✍️ डा.सन्दीप पाण्डे
आज फेरि आइसियुमा मैले कोरोना भाइरसका कारणले अर्को बिरामी गुमाएको छु । लगभग ३ महिना यता अस्पतालको आइसियुमा ३० जना भन्दा बढी कोभिड संक्रमीत बिरामीको उपचार गर्दा अनेकौं उतारचढाव पनि देखिन्छन्। समाजको हर तह, हर तप्काका बिरामीको उपचार गर्दा म आफै पनि २ महिना अगाडि संक्रमीत हुन पुगें। त्यसपछि म सङ्गै बिरामीको सेवामा खटिएका मेरा साथीहरू , सहकर्मी , मेरा दिग्गजलाई पनि पालैपालो संक्रमण भएको देख्नुपर्यो।
अनेकौं आशा र निराशाको बीचमा म अनि म जस्ता कैयौं स्वास्थ्यकर्मी दिनदिनै कोभिड संक्रमीत हुँदैछौँ ।
यो संक्रमण बिरुद्ध लड्दै पनि छौँ । दिनदिनै १% मात्र सम्भावनाको लागी पनि लड्नुको महत्व बुझ्दै छौँ ।
पूर्वाधार (Infrastructure) र जनशक्ति (manpower) कम भएको हाम्रो स्वास्थ्य सेवा संरचनामा काम गरिरहेका हामीले face गर्न नचाहेको र सहज उत्तर पनि दिन नसकिने एउटा प्रश्न छ-
कसले उपचार पाउने र कसले उपचार नपाउने भन्ने निर्णय कसले, कसरी लिने ?Ventilator मा कसलाई राख्ने ?
– जो पहिले आउँछ उसलाई दिने कि जसको बाँच्ने सम्भावना बढी छ उसलाई दिने?
अस्पतालमा बेड, ventilator खाली भइन्जेल त भर्ना लिउँला, उपचार गरौंला। जब त्यो सकिन्छ ,
तब के गर्ने? Medical city भनेर सम्बोधन गरिने चितवनमा गनेर ५-६ वटा बाहेक अरु अस्पतालमा ICU हाल सन्चालन मा छैनन्; Ventilator को अभाव पनि उत्तिकै छ।सुरक्षीत रहौं, सामाजिक दुरी कायम गरौं भन्ने समय घर्किसकेको भान हुन थालिसकेको छ ।
पैसाको कुरा छोडौं, अहिले कुनै अस्पताल , कुनै बेड पाइएको छ भने कृपया त्यसमा नै उपचार गराऔं, यो अस्पताल मन परेन, फलानो ठाँउमा उपचार ठिक लागेन भनेर बिरामी एम्बुलेन्समा बोकेर अस्पताल चाहर्ने बेला होइन यो। सबै अस्पतालमा सबै स्वास्थ्यकर्मी overworked, overtired र overwhelmed छन् , सबै ठाँउमा उपचारको एकै पद्धति ,एकै प्रक्रिया हो।
यती सबैको बाबजुद हामी काममा खटिएका छौं , कृपया आफ्नो स्वास्थ्यकर्मीको कुरा सुनिदिनु होला।
Comments 4