बिदेशबाट फर्किएका एक सय ६५ जनाको रगत संकलन

भक्तपुर चैत्र १५

भक्तपुरमा विदेशबाट फर्किएका नेपालीहरुको रगत संकलन गर्ने तथ्यांक राख्ने कार्य चार वटै स्थानिय तहले गरिरहेका छन । भक्तपुर जिल्लामा बिदेशबाट फर्किएका
एक सय ६५ जनाले आ–आफ्नो नगरपालिकामा जानकारी गराएका छन् ।

बिदेशबाट घर फर्किनेमा सबैभन्दा बढी सुर्यबिनायक नगरपालिकामा ७१ जना छन । त्यस्तै मध्यपुर थिमीमा ४० र चाँगुनारायणमा ४० जना र भक्तपुर नगरपालिकामा १४ जनाको लगत संकलन गरिएको सम्बन्धित नगरप्रमुखहरुले जानकारी दिएका छन् ।

उनीहरु भारत, जापान, दुबई, मलेसिला, फ्रान्स, बंगलादेश, साइप्रस, इन्डोनेसिया, अस्ट्रेलिया कतार लगायतका मुलुकबाट नेपाल फर्किएका हुन ।

विदेशबाट फर्किएकाहरु अहिले होम क्वारेन्टाइनमा बसिरहेका छन । विदेशबाट फर्किएकाहरुमा कोरोना भाइरसको लक्षण देखा नपरेको नगर प्रमुखहरुको भनाई छ ।

मध्यपुर थिमी नगरपालिकाले भने पाँच जनाको कोरोना भाइरसको परिक्षण गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिएको छ । उनीहरुको परिक्षण रिर्पोट केहिदिनमा आउने उनको भनाई छ ।

Next Post