बढ्दै गहिरहेको कोरोना महामारीका कारण अहिले विश्वनै रोहिरहेको अवस्था छ । दिनप्रतिदिन आफ्ना आफन्तहरुको ज्यान गुमाउनेको संख्या पनि उत्तिकै छ। विश्वनै ध्वस्त हुनु लागेको बेला हाम्रो देश नेपाल पनि त्यहीँ दलदलमा मुछिएको अवस्था छ। अहिले हाम्रो देशमा दिनमा दुई गुणा रातमा चार गुणाको दरले कोरोना माहामारीको विकराल रुप धारण गरिसकेको छ ।
सधारण मानिसहरु सामान्य बिरामी हुँदा पनि उपचार नपाउँदा ज्यान गुमाउनुपरेको छ। गाँस, बास, कपास आधारभुत आवश्यकता भएपनि अहिले रोगले भन्दा पनि खान नपाएर मानिसहरूको ज्यान जान सक्ने खतरा बढेको छ। मानिसहरु घरभित्रै खान नपाई छटपटाइरहेको दृश्य देख्न सकिन्छ । दैनिक ज्याला मजदुरी गरी खानी वर्गहरुका लागि यो समय एकदम कठिन बढ्दै गरिरहेको छ ।
मानिसहरू रोग ,भोग र शोकले छट्पटाइरहेको बेला हाम्रो सरकार के हेरेर बसेको छ? किन यति सुस्त छ सरकार ? किन यति मैन छ? यता जनता दिनप्रतिदिन अस्पतालमा अक्सिजनको अभावले ज्यान गुमाइरहेका छन् । उता जनता राजनीतिक दलहरु हामीले जिताएर पठाएका प्रतिनिधिहरु कोही सरकार ढलाउन र कोही सरकार खडा गर्नमा लागिपरेका छन्। भोट माग्न आउँदा ५० चोटी देखिने ती अनुहारहरु देशमा संकट परेका बेला कुर्सिको माया मोहमा अल्झिरहेको छ। आज देश नै ठप्प भएको छ। जसले गर्दा देशको आर्थिक स्थिति धरापमा परेको छ। घाटा त देश जनतालाई त होनी होईन र ?
माहामारीको बेला अग्रपंक्तिमा रहेर काम काम गर्ने स्वास्थ्यकर्मीहरु आफूलाई के हुन्छ तर ज्यानको बाजी राखेर बिरामीको उपचारमा खटिरहेका छन् । आज ड्युटि गरेको साथीसँग भोली भेट हुन्छ हुँदैन थाहा छैन । पिपिईमा लुथ्रुक्क भिजेको शरीर भोलि पिपिई लगाउन लायक हुन्छ हुदैँन थाहा छैन। त्यो कसले बुझ्ने स्वास्थ्यकर्मीको पिडा? बिरामीको मान्छे बिरामी लिएर जानुहुन्छ र भन्नुहुन्छ मेरो विरामीलाई अक्सिजन लगाई दिनुहोस् तर अक्सिजन छैन के लगाउने आईसियुमा भर्ना गर्नैपर्ने बिरामी बेड छैन कहाँ उपचार गर्ने , भेन्टिलेटरमा राख्नुपर्ने बिरामीलाई अस्पतालको प्राङ्गणमा उपचार गर्न सकिन्छ सरकार?
अक्सिजन व्यवस्थापनको लागि मिटिङ बस्दै गर्दा १० जनाले ज्यान गुमाइसक्छन। कति वटा मिटिङ पछि अक्सिजन आउँछ थाहा छैन। पहिलो लहरको कोरोना देख्ने बित्तिकै सरकार महामारी व्यवस्थापनको पूर्वाधारमा लागेको भए आज आम नागरिक एम्बुलेन्स र अटो जस्ता सवारीसाधनमै छटपटाएर ज्यान गुमाउनु पर्दैनथ्यो सरकारले अझ अक्सिजनको कमी छैन किन छैन कमी हेर्नआउ सरकार प्रत्येक हस्पिटलमा अनि देख्नेछौ त्यहाँको दर्दनाक दृश्य ।
निजी अस्पतालहरुले यस्तो महामारीको बेला सरकारी अस्पतालमा बेड खाली नभएको धेरै बिरामी भर्ना लिई उपचार गरिराखेका छन् । ती महामारीमा निजी किन्ने तथा अस्पतालहरु संग सराहनीय योगदान रहेको छ तर केही निजी क्लिनिकहरूले बिरामी रिसिभ गर्ने र १० दिन कुर्दाकुर्दै अकालमै ज्यान गएको देखिन्छ। त्यसैले निजि क्लिनिकहरुले कोरोनाको संकास्पद विरामीलाई कोरोनाको टेष्टको लागि समयमै रेफर गर्नुपर्ने हुन्छ।
तसर्थ कुर्सीको मोह छोडौ । प्रत्येक सरकारी अस्पताललाई कोरोना अस्पताल बनाउनु पर्यो, त्यति मात्र नभएर निजि अस्पतालहरुलाई पनि उपयुक्त बजेटबाट अस्थायी कोरोना अस्पताल बनाउनु पर्यो। समयमै अक्सिजनको व्यवस्था हुनुपर्यो। प्रत्येक स्वास्थ्यकर्मीको सुरक्षा ग्यारेण्टी लिनुभयो उचित समयमा अस्पताल निर्माण र स्वास्थ्यकर्मी भर्नाको साथै उचित समयमा अस्पताल निर्माण भर्नाका साथै उचित पारिश्रमिकको व्यवस्था हुनुपर्यो अक्सिजन उत्पादनलाई तीव्र गराउनुपर्यो। छिटोभन्दा छिटो सबै नागरिकलाई कोभिसिल्ड भ्याक्सिनको व्यवस्था हुनु पर्यो र सबै श्रमिक छिट्टै आफ्नो काममा फर्कने वातावरण बन्नुपर्यो सरकार।
Comments 4