काठमाडौं,२० भाद्र २०७७
अल नेपाल अस्पताल सामाखुसीमा क्यान्सरको उपचार सेवा सुरुवात गरिएको छ। यस भेगका बिरामीले लामो समय देखि क्यान्सरको केमोथेरापी र प्यालियटिव सेवा माग हुदै आएकोमा सो आवश्यकतालाई ध्यान दिदै विभिन्न क्यान्सर अस्पतालका डाक्टर नर्सहरु ल्याएर उक्त सेवा सुरु गरिएको उक्त अस्पतालका निर्देशक डा .सुजित कोइरालाले बताए।
भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. उज्ज्वल चालिसे र डा. चादनी बैधले यहाँ बाट सेवा दिइरहेको उनले बताए।
हाल क्यान्सरको अप्रेसन, केमोथेरापी, प्यालिएटिव सेवा लगाएतका सेवा दिन प्रारम्भ गरिएको र माग अनुसार अरु सेवा पनि थप्दै लैजाने योजना रहेका अस्प्तालका अध्यक्ष तथा नेपाल मेडिकल असोशियसन का महासचिव डा. बद्री रिजालले बताउनु भयो। उहाँले भन्नुभयो बिरामीले कोरोना कहरका कारण स्वास्थ्य सेवा लिन नजिकैका अस्पताल नै रोज्न थालेका छन।
ठुला अस्पतालमा जादा कोरोना सर्ने डर रहेको र शुल्क पनि बढि लागेकोले आफुहरु टोखा बाट नजिकै रहेको यस् अल नेपाल अस्पताल सामाखुसी चोकमा आएको एक बिरामीका आफ्न्तले बताए । यस अस्पतालको सेवा बाट आफुहरु सन्तुष्ट रहेको उनिहरुले बताए।
Comments 1