिएको छ । हालसालै भारतमा गरिएको एक अध्ययन अनुसार कम आय भएका जनसंख्याको एकतिहाईमा अस्टियोपोरोसिस रहेको देखिएको छ ।

अस्टियोपोरोसिसका कारण स्वास्थ्यका उपलब्ध सिमित साधन श्रोत तथा त्यसमा रहेको अपर्याप्ततालाई अझ जटिल अवस्थामा लैजाने जोखिम बढेको छ ।

अस्टियोपोरोसिस निदान :

बिश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार अस्टियोपोरोसिसको परिक्षणका लागि (Dexa Scan) डेक्सा स्क्यान प्रयोग गरिन्छ । यसले हड्डिको घनचत्व (Bone Density)लाई तीन प्रकारमा छुट्याउँछ ।

यसमा सामान्य (Normal), अस्टियोपिनिक (Osteopenia), अस्टियोपोरोटिक (Osteoporotic) समूहमा बिभाजन गरिन्छ । अस्टियोपोरोटिक समूहमा पर्ने मानिसलाई मात्र अस्टियोपोरोसिसको उपचार जरुरी हुन्छ । अस्टियोपिनिक समूहका मानिसलाई अस्टियोपोरोटिक हुनबाट जोगाउने उपाएहरु अपनाइन्छ । हाम्रो जस्तो सिमित श्रोत साधन भएको अवस्थामा सबै विरामीको पहुँचमा डेक्सा स्क्यान नहुन सक्ने भएकाले अस्टियोपोरोसिसले हड्डी भाँचिएकाहरु र उच्च जोखिममा रहेकाहरुको अस्टियोपोरोसिसको उपचार शुरु गर्नुपर्ने हुन्छ । 

अस्टियोपोरोसिसको उपचारः 

अस्टियोपोरोसिसको निदान तथा उपचारको मुख्य कुरा भनेको हड्डी भाँचिने जोखिममा रहेका तर भाँचिईनसकेका बिरामीको समयमा नै उपचार गरेर भविष्यमा आउनसक्ने जटिल अवस्थाबाट जोगाउनु रहेको छ ।

यसको उपचारले अस्टियोपोरोसिसका कारण हुने हड्डि भाँचिने सम्स्याको दरलाई ८% बाट घटाएर २% मा सिमित गरिदिन्छ ।

अस्टियोपोरोसिसका उपचारमा हाल नेपालमा एन्टिरिजब्सन एजेन्ट र हर्मोन थेरापी लगायतका औषधिहरु नेपालमा उपलब्ध छन् । 

एन्टिरिजब्सन एजेन्टले हड्डीबाट क्याल्सियमका लवण घुलेर जाने प्रकृयालाई रोकीदिन्छ भने हर्मोन थेरापीले भने हड्डीमा नयाँ क्याल्सियम थप्ने प्रकृयामा मद्दत गर्दछ । यो सबै उमेर समूहका बिरामीमा प्रयोग गर्न सकिन्छ । सजिलै उपलब्ध हुने र कम नकारात्मक असर हुने यो उपचार तुलनात्मक रुपमा सस्तो र नतिजा पनि भरपर्दो छ । महिनावारी रोकीएका अस्टियोपोरोसिसका बिरामीहरुमा यो उपचारले मेरुदण्डको हड्डी भाँचिने दरलाई ३०% देखी ७०% घटाउँछ । त्यसैगरी पुठ्ठाको हड्डी भाँचिने दरलाई ४०% ले र मेरुदण्ड बाहेकका अन्य अस्टियोपोरोसिसका कारण हड्डी भाँचिने समस्यालाई १५ % देखी २० % ले घटाउँछ । 

हर्मोन थेरापी बिशेष अवस्थामा प्रयोग गरिन्छ जस्तो पाठेघर निकाल्ने अप्रेशनमा डिम्वाशय समेत निकाल्नु परेका (Oophorectomy) महिनावारी नरोकिएका बयश्क महिला बिरामीहरुमा प्रयोग गरिन्छ । 

अस्टियोपोरोसिसको रोकथामः

अस्टियोपोरोसिसको रोकथाम मानिसको खानपान र जिवनशैलीमा निर्भर रहन्छ । हुर्कदो उमेरमा पाएको पोषण र शारिरिक तन्दुरुस्तीले यसमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

नियमित शारिरिक ब्यायामः बालबालिका तथा किशोर किशोरीहरुमा नियमित ब्यायामले हड्डीको घनत्व पर्याप्त बनाउन मद्दत गर्दछ । बयश्य तथा जेष्ठ नागरिकहरुमा भने यसले अस्टियोपोरोसिसको प्रकृयालई कम गर्नुकासाथै हाम्रो चाल र सन्तुलनलाई नियमित गरी हामीलाई लड्नबाट जोगाउँछ र हड्डी भाँचिनबाट बचाउँछ ।

पोषणः अस्टियोपोरोसिस रोकथाममा क्याल्सियम र भिटामिन डिको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले खानामा यि पोषक तत्वहरुको मात्रा मिलाएर खानु अनिवार्य हुन्छ । माछामासु हरिया सागपातका साथै फोर्टिफाइड फूड (सुदृढ खानेकुरा) बिहानको कलिलो घाम ताप्नाले शरिरले आफैं भिटामिन डि उत्पादन गर्छ ।

अस्टियोपोरोसिसबाट बच्न कस्तो जिवनशैली अपनाउनेः 

अस्टियोपोरोसिसबाट बच्न धुमपान मद्यपान नगर्ने, नियमित व्यायाम गर्ने र शारिरिक रुपमा सक्रिय रहने र पोषणयुक्त खानेकुरा खाने र परिवारमा अस्टियोपोरोसिस तथा हड्डि भाँचिने समस्या भएकाहरु, बाथ रोग भएकाहरु, थाइराइडको समस्या भएकाहरु तथा केमोथेरापी लिइरहेकाहरुले बिशेष ध्यान पुर्याउने र सम्बन्धित विषयका चिकित्सककहाँ गएर जचाउनुपर्ने हुन्छ ।


लेखक त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा तथा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर चावहिलमा आवद्ध हुनुहुन्छ । 

Tags: Bone healthOsteoporosis
SummarizeShare257ScanTweet148

Related articles

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

by Nam Raj Bhatta
August 12, 2026
0

✍️ डा. सतीश कुमार साह लेक्चरर काठमाडौं उपत्यकाको सडकमा हरेक दिन सयौं सवारी साधन गुड्छन् । तर, यी सडकहरू दैनिकजसो दुर्घटनाको दृश्य बन्न पुगेका छन् । पछिल्लो तथ्यांक...

हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा

हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा

by Nam Raj Bhatta
August 4, 2026
0

मानव शरीरको अत्यन्त महत्वपूर्ण अंगमध्ये हात पनि एक हो। दैनिक जीवनका अधिकांश कामदेखि व्यावसायिक तथा सामाजिक गतिविधिसम्म हातको भूमिका महत्वपूर्ण हुन्छ। हातमा चोटपटक वा अन्य कुनै समस्या आएमा...

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

by Nam Raj Bhatta
April 9, 2026
0

✍️ अन्जित थिङ तामाङ चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिरामीको रोगको निदानसँगै उपचार गर्नु हुन्छ भने फार्मसिष्टहरुले रोगको निदानमा प्रयोग हुने औषधिहरूको बारेमा बिस्तृत जानकारी जस्तै Dose (खुराक), औषधिले कसरी...

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

by Nam Raj Bhatta
March 25, 2026
0

✍️ डा. केदार कार्की विगत केही वर्षका मेडिकल रिपोर्टहरूको समीक्षाले धेरै संक्रामक रोगहरूले मानिसहरूलाई गम्भीर रूपमा असर गरेको देखाएको छ। चाहे त्यो कोरोनाभाइरस होस्, मंकीपक्स होस्, निपा भाइरस...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    844 shares
    Share 338 Tweet 211
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    701 shares
    Share 280 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    686 shares
    Share 295 Tweet 163
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    695 shares
    Share 309 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    643 shares
    Share 257 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप
  • नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
  • नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्टारमा रमेश श्रेष्ठ
  • राष्ट्रिय स्वतन्त्र पार्टीको कोषाध्यक्षमा डा. मनोहर प्रधान मनोनित
  • आयुर्वेद चिकित्सा परिषद्को रजिष्टारमा डा. हरिशरण अर्याल नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.