काठमाडौं, ०८ बैशाख २०७९
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज बिहीबार नेपाल आउँदै हुनुहुन्छ ।
डा. टेड्रोस तीन दिने औपचारिक भ्रमणका लागि डब्लूएचओको टोलीको नेतृत्व गर्दै स्वास्थ्य मन्त्रालयको आमन्त्रणमा नेपाल आउन लाग्नुभएको हो ।
डा. टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतसँग भेट गर्नुहुने कार्यक्रम रहेको छ । उहाँले परराष्ट्रमन्त्री डा. नारायण खड्का र स्वास्थ्यमन्त्री विरोध खतिवाडासँग पनि भेट गर्नुहुने जनाइएको छ ।
डा. टेड्रोस नेपालको औपचारिक भ्रमण सकेर वैशाख १० गते फर्किनु हुनेछ ।