आज मिति : २०८२ बैशाख ३०
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

के हो ग्यास्ट्रोएन्टेराइटिस? कसरी बच्ने? यस्ता छन् विशेषज्ञका टिप्सहरु

Nam Raj Bhatta by Nam Raj Bhatta
March 17, 2022
in Articles
A A
0
arun gywali
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ डा. अरुण ज्ञवाली

के हो ग्यास्ट्रोएन्टेराइटिस ?

परजीवी, विषादी तथा अन्य विभिन्न कारणले गर्दा पेट तथा आन्द्राको भित्री सतह सुन्निनु नै ग्यास्ट्रोएन्टेराइटिस हो। ब्याक्टेरिया भाइरस वा तिनले उत्पादन गर्ने विषाक्त पदार्थ, टक्सिन औषधी सेवन जस्ता विभिन्न वस्तुको प्रतिक्रियाका कारण यो समस्या हुने गर्दछ। यति मात्र नभएर नयाँ खानाको प्रतिक्रिया रुपमा समेत यो समस्या देखिन सक्छ। हाम्रो देशमा यसको संक्रमणबाट बर्सेनि सयौ मान्छेको मृत्यु हुन्छ भने लाखौं मान्छे प्रभावित हुन्छन्। यो प्रायः गर्मीयाममा बढी देखिन्छ।

शरीरमा जीवाणु प्रवेश गरेको ४ देखि ४० घण्टा भित्र यो रोगको लक्षण देखिन्छ। पखाला र बान्ताको माध्यमबाट शरीरमा लवण र खनिज पदार्थको कमि हुन सक्छ।

ग्यास्ट्रोएन्टेराइटिसको समयमा नै उपचार नगर्दा शरीरमा अन्य जटिल समस्या समेत आउन सक्छ। कुनै कुनै बिरामीको शरीरमा पानीको मात्रा कमी भएर डिहाइड्रेसन हुने, मिर्गौलामा समस्या आउने र मिर्गौलाले काम गर्न छाेड्ने समस्या समेत आउन सक्छ।

यतिमात्र नभएर शरीरमा लवण र खनिजको मात्रा तलमाथि भएर बिरामीको मृत्यु समेत हुन सक्छ। राजधानीमा समेत ग्यास्ट्रोएन्टेराइटिसका बिरामीले समयमै उपचार नपाएर रक्तचापको कमी हुने , मिर्गौला बिग्रेर डायलासिस गर्नुपर्ने र बिरामीको मृत्यु हुने पाइएको छ। दुर्गम क्षेत्रमा यो रोगले धेरै असहज स्थिती उत्पन्न ‌गर्ने देखिएको छ ।

ग्यास्ट्रोएन्टेराइटिस के कारणले हुन्छ?

  • ब्याक्टेरिया भाइरस तथा अन्य परजिवीको संक्रमणले।
  • प्रदुषित खाद्यपदार्थ र फोहोर पानीको प्रयोगले।
  • जथाभावी एन्टिबायोटिक औषधिको प्रयोगले।
  • धेरै मसलादार खानाले।
  • अत्यधिक मदिरा सेवनले।

यो रोगका लक्षणहरु के के हुन्:

  • ज्वरो आउने।
  • पखाला लाग्ने।
  • वाकवाकी लाग्ने।
  •  बान्ता हुने।
  • पेट दुख्ने।
  • जिउ गल्ने।
  • कमजोरी महसुस हुने।
  • रिङ्गटा लाग्ने।
  • पेटमा गुडगुड आवाज आउने।

यो रोग लागेपछि के-के जाँच गर्ने?

  • रगतमा सिविसि जाँच गर्ने।
  • रगतमा मिर्गौलाको जाँच गर्ने।
  •  खनिजको मात्रा जाँच गर्ने।
  • दिसाको जाँच गर्ने।
  • पेटको अल्ट्रासाउन्ड गर्ने

यसको उपचार कसरी गर्न सकिन्छ?

  • प्रशस्त मात्रामा जीवनजल खाने।
  • वान्ता हुने बिरामीहरुलाई नसाबाट स्लाइन पानी दिने।
  • बिरामीको अवस्था हेरेर एन्टिबायोटिक औषधि समेत दिन सकिन्छ।

ग्यास्ट्रोएन्टेराइटिसले गर्दा पखाला भएमा चिकित्सक परामर्श लिनु अगाडि देखि जीवनजलको सेवनले बिरामीलाई फाइदा हुन्छ। यसले धेरै जोखिम न्यूनीकरण गर्न मद्दत गर्छ।
कडा ग्यास्ट्रोएन्टेराइटिस प्राण घातक हुन्छ। दीर्घरोगी जस्तै मधुमेही, मिर्गौलाको समस्या भएका बिरामीहरुमा यसले गम्भीर रुप लिन सक्छ। अन्यथा यो रोग धेरै मान्छेलाई भविष्यमा कुनै जोखिम नहुने गरी निको भएर जान्छ।

संक्रमणको आशंका भएमा के गर्ने?

  • शरीरमा पानीको मात्रा कमी हुन नदिन प्रशस्त मात्रामा तरल पदार्थ सेवन गर्नुहोस्।
  • सजिलै पच्ने खाद्यपदार्थको सेवन गर्नुहोस् दुध वा दुध जन्य बस्तुको उपयोग नगर्नुहोस्।
  • कफी, रक्सी, सुर्ती र बोसो भएका पचाउन गाह्रो हुने पदार्थहरूको सेवन नगर्नुहोस् ।
  • फलफूललाई सफा पानीले पखालेर खानुहोस्।
  • साग सब्जी राम्रो सँग पकाएर सेवन गर्नुहोस्।
    पर्याप्त आराम गर्नुहोस् ।
  • ग्यास्ट्रोएन्टेरोलोजिष्ट सँग परामर्श गर्नुहोस्।

चिकित्सक कहाँ कतिखेर जाने?

  • १०१ डिग्रीभन्दा बढी ज्वरो आएमा,
  • उभिदा बेहोस जस्तो अनुभव भएमा,
  • पेट सामान्यभन्दा बढी दुखेमा,
  • मतिभ्रमको स्थिती आएमा
  • अत्यधिक बान्ता भएमा
  • दिशामा रगत आएमा,

यसबाट कसरी बच्ने ?

  • सफा स्वच्छ खानेकुरा मात्र सेवन गर्नुहोस।
  • सडक छेउमा राखिएका असुरक्षित खाद्यपदार्थ नखानुहोस्।
  •  पानी उमालेर वा क्लोरिनले शुद्ध गरेर मात्र पिउनुहोस्।
  •  नियमित व्यायाम गर्नुहोस ।
  •  नियमित सावुन पानीले हात धुनुहोस् ।
  • पौष्टिक आहारको सेवन गर्नुहोस्।
  • मद्दपानको सेवन नगर्नुहोस्।

[डा. ज्ञवाली त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज काठमाडौंमा कार्यरत हुनुहुन्छ।]

Tags: #Teaching HospitalCorona Virus #Covid19Dr. Arun GyawaliGastroenterologist
Nisarga hospital Dhangadhi
Previous Post

फोक्सोको क्यान्सरले निम्त्याउने समस्याहरु #Lungscancer

Next Post

सरकारले आकस्मिक, जीवन रक्षक र सघन उपचारमा हुने औषधि थप्यो

Related articles

Hypertension awareness by Dr Satish Niraula
Disease

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

17 hours ago
796
Condom Nepalese Perspective
Articles

कन्डम प्रति हाम्रो ढोंगी दृष्टिकोण: सामाजिक यथार्थको ऐना

2 weeks ago
843
नेपालमा जनसंख्या घट्दैमा परिवार नियोजन सेवाको महत्त्व
Articles

नेपालमा जनसंख्या घट्दैमा परिवार नियोजन सेवाको महत्त्व

2 months ago
879
अचलेसिया कार्डिया र यसको उपचारमा प्रयोग हुने POEM प्रक्रिया: नेपालमा यसको स्थिति
Articles

अचलेसिया कार्डिया र यसको उपचारमा प्रयोग हुने POEM प्रक्रिया: नेपालमा यसको स्थिति

4 months ago
802
बायोमेडिकल इन्जिनियर र भूमिका #Biomedical
Articles

बायोमेडिकल इन्जिनियर र भूमिका #Biomedical

5 months ago
1.2k
कोलोरेक्टल क्यान्सर र नेपालमा यसको अवस्था #Colorectalcancer
Articles

कोलोरेक्टल क्यान्सर र नेपालमा यसको अवस्था #Colorectalcancer

5 months ago
926
Next Post
विषाक्त रसायन भएका ह्याण्ड स्यानिटाइजर बजारमा विक्री वितरण गर्न रोक

सरकारले आकस्मिक, जीवन रक्षक र सघन उपचारमा हुने औषधि थप्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,015)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.