Magnus pharma
आज: २०८२ चैत्र १२
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

औषधीमा आत्मनिर्भर नबनाउने सरकार ? #Medicine

Nam Raj Bhatta by Nam Raj Bhatta
January 21, 2023
in Articles
Reading Time: 1 min read
A A
0
Sharad Chandra Ojha Nepal Medicine Issues औषधिमा आत्मनिर्भर नबनाउने सरकार?

Sharad Chandra Ojha Nepal Medicine Issues औषधिमा आत्मनिर्भर नबनाउने सरकार?

623
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ शरदचन्द्र ओझा

नेपाल सरकारको नीति तथा कार्यक्रम २०७९/८० मा निम्न बुँदाहरु उल्लेख भएको पाईन्छ । आन्तरिक उत्पादन बृद्धी तथा औधोगिकिकरणका लागि गुणस्तरिय पुर्वाधार निर्माण, लगानी प्रवर्धन, व्यवसायिक वातावरण निर्माण एवँ सहजिकरण गर्न नितिगत, कानुनी‌ र प्रणालीगत सुधार गरिनेछ । उत्पादनशिल र रोजगारमुलक क्षेत्रमा कर्जा प्रवाह सहज बनाईने छ ।

सबल अर्थतन्त्र निर्माणमा उधोग क्षेत्रको नेतृत्वदाई भूमिका स्थापना गरिनेछ । उधोगमैत्री बातावरण निर्माण, ब्यवसाय गर्न बातावरण सुधार र आधारभुत पुर्वाधारमा सरकारी लगानी बढाई निजी क्षेत्रलाई उत्पादनमुलक उधोग स्थापना र सँचालन गर्न प्रोत्साहन गरिनेछ ।

आधारभुत र जिवनरक्षक औषधी, खोप तथा औषधीजन्य उत्पादनलाई थप प्रोत्साहन गरिनेछ । नेपाली औषधी उत्पादन क्षमता बृद्धी गरी औषधीको आपुर्तीमा सुधार गरिनेछ ।

कुनै पनि नयाँ उधोग भनेको भोलिको राष्टृय अर्थतन्त्रको मेरुदण्ड बन्न सक्दछ। औषधि आपूर्तिको एक बलियो आधारशिलाको रुपमा खडा हुनेछ, रोजगारीको अवसर सृजना गर्ने छ, बैँक र बित्तिय संस्थाहरु एवं विद्युत प्राधिकरणको पनि एक सक्षम ग्राहकको रुपमा खडा हुन सक्नेछ भन्ने दुरगामी सोचले कार्यप्रगती हुन सके मेक ईन नेपालको सपना पुरा गर्न यस क्षेत्रले पनि योगदान दिन सक्नेछ।

करिब तीन करोड मात्र जनसंख्या भएको हाम्रो मुलुकमा धेरै ब्रान्ड भित्रिनु भनेको अनावश्यक प्रतिस्प्रधा सिर्जना हुनु हो। यसबाट फाइदा पुग्दैन। बरु स्वदेशी उद्योगको बजारीकरणलाई चुनौती हुन्छ। औषधिहरु थुप्रिएर बस्दा म्याद नाघेर नष्ट गर्नुपर्ने पनि हुन्छ। अन्तर्राष्ट्रिय जीएमपीले अर्थाएका बुँदागत पक्षहरुलाई आत्मसात गरेका हाम्रा उद्योगहरुले कुनै पनि अर्थमा विदेशी औषधिको तुलनामा गुणस्तर कम हुन दिएका छैनन्। यो विषयलाई सरकारले बुझ्नु पर्छ। अब स्वदेशमै पर्याप्त उत्पादन हुने औषधि विदेशबाट आयात हुनुहुँदैन। अथवा विस्तारै विस्थापित हुनु पर्दछ ।

Common cold folk medicine ginger root honey and lemon tea
Common cold folk medicine ginger root honey and lemon tea

हाम्रो स्वाभिमानलाई दरिलो टेवा पुर्‍याउन अर्थतन्त्रको अहम् भूमिका हुन्छ। अर्थतन्त्र बलियो बनाउन हाम्रो उत्पादन क्षमता बढ्दै जानुपर्छ। त्यसमा पनि औद्योगिक उत्पादन महत्वपूर्ण छ। तर, स्वास्थ्यसँग सम्बन्धित औषधि उद्योगलाई अन्य उद्योगजस्तो गरी हेर्नु हुँदैन। यो विशेष र जनताको जीवनसँग प्रत्यक्ष जोडिएको विषय हो। त्यसैले हामी हाम्रो जीवन जोगाउन आफैँ सक्षम छौँ भन्ने आत्मविश्वास र स्वाभिमान वृद्धिका लागि औषधि उद्योगले भूमिका खेलेका छन्। आफ्नै देशमा कुनै पनि उद्योग स्थापना हुनु भनेको स्वाभिमानको विषय हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डका प्रकृया पुर्याएर संस्थागत हुन खोज्दै गरेका स्वदेशी औषधि उद्योगको प्रवद्र्धन गर्न जरुरी छ। यी उद्योगलाई फैलने वातावरण बनाउने दायित्व राज्यको पनि हो। किनभने औषधिमा लगानी भएको अरबौँ रुपैयाँ डुब्ने अवस्था आए त्यसले देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव त पर्छ नै स्वास्थ्य क्षेत्र पनि लड्खडाउन सक्दछ ।

नेपालमा औषधि उद्योग निर्माण गर्न सजिलो छैन, अनेक चुनौतीहरुको सामना गर्नुपर्छ। कच्चा पदार्थ र अन्य केही वस्तुहरुमा भन्सार छुट भएपनि, उद्योग संचालनका लागि चाहिने कतिपय वस्तुको भन्सार अहिले पनि महङ्गो छ। उद्योगभित्र चाहिने सबैजसो वस्तुले औषधि बनाउन प्रतक्ष्य वा अप्रतक्ष्य मद्दत पुर्‍याइरहेको हुन्छ। ती वस्तुलाई भन्सार छुट नदिँनु सुहाउँदो तर्क सँगत होइन। अहिले भनिन्छ, कतिपय सरकारी र अर्धा सरकारी एवँ निजीक्षेत्रलाई पनि तलब खुवाउन समेत हम्मे हम्मे छ्, बैँकले लगानी गर्ने बातावरण छैन, ब्याजदर बढेको छ, यस्तो अवस्था मा देशको ढुकुटीमा सँचीती बढाउने प्रयासहरु गरिनु पर्दछ ।

आफै सोचौँ, आफ्नै राष्ट्रमा कफ सिरप, सधारणा रोगमा प्रयोग हुने एन्टीबायोटिक, भिटामिन, मल्हमहरु, पेन किलर, सुगर प्रेसरका औषधीहरु, एलर्जीका औषधीहरु, आँखा, नाक, कानका ड्रप्स, उच्च गुणस्तरका साथ उत्पादन भई बजार नपाउने अवस्थामा छन, भने न्याय हुनु पर्दैन, किन आयात गर्ने अथवा किन न आयात घटाउँदै लाने, सवालले जवाफ पाउनै पर्दछ । यसरी एक एक क्षेत्रमा आयात न्युनिकरणको तडकारो योजनाहरु आएको खण्डमा बिदेशी मुद्राको सँचितीमा पनि सकारात्मक परिमाण बृद्धी हुँदै जानेछ भन्नुमा कुनै अत्युक्ती नहोला ।

Ayurveda-an alternative historic medicine system
Ayurveda-an alternative historic medicine system

उता न्युट्रास्युटिकल्सको नाममा अरबौ रुपैयाँ बिदेश जाँदैछ, न्युट्रास्युटिकल्स खाद्धको नाममा आयात हुन्छ अनि औषधी पसलहरुमा बिक्री हुन्छ, खासै अर्थमा भन्ने हो भने ई न्युट्रास्यिटिकल्सको उत्पादन देशभित्र सहजै उतपादन हुन सक्दछ, तर सरकारी नितीले आफ्ना उधोगलाई यस्को उत्पादन गर्न दिँदैन । ५ देखि ६ अरबको न्युट्रास्युटिकल्स ( भिटामिन)को आयात गरेर राष्ट्रिय अर्थतन्त्रले के पायो, सोचनिय छ । कृषी मन्त्रालयले पनि यस्को उत्तर खोज्नु पर्छ्, जस्तो लाग्दछ । उधोग र स्वास्थ मन्त्रालयले स्वदेशमै उत्पादनको तारतम्य मिलाईइदिए आर्थिक मजबुतीको निमित्त बेश पनि हुने थियो ।

नेपालमा पहिलोपटक सन १९६९ मा केमीड्रग अनि तत्पश्चात रोयल ड्रगले १९७२मा एलोपैथिक औषधीको उत्पादन शुरु गरेको हो। तबदेखी आज २०२३ सम्म आईपुग्दा स्वदेशी उत्पादनको दायरा तथा उत्पादन बिषेशज्ञताले असाधारण प्रगती गरिसकेको छ । आज एलोपैथिक र आयुर्वदिक गरि स्वदेशमै १०० भन्दा बढी उत्पादक उधोगहरु स्थापित भई सकेका छन, औषधीका प्रकार र गुणस्तरलाई पनि विशेष ध्यान पुर्याईएको हुन्छ, सरकारी नियमक निकाय औषधी ब्यवस्था बिभागको पनि नियमित अनुगमन र साथ सहयोग रहिरहेको हुन्छ । तर बिडम्बना कतिपय दृष्टान्तमा स्वदेशकै उचित स्थान पाईरहेको हुँदैन ।

अहिले कतिपय औषधीका पचास सयभन्दा ब्राण्डहरु बजारमा छन, जसको कुनै आवश्यकता देखिदैन । ब्राण्ड बढि हुनु यदि नियमित प्रकृया हो भने, यसले बजारीकरण र उपलब्धतामा सहयोग पुर्याई रहेको हुन्छ भन्ने तर्कमा यसले असान्दर्भिक प्रतिष्पर्धा, डम्पिङ्ग, उधारो बजार, एक्सपाईरी ( म्याद नाघ्नु) लाई पनि त बढावा गरिरहेको हुन्छ ।

एकातिर सरकारको स्वदेशी उधोगलाई सँरक्षण गर्ने भन्ने निती हुनु अनि अर्को तर्फ यस्ता बजारीकरणका खेलहरु देखिनु पक्कै पनि सुखद होईनन । भर्खरैको एक समाचार अनुसार, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले साझा कार्यक्रम सार्वजनिक गर्दै भने, ‘स्वदेशमा उत्पादन हुने खाद्यवस्तु जुत्ता, औषधि र सिमेन्ट उत्पादन र उपभोगमा जोड दिइनेछ भनेका छन ।

जस अनुसार उहाँँकै शब्दमा, सरकारले स्वदेशी औषधि उत्पादन तथा उपभोगमा जोड दिने भएको छ। न्यूनतम् साझा कार्यक्रममार्फत् सरकारले यस्तो घोषणा गरेको हो।

उत्पादनका लागि बिधुत र ऋणमा उपयुक्त सहुलियत दिने पनि घोषणा गरिएको छ। यसैगरी ‘मेकिङ नेपाल र मेड इन नेपाल’लाई समेत प्रवर्द्धन गर्नुका साथै रोजगारी सुनिश्चित हुने ठाउँमा लगानी गर्ने बताइएको छ। यदि यसतर्फ सरकारको ध्यान पुगेको हो भने, आयातलाई पनि सुचिकृत गर्दै, नन टेरिफ बैरियर तथा अन्य कुनै माध्यमबाट न्युनीकरणको योजनाहरु यसै बर्षको बजेट मार्फतबाट पनि आउनु पर्दछ ।

बरु स्वदेशी उत्पादनलाई अझै ब्यवस्थित गर्नका निमित्त नयाँ कार्यनितीहरु आउँदा स्वागतयोग्यनै हुन्छ होला । औषधी एक सँबेदनसिल उत्पादन हो, यसलाई उत्पादनमा प्रशस्त निगरानी र सावधानी अपनाउनु पर्दछ, कच्चापदार्थको गुणस्तर देखि उत्पादनका बैज्ञानिक प्रकृयाहरुको अबलम्बन हुनु पर्दछ । दक्ष जनशक्ती, नियमित तालिम तथा ज्ञान बृद्धीका कार्यक्रमहरु पनि सँचालन भई राख्नु पर्दछ्, यस तर्फ हाम्रा उधोगहरुको बार्षिक कार्यक्रम रहेको हुन्छ, जसमा अझै ध्यान पुर्याउनु  अति आवश्यक देखिन्छ ।

[ लेखक: ओझा आइडियल फर्मास्युटिकल्स कम्पनी प्रालिका कार्यकारी निर्देशक हुनुहुन्छ।]

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Ideal pharmaceuticals company pvt LTDSharad Chandra Ojha
SummarizeShare272ScanTweet146

Related articles

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

by Nam Raj Bhatta
March 25, 2026
0

✍️ डा. केदार कार्की विगत केही वर्षका मेडिकल रिपोर्टहरूको समीक्षाले धेरै संक्रामक रोगहरूले मानिसहरूलाई गम्भीर रूपमा असर गरेको देखाएको छ। चाहे त्यो कोरोनाभाइरस होस्, मंकीपक्स होस्, निपा भाइरस...

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता – डा. केदार कार्की | Bird Flu and Its Endemicity in the SAARC Region – by Dr. Kedar Karki

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

by Nam Raj Bhatta
March 21, 2026
0

✍️ डा. केदार कार्की नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ ।  मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले  पुष्टि गरेको हो...

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

by Nam Raj Bhatta
March 12, 2026
0

✍️ डा. तारा शाह, बिडिएस हामी प्रायः भन्ने गर्छौं, "सानो बाँसको टुक्रा, त्यसैको सोझो पारो।" बाल्यकालमा पर्ने बानीले जीवनभरको स्वास्थ्यको जग बसाल्छ। यो कुरा दन्त स्वास्थ्यको सन्दर्भमा झन्...

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
March 4, 2026
0

✍️ डा. सतीश कुमार साह (१) नेपालमा स्वास्थ्य क्षेत्रलाई आगामी सरकारको पहिलो प्राथमिकता किन बनाउनु पर्छ? अगामी सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिनु पर्नुका धेरै ठोस कारणहरू छन्।...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    643 shares
    Share 257 Tweet 161
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    625 shares
    Share 250 Tweet 156
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    664 shares
    Share 297 Tweet 153
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाल स्वास्थ्य व्यवसायी परिषदको निमित्त रजिष्टारमा रविकान्त मिश्र
  • बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu
  • तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबिच समझदारी
  • बैतडीमा ८७ नयाँ क्षयरोगी फेला, परीक्षणमा नआउँदा चुनौती
  • World TB Day 2026 : Half of Affected Children Missing

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.