Magnus pharma
आज: २०८२ चैत्र ११
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

के हो चीन मोडल ? के हो दक्षिण कोरियाली मोडल ? #covid19

कसरी चीन र दक्षिण कोरिया ले COVID -19 लाई नियन्त्रणमा राख्न सफल भए ?

HNN Staff by HNN Staff
April 4, 2020
in News
Reading Time: 8 mins read
A A
1
✍️प्रा. डा. रेवती रमण मल्ल

✍️प्रा. डा. रेवती रमण मल्ल

329
SHARES
969
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

कसरी चीन र दक्षिण कोरिया ले COVID -19 लाई नियन्त्रणमा राख्न सफल भए ?

✍️ प्रा. डा. रेवती रमण मल्ल
चि.बि.रा.प्र. वीर अस्पताल ।


डिसेम्बर २०१९ को अन्त्यतिर सबैभन्दा पहिले चीनको हुबेई (Hubei) को उहान (Wuhan) शहरमा एक ब्यक्तिको फोक्सोमा अनौठो  निमुनिया देखियो जसको कुनै स्पष्ट कारण पाईएन। डिसेम्बरको ३१ तारिख मा सबै भन्दा पहिले यो रोग बारे विश्व स्वास्थ्य संगठन लाई रिपोर्ट गरिएको थियो। यो निमुनियाको शिलशिला अरु मानिसहरु मा पनि देखिन चालू रह्यो। पछि त्यो निमुनिया एक किसिमको सार्स (SARS) कोरोना भाईरस बाट भएको पुष्टि भयो। जुन कहिले पनि पृथ्वी को मानव जाति मा देखिएको थिएन। यसलाई  पछि बैज्ञानिकहरुले “सार्स कोभ-२” (SARS -CoV-2) बा छोटकरी मा कोभ- १९ (COV -19) नाम दिए।

प्रारम्भिक यो अबस्थामा यसलाई प्रकोप को रुपमा बढ्न नदिनको लागि डब्लुएचओ बाट खटिएका डा. गाउडेन गालिया (Dr. Gauden Galea) लगायत विश्वभरी का बैज्ञानिकहरु को दिमागमा सिर्फ तीन प्रश्न थिए –

१) यो भाईरस कुन माध्यम बाट कसरी  फैलिरहेको छ ? (Means of Transmission)
२) कुन हदसम्म यसले मानिसको स्वास्थ अबस्था बिगार्न सक्छ तथा कति ठुलो प्रकोप ल्याउन सक्छ ? (Severity)
३) कसरी यसलाई नियन्त्रणमा ल्याउन सकिन्छ ? (Control Measures)

यी कुरा को तथ्य नबुझी प्रकोप नियन्त्रण सम्भब थिएन । त्यसैले पहिलो ३ हप्ताको समय अध्ययन, अनुसन्धानमा बित्यो।
तर यसको फैलिने क्रम रोकिएन। प्रतिदिन नयाँ  केसहरु बढ्दै जाने क्रममा दिनको हजारमा पुग्दै महामारी को रुप लिन थाल्यो। अति कम समयमा महामारी को रुप लिदै अन्य देशहरू मा समेत फैलिएर बिश्वब्यापी महामारी  को रुप लियो। बिश्वमा पहिलो एक लाख मध्य ८० प्रतिशत चीनका थिए। तीन हप्ता अघिसम्म चीन का ३२ शय मानिसको मृत्यु भएको मा त्यसको ८० प्रतिशत उहान शहर का मात्र थिए।

अति छिटो छिटो फैलिने यो भाईरसको स्वभाव को कारणले शुरुमा चीनमा करिब हजार को संख्यामा देखिएको यस भाईरस बाट संक्रमित को संख्या करिब ६ हप्ताको समयमा ८० हजारमा पुगेको थियो। त्यस्तै बिस मात्र संक्रमित को संख्या रहेको ईटालिमा करिब साढे दुई हप्ताको दौरानमा १२ हजार मा पुगेको थियो। अरु देशहरुमा पनि फैलिदै गर्दा हाल आएर बिश्वका १८१ देशका कुल संक्रमित मध्य २० प्रतिशत अमेरिका मा देखिएको छ। आज बिश्वका १० लाख २६ हजार ९ शय मनिस यस  भाईरस बाट संक्रमित भएको मा ५३ हजार ९ शय मानिसको मृत्यु भै सकेको छ। अमेरिका मा मात्रै कुल २ लाख ४५ हजार ५ शय संक्रमित मध्य ६ हजार जनाको मृत्यु भएको छ।

Fighting Covid19 Together with HealthNewsNepal.com
Fighting Covid19 Together with 4.188.83.218/hn/

तर बिश्वलाई चकित पार्ने गरि चीनले भने यस भाईरस लाई नियन्त्रण गर्न सफल भएको देखिन्छ। प्रतिदिन हजारौं को संख्या मा देखिने अबस्थालाई आज आएर १०-१२ मा सिमित गराउन सफल भएको छ। आज यस्ता नयाँ केसहरु बेईजिङ्ग मा २०० भन्दा कम र साङ्घाई मा ३० भन्दा कममा सिमित छन् । चीनले यसको नियन्त्रण को लागि कठोर निर्णय गरि आक्रामक पाईलाहरु नचालेको भए यो सम्भब हुने थिएन।

चीन मोडल मुख्यतः ३ प्रमुख सिध्दान्तमा आधारित देखिन्छ ।

१) लकडाउन लाई कडाईका साथ पालन गराउने (Strict Lockdown)
२) बल प्रयोग गरेर भएपनि जरुरत सबैलाई क्वारेन्टाइन मा राख्ने (Forced Quarantine)
३) बिस्तृत जनचेतना र उत्प्रेणता (People Stimulation & Motivation)

यिनै मर्मलाई समेटेर उसले लिएका रणनीतिक पाईलाहरु बुदागत रुपमा यस प्रकार छन् ।

१) लकडाउन को घोषणा:

जब कम समयमै चीनमा यस संक्रमणले महामारी को रुप लिन खोज्यो त्यसपछि चीन ले नरमाईलो वा नराम्रो लाग्ने तर नगरी नहुने कठोर निर्णय लिदै आक्रामक कार्बाही गर्न शुरु गर्यो। उसले जनवरी को २३ तारीख मा महामारी को केन्द्र बिन्दु रहेको उहान (Wuhan) शहर तथा हुबेई (Hubei) प्रान्त अन्तरगत पर्ने अन्य १५ शहरहरुमा भित्र र बाहिर आवतजावत गर्न नपाउने गरि लकडाउन को घोषणा गर्यो।

करिब ६ करोड (६० मिलियन) जनसंख्या भएको यो क्षेत्र मा उडान तथा रेलसेवाहरु रोकियो, राजमार्ग र भित्री बाटोहरु बन्द गरियो। त्यससँगै चीनका अरु थुप्रै शहरहरुमा खानेकुरा, औषधि लिने जस्ता अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन सुचित गरियो। चीनको आधा जनसंख्या करिब ७६ करोड चिनियाँ हरु आफ्ना आफ्ना घरमा सिमित भएर बस्न बाध्य भए। त्यस संगै सामाजिक दुरि कायम गराउन को लागि स्कुल, अफिस, सिनेमा घर, मल, खेल तथा अन्य सामाजिक आयोजना तथा प्रतियोगिता, कलकारखाना र पसलहरु बन्द भए। सामाजिक दुरि कायम गर्नु पर्ने नियमलाई आक्रामक रुपमा पालन गराउन शुरु गरियो।

आज त्याहा लकडाउन भएको साढे दुई महिना भैसक्यो। कुनै ठाउँमा अझै कायम छ। यस अघि महामारी को शिखर को बेला त्यहाँ प्रति दिन नयाँ संक्रमित को संख्या १ हजार जति हुन्थे भने आजकल एकाध दर्जन मा सिमित भएका छन् । लकडाउन अघि जुन रफ्तार मा रोग फैलिरहेको थियो त्यसलाई हस्तक्षेप नगरेको भए चीनका ४० प्रतिशत अथवा करिब  ५० करोड नागरिक सो भाईरस बाट संक्रमीत हुन सक्ने थिए।

त्यसपछि फेब्रुअरी को १६ देखि ३० को बिचमा एउटा संक्रमित ब्यक्तिले अरु ब्यक्तिहरु लाई भाईरस सार्न सक्ने दर १.०५ मा झरेको थियो। तैपनि जनस्वास्थ्यका शोधकर्ताहरु अध्ययनले के देखिन्छ भने यदि चीनमा १ हप्ता अगाडि नै लकडाउन गरेको भए ६७ प्रतिशत चीनका नागरिक यो भाईरस बाट संक्रमित हुन बच्न सक्ने थिए। बैज्ञानिकहरु को एउटा खोजले के देखाउछ भने, उहान प्रदेशमा बायुयान, रेलवे सेवा र स्थलगत यातायातको बन्देज ले चीनका अरु शहरहरु मा भाईरस फैलाउने क्रमलाई ४ दिनले कमि ल्यायो।

त्यस्तै यस कार्बाही ले गर्दा २ देखि ३ हप्ताको अबधी सम्म ४ देखि ५ संक्रमित मानिसहरु लाई चीन बाट अरु देशहरूमा निर्यात हुन बाट बचायो। त्यस पछि भने उहान प्रदेश बाहेक का शहरहरु मा घुम्ने मानिसहरूले अरु अन्तरास्ट्रिय शहरहरु मा भाईरस फैलाउने काम गरे।

लकडाउन एउटा सबैभन्दा नाटकीय र बिबादास्पद निर्णय थियो। यसले जनवरी को २३ तारीख देखि उहान शहर सहित हुबेई (Hubei) प्रदेश का अन्य पन्ध्र शहर का करिब ५ करोड (५० मिलियन) नागरिकहरु लाई बलपूर्वक आफ्नो घर भित्र अनिवार्य क्वारेन्टाईन मा बस्न लगाएको थियो।

लकडाउन बाट बिश्वका अरु बैज्ञानिक हरुले चीनमा यस्तो सकारात्मक नतिजा दिन सक्ला भन्ने सोचेका थिएनन् । तर शट्डाउन ले घोषणा को दिन देखि अत्यन्त प्रभाबकारी ढंगले संक्रमित ब्यक्तिहरु लाई चीनका अरु भुभागहरु तथा अन्य देशहरू मा जानबाट रोकेर रोग फैलिन बाट बचायो।

चीनको अरु भुभाग मा भने सबै लाई सेल्फ क्वारेन्टाइन मा बस्न लगाईएको थियो।  त्यसको रेखदेख गर्न स्थानीय छिमेकी प्रतिनिधि लाई नियुक्ति गरि जिम्मेवारी दिईएको थियो।

२)  यातायात लाई पुरै बन्द गरियो:

उहान को भित्री सडकहरु मा पुर्ण रुपमा मानिसहरु लाई आवतजावत गर्न तथा सबै किसिमका यातायातका साधनहरु लाई चलाउन बन्देज गरियो। त्यस्तै उहानको आसपास केन्द्रबिन्दु भै चल्ने कुनैपनि  रेलवे सेवालाई उहान मा रोक्न महिनौं सम्म बन्देज गरियो

३) अनिवार्य लकडाउनको नियम पालन गर्नुपर्ने आदेश:

चीनमा नागरिकहरु लाई घर बाहिर ननिस्कन सुचित गरिनुको साथै सुरक्षा कर्मी हरुले हरेक घर बाट नियमको उल्लंघन भए नभएको नियमित जांच गरि कडाईका साथ पालन गराईएको थियो। सबै नागरिकलाई अनलाईन अर्डर अनुसार खानेकुरा र अन्य आधारभुत आबश्यकताका कुराहरु घरमै पुर्याउने चुस्त ब्यबस्था मिलाईएको थियो

corona awareness
corona awareness

४) सर्बसुलभ र सबै नागरिकको पहुँच हुने गरि निशुल्क ल्याब परिक्षण को ब्यबस्था: 

कोरोना भाईरसको ल्याबटेष्ट लाई देशभरी निशुल्क बनाईयो र जो कोहि पोजिटिभ भेटिए अवस्था हेरि तिनलाई अस्पताल बा आइसोलेसन सेन्टरमा पठाईयो। शुरुमा कोरोना बाट संक्रमित भै बिरामी भएका लाई  लक्षण देखिएपछि अस्पताल भर्ना गर्न १५ दिन सम्म समय लाग्ने गर्थ्यो भने पछि त्यसलाई घटाएर २ दिन भित्रै भर्ना गर्न सकिने स्थिती बनाईयो। सरकारले हरेक नागरिकलाई यो नयाँ भाईरसको ल्याब परिक्षण, औषधि खर्च, अस्पताल भर्ना हुँदा को सम्पुर्ण उपचार खर्च  निशुल्क हुने र नागरिकको स्वास्थ्य बिमा बाट कभर गर्न नपर्ने कुरा स्पष्ट पार्यो।

यसले स्वास्थ्य बिमा कम बा नभएका लाई स्वास्थ्य सेवाको पहुँच भित्र आउन हौसला प्रदान गर्यो। त्यस्तै शुरुमा प्राईभेट नर्सिङ्गहोमहरु मा जान बाध्य भएका नागरिकलाई पनि ठुलो राहत मिल्यो। लकडाउनको साथै शुरुवातमा नै संक्रमितहरु चिन्ने र आईसोलेसन मा राख्ने यो रणनीति ले गर्दा चीन मा संक्रमित को संख्या ६७ प्रतिशत ले बढ्न बाट रोक्न सकियो। अन्यथा फेब्रुअरी अन्तसम्म नै संक्रमितको संख्या ८० लाख पुगिसक्ने थियो। यसो नगरेको भए सो अबधिसम्म संक्रमितको संख्या ५ गुणाले बढी पुग्ने थियो।

५) नयाँ अस्पतालहरु को निर्माण:

पोजिटिभ को उपचारका लागि प्रशस्त आईसोलेटेड बेडहरु सृजना गरियो। चीन ले यो संकट को घडीमा रातदिन काम गरेर पृफ्याब मोड्युलको १ हजार बेडको अस्पताल ६ दिनमा र १३ सय बेड्को अस्पताल १६ दिनमा बनाउन सफल भयो। २४ देखि ७२ घण्टामा ट्रेनिङ्ग सेन्टर, रङ्गशाला र अरु बिल्डिङ्ग हरुलाई आईसोलेसन र अस्पताल प्रयोजन को निमित्त बदल्ने काम भयो। त्यस्तै पहिले देखि नै बिद्यमान जनरल सेवा दिने अस्पतालहरु लाई कोरोनाको बिरामीलाई मात्र राखि उपचार गर्ने ब्यबस्था गरियो।

६) अनलाइन स्वास्थ्य सेवा: 

अत्याबश्यक ईमर्जेन्सी र सघन उपचार सेवा (Critical Care) चाहिने अबस्था बाहेक का स्वास्थ्य सेवाको लागि अस्पताल नजान उत्साहित गरि ईन्टरनेट, टेलिमेडिसिन प्रणाली बाट सेवा प्रवाह गर्न थालियो। त्यस्तै ईमर्जेन्सी सर्जरी बाहेक ईलेक्टिभ सर्जरीको मिति लाई अलि पछि धकेल्ने काम शुरु गरियो।

७) फेवर क्लिनिक (Fever Clinic) हरुको   ब्यबस्था:

यदि कसैलाई आफुलाई पनि सो रोग लाग्यो कि भनेर शङ्का हुन्थ्यो हजारौंको संख्यामा रहेका सरकारी फेबर क्लिनिक (Fever Clinic) हरुमा तिनलाई पठाईन्थ्यो। जहाँ तापक्रम नापिनुको साथै मेडिकल हिस्ट्री, ट्राभल हिस्ट्री र तिनीहरुको पहिले संक्रमिक मानिस संग सम्पर्कमा भए नभएको बारे छलफल गरिन्थ्यो। यदि सम्भाबित संक्रमित मानिस संग सम्पर्कमा आएको शंका लागेमा उनी संग अरु को को साथमा थिए तिनको पनि पहिचान गरि तुरुन्तै खोज गरि सबै लाई ल्याब परीक्षणको दायरामा ल्याई पोजिटिभ भएकालाई आईसोलेसन बा अस्पतालमा राख्ने काम तदारुकता का साथ सम्पन्न गरियो। गुवाङ्डोङ्ग प्रदेश (Guangdong) जुन उहान (Wuhan) बाट १० घण्टा ड्राइभको दुरिमा मात्र पर्छ, त्यहाँको फेबर क्लिनिकहरुमा मात्र ३ लाख २० हजार जनाको ल्याब परिक्षण गरिएको थियो, जसमा ०.१४% मानिसमा मात्र कोरोना भाईरस पोजिटिभ पाईएको थियो।

८) कोरोना भाईरस लाई वार्ड हरु भित्र सिमित गरियो:

सारा अस्पतालका वार्ड तथा आईसोलेसन सेन्टरहरुका पर्खाल भित्र कोरोना पोजिटिभ बिरामीहरु लाई सिमित गराई भाइरस लाई संकुचन मा ल्याउने काम गरियो अर्थात बाकी दुनियाँ बाट सिल गर्ने काम द्रुतगतिमा सम्पन्न गराईयो। किनकी हरेक मिनेटको अत्यन्तै ठूलो महत्व थियो। जति छिटो तपाईं कोरोना पोजिटिभ केस पत्ता लगाउनु हुन्छ, जति छिटो तिनीहरु लाई आईसोलेट गर्न सक्नुहुन्छ, जति छिटो तिनीहरु संग पहिले सम्पर्कमा आएका मानिसको खोजी गरि ल्याब परिक्षण र आईसोलेसन को दाएरामा ल्याउन सक्नु हुन्छ, त्यति नै छिटो तपाईं कोरोना लाई जित्न सक्नु हुन्छ।

९) प्रत्येक संक्रमित लाई ट्रेस गर्ने प्रणाली को प्रयोग:

चीनले बृहत रुपमा ठुलो संख्या मा संक्रमितको सम्पर्कमा आएका नागरिकहरू लाई खोजी गर्न ब्याबहारिक रुपमा सफल भयो। त्यसको लागि उसले हरेक पोजिटभ केसहरु पत्ता लगाउने ब्याबहारिक प्रबिधिको प्रयोग गर्यो। त्यहाँका प्रतिकारात्मक स्वास्थ्य सेवा (Preventive Medicine) मा काम गर्ने जनस्वास्थ्य पदाधिकारी (Public Health Officials) हरु कोरोना पोजिटिभ ९० हजार कोरोना पोजिटिभ मध्य प्रत्येक एक एक लाई खोज्न (Trace) गर्न सफल भए।

Covid 19 Psychology
Covid 19 Psychology

देशभरि सम्भाबित कोरोना पोजिटिभ लाई खोज्न बनाईएका ईमर्जेन्सी सेन्टरहरु मा झुन्ड्याईएका ठुला ठुला स्कृनहरु (Screen) मा कुन कुन निश्चित क्षेत्रहरूमा के कति संख्या र अनुपातमा संक्रमित समुहहरु पाईएका छन् भनी जनतालाई सु-सुचित गर्ने काम भयो। जनस्वास्थ्य पदाधिकारीहरुले आआफ्ना प्रदेशका गभर्नरहरु संग मिलेर आबश्यकता अनुसार स्थानीय फिल्ड का टिम सदस्यहरु संग समेत अन्तर्कृया तथा सोधपुछ गरि युध्दस्तर मा कुन भौगोलिक क्षेत्रमा कुन संख्या, मात्रा र गतिमा रोग फैलिएको छ भन्नेकुरा पत्ता लगाउन दिनरात एक गरि काम गरेर प्रत्येक कोरोनाको संक्रमण बाट पोजिटिभ अबस्थाका नागरिकहरु को ट्रेस गरि पत्ता लगाउन सफल भए।

त्यस बाहेक चीन मा व्यापक रूपमा प्रयोगमा आएका दुई मोबाईल एपहरु – अलि पे (AliPay) र वी च्याट (WeChat) हरुले नागरिक लाई स्वास्थ्य शिक्षा दिने, सुचित गर्ने, प्रतिबन्धित कुराहरू लाई ब्यबहारमा लागु गराउन जोड दिने आदि कार्य मा महत्त्वपूर्ण योगदान गरे। त्यस्तै यिनले सरकार लाई मानिसहरू को गतिविधि लाई पछ्याउने (Track गर्ने) अनुमती दिनुको साथै संक्रमण भएको पुष्टि भैसकेका मानिसहरु लाई असुरक्षित यात्रा गर्न बाट रोक्न समेत सजिलो गरायो।

हरेक ब्यक्ति को मोबाइल फोनमा ट्राफिक बत्तीको जस्तो रातो, पहेंलो र हरियो कोडहरु उल्लेख भएका हुन्थे; जसले ब्यक्तिको स्वास्थ्य अबस्था बारे जानकारी दिनुको साथै चलेको रेलस्टेसन वा अरु चेक प्वाईन्ट (Check Points) हरुमा कसलाई रोक्ने र कसलाई छोड्ने भनेर थाहा पाउन सजिलो हुन्थ्यो।

१०) बृहत राष्ट्रिय निगरानी (electronic surveillance system) प्रणाली को बिकास तथा त्यसको उचित प्रयोग:

चीनले सन् २००२-२००३ मा जतिखेर त्यहा सार्स (SARS) रोगको माहामारी फैलिएको थियो त्यतिबेला नै उसले बिकास गरेको भरपर्दो ठुलो परिमाण तथा अनुपात मा काम गर्न सक्ने ईलेक्ट्रोनिक निगरानी प्रणाली (Surveillance System) को बिकास गरेको थियो। जुन संक्रमित मानिस संग सम्पर्कमा आएका मानिसहरुको खोजी (Tracing) गर्ने देखि युध्दरेखा को अगाडी खटिएर छिटोभन्दा छिटो रोग फैलिने गति र प्रक्रिया लाई रोकि नागरिक लाई सर्न बाट रोक्ने जनश्वास्थ्य रणनीति (Public Health Strategy) मा आधारित थियो।

यसमा संक्रमित मानिस संग नजिकैको सम्पर्कमा आएका मानिसहरु लाई पहिल्याउने, पहिचान गर्ने देखि पछ्याउने (Follow up) र तिनको उचित ब्यबस्थापन गर्ने सम्मका कामहरु सम्मिलित थिए। उहान शहरमा मात्रै ५-६ जना प्रतिनिधि भएको १८ शय वटा संयन्त्र (Unit) ले १२ हजार संक्रमितको सम्पर्कमा आएका मानिसहरू लाई ट्रेस गर्न सफल भएको थियो।

गत मार्च १८ बुधबार का दिन बिश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक डा. माइकेल र्यान (Michael Ryan) ले भन्नु भएको थियो कि “केही देशहरूले कोरोना माहामारी बिरुध्दको लडाईको अत्यन्त प्रारम्भिक चरणमा  नै संक्रमित हरुलाई खोजीगर्ने कामलाई धेरै छिटो हरेश खाई छोड्ने काम गरेका छन्“।

वहाँले के कुरामा जोड दिनु भयो भने सामाजिक दुरि कायम गर्ने प्रकृया (Social Distancing) सबै कल्चर का मानिसहरू ले आत्मसात नगर्न सक्छन् । यसको तुलनामा  संक्रमित को खोजी गर्ने (Tracing of Contacts) रणनीति बढी प्रभाबशाली, कम खर्चिलो र “ज्यादा महत्वपूर्ण आधारभूत सुरक्षात्मक जनस्वास्थ्य ( Preventive Public Health) को हस्तक्षपकारी (Intervention) नियन्त्रण बिधी हो । त्यसो त लकडाउन जस्तो सामाजिक दुरि कायम गर्ने प्रक्रियाले भने व्यापकरुपमा नै रोग फैलाउने धेरे साङ्लो का शृङ्खलाहरु (Chains) लाई तोडने काम गर्छ।

११) राष्ट्रिय ऐक्यबद्धता:

हुबेई (Hubei) को माहामारीको बखत देशभरीका  चिनीया जनताले साझा राष्ट्रिय  ऐक्यबद्धता देखाएका थिए। अरु प्रदेशहरु बाट माहामारीको केन्द्र भाग हुबेईमा ४० हजार भन्दा बढी स्वास्थ्यसेवीहरु पठाइएका थिए, जसमा धेरै जसो स्वयमस्वास्थ्यसेवी (volunteers) हरु नै थिए। यातायात, कृषि तथा स्वास्थ्यका अन्य प्रशासनिक कर्मचारीहरु लाई फिल्डमा नयाँ जिम्मेवारी दिईएको थियो। राजमार्गमा काम गर्ने कर्मचारी लाई स्क्यानरले ज्वरो नापने, खानेकुरा घर घर पुर्याउने, संक्रमित को सम्पर्कमा आएका मनिसको ट्रेस गर्ने जिम्मेवारी दिइएको पाईन्थ्यो। त्यस्तै रिसिप्सनिष्ट काम गर्ने महिलाले समेत अस्पताल को हातामा नागरिकहरु लाई मास्क र गाउन कसरी संक्रमण (infection control ) नियन्त्रण हुने तरिकाले लगाउने भनी सिकाई रहेको देखिन्थ्यो।

१२) नागरिक को ब्यक्तिगत स्तर बाट पनि तीब्र योगदान:

चिनी जनता आफ्नो साझा शत्रु COVID-19 भाईरस को बाटोलाई बदल्न या गिराउनको लागि  ब्यक्तिगत नागरिक को स्तरमा समेत स्वअनुशासन, धैर्यता,आत्मबिश्वास र ठूलो इच्छाशक्तिले सामुहिक रुपमा काम गरि यो भाईरसलाई जित्न सफल भै एउटा ठुलो मिशाल कायम गरेका थिए। हरेक झ्याल र गगनचुम्बी भबनहरुको पछाडि उनिहरु एकाअर्कालाई सहयोग गरिरहेका तथा साथ मिलेर सोच बिचार र काम गरिरहेका हुन्थे। चीनी जनता आफ्नो देशमा आईलागेको साझा खतर्नाक आतंक को सामना गर्नको लागि सामुहिक रुपमा भित्रै देखि प्रतिबध्द र समर्पित थिए।

१३) लुक्न लुकाउन खोज्ने लाई सजाय दिने  नीति:

राज्यले कोरोना संक्रमण फैलिएको देश बा संबेदनसिल क्षेत्रबाट आएका बा कोरोना संक्रमण को लक्षण भएर पनि सुचना नगर्ने र जांच को दायरामा नआउने ब्यक्तिहरु लाई कोरोना रोगको रोकथाम तथा नियन्त्रण गर्ने काममा सहयोग नगरेको आरोपमा कार्वाही को दायरामा ल्याउने काम गर्यो। किनकी नागरिकको स्वास्थ्यको अत्यधिक संरक्षण र न्युनतम क्षती लाई सन्तुलन कायम राख्नको लागि यस्ता कार्बाही जरुरी थिए।

निचोड: निचोड: जनवरी को तिर चीन वुहान मा देखिएको नोबेल कोरोना COVID -19 भाईरस को संक्रमण बिश्वका १८२ भन्दा बढी देशा फैलिएर बिश्व महामारी को लिएको छ। आज बिश्वका १० लाख भन्दा बढी जनताहरु यो भाईरस बाट संक्रमित भएका छन् । संक्रमण र मृत्यु हुने समयको अन्तराल केही लामो हुने हुँदा लकडाउन को खास असर थाहा पाउन थुप्रै हप्ता लाग्ने निश्चित छ। बैज्ञानिकहरु यदि  चीनले लकडाउन खुकुलो गरेमा फेरि अर्को वेभ शुरु हुन सक्ने चिन्ता ब्यक्त गरेका छन् । असल मा अहिले चीनमा लकडाउन खुकुलो गर्ने नगर्ने बा कहिले गर्ने भन्नेकुरामा ठूलो बिबाद छ।

 

के हो दक्षिण कोरिया मोडल ?

दक्षिण कोरियाले देशको अर्थब्यबस्था लाई चौपट नगराईकन पनि कोरोना प्रकोप लाई नियन्त्रणमा राख्न सकिन्छ भन्ने पाठ पुरै बिश्वलाई दिन सफल भएको छ। उसले आक्रामक र चुस्त प्रतिकारात्मक जनस्वास्थ्य (Preventive Public Health) का विधि तथा औजार प्रयोग गरि कोरोनाको प्रकोप फैलिन (Outbreak) बाट बचाउन सकिन्छ भन्ने सन्देश बिश्वलाई दिएको छ। उसले लिएका रणनीति यस प्रकार छन् :-

१) रोगले माहामारीको रुप लिनु अघि नै हस्तक्षेप गरि रोक्ने:

जनवरी को २० तारिखमा जब देशमा एउटा मात्र कोरोना पजिटिभ केस देखियो सरकारले तत्कालै सबै औषधि कम्पनीहरुलाई बोलाएर ठूलो मात्रामा अबिलम्ब कोरोना भाइरस को परिक्षण कीट (Test Kit) हरु उत्पादन  आह्वान गर्नुको साथै उत्पादन पछि त्यसलाई आकस्मिक स्वीकृति गरिने प्रत्याभूती दियो। फेब्रुअरी को २९ तारिखमा मा त्यहाँ ९ शय ९  जना नयाँ संक्रमित भएको देखियो। त्यसपछि दक्षिण कोरियाली राष्ट्रपति ले मार्च को  ४ तारीख मा कोरोना भाईरस विरुद्ध युध्द को घोषणा गरे।

करिब २ करोड ५० लाख आबादी भएको दक्षिण कोरियाको डेगु (Daegu) शहर जहाँ को एउटा चर्च बाट रोग फैलिएको थियो, त्यहाँ आकस्मिक उपायहरु पनि लागु गर्न शुरु गरियो। त्यसको लागि मानिसहरू को आवत जावत लाई रोक्नु परेन। किनकी संक्रमण (Infection) को श्रोत चर्चको प्रार्थना सभा थियो। दक्षिण कोरियाले अमेरिका लगायत अन्य युरोपेली राष्ट्रहरु भन्दा फरक द.कोरियाले कोरोना संक्रमण लाई राष्ट्रिय संकटको रुपमा महत्व दियो।

Self Quarantine Self Isolation
Self Quarantine Self Isolation

यस अघि सन् २०१५ को मिडिल ईष्ट सार्स (MERS-SARS) को माहामारीको समयमा उसले राष्ट्रिय संकट घोषणा गरेको थियो, त्यतिबेला उसले आफ्ना ३८ जना नागरिकको मृत्युको क्षती भोग्नुपरेको थियो।त्यतिबेला उसले माहामारी लाई नियन्त्रण गर्न पृभेटिभ पब्लिक हेल्थको निश्चित प्रणालीका  रुपरेखा बिकास गरेको थियो। त्यसको प्रयोग पनि उसलाई लाभदायक सिध्द भयो।

अर्को प्रसङ्ग,  कोरोना को Incubation Period २ देखि १४ दिन हुने तथ्य लाई बिचार गर्दा लक्षण देखिने बेलामा जनतालाई शुरूवात को समयमा सामान्य रुघाखोकी जस्तो मात्रै लागेर ध्यान नजान सक्ने, तर त्यो समयमा नै सबैभन्दा बढी अरुलाई सार्ने र फैलाउने समय हुने हुँदा १ देखि २ हप्ताको सुषुप्त समयमा केहि कम देखिए पनि त्यसपछिको समयमा एक दुई संख्यामा सिमित रहेका संक्रमित ब्यक्तिहरुको संख्या शय पुग्ने, र शुरुमा शयमा रहेकाको संख्या हजारमा पुग्ने यो भाईरसको फैलिने फैलाउने चरित्र भएको हुँदा परम्परागत प्रक्रिया जसले लकडाउन र आईसोलेसन लाई बिशेष महत्व दिन्छ, त्यसले मात्र देशमा कोरोनाको प्रकोप लाई रोक्न प्रभाबहिन हुन सक्ने भनी त्यहाँका अधिकारिहरु चिन्तित भए।

२) शुरूवातमा नै ल्याब परिक्षण गरि  संक्रमितको पहिचान गर्ने:

त्यसैले उसले बढी भन्दा बढी नागरिकको ल्याब परिक्षण गर्ने र पोजिटिभ जतिलाई आइसोलेसन मा राख्ने रणनीति लियो। यसबाट संक्रमितहरु को प्रारम्भिक अबस्थामा नै निदान र उपचार हुने भै रोग फैलिन बाट पनि बच्न सकिने भयो। दक्षिण कोरियाली सरकारले दशभरी ६०० वटा ल्याब परिक्षण सेन्टर को ब्यबस्था गरेको थियो, ताकी बढी भन्दा बढी नागरिक लाई यो रोग पोजिटिभ भए नभएको छिटोभन्दा छिटो थाहा पाउन सकियोस, समयमा नै उनीहरुको आईसोलेसन मा राखी उपचार होस, पोजिटिभ संक्रमित मानिसहरू बाट चिकित्सक, स्वास्थ्यकर्मी लगायत अरु नागरिकहरुमा रोग सर्न वा फैलिन पनि नपावस।

यसको साथै सृजित हुन सक्ने कोरोनाका रोगिहरुको अनियंत्रित चापलाई देशका अस्पताल, स्वास्थ्य संस्था तथा नर्सिङ्होमहरु को आफ्नो स्वास्थ्य जनशक्ति तथा आधारभुत भौतिक क्षमताले थेग्नै नसक्ने अवस्था नआवस। त्यसैले दक्षिण कोरियाले आफ्ना ३ लाख भन्दा बढी नागरिकको कोरोनाको ल्याब परिक्षण गरिसकेको छ, जुन प्रती ब्यक्ति दरले हिसाब गर्दा अमेरिकाको भन्दा ४० गुणा बढी छ।

यसको लागि सरकारले हरेक ५० ड्राइभ- थ्रु स्टेसन (Drive -through Stations) हरुमा मानिसहरू आफ्नो गाडी बाट नवर्लिकन भित्रै बसेर उनीहरुको ज्वरो नापने, प्रश्नहरुको लिस्ट उनिहरुलाई भर्न लगाउने  र ल्याब परिक्षणको लागि थ्रोट स्वाब (Throat Swab) स्याम्पल लिने सम्पूर्ण काम १० मिनेट भित्रै सकिने र १-२ घन्टामा नै रिपोर्ट दिने ब्यबस्था गरिएको थियो। कतै फोन बुथ जस्ता तर पारदर्शक साना साना कक्षहरुमा स्वास्थ्यसेवीहरुले मानिसहरुको घाटीको स्याम्पल लिईरहेका देखिन्थे।

हरेक नागरिकको स्मार्ट्फोन र सबवे स्टेसनबाट पुर्याईने अन्तहिन जन-सन्देश (Public Messaging) हरुले नागरिकहरु लाई अलिकति लक्षण मिलेपनि ल्याब परिक्षण गर्न प्रेरित गरिरहन्थे। बिदेशीहरुलाई अनिवार्य एप डाउनलोड गर्न लगाईन्थ्यो, जसले उनिहरु लाई आफु संग कुनै लक्षण भए चेक गर्न मद्धत गर्थ्यो। अफिस, होटेल र ठुला भबनहरुमा प्राय थर्मल ईमेज क्यामेरा (Thermal Image Cameras) हरु जडान गरिएको पाईन्थ्यो, जसले ज्वरो आएका मानिसहरु लाई चिन्ने काम गर्थ्यो। धेरै रेष्टुरेन्टहरुमा बाहिर बाटै ग्राहक को ज्वरो नापे पछि मात्र भित्र जान अनुमती दिईन्थ्यो।

३) संक्रमितको सम्पर्कमा आएका मानिसको,  ट्रेस गर्ने, निगरानी राख्ने र आईसोलेसन मा राख्ने:

पोजिटिभ मानिसको सम्पर्कमा आएका मानिस हरु लाई पत्ता लगाउने (Tracing) तथा निगरानी राख्ने (Surveillance) काम को लागि सेक्युरिटी क्यामेराका फुटेज, क्रेडिट कार्डहरुको रिकर्डको साथै उनीहरुको गाडी र सेलफोन को डाटा सम्म हेरिन्थ्यो। त्याहाका बिज्ञ ईपिडेमिओलोजिस्ट (Epidemiologists) हरु आफ्ना मौलिक दिमाग र बिचार को प्रयोग गरि सुरक्षा निकायका जासुस (Police Detective) ले झैं काम गर्थे। कोरोना भाईरस जस्तो छिटो फ़ैलिने सरुवा रोगले ल्याएको र ल्याउन सक्ने ठुलो संकट लाई नियन्त्रणमा राख्नका लागि उनीहरुले ब्यक्तिगत गोपनियता भन्दा सामाजिक सुरक्षालाई बढी प्राथमिकता दिन कानुन संसोधन गरे। यसलाई बृहतरुपमा कोरियाली जनताले स्वीकार गरे।

तर जब कोरोना को बिरामी को संख्या पाईला पछ्याउन (Tracking) नसक्ने गरि बढन थाले, तब उनिहरुले करोडौं नागरिक लक्षित सामुहिक सन्देश (Mass Massaging) को प्रणालीलाई अघि बढाए। जब उनिहरुको जिल्लामा कुनै एउटा नयाँ कोरोना को केस भेटिन्थ्यो, तब सबै कोरियाली नागरिकहरु का सेलफोन ईमर्जेन्सी एलर्ट का साथ भाईब्रेट हुन्थे।

नागरिकहरु लाई उत्प्रेरित गर्न, सचेत राख्न र सुसूचित गर्न को निमित्त सरकारले ब्यबस्था गरेको वेबसाईट र हेल्थएप हरुमा जब कुनै कोरोनाको संक्रमित ब्यक्ती कतै यात्रा गर्थे तिनिहरु को यात्राको विवरण तथा घटनाक्रम हरु कहाँ कुन समयमा कुन बस वा सवारीसाधन मा तिनीहरु चढे बा वर्लिए, साथमा को कस्ता थिए, अझ तिनीहरु ले मास्क लगाएका थिए बा थिएनन् आदि कुरा हरुको बिस्तृत बिबरण हरेक घण्टा घण्टा मा र कहिले मिनेट-मिनेटमा पनि यस प्रयोजन को लागि सकारले ब्यबस्था गरेको वेबसाईट र स्मार्टफोन हेल्थएप हरु मार्फत बिस्तृत बिबरण जानकारी गराईन्थ्यो।

सेल्फ क्वारेन्टाइन मा बस्न निर्देशन दिईएका मानिसहरु लाई अर्को एउटा एप डाउनलोड गर्न अनिवार्य गराईएको थियो, जसको माध्यम बाट कोहि ब्यक्ति आईसोलेसन बाट नियम तोडेर बाहिर निस्केमा अधिकारीहरु एलर्ट हुन्थे। यस्तो दुस्साहस गर्ने ब्यक्ति लाई २५०० डलर सम्म जरिवाना गरिन्थ्यो।

संक्रमितहरु को अगृम पहिचान तथा उपचार गर्ने, सामान्य लक्षण भएका संक्रमित ब्यक्ति हरु लाई अलग खास आईसोलेसन सेन्टरहरु मा पठाई उपचार दिने दक्षिण कोरिया का अधिकारी हरुको चुस्त रणनीति र ब्यबस्थापन ले गर्दा उनिहरुले आफ्नो देशका ठुला अस्पतालका बेडहरु लाई गम्भीर अवस्था र प्रकृतिका बिरामीहरु लाई मात्र भर्ना गरि उपचार सेवा दिनको लागी सुरक्षित रुपमा छुट्याई खाली राख्न सफल भए। त्यसैले उक्त राष्ट्रको कोरोना संक्रमण बाट मृत्यु भएका  बिरामीहरुको संख्या र यो रोगको निदान भएका (Diagnosed) कुल संक्रमित बिरामीको अनुपात जसलाई केस फाटालिटी रेट ( Case Fatality Rate) भनिन्छ, एक प्रतिशत मात्र छ, जुन बाकी बिश्वका धेरै बिकसित राष्ट्रहरुको तुलनामा उल्लेखनीय रूपमा कम हो।

Corona Virus Test Kit
Corona Virus Test Kit

४) नागरिकको पनि सहयोग लिनु:

हरेक मानिसलाई पछ्याउन पुग्ने संख्याका स्वास्थ्यसेवी बा ज्वरो स्क्यान गर्ने मान्छे पुर्याउन संभब नभएकोले सरकार लाई हरेक नागरिकको  संलग्नता र सहयोग अनिवार्य थियो। कोरोनालाई जित्नको लागि नागरिक लाई पुर्णरुपमा सुचित गर्ने र उनीहरुको सक्रिय सहयोग लिन जरुरी थियो। स्मार्ट फोन, टेलिभिजन र सबवे स्टेसनहरुमा फुकिने सुचनाहरु मा निरन्तर रुपमा मास्क लगाउन र सामाजिक दुरि कायम गर्न सम्झाउने र हरेक दिनको तथ्यांकबाट निरन्तर रुपमा नागरिकहरु लाई सुसूचित गर्ने काम हुन्थ्यो।

यस प्रकार को सन्देश सेवाबाट युध्दको समयमा जस्तो साझा उद्देश्यको भाबना लाई जागृत गराई नागरिक को मानसिकता मा गहिरो असर पार्दै उनिहरुलाई सकृय हुन उत्साहित गर्ने काम हुन्थ्यो। सरकारले गरेका हरेक प्रयासहरुमा कोरियाली नागरिकहरुको उच्च भरोसा, कम संत्रास र पुर्ण समर्थन रहेको कुरा उनिहरुको मतहरुले देखाउछ।

नागरिकहरुको सरकार प्रतिको गहिरो बिश्वासले एउटा उच्च सामाजिक तथा राष्ट्रिय जागरुकता र स्वैच्छिक रुपमा सहयोग को आदानप्रदान गर्ने बलियो भावना र तीब्र ईच्छालाई जन्म दियो। जसले साझा हितको संकल्पलाई अझ बलियो बनायो। त्यस बाहेक सरकारले लक्षण नभएकालाई पनि कोरोनाको ल्याब परिक्षण गर्न विशेष प्रोत्साहन गरि नै रह्यो।

दक्षिण कोरियाली मोडल खास जटिल र महँगो होईन। केही बिकसित युरोपेली राष्ट्रहरु जो दक्षिण कोरिया भन्दा बढी धनी छन् तापनि  किन उनिहरु आफ्नो मुलुकमा दक्षिण कोरियाली मोडल जस्तो कडा र चुनौतीपूर्ण तर प्रभाबशाली पाईला चाल्न अनकनाई रहेका छन् ?  जबकी यो समष्टिमा खासै जटिल र उल्लेखनीय खर्चिलो छैन ? बिज्ञहरुले यसमा तीन कारण देख्छन् , जुन लागत मूल्य बा प्रबिधी संग सम्बध्द भने छैनन्।

पहिलो हो राजनैतिक इच्छाशक्ति, दोस्रो जन चाहना र तेस्रो हो सामाजिक बिश्वास। अन्य थुपै मुलुकहरू मा भन्दा कोरियामा सामाजिक बिश्वास तथा भरोसा बढी भएको मानिन्छ। तर समयले ठूलो चुनौती खडा गर्न सक्छ। प्रकोप गहिरिई सकेका मुलुकहरू लाई दक्षिण कोरिया ले जस्तो कम समयमा, कुशलता तथा दक्षता पुर्वक माहामारी को नियन्त्रण गरेर देखाउन त्यतिखेर अलि ढिलो साबित हुन सक्छ।

References:
1) www.sciencemag.org: 24 march 2020
2) www.nytimes.com: 23 Mar 2020
3) www.nature.com; 17 Mar 2020
4) www.naturesresearch.com; 17 Mar 2020
5) www.theguardian.com; 20 Mar 2020
6) www.cnbc.com; 24 Mar 2020
7) www.buisinessinsider.com; 24 Mar 2020


>> कोरोनाबारे सम्पूर्ण कभरेज यँहा पढ्नुहोस्
Tags: Corona Virus #Covid19isolOutbreakSARSSelf QuarantineWHO
SummarizeShare79ScanTweet44

Related articles

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबिच समझदारी

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबिच समझदारी

by Nam Raj Bhatta
March 25, 2026
0

काठमाडौं, आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क मोतीविन्दुको पहिचान तथा शल्यक्रिया गर्नका लागि तिलगंगा आँखा अस्पताल र ग्लोबल आईएमइ बैक बिच समझदारी भएको छ । ग्लोबल...

बैतडीमा ८७ नयाँ क्षयरोगी फेला, परीक्षणमा नआउँदा चुनौती

बैतडीमा ८७ नयाँ क्षयरोगी फेला, परीक्षणमा नआउँदा चुनौती

by Nam Raj Bhatta
March 24, 2026
0

बैतडी जिल्लामा यो वर्ष ८७ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । नयाँ संक्रमितमध्ये ६६ जना पुरुष र २१ जना महिला रहेका स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी...

दन्त सामग्री बितरक संघले काठमाडौंमा चौथो ‘नेपडेन्ट’ सम्मेलन गर्दै

दन्त सामग्री बितरक संघले काठमाडौंमा चौथो ‘नेपडेन्ट’ सम्मेलन गर्दै

by Nam Raj Bhatta
March 24, 2026
0

नेपाल दन्त सामग्री वितरकहरुको संघ (एनडिडिए) को आयोजनामा चैत २६, २७ र २८ गते अन्तर्राष्ट्रिय स्तरको तीन दिने (नेपडेन्ट २०२६) सम्मेलन हुने भएको छ। काठमाडौंको भृकुटीमण्डपमा चौथोपटक उक्त...

दिक्तेलमा ॐ हस्पिटलको बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न 

दिक्तेलमा ॐ हस्पिटलको बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न 

by Nam Raj Bhatta
March 24, 2026
0

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा १,६१९ जना सेवाग्राहीले विशेषज्ञ सेवा लिएका छन्। ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले गरिमा विकास बैंक र...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    638 shares
    Share 255 Tweet 160
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    625 shares
    Share 250 Tweet 156
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    663 shares
    Share 296 Tweet 153
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu
  • तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबिच समझदारी
  • बैतडीमा ८७ नयाँ क्षयरोगी फेला, परीक्षणमा नआउँदा चुनौती
  • World TB Day 2026 : Half of Affected Children Missing
  • दन्त सामग्री बितरक संघले काठमाडौंमा चौथो ‘नेपडेन्ट’ सम्मेलन गर्दै

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.