आज मिति : २०८२ जेष्ठ १
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

औषधि नचिन्नु ठूल भूल: धन्वन्तरी आयुर्विज्ञान

तपाईं कुनै वनजङ्गलमा गएर एकमुठी झारपात उखेल्नुहोस, तपाईंको पन्जामा आउने अधिकांश झारपातमा औषधिय गुण छ।

HNN Staff by HNN Staff
March 6, 2020
in Nutrition, Lifestyle
A A
1
Dal Bahadur GC, Dhanvantari Aayurvigyaan

Dal Bahadur GC, Dhanvantari Aayurvigyaan

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ दल बहादुर जीसी

ऋषिमुनिको देश, तपोभूमी, स्वर्गको टुक्रा जस्तै हाम्रो देश नेपालले आयुर्वेदको बारेमा विश्वलाई चिनाउनु पर्नेमा हामी आफैं विना हराएको कस्तुरी जस्तै भएका छौँ। कस्तुरी सङ्ग बिना छ तर उसले थाहा पाउदैन र ऊ अन्तै भौतारिन्छ भने झैं हामी कहाँ जडिबुटीको भण्डार छ तर त्यसको भेउ पाउन सकिरहेका छैनौं ।

तपाईं कुनै वनजङ्गलमा गएर एकमुठी झारपात उखेल्नुहोस, तपाईंको पन्जामा आउने अधिकांश झारपातमा औषधिय गुण छ। पहाडको कुनै पाखोमा खोज्नुस, तपाईंकै आँखा वरिपरि जटामसी, चिराइतो, पाँचऔंले वनमूला, लालगेडी र ऐसेलू देख्नु हुनेछ। यी सबै बनस्पति हुन् ।

हिमाली भेगमा पाइने यार्सागुम्बा देखि तराई भेगमा पाईने बर्‍रोसम्मको उच्च औषधीय मूल्य छ। हिमालयको स्वच्छ हावा वहने हाम्रो वायुमण्डलमा अनेकथरी बनस्पति छ्न, जसमा केहि न केहि औषधिय गुण छ। हाम्रा पुर्खाहरुले यिनै जडिबुटीको उपयोगबाट आफुलाई निरोगी र बलियो बनाए। पेट दुख्दा उनीहरु अस्पताल धाउदैनथे, हात काट्दा औषधि खोजदैनथे तर आज हामीले पुर्खाको ज्ञान र सीपलाई लत्यायौ । आफ्नै घर आगनको बनस्पति पहिचान गर्न र त्यसको उपयोग गर्ने विधिबारे उत्सुकता जगाएनौ । कसरी निरोगी र खुसी जीवन बिताउने भन्दा पनि रोग लागि सकेपछी उपचार गर्नुपर्छ भन्ने धारणा बिकास भयो। हामी अस्पताल मुखी भयौं, उपचारमुखी भयौं, औषधिमुखी भयौं र आज हामी रोगी भयौं ।

हामीलाई उच्च रक्तचाप, मधुमेह मोटोपन थाइराइड, पक्षघात र डिप्रेसन भयो। हामी रोगै रोगले थलिएर बाचिरहेका छौ । हिजोको दिनमा सर्ने रोगले मान्छेहरू मर्थे भने अहिले नसर्ने रोगले हामीलाई थला पारेको छ । जस्तो क्यान्सर, लिभर रोग, किड्नी फेल, मुटुरोग, मस्तिष्क रोगले बिकराल अवस्था ल्याउदैछ। हामी रोगी जीवन बाचिरहेका छौँ । हामीले चाहेजस्तो खानेकुरा खान र चाहेजस्तो जीवन बाचिरहेका छैनौं । हामी औषधिको भरमा मात्र प्राण धानिरहेका छौँ । यी सबैको कारक भनेको हाम्रो खराब जीवनशैली र सुबिधाभोगी शरीर हो।

हामी ब्यायाम गर्दैनौं मस्त खान्छौ र येस आराम गर्छौं । यसले गर्दा शरिरले कहिले सम्म धान्छ? रोगले शरीरलाई कब्जा गर्दै जान्छ । तब हामी उपचारको खोजीमा भौतारिन्छौ । रोग लागिसकेपछी उपचार खोज्नुभन्दा रोग लाग्न नदिनु नै राम्रो हो। तर रोग नलाग्दा सम्म हामी बिन्दास बाचिरहेका हुन्छौं ।मासु,रक्सी र चुरोट खाईरहेका हुन्छौं । रोग लागेपछि अस्पताल धाउँछौ।

अस्पताल र औषधिले पनि काम नगरेपछी बल्ल आयुर्वेदको शरणमा पुग्छौ। जब रोग अन्तिम चरणमा पुग्छ, तब हामीलाई आयुर्वेदको होस खुल्छ। हुनुपर्ने चाहिँ के हो भने, रोग लाग्नु अघि नै हामी आयुर्वेदको शरणमा पुग्नुपर्ने भन्ने हो। जडिबुटीको पहिचान गर्नुपर्ने, उपयोग गर्नुपर्ने, योग ब्यायाम तथा ध्यान दिनुपर्छ। यसरी निरोगी र खुसी जीवन बाच्नुपर्छ। देशमै आयुर्वेद सम्बन्धि विभिन्न उपचार सेवा उपलब्ध गराउनुपर्छ।


[जीसी : धन्वन्तरी आयुर्विज्ञान अध्ययन संस्थान तथा अस्पताल, बानेश्वरका प्रबन्धक हुन्।]
Tags: AyurvedaDal Bahadur GcDhanwantari AyurbigyanMedicine
Nisarga hospital Dhangadhi
Previous Post

स्वास्थ्य शिविरबाट ८७५ लाभान्वित

Next Post

नेपालमा औषधिको अभाव हुन नदिने औषधि उत्पादक संघको प्रतिबद्धता

Related articles

जाडोबाट बच्ने आयुर्वेदिक सुझाव #Aayurved
Nutrition

जाडोबाट बच्ने आयुर्वेदिक सुझाव #Aayurved

6 months ago
924
तरकारी र फलफुलमा लगाइएको भ्याट खारेज हुने
News

तरकारी र फलफुलमा लगाइएको भ्याट खारेज हुने

12 months ago
785
डा. रमेशसिंह भण्डारीको ‘कसरी भनूँ म’ नयाँ गीत सार्वजनिक
Lifestyle

डा. रमेशसिंह भण्डारीको ‘कसरी भनूँ म’ नयाँ गीत सार्वजनिक

1 year ago
808
An image showing a Nepali family in Kathmandu, caring for their children during winter. The family members have distinct Nepali features, such as darker skin tones and typical Nepali facial characteristics. They are dressed in warm, culturally appropriate winter clothing like jackets, shawls, and traditional Nepali hats. The setting is an urban street in Kathmandu with local shops and traditional Nepali architecture in the background. The parents are engaged in activities like wrapping the children in warm clothes and providing them with warm drinks or food, illustrating the care taken during the cold months in a Nepali urban environment. AI generated.
Lifestyle

जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

1 year ago
789
दसैँमा सागसब्जी कम, माछा बढी खपत
Nutrition

दसैँमा सागसब्जी कम, माछा बढी खपत

2 years ago
805
जमरा : धार्मिक महत्वसंगै स्वास्थ्यवर्द्धक पनि छ
Nutrition

जमरा : धार्मिक महत्वसंगै स्वास्थ्यवर्द्धक पनि छ

2 years ago
821
Next Post
Association of Pharmaceutical Producers of Nepal Press Meet

नेपालमा औषधिको अभाव हुन नदिने औषधि उत्पादक संघको प्रतिबद्धता

Comments 1

  1. Pingback: कोभिड -१९ पहिलो चरणको खोप लगाउने म्याद माघ २४ गतेसम्म चल्ने #Covidvaccine  • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,015)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.