काठमाडौं, २१ मंसिर २०८१
शंखरापुर नगरपालिकाले २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वयंसेविका दिवसको अवसर पारेर १०७ महिला स्वयंसेविकालाई सम्मान गरेको छ।
बिहिवार नगरपालिकाको स्वास्थ्य शाखाले उनीहरूलाई नगरको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याए बापत सम्मान गरेको हो।
सुष्मा कोइराला मेमोरियल अस्पतालमा आयोजित सम्मान कार्यक्रममा नगर शंकरापुर नगरपालिकाका नगर प्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ, नगर प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष राधाकृष्ण श्रेष्ठ, वडा नम्बर ४ का वडाध्यक्ष सुना बहादुर तामाङ, स्वास्थ्य शाखा प्रमुख विष्णु प्रसाद चापागाईँ, स्वास्थ्य शाखाका कर्मचारीहरू तथा विभिन्न वडाहरूबाट आएका महिला स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो।
स्वयंसेविकाहरुले आफू सम्मानित हुँदा खूशी भएको र नगरपालिकालाई पनि धन्यवाद दिएका छन् । #highlight