10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन १८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

क्षयरोगका ४५ प्रतिशत बिरामी उपचारको दायरा बाहिर

Nam Raj Bhatta by Nam Raj Bhatta
February 20, 2024
in News
Reading Time: 1 min read
A A
0
क्षयरोगका ४५ प्रतिशत बिरामी उपचारको दायरा बाहिर
587
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ८ फागुन २०८०

क्षयरोगका ४५ प्रतिशत बिरामी उपचारको दायरा बाहिर भएकाले यसको निदान र उपचारमा सबैको सहज पहुँच हुन जरुरी रहेको विज्ञहरुले बताएका छन्।

विश्व सामाजिक मञ्च World Social Forum 2024 को अवसरमा हेल्थ टिभी अनलाइन र सिटिजन न्युज सर्भिसले संयुक्त रुपमा आयोजना गरेको क्षयरोग सम्बन्धी कार्यक्रममा विज्ञहरुले यस्तो बताएका हुन्।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले क्षयरोग अन्त्य गर्नका लागि छुटेका बिरामीको खोजी नै पहिलो प्राथमिकतामा पनुपर्नेमा जोड दिए । उनले भने, ‘हामीले क्षयरोग अन्त्य गर्ने हो भने पहिले रोग बोकेर पनि उपचारमा आउन नसकेका वा यसको पहुँचमा नभएकाहरुलाई समूदाय समूदायमा गएर खोजौं । उनीहरुको रोग पत्ता लगाऔं अनि मात्र उपचारको कुरा आउँछ ।’Tv nhrc

उनले यसैपनि नेपालमा उपचारको सफलता निकै राम्रो भएको भन्दै समस्या निदानमै भएको जिकीर गरे । यसका लागि उनले मल्टी सेक्टोरल अप्रोच अपनाएर, सबै पक्ष मिडिया, युवा पुस्ता, सरकार, डोनर एजेन्सी मिलेर काम गरेमा लुकेर बसेको बिरामी पत्ता लाग्ने र उनीहरुलाई उपचारमा ल्याउने बित्तिकै क्षयरोग आफै कम हुँदै जाने बताउनु भयो।

यसैगरी कार्यक्रममा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले नेपालमा क्षयरोग अन्त्यका लागि विभिन्न कार्यक्रम हुँदै आएको भए पनि अझै यसमा ‘एक्स्ट्रा इफोर्ट’ लगाउनुपर्ने बताए । उनले भने, ‘हामीले सन् २०३० सम्ममा क्षयरोग अन्त्य गर्ने हो भने अझ बढी काम गर्नुपर्ने र गाउँ गाउँमा गएर परीक्षण गर्नुपर्ने बताए । यसो गर्न सकेमा मात्र लुकेर बसेका बिरामी हाम्रो सम्पर्कमा आउँछन् उनले थपे । डा श्रेष्ठका अनुसार हाल नेपालमा वर्षेनी ६९ हजार नयाँ क्षयरोगी थपिने गर्छन जसमध्ये ४५ प्रतिशत बिरामी उपचारका छैनन्। सरकारले टीबी फ्री नेपाल इनिसियटिभ कार्यक्रमलाई २५ बाट योवर्षदेखि १२५ स्थानीय निकायमा पुर्याएको पनि उनले बताए।

कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्थाका एडभाइजर डा. सागर राजभण्डारीले क्षयरोग नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण राजनैतिक इच्छाशक्ति र प्रतिवद्धता चाहिने बताए । क्षयरोग कार्यक्रम सहज रुपमा चलाउन सक्ने नेतृत्वलाई काम गर्ने वातावरण दिनपर्नेमा उनले जोड दिए । यसका साथै परीक्षणमा पनि आधुनिकता ल्याउनपर्नेमा उनको भनाई थियो ।

यस्तैगरी ग्लोबल फन्ड कार्यक्रम अन्तर्गत सेभ द चिल्ड्रेनका सिनिअर टेक्निकल एडभाइजर डा. आशिश श्रेष्ठले क्षयरोग अन्त्यका लागि सबै बिरामीले समान र समतामूलक रुपमा उपचारको सेवा पाउनुपर्ने बताए । डा. श्रेष्ठले भने, ‘अहिलेको मुख्य समस्या भनेकै धेरै बिरामी उपचारको पहुँचमा नहुनु हो । पहुँचमा नभएका उनीहरु समक्ष कसरी पुग्ने भनेर काम गर्न जरुरी रहेको उनको भनाई थियो ।

यसैगरी कार्यक्रममा नेशनल युथ मुभमेन्ट अगेन्स्ट ट्युबरक्लोसिसकी कार्यकारी निर्देशक मिलन कार्कीले क्षयरोग अन्त्यका लागि युवाहरुको भूमिका र सहभागिता अपरिहार्य भएको जिकीर गरिन्। उनले युवाहरुले धेरै हिसाबबाट प्रभाव पार्न सक्ने र उनीहरु बढी क्रियटिभ हुने भन्दै उनीहरुको उर्जा र जोशलाई क्षयरोग अन्त्यका लागि प्रयोग गर्न सके निकै फाइदा पुग्ने बताइन् । कार्कीले आफूहरुले स्वर्त स्फूर्त रुपमा क्षयरोग अन्त्यका लागि संस्थागत रुपमै युवाहरुको समूह बनाई एडभोकेसी र सचेतनामा काम गरिरहेको बताइन्।

कार्यक्रममा विभिन्न मिडियामा काय गर्ने सञ्चारकर्मी, प्राध्यापक, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारी तथा सरोकारवाला निकायका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा क्षयरोगमा काम गर्ने ग्लोबल संस्था स्टप टीबी पार्टनरशिपकी कार्यकारी निर्देशक डा. लुसिका डुटुई र मोल्बायो डायग्नोष्टिकका अध्यक्ष सुमित्र मित्राको भिडियो सन्देश समेत प्रस्तुत गरिएको थियो।

Tags: #government of NepalDr. Prajwol ShresthaDr.bikash devkotaNational tuberculosis centerक्षयरोग (Tuberculosis in Nepal)
SummarizeShare236ScanTweet146

Related articles

वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो

वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो

by Nam Raj Bhatta
February 28, 2026
0

स्याङ्जा, १६ फागुन २०८२ स्याङ्जाको वालिङ नगरपालिकास्थित गह्रौं प्राथमिक अस्पतालमा शव सुरक्षित राख्न मिल्ने मोरटुअरी रेफ्रिजरेटर जडान गरिएको छ । लामो समयदेखि शव संरक्षणका लागि उचित व्यवस्था नहुँदा...

प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

by Nam Raj Bhatta
February 28, 2026
0

काठमाडौं, १६ फागुन २०८२ निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक...

प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

by Nam Raj Bhatta
February 25, 2026
0

काठमाडौं, ११ फागुन २०८२ परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले फिस्टुला (Obstetric and Iatrogenic Fistula) को निःशुल्क शल्यक्रिया सेवा औपचारिक रूपमा सुरु गरेको छ। अस्पतालले यो सेवा कार्तिक महिनामा...

धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

by Nam Raj Bhatta
February 24, 2026
0

कैलाली, १२ फागुन २०८२ नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन गर्ने भएको...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    625 shares
    Share 250 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    608 shares
    Share 243 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    601 shares
    Share 240 Tweet 150
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    601 shares
    Share 240 Tweet 150
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    596 shares
    Share 238 Tweet 149

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो
  • प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन
  • फागुन ३० गते “काठमाडौं पिंक केयरएथन” आयोजना हुने
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा
  • धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.