काठमाडौं, २५ भाद्र २०७९
ग्रीनलाइफ हेल्थकेयर टोखा – ७, तिलिङटार धापासीको आयोजनामा टोखा नगरपालिकामा स्थानीय चिकित्सकहरुको बैठक सम्पन्न भएको छ।
स्थानीय चिकित्सक र स्थानीय समुदायको साझेदारीमा अस्पताल स्थापना गर्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
कार्यक्रममा ग्रीनलाइफ हेल्थकेयरका अध्यक्ष डा. रोशन भट्टराई ज्यूको सभापतित्व, टोखा नगरपालिकाका नगरप्रमुख श्री प्रकाश अधिकारी ज्यूको प्रमुख आतिथ्यतामा, नेपाल चिकित्सक संघका अध्यक्ष श्री डा. लोचन कार्की ज्युको विशिष्ट अथितिमा बैठक बसेको थियो।
त्यस्तैगरी टोखा नगरपालिका उपप्रमुख श्री मुरारी तामाङ ज्यू, नेपाल चिकित्सक संघका महासचिब डा. बद्री रिजाल ज्यु लगायत टोखा नगरपालिकाका अन्य पदाधिकारीको उपस्थिति रहेको थियो। बैठकमा ६२ जना चिकित्सकले सहभागिता जनाउनु भएको थियो।
अस्पताल स्थापनाको अवधारणा र मोडलको बिषयमा भावी कार्ययोजना सहितको प्रस्तुती डा. क्षितिज सापकोटाले दिनुभएको थियो।