Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

परिवर्तित जीवनशैली र स्वास्थ्य

नेपाली समाजमा प्रचलनमा रहेको आयुर्वेद चिकित्सा विज्ञानले सुझाएका स्वास्थ्य रक्षाका विधिहरुको पालनाले नेपाली समाज स्वास्थ्य रहनेछ।

Nam Raj Bhatta by Nam Raj Bhatta
September 26, 2020
in Articles
Reading Time: 1 min read
A A
4
Dr Buddhi Prasad Poudel, Consultant Ayurveda Expert

Dr Buddhi Prasad Poudel, Consultant Ayurveda Expert

633
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

डा . बुद्धि प्रसाद पौडेल 

अहिले शहरमा सुख काट्न बसेका मानिसहरु भिटामिन ‘ डी ‘ को कमीबाट हुने समस्याबाट ग्रस्त छन् । विदेशी बनाइदिएका आौषधि खाएर शरीरलाई टेको लगाएर बसेका छन् ।

यस्तो समस्या किन भइरहेको छ त?

हामी आधुनिक भयौं । हाम्रो सुखको परिभाषा परिवर्तन भयो । बसेर खानु, काम नगर्नु; माटो, पानी, हावा, घामबाट टाढा रहन थाल्यौं । गाउँका सुन फल्ने खेतबारी बाँझो पारेर शहरमा अरुले पठाइदिएका; विषादि, रासायनिक पदार्थ, प्रिजरभेटिभ, एडिटिभ, कलरिङ्ग एजेन्ट, फ्लेभरिङ्ग एजेन्ट हालेका; लामो समय भण्डार र शीत भण्डारमा राखिएका खाना खान थाल्यौ । मूलको पानी छाडेर प्लाष्टिक बोतलमा प्याक गरिएका पानी पिउन थाल्यौ । सन्फ्लावर र रिफाइन्ड तेलको निकै प्रचारका साथ भान्सामा भित्र्यायौं । नेपाली तोरीको तेल र नेपाली ध्यू माथि ठूलो डर सिर्जना गर्ने भ्रम छर्यौं । पर्फ्यूम छर्केर बसाएर हिड्न थाल्यौ । भित्र शरीर खोक्रो भए पनि ब्यूटिपार्लर गएर लिपपोत गरि नक्कली सुन्दरता देखाउन थाल्यौ । कलिलो घाम हुने देशमा मरुभूमी देशका लागि बनाइएको Sunscreen Cream लगाएर विदेशीकै व्यापार बढाइरह्यौं । मनोरन्जन र मित्रतालाई मधपान सित जोड्यौं । बहुसंख्यक नेपालीहरुको कलेजोले ती मधपानीहरुलाई सरापिरहेको छ।

युवाहरुलाई रेमिट्यान्स भित्र्याउने बहानामा विदेश तिर धपायौं । राम्रो भन्दा हाम्रो मान्छेलाई प्राथमिकता दिने संस्कृतिलाई मलजल गरि राम्रा नागरिकहरु ब्रेनड्रेन गराएर विदेशतिरै पठायौ । छिटो धनी हुने सूत्रको प्रतिपादन गरेर राम्रो खेती हुने राम्रा गराहरु प्लटिङमा सिद्धायौं ।

अरुका गोठालो बन्नु मै नयाँ बहादुरी स्थापित गर्यौ । यहि बहादुरी देखाएर धर्म, संस्कृति, परम्परा, चालचलन, खानपान विधि, आयुर्वेद जीवनशैली बिगार्न उद्धत भयौ। आफू र आफ्नाहरु मात्र सप्रिने संस्कृतिको सूत्रपात गर्यौं । जनताहरुलाई भेडाबाख्रा को नजरले हेर्न थाल्यौं । आफू, आफ्नोपन र आफ्नो धनलाई अवमूल्यन गर्दै अघि बढि रह्यौं।

यी त भए नेपाल जननीले टुलुटुलु हेरिरहेका आम विकृति ।

अब कुरा गरौं शुरुमा उठान गरिएको विषय वस्तुतिर –
हामीले खाने भिटामिन दुई थरिका हुन्छन्:

१. पानीमा घोलिने ।
२. चिल्लोमा घोलिने ।

अहिले शहरीयाहरुमा कमी देखिने गरेको भिटामिन डी चिल्लो पदार्थमा घोलिने भिटामिनको वर्गमा पर्दछ ।

दूधलाई भक्भकी उमालेर दारको ठेकीमा दही जमाएर सो दहीलाई दारको ठेकोमा मथेर बनाएको घ्यू भिटामिन डी घुल्ने सबैभन्दा राम्रो चिल्लो पदार्थ हो ।

तर अहिले नेपाली समाजमा “घ्यूफोबिया” को अवस्था सिर्जना गरिएको छ । एकातिर घ्यू खायो कि मुटुको रोग हुन्छ, ब्लडप्रेसर बढ्छ, हर्ट अट्याक हुन्छ भन्ने भ्रम व्यापक बनाइएको छ भने अर्कोतिर बजारमा पाइने घ्यू काँचो दुधबाट क्रिम निकालेर बनाइएको छ । त्यसमा साबुन लगायतका अन्य मिसावटयुक्त पदार्थको संमिश्रण छ।

आयुर्वेद चिकित्सा विज्ञानले नेपाली परम्परागत विधिबाट तयार पारिएको घ्यूलाई उत्तम स्मृतिवर्धक; नशा, मांशपेशी, हाडजोर्नीको स्वास्थ्यका लागि उत्तम खाना मानेको छ।

परम्परागत तरीकाबाट घ्यू बनाउने प्रकृयाबाट निर्मित तक्र (मोही) पाचन प्रणालीको स्वास्थ्य (Gastrointestinal Health) का लागि उत्तम मानेको छ । सधैं खानापछि नेपाली परम्परागत तरीकाबाट बनाइएको तक्र(मोही) पिउनाले अहिलेका मानिसहरुमा Enterogenic Antigenicity का कारण भइरहेका Autoimmune Diseases जस्तै आमवात (Rheumatoid Arthritis), दम( Bronchial Asthma), Allergies, Cancer रोगहरुको रोकथाम गर्न सकिन्छ।

हाम्रो छालामुनि एक प्रकारको रसायन हुन्छ जुन घामको किरण ले सक्रिय हुन्छ । जस्ले गर्दा शरीरमा हुने भिटामिन डी को व्यापारमा उपयोगी सिद्ध भै यसको कमी हुनबाट जोगाउछ।
आयुर्वेदको सिद्धान्तले बताए अनुसारको विधिले तयार पारेको घ्यू सानो चम्चाको १-१ चम्चा बिहानबेलुका तात्तातो भात वा रोटीमा लगाएर खाने र शरीरको‌ ९०% हिस्सामा पर्ने गरि बिहान ७ बजे देखि ९ बजेसम्मको घाम ताप्ने गरेमा भिटामिन डी को कमीबाट हुने समस्याबाट पीडित हुनु पर्दैन र विदेशीलाई पैसा पोसिरहनुपर्दैन र आफ्नो स्वास्थ्य पनि राम्रो हुन्छ।

आयुर्वेद जीवनशैली अपनाऔँ । बैद्दिक खानपिन विधिले सुझाएका कुराहरुको पालना गरौं ।
प्रकृतिप्रेमी बनौं।

स्वस्थ रहने विधिबारे सचेत बनौं । उपचारमा हुने खर्चबाट बचौं ।

Ayurveda options
Ayurveda options

नेताहरुलाई चुनौति:

१. हाम्रा होइन राम्राहरुको प्रयोग गरौं ।

२. विदेशमा जाने युवालाई स्वदेशमै कमाई छ भन्ने सिकाऔं ।

३. नेपालीलाई चाहिने भुटन शुद्ध नेपाली तोरीको तेल र घ्यूमा आत्मनिर्भर बनाउने योजना ल्याऔं । आयातित मिसावटयुक्त सनफ‌्लावर र रिफाइन‌्ड तेलको आयात प्रतिस्थापन गरौं ।

४. दारका ठेकी तारे होटलका काउन्टरमा होइन हरेक नागरिकको घर-घरमा दुध,दही मही राख्ने गरि सचेतनामुलक कार्यक्रम र दार रोप्ने कार्यक्रम चलाऔं ।

५. विदेशीले पठाएको ओमेगा चिल्लोको क्याप्सुल होइन हाम्रो परम्परागत विधिले बनाएको घ्यूको प्रर्वद्धन गरौं ।

६. जलश्रोतको धनी देशमा हरेक नागरिकलाइ प्लास्टिक प्याकिङ को होइन मूलको पानी पिउन पाउने सुनिश्चितता गरौ ।

७. नेपाली भान्सामा कोक, फेन्टा, डिउ, रेडबुल, रियो, फ्रुटी जस्ता पेयको सट्टामा दुध,दही, मही संस्कृतितिर तथा फास्ट फुड, जङ्क फूडको सट्टामा नेपाली पवित्रभूमिमा उब्जेका Wholesome Food सेवन गर्ने संस्कृतितिर फर्काउन आम नागरिकमा सचेतनामूलक कार्यक्रम संचालन गरौं ।

८. नसर्ने रोगको एक प्रमुख कारण मधपान कम गराउन दिनमा २ घण्टा मात्र मदिरा बेच्न पाउने कानूनी व्यवस्था गरौ ।

९. बढ्दो मानसिक समस्याको हल गर्न तथा आत्महत्या जस्ता बढोत्तरी भैरहेका समस्यामा कमी ल्याउन मनप्रशमन गर्ने खालका संगीत,भजन, मन्त्रहरु बिहान बेलुका हरेक सार्वजनिक यातायात, होटल, रेष्टुरेन्टहरुमा बजाउन बाध्यकारी कानूनी व्यवस्था गरौं ।

१०. भेन्टिलेटर, आइ. सि. यु. र डायलाइसिस सेन्टरहरुको स्थापना बढाउदै गर्दा आयुर्वेद जीवनशैली, वैदिक खानपान विधिको सचेतना फैलाइ त्यस्ता सेन्टरसम्म पुग्नै नपर्ने अवस्था सिर्जना गर्न आयुर्वेद चिकित्सक र आयुर्वेद
स्वास्थ्य संस्थाको कभरेज बढाउदैं लगौं र आयुर्वेद कर्मीहरुलाई उच्चसम्मान र मनोवलका साथ काम गर्ने वातावरण सिर्जना गरौं।

Tags: Ayurvedavitamin D
SummarizeShare273ScanTweet150

Related articles

Mental hospital and social health protection Arjun Prasad Bhetuwal

Improving Services at Lagankhel Mental Hospital

by Nam Raj Bhatta
September 18, 2026
0

✍️ Arjun Prasad Bhetuwal  Senior Medical Records Officer, Mental Hospital, Lagankhel. Mental health remains one of the most vital yet historically underserved pillars of public health infrastructure across...

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

by Nam Raj Bhatta
September 12, 2026
0

✍️ प्रकाश देउवा , जनस्वास्थ्यकर्मी एक गर्भवती महिलाले अस्पतालको छेउमै, नालीको किनारमा बच्चा जन्माउन बाध्य भएको देखाउने यो तस्वीरले नेपालको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाउँछ। यो तस्वीर केवल...

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

by Nam Raj Bhatta
September 8, 2026
0

✍️ सदीक्षा मुलेपति विश्व फिजियोथेरापी दिवस – सेप्टेम्बर ८, २०२६ को सन्दर्भमा नेपाल अहिले बाढीजन्य विपद्को गम्भीर मानवीय असर सामना गरिरहेको छ। जनधनको क्षति, मृत्यु, बेपत्ता र विस्थापनबीच...

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

बाढीपछि महामारीको निश्चितता – अब ढिला गर्ने समय छैन !

by Nam Raj Bhatta
August 29, 2026
0

नेपालको पहाडी तथा तराई क्षेत्रमा गएको विनाशकारी बाढी र पहिरोले लाखौंको जीवन प्रभावित बनाएको छ। हजारौं विस्थापित, सयौं बेपत्ता र सयौंको मृत्यु – यो ताजा तथ्यांक मात्र हो।...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    879 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    706 shares
    Share 282 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    698 shares
    Share 300 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    699 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
  • नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
  • Improving Services at Lagankhel Mental Hospital
  • शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue
  • नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.