सोपान फर्मास्युटिकल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा राजीव कुमार शर्मालाई नियुक्त गरेको छ।
कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई सीइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
साउन १३ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले सप्तरीको शम्भुनाथ नगरपालिका १० स्थायी ठेगाना भएका शर्मालाई कम्पनीको सीइओमा चयन गरेको कम्पनीका अध्यक्ष डा. अनिल पोखरेलले जानकारी दिनुभयो।
नेपाली औषधि उत्पादन क्षेत्रमा सक्रिय सोपान फर्मास्यूटिकल्सले सर्वसाधारणका लागि आइपिओ निष्कासन गरिसकेको छ ।






