आज मिति : २०८२ जेष्ठ १
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

कोभिड-१९ सङ्क्रमितहरुलाई डा.बुद्धि पौडेलको सुझाव

Nam Raj Bhatta by Nam Raj Bhatta
August 30, 2020
in Research & Study
A A
2
कोभिड-१९ सङ्क्रमितहरुलाई डा.बुद्धि पौडेलको सुझाव
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

डा. बुद्धि प्रसाद पौडेल
कन्सल्टेन्ट आयुर्वेद विज्ञ

 

कोभिड-१९ को आरटी -पिसिआर पोजेटिभ आउने महानुभावहरुमा एक प्रकारको मानसिक चोटको अनुभव गर्ने र आइसोलेशनमा बस्दा सो अवधिभर के होला , कसो होला भनी कौतुहलता र तनाव भई फोन मार्फत सोध्ने क्रम बढ्दै गएकोले केही सुझावहरु प्रस्तुत गरेको छु।

१. तपाइको परिक्षण पोजेटिभ आयो तर लक्षणहरु छैनन् भने आत्तिनु पर्दैन । यो रुघाखोकी जस्तै सामान्य अवस्था हो भनेर बुझ्नुहोस् । आइसोलेसन अवधि सकारात्मक सोचका साथ बिताउनुहोस् ।

२. प्रकृतिले दिएको खाना धेरै संस्कार नगरिकन खानुहोस् ।
सानो गेडागुडी जस्तै मुङ्, मुसुरो को दाल, भात, गहुँ, जौ, कोदो, फापरको रोटी, हरियो सागसब्जी, फल, दुध, ध्यू (दारको ठेकीमा दही जमाएर सो दही मथेर निकालेको नौनी तताएर तयार पारेको घ्यू रोगप्रतिरोध क्षमता वृद्धि गर्ने र स्मृति बर्धक हुन्छ), मह, अमलाको सेवन गर्नुपर्छ ।

३ . सानो गेडागुडी विशेष गरी मुङ्को दानालाई १५ घण्टा जति पानीमा भिजाउनुहोस् अनि पानी निकालेर छोपेर राख्नुहोस्, राम्ररी टुसा उम्रेपछि दाल बनाउनुहोस् । माथि भनिए जस्तै घ्यूमा पाँचफुरन (जीरा, धनियाँ, मङ्ग्रेलो, मेथी र नेपाली सूप) ले झानेको दाल पिउनुहोस् साथै खानामा पनि यसरी तयार पारेको दाल प्रयोग गर्नुहोस् ।

४. लघु आहार प्रयोग गर्नुहोस्। मण्ड, पेया, विलेपी, कृशरा, यूष जस्ता वैदिक खानपिन विधिले सुझाएका लघु र सुपाच्य अाहार कल्पना कसरी तयार पार्ने भन्ने कुरा थाहा पाउन आयुर्वेद चिकित्सक सँग परामर्श लिनुहोस्।

५. तयारी वा मृतप्राय :खाना र पत्रु खाना नखानुहोस् ।
(जस्तै चाउचाउ बिस्कुट, पाउरोटी आदि तयारी खाना; कोक, फेन्टा, डिउ, रेडबुल, रियो, फ्रुटी आदि बोतलमा प्याक गरिएको गुलिया पेय पदार्थ बोतलबन्द गुलिया पेय पदार्थको संगत नै छाडिदिनुस् । पिज्जा, वर्गर, आइसक्रिम; समोसा, कचौरी, पकौडा जस्ता तारेको खानेकुरा; मैदाबाट बनेका खानेकुरा नखानुहोस्।)

६. भुटनको रुपमा माथि भनिए जस्तै घ्यू वा नेपाली तोरीको शुद्ध तेल प्रयोग गर्नुहोस् । रिफाइन्ड र सनफ्लावर लगायतका अन्य आयातित तेलको प्रयोग बन्द गर्नुहोस्।

७. चिसो नलाग्ने गरि दैनिक स्नान गर्नुहोस।

८. बिहान ७ बजे देखि ९ बजे सम्म घाम ताप्नुहोस । संभव भए त्यो बेला सम्म स्नान गरिसक्नुस् र घाममा बसेर शरीरमा तोरीको तेल मालिस गर्नुस् ।

९. तोरीको तेलको प्रतिमर्श नश्य गर्नुस्।
( प्रतिमर्श नश्य भनेको नाकको प्वालमा तेल दल्ने प्रकृया हो । बिहान नित्यकर्महरू सकेपछि नेपाली तोरीको शुद्ध तेल नङ् काटेको सफा कान्छी औँला तेलमा डुबाएर नाकको प्वाल भित्र तेल लगाउने र त्यसलाई नपुछिकन छाडिदिने, बाहिर निस्कने तेल मात्र पुछ्ने । प्रतिमर्श नश्यमा नाकमा राखिने तेलले नाकको भित्री सतहको झिल्लीमा एउटा तह बनाउँदछ जसले गर्दा सुरक्षा प्रदान गर्दछ । नाक शिरको द्वार भएकाले तेलको शुद्धता, तेल राख्ने पात्रको सफाई र हातको सफाई मा विशेष ध्यान दिनुपर्छ। मेडिकल भाषामा भन्दा संक्रमण रहित विधि प्रयोग गर्नुपर्छ ।
नोट: नश्यकर्म आयुर्वेद चिकित्साको पंचकर्म अन्तर्गतको( Medical Procedure ) चिकित्सकीय पकृया भएकोले चिकित्सकको रेखदेखमा गर्नु उपयुक्त हुने)

१०. बिहान १ घण्टा बेलुका १ घण्टा खाली पेटमा खुला वातावरणमा शिथिलीकरण व्यायाम, सुक्ष्म व्यायाम, सूर्य नमस्कार, प्रज्ञा योग तथा अन्य योगासन तथा प्राणायाम र ध्यान को लागि समय तालिका मिलाउनुहोस् । यी विधिहरु वैज्ञानिक तरीकाले कसरी गर्ने भन्ने कुरा थाहा पाउन आयुर्वेद चिकित्सकको परामर्श लिनुहोस् । खाली समय स्वाध्याय मा लगाउनुस् । पूर्वीय संस्कृतिमा आधारित आध्यात्मिक ग्रन्थहरु पढ्नुहोस्।

११. कोभिड सन्त्रासले मानसिक रुपमा कमजोर बनाउने विविध अवस्थाहरु श्रृजना भएका छन् (जस्तै सामाजिक, आर्थिक, व्यवसायिक, शैक्षिक, संवेगात्मक, भावनात्मक, आध्यात्मिक आदि)।
यो बेला हामीले मन बलियो पार्नु अति आवश्यक छ । तसर्थ मनप्रशमन गर्ने विविध उपायहरु अपनाउन सकिन्छ ।
मैले मेरो चिकित्सकीय अभ्यासमा मनोयौनिक र मनोसामाजिक परामर्शको क्रममा प्रयोगमा ल्याइ धेरैजनाले स्वास्थ्य लाभ गरि प्रभावकारी सिद्ध भएको एउटा अनुभवी उदाहरण पस्केको छु । अवश्य सहयोगी र लाभदायक हुनेछ:
नित्यकर्म पुजा प्रकाश( प्रकाशक: गीताप्रेश, गोरखपुर) भन्ने पुस्तक आफूसँगै राख्नुस् र त्यहाँ उपदेश गरिएका कुराहरुको साधना गर्नुभएको अवस्थामा तपाइँको आइसोलेसनमा बस्ने अवधि थाहै नपाइ भुक्तान हुनेछ । त्यहाँ बताइएका कुराहरु पालना गर्नाले सकारात्मक भावको विकास हुने, मन प्रशन्न हुने, शरिरमा सकारात्मक उर्जाको विकास भै रोगप्रतिरोध क्षमताको विकास हुनुका साथै तनाव, थकान, अनिद्रा र अवसादको अन्त्य हुनेछ ।

१२. अनावश्यक हल्ला र अफवाहका पछाडि नलाग्नुस् ।

१३. गुर्जो, अश्वगन्धा र च्यवनप्राश अादि रोगप्रतिरोध क्षमता वृद्धि गर्ने आयुर्वेद औषधि देश, काल, वय, अग्नि, दोष, प्रकृति, सत्व, सात्म्य, मात्रा, शरीरबल र रोगबल विचार गरेर कति र कसरी सेवन गर्ने आयुर्वेद चिकित्सक सँग सल्लाह लिनुहोस् ।

१४. अनधिकृत व्यक्तिको सल्लाह र सुझावको भरमा स्वैच्छिक आौषधी सेवन कदापि नगर्नुहोस् । थाहा पाइराख्नुहोस्  हामीले दैनिक खाने खाना पनि नियमपूर्वक नखाए हानिकारक हुन सक्छ ।

अन्त्यमा आइसोलेसनमा बस्नुहुने सबैको समय आनन्दमय तरीकाले बितोस्। सबैजनालाइ शीघ्र आरोग्यलाभ प्राप्त होस् र कोरोनाको विश्व्यापी महामारी चाँडै अन्त्य भइ सामान्य जनजीवनमा फर्कन पाइयोस् भन्ने कामना गर्दछु।

डा. पौडेल हाल : स्वास्थ्य निर्देशनालय
गण्डकी प्रदेशमा कार्यरत हुनुहुन्छ।

Tags: #government of NepalAscptic techniqueCarbonated sweetenedClinical practiceCorona Virus #Covid19CounselingFast foodJunk foodLayerMedicine procedureMucus membrancePsychosexualPsychosocialSelf medicationWholesom food
Nisarga hospital Dhangadhi
Previous Post

काठमाडौं उपत्यकामा थप १८६ जना सहित देशभर ८८४ जनामा कोरोनाको पुष्टि #Covid19

Next Post

Watch live Nepal COVID19 daily update in YouTube

Related articles

गंगालाल अस्पतालमा हार्ट अट्याकको BYPASS अपरेशन, OFF–Pump पद्दतिबाट गराउनेको संख्या बढ्दै
Research & Study

गंगालाल अस्पतालमा हार्ट अट्याकको BYPASS अपरेशन, OFF–Pump पद्दतिबाट गराउनेको संख्या बढ्दै

2 months ago
1.1k
अनुसन्धानकर्तालाई युवा लक्षित बनाउन स्वास्थ्यमन्त्री पौडेलको आग्रह
Research & Study

अनुसन्धानकर्तालाई युवा लक्षित बनाउन स्वास्थ्यमन्त्री पौडेलको आग्रह

6 months ago
802
स्वास्थ्य अनुसन्धान परिषद्ले मंसिर ९ देखि १२ सम्म अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
Research & Study

स्वास्थ्य अनुसन्धान परिषद्ले मंसिर ९ देखि १२ सम्म अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

6 months ago
828
सुष्मा कोइराला अस्पतालका मेडिकल डाइरेक्टर डा. भण्डारी प्लास्टिक सर्जरीमा अब्बल #PlasticSurgery
Research & Study

सुष्मा कोइराला अस्पतालका मेडिकल डाइरेक्टर डा. भण्डारी प्लास्टिक सर्जरीमा अब्बल #PlasticSurgery

7 months ago
1.1k
नेपाल फार्मेसी काउन्सिलको भूमिका
Research & Study

नेपाल फार्मेसी काउन्सिलको भूमिका

8 months ago
884
rashtriya anusandhan
Research & Study

एनएचआरसी बेष्ट परफर्म अवार्ड बाट चन्द्रभुषण यादव सम्मानित

1 year ago
924
Next Post

Watch live Nepal COVID19 daily update in YouTube

Comments 2

  1. Pingback: टेकु अस्पताल‌ फेरि कोरोना विशेष अस्पताल घोषणा #TekuHospital • Health News Nepal
  2. Pingback: कोभिडको दोस्रो लहरमा अधिकांशलाई अक्सिजनको आवश्यकता • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
Patan Municipality Baitadi 8 disease notice
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,016)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.