स्टार अस्पतालको १४ औं बार्षिकोत्सब, वरिष्ठ चिकित्सकबाट ५० प्रतिशत छुट

ललितपुर ,फागून २९ , २०७६

सानेपामा रहेको स्टार अस्पतालले आफ्नो १३औं वर्ष पार गरेर १४ औं वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा अस्पतालले चैत्र २ गते देखि ७ गते सम्म वरिष्ठ चिकित्सक सेवाहरुमा ५० प्रतिशत छुटको व्यवस्था लगायत औषधिमा १० प्रतिशत छुट गरिएको अस्पतालका निर्देशक डा. शैल रुपाखेतीले बताए।

डा .रुपाखेतीका अनुसार ‘चिकित्सकको सिफारिस अनुसार गरिने सम्पूर्ण परीक्षण, भर्ना शुल्क तथा अपरेशन लगायतका सेवाहरुमा छुटको व्यबस्था रहेको बताए।

अहिले अस्पताललले मृगौला, फिजिसियन, मधुमेह, थाईराइड तथा हर्मोन रोग, जनरल तथा ल्याप्रोपिक सर्जरी, स्त्री तथा प्रसुती रोग, न्युरो फिजिसियन तथा सर्जरी र हाडर्जोनी तथा रोगसम्बन्धी सेवा उपलब्ध गर्दै आएको र अस्पतालले अब छिट्टै स्त्री तथा प्रसुती सेवालाई छुट्टै सेन्टरको रुपमा स्थापना गर्न पनि जनाएको छ।

अस्पतालका अध्यक्ष किशोर कुमार महर्जनले आफू ८ महिनाको अबधिमा रहदा अस्पतालले निकै प्रगति गरेको बताउदै अब पहिला जस्तो स्टार नभएर आकाशको तारा झैँ चम्किलो बनाउने र सम्पुर्ण चिकित्सक मिलेर अगाडि बढ्ने बताउनु भयो।

Next Post
ADVERTISEMENT