✍️ डा. योविन यादव
संसारभर २ करोड १८ लाख भन्दा बढिमा कोरोना संक्रमणबाट ग्रसित भएका छन। हाम्रो छिमेकी देश भारतमा २६ लाख ५० हजार भन्दा बढी मानिसहरुमा कोरोनाको पुष्टि भएको छ। त्यस्तैगरी हाम्रो देश नेपालमा २६ हजार ५ सय भन्दा बढिलाई कोरोना लागेको पुष्टि भईसकेको छ।
कोरोना सम्बन्धि रुस लगायत अन्य देशमा भ्याक्सिन पनि आएको शुभ समाचार पनि सुनेका छौं ।कोरोना संक्रमण यती बढिरहेको छ की तपाई हामी जोसुकैलाई पनि जुनसुकै बेला हुन सक्ने स्थिति आईसक्यो। हामी नेपालीहरूले डराउने र आत्तीने होईन तर सतर्कता जरुरी छ ।
हामीहरुले कोरोना संक्रमणबाट सजगता अपनाउन यी निम्न कुराहरू ध्यानपूर्वक पालना गर्नु पर्दछ।
१) सकेसम्म ब्यक्तिगत र सामुहिक भेटघाट बन्द गरौं। जोसंग नी भेट्दैछौ उसलाई कोरोना संक्रमण पो छ कि भन्ने हिसाबले सतर्क रहौ।
२) कुनै पनी बस्तु छोईदा या छुनु पर्दा, कोरोना भाईरस छ कि सोचेर छुने र हाथहरु सफा गर्ने या सेनेटाईज गर्ने गरौ।
३) ब्याक्तिगत रुपमा नभेटि कुरा भएको नमान्ने मानसिकता त्यागौ। फोन गरौ, ईमेल गरौ, अन्य संचार माध्याम प्रयोग गरौ। अनुहार हेरेरै कुरा गर्नु पर्ने भएमा zoom, google meet, whats app, viber, messager जस्ता कती धेरै उपाए छन प्रयोग गरौ।
४) सकेसम्म बाहिर खानेकुरा नखाऔं। घर बाटै खाजा लगेर हिडौं।
५) सकेसम्म घर मै बसेर काम गरौ। work from home कती सकिन्छ, प्रयास गरौ। ब्याक्तिगत सम्पर्क सकेसम्म बन्द गरौं।
६) योग, ब्यायम गरेर आफुलाई तन्दुरुस्त राखौं।
७) घर बाहिर बाट घर फर्के पछि र अरु स्थान या व्याक्तिको सम्पर्कमा आएको अबस्थामा कपडाहरु धुन राखौ र नुहाएर मात्रै अरु काम गरौ। तातो पानी पिउने र वाफ लिने गरौं।
८) सबैले अनिवार्य मास्कको प्रयोग गर्नुपर्छ।
९) गर्भवती महिलाले प्रसुति मै अस्पतालमै गएर बच्चा जन्माउन उचित हुन्छ किनभने अहिले बच्चा र आमाले कोरोनाको कारण समयमा जाँच गर्न नपाउँदा मृत्यु धेरै भएको छ।
१०) अस्पताल जाँदा हरेक मान्छेले राम्रो सुरक्षा लिने जसले आफु पनि बचिन्छ र डाक्टर पनि सुरक्षित हुन्छन्।
समयमा होसियारी नभए पछि पछुताएर केहि हुदैन। त्यसैले आफु बचौं, आफ्नालाई बचाऔं र समुदायलाई बचाऔं।
We salute all doctors They are doing hard work .
Please stay at home 🏠🙏🙏🙏🙏