काठमाडौं, २२ कात्तिक २०८०
युएसआइडीको आर्थिक सहायतामा सञ्चालित (सुआहारा) बृहत बहुक्षेत्रीय पोषण कार्यक्रमले एक वर्षमा प्राप्त गरेको उपलब्धीलाई सार्वजनिक गरिएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्याबमन्त्री मोहन बहादुर बस्नेतसहितको उपस्थितीमा बहुक्षेत्रीय पोषण कार्यक्रमले एक दशकको समयमा हांसिल गरेको उपलब्धी सार्वजनिक गरिएको हो।
सन् २०११ देखि २०१६ सम्म सुआहारा पहिलो र सन् २०१६ देखि २०२३ सम्म सुआहारा दोस्रो गरि दुई चरणमा यो कार्यक्रम कार्यान्वयन भएको थियो। उक्त कार्यक्रमले नेपालका ७७ मध्ये ४२ जिल्लामा मातृ तथा शिशु पोषण अवस्थाको सुधार गर्ने लक्ष्यका साथ काम गरेको थियो। लक्ष्य प्राप्त गर्नका लागि सुआहाराले ३८९ स्थानीय सरकार तथा ३,३५३ वडा र समुदायहरुमा आवश्यकताको आधारमा पोषण, स्वास्थ्य तथा परिवार नियोजन,कृषि तथा बजारीकरण र पोषण सुशासनसम्बन्धी विभिन्न क्रियाकलापहरुको कार्यान्वयन गरेको थियो।
सुआहारा कार्यक्रमले समुदायमा पारेको प्रभावको मुल्यांकनको गर्न आवश्यक सल्लाह संकलन गर्ने लक्ष्यका साथ अनुसन्धानकर्ताहरु, अभ्यासकर्ताहरु र तथा सरकारी सल्लाहकारसहितको एक समुह गठन गरिएको थियो।
घट्यो कम तौल भएका आमाहरुको अनुपात:
मुख्यतया सुआहाराले बालबालिकामा हुने पुड्कोपना तथा आमा तथा बच्चाको खाद्य विविधता र व्यवहारमा कस्तो प्रभाव पारेको छ भन्नेमा अनुसन्धानको लक्ष्य केन्द्रित रहेको थियो। जसमा सुआहाराले मातृ कम तौलको अनुपात घटाएको र ६ महिनाभन्दा कम उमेरका शिशुको उचाइमा सुधार ल्याएको पत्ता लागेको थियो। सुआहारा कार्यक्रम सञ्चालन भएका जिल्लाहरुमा कम तौल भएका आमाहरुको अनुपातमा १६ अंकको सुधार आएको छ भने सोही समयमा कार्यक्रम सञ्चालन नभएका जिल्लाहरुमा जम्मा ७ अंकको सुधार भएको तथ्य अनुसन्धानले फेला पारेको थियो।
त्यस्तै कार्यक्रम सञ्चालन नभएका जिल्लाहरुको तुलनामा कार्यक्रम सञ्चालन भएका जिल्लाहरुमा नवजात शिशुहरुमध्ये उमेरको आधारमा लम्बाई तथा उचाई ०.७६ प्रतिशतले बढेको देखिएको थियो।
बच्चाको खानपानमा सुधार:
६ देखि २४ महिनासम्ममा बच्चा बिरामी हुँदा थप खाना खुवाउने अवस्थामा कार्यक्रम संचालन हुँदा थप खाना खुवाउने अवस्थामा कार्यक्रम संचालन भएका जिल्लाहरुपमा १६ अंकले सुधार भएकोमा कार्यक्रममा सञ्चालन नभएका जिल्लाहरुपमा ६ अंकको मात्र सुधार भएको देखिएको थियो।
पूर्ण स्तनपान तथा उपयुक्त समयमा बालबालिकालाई पुरक खाना खुवाउनेको संख्यामा सुधार:
यसअन्तर्गत कार्यक्रम सञ्चालन भएका जिल्लाहरुपमा पूर्ण स्तनपान गर्ने बच्चाहरुको अवस्थामा १० अंकको सुधार आएको भने सोही समयमा कार्यक्रम सञ्चालन नभएका जिल्लाहरुमा भने १ अंकको मात्र सुधार आएको छ।
त्यसैगरी कार्यक्रम सञ्चालन नभएका जिल्लाहरुमा भन्दा कार्यक्रम सञ्चालन भएका जिल्लाहरुमा जन्मेको एक घन्टाभित्र बच्चालाई स्तनपान गराउने व्यवहार १२ अंकले बढेको छ। ६ महिनादेखी ८ महिनासम्ममा पुरक खानाको सुरुवात गराइएका बालबालिकाको अनुपात पनि कार्यक्रम सञ्चालन नभएका जिल्लाहरुपमा भन्दा कार्यक्रम सञ्चालन भएका जिल्लाहरुपमा १० अंकले बढी सुधार भएको छ।
बढ्यो स्वास्थ्य संस्थामा प्रसूती गराउनेको संख्या :
सुआहाराले स्वास्थ्य संस्थामा प्रसूती गराउने र हात धुने स्थानमा साबुनपानीको प्रयोग गर्नेहरुको संख्या बढाएको छ। कार्यक्रम सञ्चालन भएका जिल्लाहरुपमा स्वास्थ्य संस्थामा प्रसूती हुने महिलाको अवस्थामा ४७ अंकको सुधार ल्याएको छ भने अन्य जिल्लाहरुमा भने ३२ अंकको मात्र सुधार भएको छ।
त्यस्तै कार्यक्रम सञ्चालन नभएका जिल्लाहरुमा भन्दा सञ्चालन भएका जिल्लाहरुमा कम्तीमा तीनवटा उत्तरप्रसूती स्याहार भ्रमण, गर्भावस्थामा कम्तीमा १८० आइरन तथा फोलिक एसिड चक्कीको उपभोग गर्नेहरुको संख्यामा सकारात्मक सुधार ल्याएको छ।
चुनौतीपूर्ण तथा राजनीतिक संक्रमण कालको अवस्थामा उत्साहजनक परिणाम:
विभिन्न अध्ययनहरुले एकीकृत पोषण कार्यक्रमले नेपालमा सकारात्मक प्रभाव ल्याएको पुष्टि भएको छ। केही परिणामहरु जस्तै कम तौल भएका आमाको अनुपात, स्वास्थ्य संस्थामा प्रसूती गराउने अवस्था आदिमा महत्वपूर्ण सुधारहरु देखियो तर केही परिणामहरु जस्तै आमा र बच्चाको रक्तअल्पता, ख्याउटेपन, आधुनिक परिवार नियोजन विधीहरुको प्रयोग जस्ता पक्षहरुमा भने उल्लेख्य सुधार भएको पाइएन।
कोरोना महामारी, रुस युक्रेन युद्द तथा त्यसद्वारा सृजित मुद्रास्फीति तथा आर्थिक चुनौतिहरुको समयमा अन्तिम सर्वेक्षणको परिणामहरु उत्साहजनक गरेको पत्ता लागेको छ।