Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार १२
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

सेती अस्पतालमा जनशक्तिको अभाव #Covid19

Nam Raj Bhatta by Nam Raj Bhatta
October 15, 2020
in News
A A
1
सेती अस्पतालमा जनशक्तिको अभाव #Covid19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

कैलाली ,२९ असोज २०७७

कोरोना भाइरस सङ्क्रमित भई जटिल अवस्थाका बिरामी बढ्दै जाँदा सेती प्रादेशिक अस्पताल धनगढीमा जनशक्तिको अभाव हुन थालेको छ। अस्पतालको कोभिड–१९ उपचार विभागका प्रमुख डा.शेरबहादुर कमरले बिरामीलाई अक्सिजन दिने, भेन्टिलेर मेसिन सञ्चालन गर्ने, बेहोस गर्ने लगायतको उपचार व्यवस्थापनमा खटिनु पर्ने एनेस्थेसिया चिकित्सकको अभाव भएको बताए।

‘अस्पतालमा बेहोस गराउने एक जना मात्र चिकित्सक कार्यरत रहनु भएकोमा केही दिन यता थप एक जना एनेस्थेसिया चिकित्सक आउनुभएको छ’, उनले भने ‘जटिल अवस्थाका बिरामी थप बढ्दै जाँदा उपचार व्यवस्थापनमा समस्या भइरहेको छ ।’ अस्पतालमा दश आइसियु (सघन उपचार कक्ष) र दश भेन्टिलेटरको व्यवस्थापन गरिएको छ। जटिल अवस्थाका बिरामी बढ्दा आइसियु भेन्टिलेटरको पनि अभाव हुने अस्पतालले जनाएको छ।

अस्पतालको कोरोना अस्थायी अस्पतालमा हाल आइसियुमा पाँच जना र भेन्टिलेटरमा तीन जना कोरोना सङ्क्रमितको उपचार व्यवस्थापन भइरहेको छ । आइसोलेसनमा ३६ जनाको उपचार व्यवस्थापन भइरहेको छ ।

डा.कमरले पछिल्ला दिनमा समुदायमा कोरोना सङ्क्रमण फैलिँदा पनि सर्वसाधारणबाट तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न भइरहेको कमी कमजोरीको कारण सङ्क्रमण दर बढ्दै गएको बताए। कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि कैलाली जिल्लाका कतिपय कार्यालयका काम समेत प्रभावित भइरहेको छ ।

यसैबीच सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा बुधबार ९१ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका समेत गरेर प्रदेशमा कोभिडका कूल सङ्क्रमित आठ हजार २९६ पुगेको छ । पछिल्ला दिनमा प्रदेशमा कोरोनाका सक्रिय सङ्क्रमित बढ्दै गएको छ । बढी प्रभावित प्रदेशको राजधानी जिल्ला कैलालीका ७२५ जना सहित प्रदेशमा कूल सक्रिय सङ्क्रमित बुधबार एक हजार ३०२ पुगेका छन् । चाड पर्व नजिकिदै जाँदा पछिल्ला दिनमा बजार क्षेत्रमा किनमेल गर्न आउने सर्वसाधारणको भीड बढ्दै जाँदा कोरोनाको जोखिम थप बढेको छ ।

कोभिड–१९ को सङ्क्रमणबाट हालसम्म प्रदेशको कैलाली जिल्लाका १० जना, अछाम, बझाङ र बाजुराका दुई/दुई जना र कञ्चनपर, डडेलधुरा र बैतडीका एक/एक गरी १९ जना मृत्यु भएको छ ।

Tags: Corona Virus #Covid19Dr.sher Bahadur kamarSelf IsolationSeti Provincial Hospital
Nisarga hospital Dhangadhi
Previous Post

एउटा साधारण एन्डोस्कोपिक उपचार जसले ठूलो प्रभाव पार्न सक्छ

Next Post

पछिल्लो चौबिस घण्टामा ३७४९ जना संक्रमित हुँदा ३५६४ जना कोरोना मुक्त  #Covid19

Related articles

बाढी पहिरोद्वारा निम्त्याइएका रोगहरु तथा उपचार : जीवन क्षतिबाट जोगाउन सरल नियमहरु
News

बाढी पहिरोद्वारा निम्त्याइएका रोगहरु तथा उपचार : जीवन क्षतिबाट जोगाउन सरल नियमहरु

7 hours ago
780
मुगुमा चिकित्सकविहीन भएपछि प्रतिष्ठान जुम्लाले पठायो विशेषज्ञ डाक्टर
News

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जनाको आवेदन

19 hours ago
817
भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया
News

भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया

23 hours ago
805
ईन्टरप्लास्ट नेपालको सहयोगमा मुगुका जलनका बिरामीहरुलाई यातायात खर्च सहित सुषमा कोईराला अस्पतालमा निःशुल्क उपचार
News

ईन्टरप्लास्ट नेपालको सहयोगमा मुगुका जलनका बिरामीहरुलाई यातायात खर्च सहित सुषमा कोईराला अस्पतालमा निःशुल्क उपचार

1 day ago
835
गोदावरी नगरपालिकाले गरेको प्रोस्टेट सम्बन्धि नि:शुल्क स्वास्थ्य शिबिर बाट ८६ जना लाभान्वित
News

गोदावरी नगरपालिकाले गरेको प्रोस्टेट सम्बन्धि नि:शुल्क स्वास्थ्य शिबिर बाट ८६ जना लाभान्वित

2 days ago
778
प्रसूति गृहमा शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै
News

प्रसूतिगृह अस्पतालले स्वस्थ शिशु प्रतिस्पर्धाको आयोजना गर्दै

2 days ago
787
Next Post
Covid-19 update, कोरोना भाइरस अपडेट

पछिल्लो चौबिस घण्टामा ३७४९ जना संक्रमित हुँदा ३५६४ जना कोरोना मुक्त  #Covid19

Comments 1

  1. Pingback: भारतमा बर्डफ्लू पुष्टि भएसँगै नेपालमा उच्च सतर्कता अपनाउन आग्रह #BirdFlu • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,096)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.