Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन १८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक

Nam Raj Bhatta by Nam Raj Bhatta
March 22, 2026
in News
Reading Time: 2 mins read
A A
0
स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक
592
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले आज आफ्नो कार्यकालमा सम्पादन भएका प्रमुख कार्यहरूको ‘प्रगति प्रतिवेदन’ सार्वजनिक गरेकी छिन्। 

‘जेन-जी’ आन्दोलन पश्चात् सरकारको नेतृत्व सम्हालेकी डा. शर्माले चुनौतीपूर्ण समयमा मन्त्रालयको जिम्मेवारी लिएर केही दूरगामी महत्वका ‘क्विक विन्स’ कार्यहरू सम्पन्न गरेको दाबी गरेकी छिन्। प्रतिवेदन अनुसार मन्त्रालयले सेवा प्रवाह र प्रणाली सुदृढीकरणलाई दुई मुख्य पिलरका रूपमा अघि बढाएको थियो।

स्वास्थ्य मन्त्रालयले जेन-जी आन्दोलनका सबै घाइतेहरूको गुणस्तरीय उपचार र राहतलाई उच्च प्राथमिकतामा राखेको छ। यसका लागि ‘जेन-जी प्रदर्शनका घाइतेहरूको वर्गीकरण कार्यविधि २०८२’ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ। यस्तै, मस्तिष्कघातको उपचारमा प्रयोग हुने महँगो इन्जेक्सन नि:शुल्क उपलब्ध गराउने गरी स्वास्थ्य सेवा विभागले अस्पतालहरूसँग सम्झौता गर्ने ऐतिहासिक निर्णय समेत यसै अवधिमा भएको छ।

प्रणालीगत सुधार र स्वास्थ्य बीमा

प्रतिवेदनमा उल्लेख भए अनुसार, स्वास्थ्य बीमा कार्यक्रममा रहेका दशकौँदेखिका बेथिति हटाउन मन्त्रालयले विशेष पहल गरेको छ। बीमालाई दिगो बनाउन र दाबी भुक्तानी प्रणालीलाई पारदर्शी बनाउन चालिएका कदमबाट राज्यको ठुलो धनराशि बचत हुने अपेक्षा गरिएको छ। यस्तै, औषधि व्यवस्था विभागको स्तरोन्नति र राष्ट्रिय औषधि प्रयोगशालाको सुदृढीकरणका लागि भौतिक पूर्वाधार र जनशक्तिको खाका तयार पारिएको छ।

डा. गौतमको कार्यकालमा निम्न क्षेत्रहरूलाई विशेष प्राथमिकतामा राखिएको थियो:

* मानसिक स्वास्थ्य: समुदायस्तरसम्म मानसिक स्वास्थ्य सेवा विस्तार।

* वैदेशिक रोजगारमा रहेका श्रमिक: वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको स्वास्थ्य सुरक्षाका लागि विशेष संयन्त्रको पहल।

* मातृ तथा नवजात शिशु स्वास्थ्य: उच्च जोखिममा रहेका प्रदेशहरूमा मातृ मृत्युदर घटाउने कार्यक्रमहरू।

* खरिद तथा आपूर्ति श्रृंखला: औषधि र उपकरण खरिद प्रक्रियालाई ढिलाइमुक्त र पारदर्शी बनाउन सुधार योजना।

प्रगति प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री गौतमले स्रोत व्यवस्थापनमा भोग्नुपरेको कठिनाइलाई पनि उजागर गरेकी छिन्। अस्पतालहरूको अत्यावश्यक सेवा सञ्चालनका लागि माग गरिएको ७ अर्ब बजेटमध्ये अर्थ मन्त्रालयले केवल १ अर्ब मात्र निकासा दिएको र हाल ‘कुलिङ पिरियड’ भन्दै बाँकी रकम रोकेकोमा उहाँले असन्तुष्टि व्यक्त गरेकी छिन्।

प्रतिवेदनको अन्त्यमा डा. गौतमले नयाँ आउने स्वास्थ्य मन्त्रीका लागि केही महत्वपूर्ण सुझावहरू पनि दिएकी छिन्। उनले औषधि, स्वास्थ्य बीमा, कर्मचारीको वृत्तिविकास, मेडिकल पर्यटन भिसा, जनशक्ति, स्वास्थ्य व्यवसायी परिषदको सुधार लगायतका विषयमा भएका प्रयास र अगाडि बढाउन सकिने विषयहरुलाई बुँदागत रुपमा सुझाव दिएकी छिन्।

Tags: #government of Nepal#Health and population ministryDr. Sudha sharma Gautam
SummarizeShare237ScanTweet148

Related articles

मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै

मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै

by Nam Raj Bhatta
October 4, 2026
0

समाजसेवी एवम् मेडिकल व्यवसायी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। स्याङ्जा क्षेत्र न. २ का स्थायी बासिन्दा अर्याल विद्यार्थी...

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

by Nam Raj Bhatta
October 4, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देललाई नियुक्त गरेको छ। भेरी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३ को उपदफा...

पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न

पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न

by Nam Raj Bhatta
October 3, 2026
0

नेपाल सोसाइटी अफ फिजिकल मेडिसिन एन्ड रिह्याबिलिटेसन (NSPMR) को आयोजनामा ‘प्रथम हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON 2026)’ बागमती प्रदेशस्थित साँगा, काभ्रेमा रहेको स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा सुरु भएको छ।...

काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता

काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता

by Nam Raj Bhatta
October 2, 2026
0

ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य उपचारका लागि काठमाडौँ महानगरपालिकाले छत्रपाटी निःशुल्क चिकित्सालय र सामुदायिक स्वास्थ्य परिषदसँग सम्झौता गरेको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर  कार्यवाहक प्रमुख सुनिता...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    883 shares
    Share 353 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    709 shares
    Share 284 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    702 shares
    Share 302 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    701 shares
    Share 312 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    649 shares
    Share 260 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै
  • भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त
  • पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न
  • काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता
  • भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा पौडेल नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.