कैलाली, १ श्रावण २०७९
कैलालीको टीकापुर अस्पतालमा पहिलो पटक पित्त थैलीको पथ्थरीको सफल शल्यक्रिया भएको छ ।
जनरल सर्जन डा. नविन चन्द्र भट्ट टीकापुर अस्पतालमा आएपछि पहिलो पटक पित्त थैलीको पथ्थरीको शल्यक्रिया भएको हो । टीकापुरमै पित्त थैलीको पथ्थरीको शल्यक्रिया हुन थालेपछि बिरामीले नेपालगंज, काठमाण्डौ र छिमेकी देश भारत जानुपर्ने बाध्यता हटेको छ ।
पित्त थैलीको पथ्थरीको शल्यक्रिया चिरफार गरेर वा मेसीनबाट गरी २ किसिमले गर्न सकिने जनरल सर्जन डा. भट्टले बताउनु भयो । उनले भने, चिरफार गरेर अप्रेशन गरेवाफत बिरामीहरुले स्वास्थ्य विमा नगरेको भए १५ देखि २० हजार रुपैया मात्र तिनु पर्ने र मेसीनबाट शल्यक्रिया गरेपछि त्यसमा थप ४/५ हजार बढी खर्च लाग्नेछ ।
पहिलो शल्यक्रिया चिरफार गरी गरेको र अव केहि दिनमा मेसीन आएपछि मेसीनबाट नै शल्यक्रिया गरीने डा. भट्टले बताउनुभयो । टीकापुर अस्पतालबाट अब हाइड्रोशील, हर्नीया, सिष्ट पलाएको, पथ्थरी, पाइल्स, फिसटुला, स्तनका गाँठागुँठी, स्तन ट्यूमर, छातीमा रगत तथा पानी भरीएको लगाएतका समस्याहरुको पनि शल्यक्रिया हुने भएको छ ।
अहिले टीकापुर अस्पतालमा जनरल सर्जन, अर्थोपेडिक, बालरोग, स्त्री तथा प्रसुती, एनेस्थेसिया र एमडीजीपी सेवा उपलब्ध रहेको टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपट बहादुर सोडारीेले जानकारी दिनुभयो ।