काठमाडौं ४, जेठ
स्वास्थ्य मन्त्रालयले यहि मिति २०७७ साल जेठ २ गतेको निर्णय अनुसार, निजी तथा सामदुायिक अस्पतालहरुले स्वास्थ्य सेव बिभागबाट अनुमति लिई कोभिड-१९ आर. डि. टि. परीक्षण गर्न सक्ने भएका छन। मन्त्रालयले ९ वटा चाइनिज कम्पनिहरुको आर. डि. टि.किट लाई स्वीकृति दिएकोले, सो कम्पनिका किटहरु मात्र प्रयोग गर्न पाइने भएको छ।
आर.डि.टि. किट बिधिबाट कोभिड-१९ को परीक्षण नतिजा अझै पनि धेरै बिबादित नै रहेको छ। सर्वोच्चले पनि आर.डि.टि. भन्दा पि सि आर परीक्षण बढाउनु पर्ने निर्णय गरेको हो। केहि सक्षम निजी ल्याब हरुले पि सि आर परीक्षणको लागि अनुमति मागिरहेको अवास्थामा अस्पतालहरुलाई मात्र आर.डि.टि. किट बिधिबाट परीक्षणको अनुमति दिदा माहामारी अझ भयावह अवस्था आउने कुराको अनुमान विज्ञहरुले गरेका छन।
आर.डि.टि. किटहरुको गुण्स्तर परीक्षण नै नगरि ९ वोटा चाइनिज कम्पनि हरु को आर. ड. टि.किट लाइ मात्र स्वीकृति दिएकोले अर्को भष्ट्राचार हुन लागेको सन्का गर्न थलिएको छ।
मन्त्रालयले अहिलेसम्म गरेको आर.डि.टि. किट परीक्षणबाट पोजेटिभ र नेगेटिभ आएको नतिजा अहिलेसम्म प्रकशित नगरेको ले, आर.डि.टि. किट परीक्षण को औचित्य नरहेको प्रमाणित हुन्छ।
तसर्थ पि सि आर परीक्षण बढाउनुको बिकल्प नरहेको तथा सक्षम निजी ल्याब हरुलाई आर.डि.टि. भन्दा पनि पि सि आर परीक्षणको अनुमति दिदा राम्रो हुनेथियो।