Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ३
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu
Dr Rojan Adhikari

Dr Rojan Adhikari

कोरोना कालखण्ड: सरकारको निर्णयको विश्लेषण र आलोचनाका प्रकार

सबैको आ-आफ्नै धारणा रह्यो। हामी आरोप प्रत्यारोप गर्न जान्ने छौ। हामी आफ्नो ठाउँबाट के गर्न सकिन्छ त्यो विशेष ध्यान दिन जरुरी छ।

Nam Raj Bhatta by Nam Raj Bhatta
September 12, 2020
in Articles
3
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. रोजन अधिकारी

कोरोना भाइरसको प्रकोप सुरु हुँदा विश्वका वैज्ञानिक , विश्व स्वास्थ्य संगठन , चिकित्सक, कसैलाई पनि यसको बारेमा जानकारी थिएन। अध्ययन जब रोग हुन्छ तब सुरु हुन्छ। कोरोना भाइरस यति छिटो फैलियोकी यसको बारेमा कसैलाई थाहा थिएन। अध्ययनले नयाँ कुरा निकाल्दै गयो र एक पछि अर्को गर्दै विश्व स्वास्थ्य संगठनले यसको तत्य परिवर्तन गरिरयो।

त्यस्तै नेपाल सरकारले पनि WHO को अनुसार उपचार, टेस्ट , आइसोलेशन गाइडलाइन परिवर्तन गर्यो। निर्णय सही की बेठीक समयले मात्र बताउँछ, विशेष परिस्थितिमा गरिने निर्णयको मूल्यांकन नगर्दा उचित होला। कोरोना रोकथाममा सरकारले गरेको कति निर्णय विशेष परिस्थितिमा गरेको थियो। विश्व स्वास्थ्य संगठनको आधारमा संसार चल्यो, कति कुरा सही भए, कति निरर्थक।

कोभिड-१९ कालखण्डमा धेरै प्रकारका घटनाहरु भए। सरकारको धेरै आलोचना भयो र धेरै समर्थन पनि धेरै विषयमा!

१. २ वटा मात्र कोभिड-१९ पोजिटिभ बिरामी हुँदा लकडाउन गरेको मा!

क: छिटो भएन?

ख: सही समयमा लकडाउन गरेर महामारी रोक्ने भयो।

२. सीमा पारी भारतमा हजारौ नेपाली लाई देश प्रवेशमा रोक लगाइएको मा! उनीहरू बाध्यताले भारत गएका हुन्।

क: उनीहरू नेपाली होइनन्?, उनी हरुको उदार गर्नु सरकारको कर्तव्य हो!

ख: महामारी रोक्न २-४ हजारले दुख पाउँछन्, तर करोडौं नेपालमै बस्ने ढुक्क बस्न पाइन्छ। आउन दिन हुन्न।

३. त्यही अवधिमा हजारौ अवैध रूपले नेपाल प्रवेश गरे, कतिलाई क्वारेन्टाइन मा राखियो कति सिधै घर पुगे। बेवास्ता गर्न सकेन?

क: आउन दिएको भए, क्वारेन्टाइन बस्थे, जोखिम हुन्न थियो।

ख: नेपाली हो नेपाली कहाँ मान्छ भनेको, कानुन मिच्ने बानी छ।

Using masks properly
Using masks properly

४. १०-१२ दिन पछि सरकारले भारत सिमामा रहेकालाई नेपाल प्रवेश गराएर क्वारेन्टाइनमा राख्ने निर्णय गर्यो, क्वारेन्टाइनको राम्रो ब्यवस्था नभएर वा क्वारेन्टाइन जेल हो भन्ने बुझाइले कतिजना क्वारेन्टाइनबाटै भागे।

क: सरकारको कमजोरी?

ख: भनेको हो, सरकारले गलत गर्यो आउन दिएर।

५. कोभिड-१९ युद्ध लड्ने तयारी हुँदै थियो, सरकारले चीनबाट युद्ध लड्ने सामग्री किन्ने ओमनी प्रकरण भयो। भष्टाचार हो की होइन छानविन होला! दोषी रैछ भने सजाए पाउलान्। तर विरोधको स्वर ठूलो भयो, त्यो सम्झौता रद्द भयो। रद्द भएकोले पैसा जोगियोकी जोगिएन लेखाले हेर्ला तर समयले बतायो रद्द भएर केही भएन। १ महिना ढिला भयो, तर अप्रिय केही भएन। त्यो समयमै बिरामीको संख्या बढेको भए अनर्थ हुन्थ्यो होला? विरोध हुन्थ्यो होला! संसार भरि मेडिकल उपकरणको माग पुर्याउनु पर्ने चीनले माग अनुसारको मूल्य राखेको थियो भन्छन।

६. ओमनी प्रकरण एकातिर थियो, सामाजिक सञ्जालमा PPE छैन, जाँच गर्ने प्रविधि छैन, सरकारले ल्याउन सकेन भन्ने हल्ला थियो, गाली थियो। स्वास्थ्यकर्मीहरु माझा डर त्रास थियो र छ।

७. जरो आएको बिरामीलाई धेरै अस्पतालले राख्न नमानेको तीतो यथार्थ हिजोको दिनमा र आज पनि रहेकोनै छ,

क: यसको व्यवस्थापन र निगरानी गर्न सरकार कमजोर भएको हो?

ख: कारबाही किन नगरेको? राष्ट्रियकरण गर्दै हुन्छ सबै अस्पतालहरू।

८. सरकारले सबै प्राइभेट अस्पतालहरूले पनि २०% बेड कोभिड-१९ को लागि छुटाउनु पर्ने निर्णय गर्यो, आलोचना पछि कोभिड-१९ समर्पित अस्पताल गर्ने तर्फ लाग्यो।

९. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको प्रमुख मेडिकल अधिकृत डा. शेर बहादुर पुन काण्ड। स्वास्थ्य मन्त्रालयले उहाँलाई मन्त्रालय आउन चिठी कटेछ, त्यो चिठीमा के थियो थाहा भएन तर सामाजिक सञ्जाल, अनलाइन मिडिया, यती खोइएरो खाने, पछि उहाँ आफैले विज्ञप्ति मार्फत केही नभएको र सामान्य रूपमा मन्त्रालय बोलाएको बताए। भित्री कुरा कसैले बुझेन।

१०. सडकमा उत्रेर मानिसले १००% PCR गर सरकार भन्ने नारा लगाए, त्यसको अर्थ मैले अझै पूरा बुझिन, तर धेरै टेस्ट गर्नु पर्यो भनेको होलान्, सबैलाई PCR त सम्भव र चाहिने कुरा होइन होला तै पनि ठूलै आवाज उठ्यो। सुरुमा RDT विश्वभरी गरिन्थ्यो, पछि हट्यो, नेपालमा हट्ने क्रममा ठियो, RDT गरेकोमा विरोध थियो। PCR टेस्ट संख्या कम भएकोले विरोध थियो, बढाउन माग राखियो।

११. RT-PCR टेस्ट बढाउन माग भयो, आग्रह गरियो। सरकारले PCR टेस्ट प्राइभेट कम्पनी, अस्पताललाई पनि गर्न दिने र मूल्य सरकारले तोक्ने भनियो, ठूलै हल्ला चल्यो, विरोध भयो। पहिलो चरणमा निर्णय फिर्ता लिइयो। २-३ महिना पछि फेरि प्राइभेट लाई दिएर मूल्य सरकारले तोक्यो ४५०० । हाल मात्र एउटा संस्थाले २५०० मा गर्न थाल्यो, फेरि सरकारले नाफा कमायो भनेर विरोध सुरु भएको छ।

१२. Contact tracing (सम्पर्क ट्रेसि) गर्न कमजोरी भयो, आवाज सानो थियो तर सरकारलाई दबाब दिएको थियो। उचित गर्न नसकेको विषयमा चर्चा भयो।

१३. क्वारेन्टाइन, आइसोलेसन सुरुमा नभएर , बनाउन ढिला सुस्ती गरेर, पछि राम्रो व्यवस्थापन गर्न नसकेर ठूलो आलोचना भयो।

क: बनाउँदै छन्, व्यवस्थापन गर्छन, हुँदै नभएको संरचना बनाए, सीमित स्रोतसाधनका बीच

ख: प्राथमिकता किन नदिएको?

Helping Children Prosper and Be happy
Helping Children Prosper and Be happy

१४. अनलाइन कक्षा सञ्चालनमा

क: नेपालमा सम्भव छैन, इन्टरनेट छैन, स्मार्ट फोन छैन, ल्यापटप छैन, अभिभावकलाई अप्ठेरो।

ख: केही नहुनु भन्दा अनलाइन कक्षाले विद्यार्थीलाई थोरै भएपनि सिकाएको छ।

१५. सरकारले कोभिड-१९ रोकथामको लागि गरेको खर्चको विशेष ध्यान पुग्यो र अरबौं रुपैयाँको विवरण सरकार संग माग भयो।

क: भष्टाचारको संका उपशंका

ख: राहत वितरण भयो, आइसोलेसन् क्वारेन्टइन इस्तल बने, चीन बाट मेडिकल उपकरण किने,

१६. लकडाउन वा निषेधाज्ञ कोभिड-१९ रोकथामको दिर्घकालिन उपाय होइन भन्ने कुरा विश्वबाटै प्रमाणित भएको कुरा हो। कोरोना रोकथामको लागि विश्व स्वास्थ्य सङ्गठनले भनेको जस्तै सामान्य उपायहरु अपनाउनु नै मूल आधार हो। लकडाउन को ठूलै विरोध भयो भाग१ र २ दुवै मा! पहिलो चरणमा विरोध सडक सम्म पुग्यो, दबाब र अनेक प्रकरण पछि खोलियो ।

त्यसपछि कोरोनाको बिरामीको संख्या वृद्धि संगै त्यही विरोध गर्ने वर्गले सरकारको फेरि आलोचना गरे, लकडाउन किन खोलेको? व्यवस्थित गर्न सकिन्थ्यो तर कमजोर सरकारले गरेन। हाल मात्र २२ दिने निषेधाज्ञा खुकुुलो बनाइएको छ। यसको लागि सरकारलाई विभिन्न ठाउँबाट सल्ला सुझाव आए, विरोध पनि भए। यो सँगसँगै कोरोनाको बिरामी सङ्ख्या बढ्ने निश्चित छ। फेरि पनि सरकारले निषेधाज्ञ खुकुुलो बनाएको छ भनेर गाली गरिन्छ यसमा कुनै संकानै छैन।

सबैको आ-आफ्नै धारणा रह्यो। हामी आरोप प्रत्यारोप गर्न जान्ने छौ। धेरै कुरा छुटाए पनि होला। हामी आफ्नो ठाउँबाट के गर्न सकिन्छ त्यो विशेष ध्यान दिन जरुरी छ। माथि उल्लेखित विषयले सरकारलाई र सरकारले कति सहयोग, कति अफ्ठ्यारो बनायो आफै मूल्यांकन गरौं। हामीले सरोकार निकायलाई सजक बनाउनै पर्छ तर हरेक कुराको मूल्य र मान्यता हुन्छन्।

अझै कति विषय छन् विरोध हुन बाँकी, तर अहिलेको पुस्ता बिरोध गर्ने मात्र हैन, रचनात्मक आलोचना गर्ने पनि हुनु आवश्यक हुन्छ । आलोचनाको पनि निश्चित विधि, सिमा हुन्छन् । बिरोधका लागि बिरोध मात्र हैन विकल्प वा समस्या समाधान बिनाको बिरोधको यहाँ कुनै अर्थ हुँदैन बुझ्न जरुरी छ।


>> कोरोनाबारे सम्पूर्ण कभरेज यँहा पढ्नुहोस्
Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Dr.Rojan AdhikariTeku HospitalWHO
SummarizeShare332ScanTweet147
Previous Post

शनिबार पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २ जनामा कोरोना सङक्रमण

Next Post

पटक-पटक स्थगित भएको फर्मासिस्ट लाइसेन्सको परीक्षा असोज १० गते देखि हुने

Next Post
Nepal pharmacy council

पटक-पटक स्थगित भएको फर्मासिस्ट लाइसेन्सको परीक्षा असोज १० गते देखि हुने

Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    879 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    706 shares
    Share 282 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    697 shares
    Share 300 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    699 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
  • Improving Services at Lagankhel Mental Hospital
  • शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue
  • नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता
  • सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटलमा ‘विशेष प्रोटिन परीक्षण सेवा’ सुरु

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.