कञ्चनपुर , २० कार्तिक २०७७
सुदूरपश्चिम प्रदेश , सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्देशनालयले प्रदेशका किटजन्य रोग बाहुल्य क्षेत्रमा किटजन्य रोग सार्ने भेक्टरहरुको खोज पड्ताल तथा सर्भिलेन्सको काम शुरु गरेको छ ।
नेपाल सरकारले नेपालबाट औलो , कालाजार , हात्तीपाईले रोग निवारण गर्ने लक्ष्य लिएको छ भने डेंगु , चिकनगुनिया, जापानिज इन्सेफ्लाईटिस, स्क्राब टाईफस लगायतका अन्य प्रमुख किटजन्य रोगहरु भने नियन्त्रणमा राख्ने गरि सरकारले कार्यक्रमहरु तय गरेको छ ।
किट जन्य रोग सार्ने भेक्टर भने फरक फरक हुने गर्दछन । औलो रोग संक्रमित पोथी एनोफिलिजले सार्ने गर्दछ भने हात्तीपाईले र जापानिज इन्सेफ्लाइटिस रोग भने संक्रमित क्युलेक्स प्रजातिको केहि लामखुट्टेले सार्ने गर्दछन । त्यसै गरि डेंगु , चिकनगुनिया र जीका भाइरस सार्ने काम भने संक्रमित पोथी एडिज समुह का केहि लामखुट्टेले गर्दछ । ठिक त्यसै गरि कालाजार रोग भने संक्रमित पोथी स्यान्ड फ्लाईको टोकाई ले सर्दछ । स्क्राब टाईफस रोग सार्ने काम माइटको टोकाईले हुने गर्दछ । यिनै प्रमुख भेक्टर हरुको खोजि गर्ने गरि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीले कंचनपुर जिल्लाको भीमदत्त नगर पालिका वार्ड न १० मा काम संपन्न गरिएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीमा कार्यरत भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार २०७७ कार्तिक १५ देखि कार्तिक १९ गते सम्म संचालन गरिएको भेक्टर सर्भिलेन्समा भीमदत्तनगर पालिका वार्ड न १० मा औलो रोग सार्ने एनोफिलिज समुहका तिन वटा प्रजाति को उपस्थिति रहेको र अन्य लामखुट्टेको तुलनामा औलो रोग सार्ने लामखुट्टेको घनत्व बढी रहेको कुरा बताउनु भएको छ ।
औलो रोग सार्ने भेक्टरको उपस्थिति धेरै हुनु औलो रोग निवारण को लागि चुनौती रहेको कुरा समेत जिमुवा स्वास्थ्य चौकी कंचनपुरमा आयोजना गरिएको एक समारोह बीच उक्त कुरा बताउनु भएको हो ।
Comments 5