आज मिति : २०८२ माघ १३
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

टिकापुर आँखा अस्पताललाई पूर्वाधारको अभाव #TikapurHospital

Nam Raj Bhatta by Nam Raj Bhatta
March 9, 2023
in News
A A
0
टिकापुर अस्पतालमा ‘जिन एक्सपर्ट मेसिन’ बिग्रिदा क्षयरोगका बिरामीलाई समस्या
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

कैलाली, २५ फागुन २०७९

विसं २०६२ देखि आँखा उपचार केन्द्रका रुपमा सेवा दिँदै आएको टीकापुर आँखा उपचार केन्द्रले अस्पतालका रुपमा सेवा दिन थालेको छ।

एक महिना अघिबाट यस उपचार केन्द्रमा आँखा अस्पतालको बोर्ड टाँसेर सेवा दिन थालेको हो।

केन्द्रलाई अस्पतालमा परिणत गरिए पनि भौतिक संरचनाको अभाव भएको अस्पतालमा कार्यरत कर्मचारीको भनाइ छ। “केन्द्रका रुपमा सेवा दिइरहेको अवस्था थियो, अस्पतालमा परिणत गरेपछि भौतिक संरचनाको आवश्यक्ता छ”, नेत्र सहायक कमल साउदले भने, “शल्यक्रिया भएपछि बिरामी राख्ने भवन र शय्याको अभाव छ।” उहाँले बिरामीलाई सहज हुने गरी सेवा दिन केही भवन आवश्यक छ, स्थानीय सरकारले पहल गर्न जरुरी छ भने।

साउदले भने, बिरामीको चाप बढी छ आवश्यक संरचनाका बारेमा यस क्षेत्रका स्थानीय सरकारले ध्यान दिन जरुरी छ। अस्पताल भएपछि मङ्गलबार र बिहीबार गरी दुई दिन आँखाको शल्यक्रिया हुने गरेको छ। हप्तामा दुई दिन शल्यक्रिया गर्दा पनि महिनामा एक सय ५० बढीको शल्यक्रिया हुने गरेको साउदले जानकारी गराए।

अस्पतालमा दैनिक एक सय ५० देखि दुई सय आँखाका बिरामी आउने गरेका छन्। सुदूरपश्चिमको धनगढीको गेटामा पाइने सेवा कैलालीको पूर्वी भेग टीकापुरबाट पाइन थालेपछि बर्दिया र कैलालीका आधा जनताले सहजरुपमा सेवा पाउन थालेका हुन्।

Eye

चौध कट्ठा जमिनमा उपचार केन्द्र सञ्चालनमा थियो त्यही भवनमा अस्पतालले सेवा दिइरहेको छ। उपचार केन्द्र अस्पतालमा परिणत भएपछि अहिले १२ जना कर्मचारी कार्यरत छन्। अस्पतालमा एक जना विशषेज्ञ, तीन जना नेत्र सहायक, एक जना दृष्टि विशेषज्ञलगायत अन्य प्राविधिक कर्मचारी कार्यरत छन्।

उपचार केन्द्रलाई करिब एक वर्षअघि २०७८ साल पुस ६ गते अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गेटा आँखा अस्पतालले गरेको थियो। यसअघि केन्द्रका रुपमा सेवा दिँदा गेटा आँखा अस्पतालका डाक्टर केही वर्षसम्म महिनामा एकपटक र पछिल्लो समय दुईपटक शल्यक्रिया सेवा दिन टीकापुर आउने गरेका थिए। टीकापुर आँखा अस्पताल गेटा आँखा अस्पतालको शाखाकै रुपमा सञ्चालन हुने भएको छ। केन्द्रको स्तरवृद्धि गरेर अस्पतालका रुपमा सेवा दिन थालिएको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले जानकारी गराए। उनले भने सेकेण्डरी लेबलको अस्पताल सञ्चालनमा ल्याएका छौँ, जसमा नेत्र विशेषज्ञ सेवा, आँखा शल्यक्रिया, फार्मेसी र अप्टिकल सेवा दिन थालेका छौँ”, भट्टले भने, “स्थानीय सरकार र प्रदेश सरकारले भवन निर्माणमा सहयोग गरिदियो भने आफ्नै भवनबाट सेवा दिन सक्ने थियौँ।” टीकापुर आँखा अस्पताललाई भौतिक संरचना आवश्यक छ त्यसका लागि प्रदेश सरकारसँग पटकपटक प्रस्ताव पेश गरे पनि सुनुवाइ नभएको भट्टले गुनासो गरे।

उनले टीकापुर आँखा अस्पताल सेकेण्डरी लेबलको अस्पताल भएको भन्दै बिरामीको चापको आधारमा स्वास्थ्यकर्मी थप्दै जाने बताए।

टीकापुर आँखा उपचार केन्द्रका कारण यस क्षेत्रका नागरिकलाई ठूलो राहत भएको छ। आँखा उपचार गर्न धनगढी या नेपालगञ्ज जानुपर्ने बाध्यता टरेको छ। बर्दिया र कैलालीका आधा नागरिकले सेवा लिने केन्द्र अस्पतालमा परिणत भएपछि अन्य सेवा पनि सहजरुपमा पाउने भएका छन्। केन्द्रले बेलाबखत निःशुल्क शिविर सञ्चालन गर्ने गरेको छ।

“आँखा मान्छेको महत्वपूर्ण अङ्ग हो, आँखा अस्पताल सञ्चालन भएपछि आम नागरिकलाई ठूलो राहत भएको छ”, समाजसेवी भुवनेश्वर अधिकारीले भने, “यस क्षेत्रका विपन्न नागरिकले सहजरुपमा सेवा लिइरहेको संस्थाका बारेमा स्थानीय जनप्रतिनिधिले चासो राख्नुपर्छ।”

“अस्पताललाई बलियो बनाउन यस क्षेत्रका स्थानीय सरकार मिलेर अघि बढ्न जरुरी छ”, अधिकारीले भने, “विपन्न नागरिकले रु १०० मा सेवा पाइरहेका छन् यही सेवा लिन अन्यत्र जानु पर्यो भने रु एक हजार खर्च गर्नुपर्छ।”

Tags: Corona Virus #Covid19Eye HealthGeta medical college DhangadhiRamesh Chandra bhattaTikapur hospital kailali
Previous Post

नेविसंघ केन्द्रीय आयुर्वेद विद्यापीठ ईकाईद्वारा विद्यापीठमा सेनिटरी प्याड बक्स् स्थापित

Next Post

सरकारी चिकित्सक संघ बागमती प्रदेशमा डा. झा को अध्यक्षतामा पुनर्गठन

Related articles

स्वास्थ्य बिमाले मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न स्वास्थ्य संस्थालाई अनुरोध
News

स्वास्थ्य बिमाले मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न स्वास्थ्य संस्थालाई अनुरोध

8 hours ago
1.6k
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कुल अफ मेडिसिनको डिनमा प्रा.डा. प्रधान नियुक्त
News

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कुल अफ मेडिसिनको डिनमा प्रा.डा. प्रधान नियुक्त

11 hours ago
1.6k
बी एन्ड बी अस्पतालमा ‘AKB Limb Fitting Centre’ औपचारिक रूपमा उद्घाटन
News

बी एन्ड बी अस्पतालमा ‘AKB Limb Fitting Centre’ औपचारिक रूपमा उद्घाटन

1 day ago
1.6k
बेनी अस्पतालमा नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धी स्क्रिनिङ शिविर सम्पन्न
News

बेनी अस्पतालमा नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धी स्क्रिनिङ शिविर सम्पन्न

2 days ago
1.6k
डेन्टल एसोसिएसनद्वारा उपचारसम्बन्धी जानकारी र सहमतिबारे एकदिने कार्यशाला गोष्ठी सम्पन्न
News

डेन्टल एसोसिएसनद्वारा उपचारसम्बन्धी जानकारी र सहमतिबारे एकदिने कार्यशाला गोष्ठी सम्पन्न

2 days ago
1.6k
स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास
News

स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास

3 days ago
1.6k
Next Post
सरकारी चिकित्सक संघ बागमती प्रदेशमा डा. झा को अध्यक्षतामा पुनर्गठन

सरकारी चिकित्सक संघ बागमती प्रदेशमा डा. झा को अध्यक्षतामा पुनर्गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (131)
  • Disease (106)
  • English (51)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,420)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...