Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन १७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

न्यूट्रास्युटिकल डाइटरी सप्लिमेन्ट (आहारपूरक) लाई ‘औषधिपुरक’ भनेर परिभाषित गरिएकोप्रति फ्यानक्यानको गम्भीर आपत्ति

Nam Raj Bhatta by Nam Raj Bhatta
July 28, 2026
in News
Reading Time: 1 min read
A A
0
न्यूट्रास्युटिकल डाइटरी सप्लिमेन्ट (आहारपूरक) लाई ‘औषधिपुरक’ भनेर परिभाषित गरिएकोप्रति फ्यानक्यानको गम्भीर आपत्ति
597
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

फ्यानक्यानले औषधि तथा स्वास्थ्य सामग्री ऐन, २०८३ को मस्यौदामा न्यूट्रास्युटिकल डाइटरी सप्लिमेन्ट (आहारपूरक) लाई ‘औषधिपुरक’ भनेर परिभाषित गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ।

नेपाल खाद्य, न्यूट्रास्यूटिकल तथा कस्मेस्यूटिकल संघले मस्यौदामाथि औषधि व्यवस्था विभागले गत शुक्रबार आयोजना गरेको छलफलमा आफूहरूलाई सहभागी नगराइएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ।

संघका अध्यक्ष सुरेन्द्र मानन्धरद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा न्यूट्रास्युटिकल तथा कस्मेस्युटिकल क्षेत्रको प्रतिनिधित्व गर्ने संस्थालाई छलफलमा नबोलाइनु सरोकारवालासँग परामर्श गर्ने सिद्धान्तविपरीत भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा औषधि र आहारपूरकको उद्देश्य, प्रयोग, नियमन तथा वैज्ञानिक आधार फरक–फरक हुने भएकाले आहारपूरकलाई औषधिको दायराभित्र राख्ने व्यवस्था खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को भावना र विद्यमान कानुनी व्यवस्थासँग मेल नखाने दाबी गरिएको छ।

फ्यानक्यानले ‘उपचारभन्दा रोकथाम प्रभावकारी’ भन्ने अवधारणाअनुसार न्यूट्रास्युटिकल तथा डाइटरी सप्लिमेन्टले पोषण पूर्ति, स्वास्थ्य संरक्षण तथा रोगको जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउदै आएको जनाएको छ।

संघले सरकारले खाद्य तथा औषधि प्रशासन (एफडीए) स्थापना गर्ने निर्णयलाई सकारात्मक कदमका रूपमा स्वागत गर्दै प्रस्तावित ऐनमा रहेको ‘औषधिपुरक’ सम्बन्धी व्यवस्था पुनर्विचार गरी प्रचलित खाद्य कानुनअनुसार आवश्यक संशोधन गर्न सरकारसँग आग्रह गरेको छ।

यस्तै औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्कीले औषधि तथा स्वास्थ्य सामग्री ऐन, २०८३ को मस्यौदा अझै अन्तिम नभएको र सरोकारवालासँग छलफलकै चरणमा रहेको बताइन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलगायत सम्बन्धित निकायसँग आवश्यक छलफल गरेर मात्रै अन्तिम निष्कर्षमा पुग्छौं,” खड्कीले भनिन्।

त्यसैगरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निमित्त महानिर्देशक सोमकान्त रिजालले मस्यौदामा आहारपूरकलाई ‘औषधिपुरक’ का रूपमा राखिएको विषयमा विभागको असहमति रहेको जानकारी दिनुभयो। उनले आहारपूरकलाई ‘औषधिपुरक’ भनेर राख्ने विषयमा विभागको सहमति छैन। यस सम्बन्धमा हाम्रो धारणा र सुझाव मन्त्रालयमा लिखित रूपमा पठाइसकेको बताए। प्रस्तावित ऐनको मस्यौदामा आहारपूरकको परिभाषा र नियमनको विषयलाई लिएर सरोकारवाला निकायबीच मतभेद देखिएको छ। सम्बन्धित सरकारी निकायहरूले भने थप छलफल र परामर्शपछि मात्रै अन्तिम निर्णय गरिने बताएका छन्।IMG 20260728 WA0005

Tags: FancanNepal neutraceuticals associationSurendra manadhar
SummarizeShare239ScanTweet149

Related articles

पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न

पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न

by Nam Raj Bhatta
October 3, 2026
0

नेपाल सोसाइटी अफ फिजिकल मेडिसिन एन्ड रिह्याबिलिटेसन (NSPMR) को आयोजनामा ‘प्रथम हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON 2026)’ बागमती प्रदेशस्थित साँगा, काभ्रेमा रहेको स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा सुरु भएको छ।...

काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता

काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता

by Nam Raj Bhatta
October 2, 2026
0

ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य उपचारका लागि काठमाडौँ महानगरपालिकाले छत्रपाटी निःशुल्क चिकित्सालय र सामुदायिक स्वास्थ्य परिषदसँग सम्झौता गरेको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर  कार्यवाहक प्रमुख सुनिता...

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा पौडेल नियुक्त

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा पौडेल नियुक्त

by Nam Raj Bhatta
October 2, 2026
0

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल नियुक्त भएका छन्। यस्तै समितिको सदस्यमा नवराज तिमिल्सिना र अनिता खड्का नियुक्त भएका छन्। शुक्रबार मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरूलाई समितिमा नियुक्त गरिएको...

डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे

डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे

by Nam Raj Bhatta
October 2, 2026
0

डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त भएका छन्। शुक्रबार नवनियुक्त अध्यक्ष पाण्डेले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    882 shares
    Share 353 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    708 shares
    Share 283 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    701 shares
    Share 301 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    701 shares
    Share 312 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    649 shares
    Share 260 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न
  • काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता
  • भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा पौडेल नियुक्त
  • डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे
  • सुविधा कटौतिको प्रयासपछि स्वास्थ्य बीमा बोर्डका करार कर्मचारी आन्दोलित

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.