दाङ , बैशाख ३१
दाङको घोराही स्थित प्रदेश न. ५ मुख्य मन्त्री शंकर पोखरेलले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० बेडको आइसियु सेवा रिबन काटेर आज देखि सुरु गरेको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण र आइसियू उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले प्रतिष्ठानको विकास र हितका लागि सबै सहयोग गर्न तयार रहेको भन्दै गुरु योजनासहित आएमा प्रतिष्ठानलाई पर्याप्त बजेटको प्रतिवद्धता गरे।
मन्त्री पोखरेलले निरीक्षणका क्रममा अस्पतालको सेवा विस्तार र चिकित्सा शिक्षाका लागि जग्गा प्राप्तिदेखि सबै कुरामा स्थानीय समुदायले सहयोग गर्नुपर्ने बताए। कोभिड १९ को प्रतिष्ठानको तयारी र सबैखाले बिरामीको उपचारका लागि प्रतिष्ठानले ढोका खुला गर्नुपर्ने बताए।
अब स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बिरामी रेफर गर्नुपर्ने अवस्था आउन नदिन भन्दै सबैखाले उपचारको केन्द्र बनाउन र १० बेडको आइसियू संचालनमा आएपछि दाङ लगायत अन्य जिल्लाबाट आउने बिरामीका लागि सरल र सहज हुने राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका निर्देशक डा.सागर क्षेत्रीले बताउनु भयो।
Comments 1