Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ १६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

के हो ग्यास्ट्रोएन्टेराइटिस? कसरी बच्ने? यस्ता छन् विशेषज्ञका टिप्सहरु

Nam Raj Bhatta by Nam Raj Bhatta
March 17, 2022
in Articles
Reading Time: 3 mins read
A A
0
arun gywali
837
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. अरुण ज्ञवाली

के हो ग्यास्ट्रोएन्टेराइटिस ?

परजीवी, विषादी तथा अन्य विभिन्न कारणले गर्दा पेट तथा आन्द्राको भित्री सतह सुन्निनु नै ग्यास्ट्रोएन्टेराइटिस हो। ब्याक्टेरिया भाइरस वा तिनले उत्पादन गर्ने विषाक्त पदार्थ, टक्सिन औषधी सेवन जस्ता विभिन्न वस्तुको प्रतिक्रियाका कारण यो समस्या हुने गर्दछ। यति मात्र नभएर नयाँ खानाको प्रतिक्रिया रुपमा समेत यो समस्या देखिन सक्छ। हाम्रो देशमा यसको संक्रमणबाट बर्सेनि सयौ मान्छेको मृत्यु हुन्छ भने लाखौं मान्छे प्रभावित हुन्छन्। यो प्रायः गर्मीयाममा बढी देखिन्छ।

शरीरमा जीवाणु प्रवेश गरेको ४ देखि ४० घण्टा भित्र यो रोगको लक्षण देखिन्छ। पखाला र बान्ताको माध्यमबाट शरीरमा लवण र खनिज पदार्थको कमि हुन सक्छ।

ग्यास्ट्रोएन्टेराइटिसको समयमा नै उपचार नगर्दा शरीरमा अन्य जटिल समस्या समेत आउन सक्छ। कुनै कुनै बिरामीको शरीरमा पानीको मात्रा कमी भएर डिहाइड्रेसन हुने, मिर्गौलामा समस्या आउने र मिर्गौलाले काम गर्न छाेड्ने समस्या समेत आउन सक्छ।

यतिमात्र नभएर शरीरमा लवण र खनिजको मात्रा तलमाथि भएर बिरामीको मृत्यु समेत हुन सक्छ। राजधानीमा समेत ग्यास्ट्रोएन्टेराइटिसका बिरामीले समयमै उपचार नपाएर रक्तचापको कमी हुने , मिर्गौला बिग्रेर डायलासिस गर्नुपर्ने र बिरामीको मृत्यु हुने पाइएको छ। दुर्गम क्षेत्रमा यो रोगले धेरै असहज स्थिती उत्पन्न ‌गर्ने देखिएको छ ।

ग्यास्ट्रोएन्टेराइटिस के कारणले हुन्छ?

  • ब्याक्टेरिया भाइरस तथा अन्य परजिवीको संक्रमणले।
  • प्रदुषित खाद्यपदार्थ र फोहोर पानीको प्रयोगले।
  • जथाभावी एन्टिबायोटिक औषधिको प्रयोगले।
  • धेरै मसलादार खानाले।
  • अत्यधिक मदिरा सेवनले।

यो रोगका लक्षणहरु के के हुन्:

  • ज्वरो आउने।
  • पखाला लाग्ने।
  • वाकवाकी लाग्ने।
  •  बान्ता हुने।
  • पेट दुख्ने।
  • जिउ गल्ने।
  • कमजोरी महसुस हुने।
  • रिङ्गटा लाग्ने।
  • पेटमा गुडगुड आवाज आउने।

यो रोग लागेपछि के-के जाँच गर्ने?

  • रगतमा सिविसि जाँच गर्ने।
  • रगतमा मिर्गौलाको जाँच गर्ने।
  •  खनिजको मात्रा जाँच गर्ने।
  • दिसाको जाँच गर्ने।
  • पेटको अल्ट्रासाउन्ड गर्ने

यसको उपचार कसरी गर्न सकिन्छ?

  • प्रशस्त मात्रामा जीवनजल खाने।
  • वान्ता हुने बिरामीहरुलाई नसाबाट स्लाइन पानी दिने।
  • बिरामीको अवस्था हेरेर एन्टिबायोटिक औषधि समेत दिन सकिन्छ।

ग्यास्ट्रोएन्टेराइटिसले गर्दा पखाला भएमा चिकित्सक परामर्श लिनु अगाडि देखि जीवनजलको सेवनले बिरामीलाई फाइदा हुन्छ। यसले धेरै जोखिम न्यूनीकरण गर्न मद्दत गर्छ।
कडा ग्यास्ट्रोएन्टेराइटिस प्राण घातक हुन्छ। दीर्घरोगी जस्तै मधुमेही, मिर्गौलाको समस्या भएका बिरामीहरुमा यसले गम्भीर रुप लिन सक्छ। अन्यथा यो रोग धेरै मान्छेलाई भविष्यमा कुनै जोखिम नहुने गरी निको भएर जान्छ।

संक्रमणको आशंका भएमा के गर्ने?

  • शरीरमा पानीको मात्रा कमी हुन नदिन प्रशस्त मात्रामा तरल पदार्थ सेवन गर्नुहोस्।
  • सजिलै पच्ने खाद्यपदार्थको सेवन गर्नुहोस् दुध वा दुध जन्य बस्तुको उपयोग नगर्नुहोस्।
  • कफी, रक्सी, सुर्ती र बोसो भएका पचाउन गाह्रो हुने पदार्थहरूको सेवन नगर्नुहोस् ।
  • फलफूललाई सफा पानीले पखालेर खानुहोस्।
  • साग सब्जी राम्रो सँग पकाएर सेवन गर्नुहोस्।
    पर्याप्त आराम गर्नुहोस् ।
  • ग्यास्ट्रोएन्टेरोलोजिष्ट सँग परामर्श गर्नुहोस्।

चिकित्सक कहाँ कतिखेर जाने?

  • १०१ डिग्रीभन्दा बढी ज्वरो आएमा,
  • उभिदा बेहोस जस्तो अनुभव भएमा,
  • पेट सामान्यभन्दा बढी दुखेमा,
  • मतिभ्रमको स्थिती आएमा
  • अत्यधिक बान्ता भएमा
  • दिशामा रगत आएमा,

यसबाट कसरी बच्ने ?

  • सफा स्वच्छ खानेकुरा मात्र सेवन गर्नुहोस।
  • सडक छेउमा राखिएका असुरक्षित खाद्यपदार्थ नखानुहोस्।
  •  पानी उमालेर वा क्लोरिनले शुद्ध गरेर मात्र पिउनुहोस्।
  •  नियमित व्यायाम गर्नुहोस ।
  •  नियमित सावुन पानीले हात धुनुहोस् ।
  • पौष्टिक आहारको सेवन गर्नुहोस्।
  • मद्दपानको सेवन नगर्नुहोस्।

[डा. ज्ञवाली त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज काठमाडौंमा कार्यरत हुनुहुन्छ।]

Tags: #Teaching HospitalCorona Virus #Covid19Dr. Arun GyawaliGastroenterologist
SummarizeShare485ScanTweet147

Related articles

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

by Nam Raj Bhatta
April 9, 2026
0

✍️ अन्जित थिङ तामाङ चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिरामीको रोगको निदानसँगै उपचार गर्नु हुन्छ भने फार्मसिष्टहरुले रोगको निदानमा प्रयोग हुने औषधिहरूको बारेमा बिस्तृत जानकारी जस्तै Dose (खुराक), औषधिले कसरी...

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

by Nam Raj Bhatta
March 25, 2026
0

✍️ डा. केदार कार्की विगत केही वर्षका मेडिकल रिपोर्टहरूको समीक्षाले धेरै संक्रामक रोगहरूले मानिसहरूलाई गम्भीर रूपमा असर गरेको देखाएको छ। चाहे त्यो कोरोनाभाइरस होस्, मंकीपक्स होस्, निपा भाइरस...

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता – डा. केदार कार्की | Bird Flu and Its Endemicity in the SAARC Region – by Dr. Kedar Karki

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

by Nam Raj Bhatta
March 21, 2026
0

✍️ डा. केदार कार्की नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ ।  मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले  पुष्टि गरेको हो...

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

by Nam Raj Bhatta
March 12, 2026
0

✍️ डा. तारा शाह, बिडिएस हामी प्रायः भन्ने गर्छौं, "सानो बाँसको टुक्रा, त्यसैको सोझो पारो।" बाल्यकालमा पर्ने बानीले जीवनभरको स्वास्थ्यको जग बसाल्छ। यो कुरा दन्त स्वास्थ्यको सन्दर्भमा झन्...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    772 shares
    Share 309 Tweet 193
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    679 shares
    Share 272 Tweet 170
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    634 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    632 shares
    Share 253 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    682 shares
    Share 304 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाल औषधि लिमिटेडबाट २५ प्रकारका औषधि उत्पादन गरिने
  • बर्दियाका अस्पतालका मेसु डा. पाण्डेय एघारौँ तहमा बढुवा 
  • किष्ट अस्पतालद्वारा ‘अर्गान डोनर सम्मान कार्यक्रम’, २०० भन्दा बढी अंगदाता सम्मानित
  • बुटवलमा स्तन एवं पाठेघर क्यान्सर सम्बन्धी स्वास्थ्य संवाद कार्यक्रम सम्पन्न
  • ‘एनएमएकन २०२६’ चितवनमा जेठ १६ देखि शुरु हुँदै

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.