Ghorahi sub metro tb awareness message
Baitadi swasthya karyalaya awareness
Health Office Lalitpur Immunization for year 5 and below
आज मिति : २०८० जेष्ठ १८
  • Login
Health News Nepal
Tobacco control message
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

औषधीमा आत्मनिर्भर नबनाउने सरकार ? #Medicine

Nam Raj Bhatta by Nam Raj Bhatta
January 21, 2023
in Articles
A A
0
Sharad chandra ojha nepal medicine issues औषधिमा आत्मनिर्भर नबनाउने सरकार?

Sharad Chandra Ojha Nepal Medicine Issues औषधिमा आत्मनिर्भर नबनाउने सरकार?

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ शरदचन्द्र ओझा

नेपाल सरकारको नीति तथा कार्यक्रम २०७९/८० मा निम्न बुँदाहरु उल्लेख भएको पाईन्छ । आन्तरिक उत्पादन बृद्धी तथा औधोगिकिकरणका लागि गुणस्तरिय पुर्वाधार निर्माण, लगानी प्रवर्धन, व्यवसायिक वातावरण निर्माण एवँ सहजिकरण गर्न नितिगत, कानुनी‌ र प्रणालीगत सुधार गरिनेछ । उत्पादनशिल र रोजगारमुलक क्षेत्रमा कर्जा प्रवाह सहज बनाईने छ ।

सबल अर्थतन्त्र निर्माणमा उधोग क्षेत्रको नेतृत्वदाई भूमिका स्थापना गरिनेछ । उधोगमैत्री बातावरण निर्माण, ब्यवसाय गर्न बातावरण सुधार र आधारभुत पुर्वाधारमा सरकारी लगानी बढाई निजी क्षेत्रलाई उत्पादनमुलक उधोग स्थापना र सँचालन गर्न प्रोत्साहन गरिनेछ ।

आधारभुत र जिवनरक्षक औषधी, खोप तथा औषधीजन्य उत्पादनलाई थप प्रोत्साहन गरिनेछ । नेपाली औषधी उत्पादन क्षमता बृद्धी गरी औषधीको आपुर्तीमा सुधार गरिनेछ ।

Truederma 1

कुनै पनि नयाँ उधोग भनेको भोलिको राष्टृय अर्थतन्त्रको मेरुदण्ड बन्न सक्दछ। औषधि आपूर्तिको एक बलियो आधारशिलाको रुपमा खडा हुनेछ, रोजगारीको अवसर सृजना गर्ने छ, बैँक र बित्तिय संस्थाहरु एवं विद्युत प्राधिकरणको पनि एक सक्षम ग्राहकको रुपमा खडा हुन सक्नेछ भन्ने दुरगामी सोचले कार्यप्रगती हुन सके मेक ईन नेपालको सपना पुरा गर्न यस क्षेत्रले पनि योगदान दिन सक्नेछ।

करिब तीन करोड मात्र जनसंख्या भएको हाम्रो मुलुकमा धेरै ब्रान्ड भित्रिनु भनेको अनावश्यक प्रतिस्प्रधा सिर्जना हुनु हो। यसबाट फाइदा पुग्दैन। बरु स्वदेशी उद्योगको बजारीकरणलाई चुनौती हुन्छ। औषधिहरु थुप्रिएर बस्दा म्याद नाघेर नष्ट गर्नुपर्ने पनि हुन्छ। अन्तर्राष्ट्रिय जीएमपीले अर्थाएका बुँदागत पक्षहरुलाई आत्मसात गरेका हाम्रा उद्योगहरुले कुनै पनि अर्थमा विदेशी औषधिको तुलनामा गुणस्तर कम हुन दिएका छैनन्। यो विषयलाई सरकारले बुझ्नु पर्छ। अब स्वदेशमै पर्याप्त उत्पादन हुने औषधि विदेशबाट आयात हुनुहुँदैन। अथवा विस्तारै विस्थापित हुनु पर्दछ ।

Common cold folk medicine ginger root honey and lemon tea
Common cold folk medicine ginger root honey and lemon tea

हाम्रो स्वाभिमानलाई दरिलो टेवा पुर्‍याउन अर्थतन्त्रको अहम् भूमिका हुन्छ। अर्थतन्त्र बलियो बनाउन हाम्रो उत्पादन क्षमता बढ्दै जानुपर्छ। त्यसमा पनि औद्योगिक उत्पादन महत्वपूर्ण छ। तर, स्वास्थ्यसँग सम्बन्धित औषधि उद्योगलाई अन्य उद्योगजस्तो गरी हेर्नु हुँदैन। यो विशेष र जनताको जीवनसँग प्रत्यक्ष जोडिएको विषय हो। त्यसैले हामी हाम्रो जीवन जोगाउन आफैँ सक्षम छौँ भन्ने आत्मविश्वास र स्वाभिमान वृद्धिका लागि औषधि उद्योगले भूमिका खेलेका छन्। आफ्नै देशमा कुनै पनि उद्योग स्थापना हुनु भनेको स्वाभिमानको विषय हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डका प्रकृया पुर्याएर संस्थागत हुन खोज्दै गरेका स्वदेशी औषधि उद्योगको प्रवद्र्धन गर्न जरुरी छ। यी उद्योगलाई फैलने वातावरण बनाउने दायित्व राज्यको पनि हो। किनभने औषधिमा लगानी भएको अरबौँ रुपैयाँ डुब्ने अवस्था आए त्यसले देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव त पर्छ नै स्वास्थ्य क्षेत्र पनि लड्खडाउन सक्दछ ।

नेपालमा औषधि उद्योग निर्माण गर्न सजिलो छैन, अनेक चुनौतीहरुको सामना गर्नुपर्छ। कच्चा पदार्थ र अन्य केही वस्तुहरुमा भन्सार छुट भएपनि, उद्योग संचालनका लागि चाहिने कतिपय वस्तुको भन्सार अहिले पनि महङ्गो छ। उद्योगभित्र चाहिने सबैजसो वस्तुले औषधि बनाउन प्रतक्ष्य वा अप्रतक्ष्य मद्दत पुर्‍याइरहेको हुन्छ। ती वस्तुलाई भन्सार छुट नदिँनु सुहाउँदो तर्क सँगत होइन। अहिले भनिन्छ, कतिपय सरकारी र अर्धा सरकारी एवँ निजीक्षेत्रलाई पनि तलब खुवाउन समेत हम्मे हम्मे छ्, बैँकले लगानी गर्ने बातावरण छैन, ब्याजदर बढेको छ, यस्तो अवस्था मा देशको ढुकुटीमा सँचीती बढाउने प्रयासहरु गरिनु पर्दछ ।

आफै सोचौँ, आफ्नै राष्ट्रमा कफ सिरप, सधारणा रोगमा प्रयोग हुने एन्टीबायोटिक, भिटामिन, मल्हमहरु, पेन किलर, सुगर प्रेसरका औषधीहरु, एलर्जीका औषधीहरु, आँखा, नाक, कानका ड्रप्स, उच्च गुणस्तरका साथ उत्पादन भई बजार नपाउने अवस्थामा छन, भने न्याय हुनु पर्दैन, किन आयात गर्ने अथवा किन न आयात घटाउँदै लाने, सवालले जवाफ पाउनै पर्दछ । यसरी एक एक क्षेत्रमा आयात न्युनिकरणको तडकारो योजनाहरु आएको खण्डमा बिदेशी मुद्राको सँचितीमा पनि सकारात्मक परिमाण बृद्धी हुँदै जानेछ भन्नुमा कुनै अत्युक्ती नहोला ।

Ayurveda-an alternative historic medicine system
Ayurveda-an alternative historic medicine system

उता न्युट्रास्युटिकल्सको नाममा अरबौ रुपैयाँ बिदेश जाँदैछ, न्युट्रास्युटिकल्स खाद्धको नाममा आयात हुन्छ अनि औषधी पसलहरुमा बिक्री हुन्छ, खासै अर्थमा भन्ने हो भने ई न्युट्रास्यिटिकल्सको उत्पादन देशभित्र सहजै उतपादन हुन सक्दछ, तर सरकारी नितीले आफ्ना उधोगलाई यस्को उत्पादन गर्न दिँदैन । ५ देखि ६ अरबको न्युट्रास्युटिकल्स ( भिटामिन)को आयात गरेर राष्ट्रिय अर्थतन्त्रले के पायो, सोचनिय छ । कृषी मन्त्रालयले पनि यस्को उत्तर खोज्नु पर्छ्, जस्तो लाग्दछ । उधोग र स्वास्थ मन्त्रालयले स्वदेशमै उत्पादनको तारतम्य मिलाईइदिए आर्थिक मजबुतीको निमित्त बेश पनि हुने थियो ।

नेपालमा पहिलोपटक सन १९६९ मा केमीड्रग अनि तत्पश्चात रोयल ड्रगले १९७२मा एलोपैथिक औषधीको उत्पादन शुरु गरेको हो। तबदेखी आज २०२३ सम्म आईपुग्दा स्वदेशी उत्पादनको दायरा तथा उत्पादन बिषेशज्ञताले असाधारण प्रगती गरिसकेको छ । आज एलोपैथिक र आयुर्वदिक गरि स्वदेशमै १०० भन्दा बढी उत्पादक उधोगहरु स्थापित भई सकेका छन, औषधीका प्रकार र गुणस्तरलाई पनि विशेष ध्यान पुर्याईएको हुन्छ, सरकारी नियमक निकाय औषधी ब्यवस्था बिभागको पनि नियमित अनुगमन र साथ सहयोग रहिरहेको हुन्छ । तर बिडम्बना कतिपय दृष्टान्तमा स्वदेशकै उचित स्थान पाईरहेको हुँदैन ।

अहिले कतिपय औषधीका पचास सयभन्दा ब्राण्डहरु बजारमा छन, जसको कुनै आवश्यकता देखिदैन । ब्राण्ड बढि हुनु यदि नियमित प्रकृया हो भने, यसले बजारीकरण र उपलब्धतामा सहयोग पुर्याई रहेको हुन्छ भन्ने तर्कमा यसले असान्दर्भिक प्रतिष्पर्धा, डम्पिङ्ग, उधारो बजार, एक्सपाईरी ( म्याद नाघ्नु) लाई पनि त बढावा गरिरहेको हुन्छ ।

एकातिर सरकारको स्वदेशी उधोगलाई सँरक्षण गर्ने भन्ने निती हुनु अनि अर्को तर्फ यस्ता बजारीकरणका खेलहरु देखिनु पक्कै पनि सुखद होईनन । भर्खरैको एक समाचार अनुसार, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले साझा कार्यक्रम सार्वजनिक गर्दै भने, ‘स्वदेशमा उत्पादन हुने खाद्यवस्तु जुत्ता, औषधि र सिमेन्ट उत्पादन र उपभोगमा जोड दिइनेछ भनेका छन ।

जस अनुसार उहाँँकै शब्दमा, सरकारले स्वदेशी औषधि उत्पादन तथा उपभोगमा जोड दिने भएको छ। न्यूनतम् साझा कार्यक्रममार्फत् सरकारले यस्तो घोषणा गरेको हो।

उत्पादनका लागि बिधुत र ऋणमा उपयुक्त सहुलियत दिने पनि घोषणा गरिएको छ। यसैगरी ‘मेकिङ नेपाल र मेड इन नेपाल’लाई समेत प्रवर्द्धन गर्नुका साथै रोजगारी सुनिश्चित हुने ठाउँमा लगानी गर्ने बताइएको छ। यदि यसतर्फ सरकारको ध्यान पुगेको हो भने, आयातलाई पनि सुचिकृत गर्दै, नन टेरिफ बैरियर तथा अन्य कुनै माध्यमबाट न्युनीकरणको योजनाहरु यसै बर्षको बजेट मार्फतबाट पनि आउनु पर्दछ ।

बरु स्वदेशी उत्पादनलाई अझै ब्यवस्थित गर्नका निमित्त नयाँ कार्यनितीहरु आउँदा स्वागतयोग्यनै हुन्छ होला । औषधी एक सँबेदनसिल उत्पादन हो, यसलाई उत्पादनमा प्रशस्त निगरानी र सावधानी अपनाउनु पर्दछ, कच्चापदार्थको गुणस्तर देखि उत्पादनका बैज्ञानिक प्रकृयाहरुको अबलम्बन हुनु पर्दछ । दक्ष जनशक्ती, नियमित तालिम तथा ज्ञान बृद्धीका कार्यक्रमहरु पनि सँचालन भई राख्नु पर्दछ्, यस तर्फ हाम्रा उधोगहरुको बार्षिक कार्यक्रम रहेको हुन्छ, जसमा अझै ध्यान पुर्याउनु  अति आवश्यक देखिन्छ ।

[ लेखक: ओझा आइडियल फर्मास्युटिकल्स कम्पनी प्रालिका कार्यकारी निर्देशक हुनुहुन्छ।]

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Ideal pharmaceuticals company pvt LTDSharad Chandra Ojha
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

चिकित्सक संघको निर्वाचनमा उपत्यका बाहिर पहिलो दिन १८७८ मत खस्यो, कुन ठाउँमा कति? #NmaElection2023

Next Post

चिकित्सक संघ निर्वाचन : उपत्यका बाहिर आज दोस्रो दिन शान्तिपूर्ण तरिकाले मतदान हुँदै #NmaElection2023

Related articles

Global health politics.
Articles

Global Health Politics.

2 months ago
775
मुख तथा अनुहार स्वास्थ्यको वर्तमान अवस्था र चुनौती
Articles

मुख तथा अनुहार स्वास्थ्यको वर्तमान अवस्था र चुनौती

2 months ago
775
औषधि क्षेत्रको यो पेशालाई मर्यादित र उत्कृष्ट बनाउन लाग्नेछु #medicine
Articles

औषधि क्षेत्रको यो पेशालाई मर्यादित र उत्कृष्ट बनाउन लाग्नेछु #Medicine

3 months ago
775
गिजासम्बन्धि रोगः परिचय तथा उपचार #gumstreatment
Articles

गिजासम्बन्धि रोगः परिचय तथा उपचार #GumsTreatment

5 months ago
775
जनस्वस्थ र सामाजिक सन्जाल #healthcommunication
Articles

जनस्वस्थ र सामाजिक सन्जाल #HealthCommunication

5 months ago
775
Dr prakash paudel spinal cord injury paralysis
Articles

स्पाइनल कर्ड इन्जुरीको समयमा उपचार गर्दा प्यारालाइसिसको कम जोखिम #SpinalCordInjury

5 months ago
775
Next Post
चिकित्सक संघ निर्वाचन : उपत्यका बाहिर आज दोस्रो दिन शान्तिपूर्ण तरिकाले मतदान हुँदै #nmaelection2023

चिकित्सक संघ निर्वाचन : उपत्यका बाहिर आज दोस्रो दिन शान्तिपूर्ण तरिकाले मतदान हुँदै #NmaElection2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Chitwan health office immunization awareness message
Dhading health office immunization awareness message
Baglung Health Office TB Awareness
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...