सरकारले अब देशका ८५ वटा अस्पताललाई कोरोना उपचारका लागि तोक्यो।

काठमाडौं ,चैत २०

नेपाल सरकारले कोरोना संक्रमितको उपचारका लागि मुलुकभर ८५ वटा अस्पताल तोकेको छ। केन्द्र, प्रदेश र जिल्लामा रहेका करीब ८५ वटा अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि तोकिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रीय र प्रदेश स्तरका सबै अस्पताल र ६० जिल्ला अस्पतालमा उपचारको ब्यबस्था मिलाएको छ।

केन्द्रमा रहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, नेपाल शसस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, आयुर्वेद रिसर्च सेन्टर र आर्मी अस्पताललाई सरकारले यसअघि नै विशेष अस्पतालका रुपमा तोकेको थियो।

प्रदेश १ मा मेची र उदयपुर अस्पताल, प्रदेश २ मा जनकपुर र बारा अस्पताल, बागमती प्रदेशमा भक्तपुर र सिन्धुली अस्पताल, गण्डकी प्रदेशमा धौलागिरी र गोर्खा अस्पताल तोकेको छ।

प्रदेश ५ मा लुम्बिनी र तमघास अस्पताल, कर्णाली प्रदेशमा सुर्खेत र दैलेख अस्पताल र सुदुरपश्चिम प्रदेशमा सेती र महाकाली अस्पताल ताकेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले माथि उल्लेखित केही अस्पताल सहित २५ वटा अस्पताललाई हब अस्पताल अन्तर्गत राखेको छ । हब अस्पताल अन्तर्गत परेका अस्पतालहरुको सूची :
१. प्रदेश १ 

बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अञ्चल अस्पताल र मेची अञ्चल अस्पताल ।

२. प्रदेश २
गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल, जनकपुर अञ्चल अस्पताल र नारायणी उपक्षेत्रीय अस्पताल ।

३. बागमती प्रदेश
त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, श्री वीरेन्द्र अस्पताल, भरतपुर अस्पताल र धुलिखेल अस्पताल।

४. गण्डकी प्रदेश
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरी अञ्चल अस्पताल ।

५. प्रदेश ५
भेरी प्रादेशिक अस्पताल, लुम्बिनी अञ्चल अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पताल ।

६. कर्णाली प्रदेश
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक अस्पताल सुर्खेत ।

७. सुदुरपश्चिम प्रदेश
महाकाली अञ्चल अस्पताल र सेती अञ्चल अस्पताल ।

Next Post
ADVERTISEMENT