10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन १७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

टिकापुर आँखा अस्पताललाई पूर्वाधारको अभाव #TikapurHospital

Nam Raj Bhatta by Nam Raj Bhatta
March 9, 2023
in News
Reading Time: 1 min read
A A
0
टिकापुर अस्पतालमा ‘जिन एक्सपर्ट मेसिन’ बिग्रिदा क्षयरोगका बिरामीलाई समस्या
595
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

कैलाली, २५ फागुन २०७९

विसं २०६२ देखि आँखा उपचार केन्द्रका रुपमा सेवा दिँदै आएको टीकापुर आँखा उपचार केन्द्रले अस्पतालका रुपमा सेवा दिन थालेको छ।

एक महिना अघिबाट यस उपचार केन्द्रमा आँखा अस्पतालको बोर्ड टाँसेर सेवा दिन थालेको हो।

केन्द्रलाई अस्पतालमा परिणत गरिए पनि भौतिक संरचनाको अभाव भएको अस्पतालमा कार्यरत कर्मचारीको भनाइ छ। “केन्द्रका रुपमा सेवा दिइरहेको अवस्था थियो, अस्पतालमा परिणत गरेपछि भौतिक संरचनाको आवश्यक्ता छ”, नेत्र सहायक कमल साउदले भने, “शल्यक्रिया भएपछि बिरामी राख्ने भवन र शय्याको अभाव छ।” उहाँले बिरामीलाई सहज हुने गरी सेवा दिन केही भवन आवश्यक छ, स्थानीय सरकारले पहल गर्न जरुरी छ भने।

साउदले भने, बिरामीको चाप बढी छ आवश्यक संरचनाका बारेमा यस क्षेत्रका स्थानीय सरकारले ध्यान दिन जरुरी छ। अस्पताल भएपछि मङ्गलबार र बिहीबार गरी दुई दिन आँखाको शल्यक्रिया हुने गरेको छ। हप्तामा दुई दिन शल्यक्रिया गर्दा पनि महिनामा एक सय ५० बढीको शल्यक्रिया हुने गरेको साउदले जानकारी गराए।

अस्पतालमा दैनिक एक सय ५० देखि दुई सय आँखाका बिरामी आउने गरेका छन्। सुदूरपश्चिमको धनगढीको गेटामा पाइने सेवा कैलालीको पूर्वी भेग टीकापुरबाट पाइन थालेपछि बर्दिया र कैलालीका आधा जनताले सहजरुपमा सेवा पाउन थालेका हुन्।

Eye

चौध कट्ठा जमिनमा उपचार केन्द्र सञ्चालनमा थियो त्यही भवनमा अस्पतालले सेवा दिइरहेको छ। उपचार केन्द्र अस्पतालमा परिणत भएपछि अहिले १२ जना कर्मचारी कार्यरत छन्। अस्पतालमा एक जना विशषेज्ञ, तीन जना नेत्र सहायक, एक जना दृष्टि विशेषज्ञलगायत अन्य प्राविधिक कर्मचारी कार्यरत छन्।

उपचार केन्द्रलाई करिब एक वर्षअघि २०७८ साल पुस ६ गते अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गेटा आँखा अस्पतालले गरेको थियो। यसअघि केन्द्रका रुपमा सेवा दिँदा गेटा आँखा अस्पतालका डाक्टर केही वर्षसम्म महिनामा एकपटक र पछिल्लो समय दुईपटक शल्यक्रिया सेवा दिन टीकापुर आउने गरेका थिए। टीकापुर आँखा अस्पताल गेटा आँखा अस्पतालको शाखाकै रुपमा सञ्चालन हुने भएको छ। केन्द्रको स्तरवृद्धि गरेर अस्पतालका रुपमा सेवा दिन थालिएको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले जानकारी गराए। उनले भने सेकेण्डरी लेबलको अस्पताल सञ्चालनमा ल्याएका छौँ, जसमा नेत्र विशेषज्ञ सेवा, आँखा शल्यक्रिया, फार्मेसी र अप्टिकल सेवा दिन थालेका छौँ”, भट्टले भने, “स्थानीय सरकार र प्रदेश सरकारले भवन निर्माणमा सहयोग गरिदियो भने आफ्नै भवनबाट सेवा दिन सक्ने थियौँ।” टीकापुर आँखा अस्पताललाई भौतिक संरचना आवश्यक छ त्यसका लागि प्रदेश सरकारसँग पटकपटक प्रस्ताव पेश गरे पनि सुनुवाइ नभएको भट्टले गुनासो गरे।

उनले टीकापुर आँखा अस्पताल सेकेण्डरी लेबलको अस्पताल भएको भन्दै बिरामीको चापको आधारमा स्वास्थ्यकर्मी थप्दै जाने बताए।

टीकापुर आँखा उपचार केन्द्रका कारण यस क्षेत्रका नागरिकलाई ठूलो राहत भएको छ। आँखा उपचार गर्न धनगढी या नेपालगञ्ज जानुपर्ने बाध्यता टरेको छ। बर्दिया र कैलालीका आधा नागरिकले सेवा लिने केन्द्र अस्पतालमा परिणत भएपछि अन्य सेवा पनि सहजरुपमा पाउने भएका छन्। केन्द्रले बेलाबखत निःशुल्क शिविर सञ्चालन गर्ने गरेको छ।

“आँखा मान्छेको महत्वपूर्ण अङ्ग हो, आँखा अस्पताल सञ्चालन भएपछि आम नागरिकलाई ठूलो राहत भएको छ”, समाजसेवी भुवनेश्वर अधिकारीले भने, “यस क्षेत्रका विपन्न नागरिकले सहजरुपमा सेवा लिइरहेको संस्थाका बारेमा स्थानीय जनप्रतिनिधिले चासो राख्नुपर्छ।”

“अस्पताललाई बलियो बनाउन यस क्षेत्रका स्थानीय सरकार मिलेर अघि बढ्न जरुरी छ”, अधिकारीले भने, “विपन्न नागरिकले रु १०० मा सेवा पाइरहेका छन् यही सेवा लिन अन्यत्र जानु पर्यो भने रु एक हजार खर्च गर्नुपर्छ।”

Tags: Corona Virus #Covid19Eye HealthGeta medical college DhangadhiRamesh Chandra bhattaTikapur hospital kailali
SummarizeShare244ScanTweet146

Related articles

वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो

वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो

by Nam Raj Bhatta
February 28, 2026
0

स्याङ्जा, १६ फागुन २०८२ स्याङ्जाको वालिङ नगरपालिकास्थित गह्रौं प्राथमिक अस्पतालमा शव सुरक्षित राख्न मिल्ने मोरटुअरी रेफ्रिजरेटर जडान गरिएको छ । लामो समयदेखि शव संरक्षणका लागि उचित व्यवस्था नहुँदा...

प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

by Nam Raj Bhatta
February 28, 2026
0

काठमाडौं, १६ फागुन २०८२ निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक...

प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

by Nam Raj Bhatta
February 25, 2026
0

काठमाडौं, ११ फागुन २०८२ परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले फिस्टुला (Obstetric and Iatrogenic Fistula) को निःशुल्क शल्यक्रिया सेवा औपचारिक रूपमा सुरु गरेको छ। अस्पतालले यो सेवा कार्तिक महिनामा...

धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

by Nam Raj Bhatta
February 24, 2026
0

कैलाली, १२ फागुन २०८२ नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन गर्ने भएको...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    625 shares
    Share 250 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    608 shares
    Share 243 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    601 shares
    Share 240 Tweet 150
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    601 shares
    Share 240 Tweet 150
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    596 shares
    Share 238 Tweet 149

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो
  • प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन
  • फागुन ३० गते “काठमाडौं पिंक केयरएथन” आयोजना हुने
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा
  • धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.