आज मिति : २०८२ जेष्ठ ९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

क्षयरोगका ४५ प्रतिशत बिरामी उपचारको दायरा बाहिर

Nam Raj Bhatta by Nam Raj Bhatta
February 20, 2024
in News
A A
0
क्षयरोगका ४५ प्रतिशत बिरामी उपचारको दायरा बाहिर
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ८ फागुन २०८०

क्षयरोगका ४५ प्रतिशत बिरामी उपचारको दायरा बाहिर भएकाले यसको निदान र उपचारमा सबैको सहज पहुँच हुन जरुरी रहेको विज्ञहरुले बताएका छन्।

विश्व सामाजिक मञ्च World Social Forum 2024 को अवसरमा हेल्थ टिभी अनलाइन र सिटिजन न्युज सर्भिसले संयुक्त रुपमा आयोजना गरेको क्षयरोग सम्बन्धी कार्यक्रममा विज्ञहरुले यस्तो बताएका हुन्।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले क्षयरोग अन्त्य गर्नका लागि छुटेका बिरामीको खोजी नै पहिलो प्राथमिकतामा पनुपर्नेमा जोड दिए । उनले भने, ‘हामीले क्षयरोग अन्त्य गर्ने हो भने पहिले रोग बोकेर पनि उपचारमा आउन नसकेका वा यसको पहुँचमा नभएकाहरुलाई समूदाय समूदायमा गएर खोजौं । उनीहरुको रोग पत्ता लगाऔं अनि मात्र उपचारको कुरा आउँछ ।’Tv nhrc

उनले यसैपनि नेपालमा उपचारको सफलता निकै राम्रो भएको भन्दै समस्या निदानमै भएको जिकीर गरे । यसका लागि उनले मल्टी सेक्टोरल अप्रोच अपनाएर, सबै पक्ष मिडिया, युवा पुस्ता, सरकार, डोनर एजेन्सी मिलेर काम गरेमा लुकेर बसेको बिरामी पत्ता लाग्ने र उनीहरुलाई उपचारमा ल्याउने बित्तिकै क्षयरोग आफै कम हुँदै जाने बताउनु भयो।

यसैगरी कार्यक्रममा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले नेपालमा क्षयरोग अन्त्यका लागि विभिन्न कार्यक्रम हुँदै आएको भए पनि अझै यसमा ‘एक्स्ट्रा इफोर्ट’ लगाउनुपर्ने बताए । उनले भने, ‘हामीले सन् २०३० सम्ममा क्षयरोग अन्त्य गर्ने हो भने अझ बढी काम गर्नुपर्ने र गाउँ गाउँमा गएर परीक्षण गर्नुपर्ने बताए । यसो गर्न सकेमा मात्र लुकेर बसेका बिरामी हाम्रो सम्पर्कमा आउँछन् उनले थपे । डा श्रेष्ठका अनुसार हाल नेपालमा वर्षेनी ६९ हजार नयाँ क्षयरोगी थपिने गर्छन जसमध्ये ४५ प्रतिशत बिरामी उपचारका छैनन्। सरकारले टीबी फ्री नेपाल इनिसियटिभ कार्यक्रमलाई २५ बाट योवर्षदेखि १२५ स्थानीय निकायमा पुर्याएको पनि उनले बताए।

कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्थाका एडभाइजर डा. सागर राजभण्डारीले क्षयरोग नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण राजनैतिक इच्छाशक्ति र प्रतिवद्धता चाहिने बताए । क्षयरोग कार्यक्रम सहज रुपमा चलाउन सक्ने नेतृत्वलाई काम गर्ने वातावरण दिनपर्नेमा उनले जोड दिए । यसका साथै परीक्षणमा पनि आधुनिकता ल्याउनपर्नेमा उनको भनाई थियो ।

यस्तैगरी ग्लोबल फन्ड कार्यक्रम अन्तर्गत सेभ द चिल्ड्रेनका सिनिअर टेक्निकल एडभाइजर डा. आशिश श्रेष्ठले क्षयरोग अन्त्यका लागि सबै बिरामीले समान र समतामूलक रुपमा उपचारको सेवा पाउनुपर्ने बताए । डा. श्रेष्ठले भने, ‘अहिलेको मुख्य समस्या भनेकै धेरै बिरामी उपचारको पहुँचमा नहुनु हो । पहुँचमा नभएका उनीहरु समक्ष कसरी पुग्ने भनेर काम गर्न जरुरी रहेको उनको भनाई थियो ।

यसैगरी कार्यक्रममा नेशनल युथ मुभमेन्ट अगेन्स्ट ट्युबरक्लोसिसकी कार्यकारी निर्देशक मिलन कार्कीले क्षयरोग अन्त्यका लागि युवाहरुको भूमिका र सहभागिता अपरिहार्य भएको जिकीर गरिन्। उनले युवाहरुले धेरै हिसाबबाट प्रभाव पार्न सक्ने र उनीहरु बढी क्रियटिभ हुने भन्दै उनीहरुको उर्जा र जोशलाई क्षयरोग अन्त्यका लागि प्रयोग गर्न सके निकै फाइदा पुग्ने बताइन् । कार्कीले आफूहरुले स्वर्त स्फूर्त रुपमा क्षयरोग अन्त्यका लागि संस्थागत रुपमै युवाहरुको समूह बनाई एडभोकेसी र सचेतनामा काम गरिरहेको बताइन्।

कार्यक्रममा विभिन्न मिडियामा काय गर्ने सञ्चारकर्मी, प्राध्यापक, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारी तथा सरोकारवाला निकायका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा क्षयरोगमा काम गर्ने ग्लोबल संस्था स्टप टीबी पार्टनरशिपकी कार्यकारी निर्देशक डा. लुसिका डुटुई र मोल्बायो डायग्नोष्टिकका अध्यक्ष सुमित्र मित्राको भिडियो सन्देश समेत प्रस्तुत गरिएको थियो।

Tags: #government of NepalDr. Prajwol ShresthaDr.bikash devkotaNational tuberculosis centerक्षयरोग (Tuberculosis in Nepal)
Nisarga hospital Dhangadhi
Previous Post

निसर्ग हस्पिटलका अध्यक्ष पन्त धनगढीमा सम्मानित

Next Post

एकै स्थानिय तहका ४ सय जनाको आँखामा मोतिबिन्दु, ३०१ जनाको निःशुल्क शल्यक्रिया

Related articles

नेपालमा पहिलोपटक काठमाडौं मेडिकल कलेजमा हाइपरम्याङ्गानेसेमिया रोगको सफल उपचार
News

नेपालमा पहिलोपटक काठमाडौं मेडिकल कलेजमा हाइपरम्याङ्गानेसेमिया रोगको सफल उपचार

2 hours ago
797
भक्तपुर क्यान्सर अस्पतालले म्यामोग्राफी सेवामा ५० प्रतिशत छुट दिने घोषणा
News

भक्तपुर क्यान्सर अस्पतालले पूर्व नेपालमा क्यान्सर रोगको निःशुल्क शिविर संचालन गर्ने

1 day ago
817
मानसिक अस्पतालको निर्देशकमा डा. सुरज तिवारी नियुक्त
News

मानसिक अस्पतालको निर्देशकमा डा. सुरज तिवारी नियुक्त

2 days ago
794
नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्यूटिकल्स तथा कस्मसयुटिकल संघ (फ्यानक्यान) को वार्षिक साधारण सभा सम्पन्न
News

नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्यूटिकल्स तथा कस्मसयुटिकल संघ (फ्यानक्यान) को वार्षिक साधारण सभा सम्पन्न

3 days ago
853
काठमाडौंमा सम्पन्न भयो भारतको बीएलके म्याक्स हस्पिटलद्वारा आयोजित “कन्टिन्युइङ मेडिकल एजुकेशन प्रोग्राम (CME)
News

काठमाडौंमा सम्पन्न भयो भारतको बीएलके म्याक्स हस्पिटलद्वारा आयोजित “कन्टिन्युइङ मेडिकल एजुकेशन प्रोग्राम (CME)

3 days ago
807
दुई दिने विशेषज्ञ स्तरीय बृहत नि-शुल्क स्वास्थ्य शिविर संचालन हुदै
News

दुई दिने विशेषज्ञ स्तरीय बृहत नि-शुल्क स्वास्थ्य शिविर संचालन हुदै

3 days ago
811
Next Post
एकै स्थानिय तहका ४ सय जनाको आँखामा मोतिबिन्दु, ३०१ जनाको निःशुल्क शल्यक्रिया

एकै स्थानिय तहका ४ सय जनाको आँखामा मोतिबिन्दु, ३०१ जनाको निःशुल्क शल्यक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (124)
  • Disease (106)
  • English (47)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,033)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...