Magnus pharma
आज: २०८२ चैत्र ९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

डरलाग्दो अवस्थामा छोड्दैछ एन्टिवायोटिकले काम गर्न #antibiotics

HNN Staff by HNN Staff
May 22, 2021
in Articles
Reading Time: 1 min read
A A
0
डरलाग्दो अवस्थामा छोड्दैछ एन्टिवायोटिकले काम गर्न, Subhas Chandra Aryal Medical Microbiologist

डरलाग्दो अवस्थामा छोड्दैछ एन्टिवायोटिकले काम गर्न, Subhas Chandra Aryal Medical Microbiologist

658
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

कीटाणुसँग त्रसित मानव समाजलाई यि किटाणूकै कारण लाग्ने रोगसँग लड्ने अत्यन्त दरिलो हतियारको रूपमा निर्माण गरिएको एन्टिवायोटिकले नै काम गर्न छोडेको सुन्दा अचम्म लाग्न सक्छ । तर यो विश्व स्वास्थ्य क्षेत्रको टाउको दुखाइको विषय बन्न थालेको छ ।

✍️ सुवास अर्याल, मेडिकल माइक्रोबायोलोजिस्ट

भरखरै बेलायतवाट प्रकाशित हुने Q1 लेभेलको जर्नल “infection and drug resistance”, मा नेपालको मुटुमै अवस्थित​ अन्नपुर्ण न्युरो अस्पतालामा गरिएको अनुसन्धान प्रकाशित भएको छ ।  सुभाषचन्द्र अर्याल​ मुख्य अनुसन्धानकर्ता रहेको टिमले छ महिनासम्म गरेको अनुसन्धानमा एकदमै डरलाग्दो तथ्य फेला परेको छ । जम्मा ११५१ वटा नमुना सङ्कलन गरी गरिएको अनुसन्धानमा जम्मा २५३ ( २२%)मा मात्रै व्याक्टेरिया देखिएको थियो । जसमध्य २२६ ग्राम नेगेटिभ व्याक्टेरिया थिए । अनुसन्धान गर्दै जाने क्रममा २२६ मध्य ११३ (५०%)मा MDR वा बिभिन्न समुह अन्तर्गतका एन्टिवायोटिकले कामै नगेरेको तथ्य फेला पारिएको छ ।  जसको कारण बिरामिले रोग निको हुने दिन कुर्दाकुर्दै झनझन रोगले ग्रस्त पार्दै लैजाने र विरामिको निधन सम्म हुने गरेको छ ।

Antibiotics एन्टिवायोटिक्स
Antibiotics एन्टिवायोटिक्स

अनुसन्धानकर्ताहरुले यसको कारणसमेत पत्ता लगाएका छन । व्याक्टेरियाको परिक्षण गर्दा ११३ मध्य ९१ वटामा AmpC बिटा ल्याक्टमेज​ भन्ने एन्जाइम व्याक्टेरियाले बनाउने गरेको र यसैको कारण बिटा ल्याक्टम समुहका एन्टिवायोटिकको प्रभावकारितालाई निशेध  गर्ने र कामै नगर्ने तथ्य फेला परेको छ । अनुसन्धानलाई अझै अगाडी अढाउने क्रममा ९१ मध्यका ८२ (९०.१%) वटामा CITM र ८० (८७.९%) वटामा DHAM जिन समेत रहेको पत्ता लागेको छ ।

डरलाग्दो जनस्वास्थ्य समस्या: एन्टिवायोटिक्स

अत्यन्त डरलाग्दो जनस्वास्थ्य समस्याको रुपमा उदाउँदै गरेको ‘एन्टिवायोटिक रेसिस्टेन्स’ को समस्या समाधान चुनौतीपूर्ण छ। गरिवि र अशिक्षाका कारण मानिसहरु अजैपनि बिरामि पर्दा चिकित्सकको सल्लाहा बिना नै आफुखुसि मेडिकलबाट चकलेट किने जस्तै गरि विभिन्न एन्टिवायोटिक्सहरु किनेर सेवन गर्ने गर्दछन्। अझ धेरै पहिलादेखि घरमै राखिएको सडिसकेको औषधिको प्रयोग पनि गर्ने गरेको पाइन्छ। औषधिको म्याद र मात्रा पनि हेर्ने गरिदैन । आर्थिक स्थिति कमजोर हुनाले  औषधि खादाखादै पुरा डोजनै नपुर्याइ बिचमै छोडिदिने गरेको नि पाइएको छ। औषधि पसलवाट पनि डाक्टरको सिफारिस विना नै मनलाग्दि औषधि बेच्ने गरेको पाइन्छ।

यसरि जथाभावि औषधिको प्रयोग गर्दा बिरामिको अवस्था झनझन बिग्रदै जान्छ। आवश्यक भन्दा कम मात्रामा सेवन गर्दा ब्याक्टेरिया, भाइरस तथा फङ्गाइको ड्रग प्रतिरोध गर्ने क्षमता वृद्धि हुन गइ औषधिले कामै नगर्ने सम्म हुन जान्छ। आवश्यक भन्दा बढि मात्रामा सेवन गर्दा मृगौला र कलेजो सदाको लागि काम नगर्ने सम्म हुन सक्छ साथै आन्तरिक रक्तश्राव तथा मुटुको गति र रक्तचापमा समेत असर पुग्दछ।

एन्टिबायोटिक लगायत अन्य औषधिहरूको विवेकपूर्ण प्रयोगका लागि स्वास्थ्यकर्मीदेखि बिरामी स्वयंको महत्त्वपूर्ण भूमिका रहेकाले सबैको प्रतिबद्धता र जिम्मेवारी बहनले मात्र मानव स्वास्थ्यमा आउँदै गरेको यो संकटबाट छुटकारा पाउन सकिन्छ।

[su_note]यस लेख सुवास अर्याल, मेडिकल माइक्रोबायोलोजिस्ट द्वारा Dovepress medical research journal मा प्रकाशित Plasmid-Mediated AmpC β-Lactamase CITM and DHAM Genes Among Gram-Negative Clinical Isolates नामक लेखको नेपाली संक्षिप्त रुप हो, लेखको पूर्ण पाठ पढ्न जर्नल हेर्नुहोला ।[/su_note]


http://4.188.83.218/static/3592.jpgdisease/insomnia-problem/

Tags: Annapurna Neuro HospitalAntibioticsMedicine
SummarizeShare306ScanTweet147

Related articles

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता – डा. केदार कार्की | Bird Flu and Its Endemicity in the SAARC Region – by Dr. Kedar Karki

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

by Nam Raj Bhatta
March 21, 2026
0

✍️ डा. केदार कार्की नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ ।  मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले  पुष्टि गरेको हो...

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

by Nam Raj Bhatta
March 12, 2026
0

✍️ डा. तारा शाह, बिडिएस हामी प्रायः भन्ने गर्छौं, "सानो बाँसको टुक्रा, त्यसैको सोझो पारो।" बाल्यकालमा पर्ने बानीले जीवनभरको स्वास्थ्यको जग बसाल्छ। यो कुरा दन्त स्वास्थ्यको सन्दर्भमा झन्...

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
March 4, 2026
0

✍️ डा. सतीश कुमार साह (१) नेपालमा स्वास्थ्य क्षेत्रलाई आगामी सरकारको पहिलो प्राथमिकता किन बनाउनु पर्छ? अगामी सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिनु पर्नुका धेरै ठोस कारणहरू छन्।...

नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम

नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम

by Nam Raj Bhatta
February 23, 2026
0

✍️ डा. सन्दिप के.सी. नेपालको समाजमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या अझै पनि "लाज", "कमजोरी" वा "पागलपन" सँग जोडेर हेर्ने गलत धारणा गहिरो रूपमा बसिरहेको छ। धेरै मानिसहरू डिप्रेसन, चिन्ता...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    631 shares
    Share 252 Tweet 158
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    623 shares
    Share 249 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    661 shares
    Share 296 Tweet 152

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक
  • किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने
  • लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
  • जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा
  • सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.