काठमाडौं, १८ बैशाख २०७९
होटेल हायातको अपोजिट चुच्चेपाटीमा अत्याधुनिक उपकरण सहित विश्वस्तरको सुत्र डाइग्नोष्टिक्स (प्याथोलोजी) ल्याब सञ्चालनमा आएको छ।
प्याथोलोजिष्टहरुको सँयुक्त लगानीमा अत्याधुनिक सेवा सुविधा सहितको उक्त प्याथोलोजी ल्याब खोलेको बिजनेस हेड अजय यादवले बताउनुभयो।
अहिलेको अवस्थामा धेरै जसो ल्याव परीक्षणहरु बिदेश पठाउनु पर्ने बाध्यता भएकोले अब यी परीक्षण सुत्र डाइग्नोष्टिक्समै हुने बजार प्रमुख दिपक राज जोशीले बताउनुभयो।
जोशीका अनुसार बरीष्ठ प्याथोलोजीष्टहरु बाट गुणस्तरीय सेवा प्रदान गरिने छ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको बी क्याटागोरी प्रयोगशाला सुत्र डाइग्नोष्टिक्स ६ जनाको लगानीमा खोलिएको हो । जसमा ३ जना प्याथोलोजिष्टहरु आवद्ध छन् ।
प्रयोगशालामा पुर्ण अटो म्याटिक मेसिनहरु छन् र अत्यावश्यक अवस्थामा हामीले २ देखि ४ घण्टाभित्र रिपोर्ट दिन सकिने प्याथोलोजीष्ट डा. आभास कोइरालाले बताउनुभयो।
डा. कोइरालाका अनुसार बिहान आएको बिरामीको रिपोर्ट थोरै समयमा सेवाग्राहीलाई प्रदान गर्ने गरेका छौं ।अहिले प्रयोगशालामा २१ जना टेक्नीकल कर्मचारीको टिम रहेको छ। गुणस्तरीय प्रयोगशाला भएकाले सुत्र डाइग्नोष्टिक्स अन्य ल्याबभन्दा फरक रहेको उहाँको भनाइ छ । साथै एक हजारभन्दा माथिको टेस्टको लागि फोन गरेको आधारमा घरमै गएर नमुना संकलन गरिने सुविधा पनि रहेको छ।